[Show all top banners]

Prakash Shrestha

More by Prakash Shrestha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ईच्छा शक्ती भए समाजमा जनस्तरबाटै परिवर्तन गर्न सकिने
[VIEWED 1646 TIMES]
SAVE! for ease of future access.
Posted on 03-22-16 8:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ईच्छा शक्ती भए समाजमा जनस्तरबाटै परिवर्तन ल्याउन सकिने-प्रकाश श्रेष्ठ
मानिस चेतनशिल सामाजिक प्राणी हो र समाजविनाको मानव जीवन कल्पना गर्न पनि सकिदैन । त्यसैले समाजको विकास बाट मात्र मानव जिवनमा प्रगतीको मापन र सन्तोषको सास फेर्न सकिन्छ । व्यक्तिगत प्रगतीले समाजलाई केही हद सम्म प्रगतीमा डोराउन सहयोग गर्ला तथापी समग्र समाजको परिवर्तन र विकासमा भने समाजमा रहने सबै व्यक्तीहरुको सामुहिक प्रयास र सामुहिक प्रतिवद्धताविना सम्भव हुन सक्दैन । केवल सरकारको मुख ताकेर हाम्रो जस्तो विकासोन्मुख देशमा सामाजिक क्षेत्रमा आजको भोली परिवर्तन हुन सक्ने कल्पना गर्नु नै गलत सावित हुन सक्छ । अझै सम्म पनि शुसासन र नियमनकारी निकायकै गतिविधी माथी जनताको विश्वास हुन सकिरहेको छैन । राजनैतिक दलहरु निश्चित स्वार्थमा मात्रै केन्द्रित रहेको र जनताका दैनिक र अत्यावश्यक वस्तु तथा सेवा उपलब्ध गराउने विषयमा त्यती जिम्मेवार बन्न नसकेको कुरालाई सहजै अनुमान लगाउन सकिन्छ । यसबारे टिकाटिप्पणीहरु गरेर समय मात्र बर्बाद गर्नु जस्तो सबैले महशुष गरेकै कुरा हो । नबुझ्नेलाई बुझाउन सकिन्छ तर बुझेर पनि अबुझ बन्नेहरुलाई कहिल्यै संझाउन सकिदैन त्यस्तै पारा हाम्रा जिम्मेवार मानिएका राजनैतिक दल र तिनका नेताहरुको व्यवहार र कार्यशैली बाट स्पस्ट बुझ्न सकिन्छ ।
यस्तो विसम परिस्थितीबाट देश गुज्रिरहेको छ की जसलाई विस्तारमा ब्याख्या गर्न खोजे ठुलो रामायण वा महाभारतको किताव जस्तै ठुलो किताबको ठेली बन्छ । अत : हामी जनताहरुले केही सोच्ने बेला आएको छ त्यो भनेको जनस्तरबाट नै सबै जुटेर विशुद्ध राजनितिक गन्धबाट टाढा रहेर एउटा यस्तो मनहरुको समुह वा संस्था बनाउनु आवस्यक छ जसमा हरेकले आर्थिक एवं भौतिक सहयोग गरेर निश्चित कार्ययोजना र कार्यक्रम तय गरेर आफ्नो गाउँ-ठाउँको शिक्षा , स्वास्थ्य ,खानेपानी, सिंचाई, सडक , बिजुली लगायत अत्यावश्यक क्षेत्रमा विकास गरि आमरुपमा सर्वसाधारणको पहुँचमा अत्यावश्यक सामाजिक सेवाहरु पुर्याउन सकियोस् । यसको लागी स्वदेश तथा विदेशमा रहने सबै व्यक्तीहरुले निश्चित संचार संजालबाट सम्पर्क स्थापित गरेर निश्चित सामाजिक संस्थाको स्थापना गर्ने र सहभागी सबैले कम्तीमा पनि बर्षेनी आफुले आर्जन गरेको आम्दानीको केही प्रतिशत वा केही दिनको आय सो संस्थाको कोषमा जम्मा गर्ने र यसलाई स्वदेश र विदेशमा बस्नेहरु मध्येबाट निश्चित संगठन संरचना तयार गर्ने , संस्थाको संचालनको लागी व्यवस्थापन वा संचालक समिती गठन गर्ने , आवस्यक कार्यालय र कर्मचारीको व्यवस्था गर्ने , प्राथामिकता क्रम निर्धारण गरेर योजना तर्जुमा गर्ने र सो योजनालाई कार्यान्वयन गर्ने बजेटको व्यवस्था सहयोग कोषबाट र अन्य सरकारी वा ग़ैरसरकारी , दाता निकायहरुको सहयोगबाट गर्ने ।
खासगरी समग्र विकास निर्माण सम्बन्धी गुरुयोजना तयार गरेर सोही योजना मुताविक क्रमस: काम गर्दै गएर आफ्नो गाउँको हरेक सामाजिक क्षेत्रको गुणस्तरिय विकास गर्ने कार्यलाई प्रथामिकता दिने र यसलाई दीर्घकालीन रुपमा संचालन गर्न सरकारको सम्बन्धीत निकायमा कानुननी प्रकृया पुरा गरेर दर्ता लगायतका काम गरेर गैरसरकारी सामाजिक संस्थाको मान्यता प्राप्त गर्ने र यसलाई सामाजिक विकासको अभियान्तकारी संस्थाको रुपमा विकास गर्ने । यो संस्थालाई आर्थिक पारदर्शिता र लक्ष्यउन्मुख परिणाममुखी बनाउन आवस्यक संयन्त्रको विकास गर्नु पर्ने हुन्छ । साथै विदेशबाट आवस्यक रकम जुटाउन सजिलो हुने गरि आधुनिक प्रविधीहरुलाई समेत प्रयोगमा ल्याउने अर्थात् विद्युतिय प्रविधीबाट समेत रकम जम्मा गराउन सकिने माध्यमको विकास गर्ने , हरेक आय-व्यय र बजेट एवं यसको प्रयोग बारे छुट्टै website मै राख्न मिल्ने गरि प्रविधी र लेखा प्रणालीको विकास गरिनु पर्ने हुन्छ जसले गर्दा दाताहरुले दिएको सहयोग के कति कसरी प्रयोग भएको छ अद्यावधिक जानकारी लिन सकिने र आर्थिक पार्दशिता एवं शुसासन कायम हुन मद्दत हुन जान्छ ।
स्वदेशमा होस् या विदेशमा जहाँ जे जस्तो अवस्थामा रहेपनि आफु जन्मेको भुमिलाई माथी उकास्नु पर्छ , समुन्नत समाज बनाउनु पर्छ भन्ने मान्यतामा हामी सबै एकमत हुन सक्छौ तथापी सबै मनहरुलाई जोडेर एकत्रित हुन कोही न कोहीले प्रयास गर्नै पर्छ र यस्तो मानव पुण्ड्य काममा सामाजिक सेवाले ओतप्रोत हुने व्यक्तीहरुले नेतृत्वदायी भुमिका खेलेर अगाडी बढ्न सके अवस्य आ-आफ्नो गाउँ-ठाउँमा यस किसिमको प्रयासलाई अभियानको रुपमा संचालन गरेर धेरै व्यक्तीलाई सामाजिक कार्यमा योगदान पुर्याउन अनुबन्धीत गर्न सकिन्छ । कमसेकम सके बार्षिक रुपमा केही आर्थिक सहयोग गर्ने र त्यस्तै विभिन्न पर्वमा गरिने फजुल खर्चलाई कटौती गरेर पनि सामाजिक सेवाको लागी स्थापना गरिएको कोषमा रकम जम्मा गरेर समाजको विपन्न वर्गलाई गुणस्तरिय शिक्षा , स्वास्थ्य लगायत सामाजिक सेवामा सहज पहुँच गराउन मद्दत पुराउन सकिन्छ ।
आखिर ईच्छा शक्ती हुने हो भने जनस्तरबाट नै समाजका कतिपय न्युनतम सेवा, सुविधाहरुलाई सहजरुपमा सर्वसाधारणको पहुँचमा पुर्याउन सकिन्छ तर यस्तो कार्यमा लाग्ने भित्री मन र प्रयास भने हुनै पर्छ । समाजसेवाको नाममा राजनितीमा भाग लिएर सट्टाबाजी गर्नेहरुको चिन्तनले भने यो पवित्र कामको थालनी हुन सक्दैन । यस किसीमको कामको थालनी र विश्वस्नियता कायम गर्न स्वच्छ सामाजिक सेवामा समर्पित व्यक्तीहरु र ग्रासरुटका समस्याहरु र आम व्यक्तीहरुलाई आपसमा जोड्न र विश्वास जित्न सक्ने व्यक्तीहरुको आवस्यकता भने जरुरी हुन्छ । विदेशमा बस्नेहरुले समेत पवित्र मनले आफु जन्मेको , हुर्केको , पढेको , बढेको गाउँ-ठाउँ, आगनलाई माया गरेर यस्तो सामाजिक सेवाको कर्ममा लाग्ने दृढ़संकल्प गर्नु र केही समय निकालेर साथी-भाईहरुलाई यस्तो काममा लाग्न प्रेरणा दिलाएर आपसमा जुट्नु आवस्यक छ ।
गाउँघरको विकास हुन सके मात्र व्यक्तीको नाम र प्रतिष्ठाको महत्व रहन्छ । आफु जन्मेको धर्ती भुलेर विदेशी माटोमा सपना मात्र देख्न खोज्नु धार्मिक लगायत अन्य हाम्रा प्राचीन मुल्य, मान्यता, संस्कारले पनि सही हुन सक्दैन । कम्तीमा जे जसरी हुन्छ जन्मेको माटो संझिनु आवस्यक छ र यो अभियानमा सरिक भएर सामाजिक सेवामा लाग्न सके अति नै फलदायी हुने देखिन्छ । हुनत विविध तरिकाबाट सामाजिक सेवामा सरिक हुन सकिएला , हुने पनि गरिएको छ तापनि यसरी सामाजिक सेवामा सरिक हुँदा कलेक्टिभवय बाट जान सकिने र उपयोगी सेवा प्रदान गर्न सकिन्छ भन्ने तर्क मात्र दिन खोजिएको हो । अहिले विदेशमा रहने नेपालीहरुले समेत विभिन्न सामाजिक संघ-संस्था स्थापना गरेर नेपालमा शैक्षिक -स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा सहयोग पुर्याउँदै आएको पाईन्छ तर यस किसिमको सहयोगको मात्रात्मक र गुणात्मक प्रभाव खासै बढि हुन नसकिरहेको बेला यस किसिमको अभियानमा धेरै व्यक्तीहरुलाई संलग्न गराएर उल्लेखनिय योगदान दिन सकिने संभावना प्रसस्त देखिन्छ ।
अन्तमा सबैले आफुले पढेको स्कुल , हिडेको बाटो, खेलेको आँगनलाई नविर्सौ । गाउँ छोडेर शहर गएपनि, अझै टाढा प्रदेश गएपनि र गाउँमै बसे पनि सबैले त्यो जन्मेको भुमिलाई उर्भर बनाउन, माटोलाई संझिरहन, मनमा माया राखिरहन आजैबाट अभियान थालौ , सबैको मन र भरोसालाई जोडौ र सहयोग जुटाएर विकास गर्न उठौ , एकसाथ सबै जुटौ । हामीले नगरे कसले गर्छ र अहिले नगरे कहिले गर्ने भन्ने आम भनाईलाई सार्थक तुल्याउन अग्रसर हौ ।
बाल्टिमोर , मेरिल्याण्ड , अमेरिका




 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
Do nepalese really need TPS?
TPS Re-registration case still pending ..
Drawback for applying NRN card
Breathe in. Breathe out.
nrn citizenship
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters