[Show all top banners]

cybernepali
Replies to this thread:

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

tragicomic

Tyo Din

Mr. D

jetho390
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 भूकम्प जाँदैछ भन्ने जानकारी २० सेकेण्ड पहिले मोबाइलमै थाहा हुने
[VIEWED 1703 TIMES]
SAVE! for ease of future access.
Posted on 04-27-16 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भूकम्प जाँदैछ भन्ने जानकारी २० सेकेण्ड पहिले मोबाइलमै थाहा हुने

नारायण अधिकारी/उज्यालो । 

काठमाडौं, वैशाख १५ – नेपालमा भूकम्प आउँदैछ भनेर पूर्व सूचना दिने यन्त्र जडान गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टले चीनको इन्टिच्युट अफ केयर लाइफ संस्थाको सहयोगमा भूकम्प पूर्व सूचना प्रणाली जडान गरेको हो । आठ महिना अघिदेखि यो प्रविधि जडान गर्ने योजना भएपनि विभिन्न प्राविधिक कारणले एक हप्ताअघि मात्र जडान गर्न सफल भएको नाष्टका प्रविधि प्रमुख सुरेशकुमार ढुङ्गेलले बताउनुभयो । 

चीनको इन्टिच्युट अफ केयर लाइफ संस्थाले निःशुल्क दिएको भूकम्प पूर्व सूचना प्रविधिलाई नास्टले राजधानीका विभिन्न चार ठाउँमा जडान गरेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय भूगर्भ केन्द्रीय विभाग, भृकुटी होटल गोदावरी र सौर्य स्कुल सिनामंगलमा जडान गरिएको हो । 

यसरी जडान गरिएका ठाउँमा भूकम्प आउँदैछ भनेर पूर्व सूचनाका रुपमा साइरन बज्ने चीनको इन्टिच्युट अफ केयर लाइफ संस्थाका उपप्रमुख डा. याङले बताउनुभयो । उहाँले भन्नुभयो ‘यो प्रविधि चीन, जापान र मेक्सिकोमा सफल भैसकेको छ, यो प्रविधि प्रयोग गर्ने नेपाल चौथो राष्ट्र हो ।’

यो प्रविधिले भूकम्प आउँदैछ भनेर झण्डै २० सेकेण्ड पहिला नै जानकारी दिने याङले बताउनुभयो । जसले गर्दा नागरिकलाई सुरक्षित रहनुहोस् भनेर संकेत गर्छ ।

चार वटा उपकरण हुन्छन्

यो प्रविधि चारवटा उपकरणको सहायताले सञ्चालन हुने गर्छ । यसमा सेन्सर, कन्ट्रोल सेन्टर, रिसिभर र साइरन हुन्छन् । सेन्सर जति धेरै ठाउँमा जोड्यो त्यति राम्रो हुने गर्छ । एउटा सेन्सर र अर्को सेन्सरको दुरी १५ किलोमिटरको फरकमा हुनुपर्ने प्रविधि प्रमुख ढुङ्गानाले बताउनुभयो । एउटा सेन्सरको मूल्य १० लाख डलर पर्छ । सेन्सरमा एउटा ब्याट्री पनि हुन्छ । त्यो विद्युतबाट अटोमेटिक चार्ज हुन्छ । अहिले गोरखा, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, सिन्धुली, रामेछाप, काभे्र लगायतका काठमाडौं आसपासका जिल्लामा गरी ३९ वटा सेन्सर जोडिएका छन् । चीनले ३ सय २० वटा सेन्सर दिने भएको छ ।

यसरी सेन्सर जडान गरिएका ठाउँमा भूकम्प गयो भने त्यसको खबर जहाँ कन्ट्रोल सेन्टर र रिसिभर राखिएको हुन्छ त्यहाँ मात्र थाहा हुन्छ । अर्को कन्ट्रोल सेन्टर हो । यसले सेन्सरको सूचना लिएर रिसिभरलाई दिने काम गर्छ । त्यस्तै अर्को कन्ट्रोल सेन्टरसँगै रिसिभर जोडिएको हुन्छ । कन्ट्रोल सेन्टरमा आएको संकेत रिसिभरले लिन्छ । रिसिभर चल्न १ किलोवाट बिजुली चाहिन्छ । चार वटा रिसिभर जोडिएपनि अरु ६ वटा रिसिभर पनि चीनबाट आइसकेका छन् । लोडसेडिङ भएको बेला भूकम्प गयो भने यसले सूचना दिन सक्दैन । रिसिभरसँगै तारमार्फत साइरन जडान गरिएको हुन्छ । रिसिभरमा भूकम्पको संकेत आएपछि साइरन बज्ने प्रविधि प्रमुख ढुङ्गेलले बताउनुभयो  ।

कसरी काम गर्छ यो यन्त्रले ?

एक सेन्सर र अर्को सेन्सरको दुरी १५ किलोमिटर हुन्छ । यसरी १५ किलोमिटरको आसपासमा भूकम्प जाँदैछ भने त्यसले पहिला सानो यान्त्रिक हलचल ल्याउँछ । यसरी आउने भूकम्पको यान्त्रिक हलचललाई सेन्सरले तुरुन्त थाहा पाउँछ । सेन्सरले यो यान्त्रिक हलचललाई इलोक्ट्रोम्याग्नेटिक्स वेभको रुपमा कन्र्भट गर्छ । सेन्सरले इलोक्ट्रोम्याग्नेटिक वेभलाई टेलिकमको नेटवर्कबाट (सञ्चारको उपकरण) को सहयताले कन्ट्रोल सेन्टरलाई जानकारी गराउँछ । यसरी कन्ट्रोल सेन्टरमा जानकारी हुने इलोक्ट्रोम्याग्नेटिक वेभको गति प्रकाशको गति सरह हुने गर्छ ।

प्रकाशको गति भनेको तीन लाख किलोमिटर प्रतिसेकेण्ड हुन्छ । त्यसैले इलोक्ट्रोम्याग्नेटिक वेभ पनि तीन लाख किलोमिटर प्रतिसेकेण्डको दरले दौडन्छ । भूकम्पले क्षति गराउने सरफेस वेभको गति जम्मा तीन किलोमिटर प्रतिसेकेण्ड हुन्छ । त्यसैले भूकम्प कन्ट्रोल सेन्टरमा पुग्नु भन्दा अगाडि नै यसको सूचना पुगिसक्छ । कन्ट्रोल सेन्टरसँगै अर्को रिसिभर जडान गरिएको हुन्छ । कन्ट्रोल सेन्टरले भूकम्प आउँदैछ भनेर रिसिभरलाई संकेत गर्छ । यसरी रिसिभरसँग संकेत आइसकेपछि रिसिभरसँगै जोडिएका साइरन बज्न थाल्छन् । यसरी साइरन बज्न थालेपछि भूकम्प आएको हो भनेर थाहा पाउनु पर्ने हुन्छ । साइरन ४ रेक्टर स्केल भन्दा  माथिका भूकम्प आउँदा मात्रै बज्छन् ।  

जहाँ रिसिभर राखिएको हुन्छ, त्यहाँ वायरको मार्फत साइरन जडान गरिएको हुन्छ । जस्तो कि अहिले नास्टमा रिसिभर राखिएको छ । गोरखामा सेन्सर राखिएको छ । यदी गोरखामा भूकम्प आयो भने त्यहाँको संकेत रिसिभर राखिएको ठाउँ नास्टमा आउँछ र त्यहाँ साइरन बज्छ ।

यदि नास्टमा ठूलो आवाज आउने साइरन राखिएको छ र त्यो साइरन कीर्तिपुरमा पनि सुनिन सक्छ भन्दैमा कीर्तिपुका नागरिकले पूर्व सूचना थाहा पाउन सक्दैनन् ।  किनभने ध्वनि तरङ्ग तीनसय मिटर प्रतिसकेण्ड कुद्छ । तर भूकम्पले क्षति गराउने सरफेस वेभको गति तीन किलोमिटर प्रतिसेकेण्ड हुन्छ । जसका कारण साइरनको आवाज कीर्तिपुर पुग्नभन्दा पहिला भूकम्पको तरङ्ग पुगिसक्छ । तर साइरन जडान गरिएको वरपर तत्काल ध्वनि तरङ्ग पुग्ने भएकाले रिसिभरको वरपरका नागरिकलाई यसले सुरक्षित रहन संकेत गर्छ ।

भूकम्पको केन्द्रबिन्दु टाढा हुँदा चाँडो साइरन बज्छ

भूकम्पको केन्द्रबिन्दु जति टाढा भयो त्यति नै चाँडो रिसिभरमा पुग्छ र साइरन बज्छन् । यसरी भूकम्पको केन्द्रविन्दु टाढा भएमा २२ सेकेण्ड भन्दा अगाडि नै साइरन बज्ने गर्छन् । साइरन निरन्तर २० सेकेण्डसम्म बज्छ ।  तर रिसिभर जडान गरिएको ठाउँ वरपर नै केन्द्रबिन्दु छ भने त्यहाँको आसपारको रिसिभरले काम गर्दैन । किनकी रिसिभरले सूचना थाहा पाउनुभन्दा पहिला भूकम्प गइसकेको हुन्छ । तर नजिकको रिसिभरले काम नगरे पनि केन्द्रविन्दु भन्दा टाढाको रिसिभरले काम गर्छ र नागरिकले भूकम्प आउँदै छ भनेर अगाडि नै सूचना पाउँछन् ।

कसैले सेन्सर हल्लाउँदैमा साइरन बज्दैन

त्यस्तै कसैले सेन्सरलाई हल्लाएमा साइरन बजिहाल्छ र नागरिकले दुःख पाउँछन भन्ने पनि हुँदैन । कसैले सेन्सर राखिएको ठाउँ या सेन्सरलाई हल्लाएको भरमा त्यो सूचना कन्ट्रोल सेन्टरमा पुग्दैन ।

हरेक सेन्सर १५ किलोमिटरको दुरीमा जडान गरिएको हुन्छ । यसरी १५ किलोमिटरको दुरीमा रहेका कम्तीमा तीन वटा सेन्सर एकैपटक नहल्ली कन्ट्रोल सेन्टरमा इलोक्ट्रोम्याग्नेटिक वेभको सूचना पुग्दैन ।

भूकम्प आउँदैछ भन्ने जानकारी मोबाइलमै

दोस्रो चरणको कार्यक्रम अनुसार नास्टले मोबाइलमै भूकम्पको पूर्व जानकारी गराउने बताएको छ । जसरी कन्ट्रोल सन्टरले रिसिभरलाई जानकारी गराउँछ । त्यसरी नै कन्ट्रोल सेन्टरले टेलिकमको नेटवर्क प्रयोग गरेर सिधै पठाउन सकिने नास्टका प्रविधि प्रमुख कुमार ढुङ्गेले बताउनुभयो । उहाँका अनुसार यस बारेमा नेपाल टेलिकमसँग कुरा भइरहेको छ । ‘सुरुमा टेलिकमका कतिपय कर्मचारीले हामी यस्तो सहकार्य गर्दैनौं तपाईहरु एनसेलसँग सहकार्य गर्नुस् भनेपनि अहिले उहाँहरु पनि सकरात्मक हुनुहुन्छ’ उहाँले भन्नुभयो ‘टेलिकमले हामीसँग यो सम्झौता गरेमा रिसिभर र साइरन चाहिदैन’ उहाँले भन्नुभयो, ‘कोही व्यक्ति कुरा गरिरहेको छ भने पनि त्यसलाई काटेर भूकम्पको सूचना पठाउन सकिन्छ ।’ जसका लागि टेलिकमसँग छिट्टै सहकार्य गर्ने र सबैतिरबाट सहयोग पाएमा अबको झण्डै एक वर्षमा नागरिकले मोबाइलबाटै जानकारी पाउने उहाँले बताउनुभयो ।  

नेपालमा आएको भूकम्प चीनमा समेत एकै समयमा थाहा हुने

चीनले यो प्रविधि जडान गर्नुको एउटा मुख्य उदेश्य नेपालमा आएको भूकम्पको सूचना तत्काल चीनमा पु¥याउनु रहेको छ । नेपाल भूकम्पको उच्च जोखिममा रहेको देश मानिन्छ । यसरी नेपालमा आएको ठूलो भूकम्प वा चीनसँग सीमा जोडिएका नाकामा आएका भूकम्पको असर चीनमा पनि पर्न सक्छ ।  यसरी नेपालमा आएको भूकम्पको बारेमा चीनले तल्काल थाहा पाएमा सुरक्षित रहन सक्ने नास्टका प्रविधि प्रमुख ढुङ्गेलले बताउनुभयो ।

अहिले नेपालका चार ठाँउमा जडान गरिएका रिसिभरको नेटवर्क चीनले पनि चिन्दु शहरमा जडान गर्न लागेको इन्टिच्युट अफ केयर लाइफ संस्थाका उपप्रमुख डा. याङले बताउनुभयो  । जसले यहाँको भूकम्पको गतिविधि तत्काल चीनले थाहा पाउँछ ।  

त्यस्तै नास्टले पनि चीनमा जडान भएका रिसिभरको नेटवर्कलाई नेपालमा जडान गर्ने योजना बनाएको छ । जसले चीनका विभिन्न भागमा गएका भूकम्पको सूचना तत्काल नेपालमा थाहा पाई सुरक्षित हुन मद्दत पुग्ने नास्टका प्रमुख ढुङ्गानाले बताउनुभयो । 


http://ujyaaloonline.com/news/56652/earthquake-censer/

Last edited: 27-Apr-16 10:42 AM

 
Posted on 04-27-16 10:45 AM     [Snapshot: 4]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Thank you . Within 20 seconds I will be able to put on my clothes, brush my teeth and put on some perfume and will walk to the safest location .
 
Posted on 04-27-16 3:05 PM     [Snapshot: 126]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

मागलेले एक पल्ट भ्याई सक्छु पनि भन्ने को कि लागेको थियो ?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
if you are in USA illegally and ask for asylum it is legal
Returning to Nepal with us citizenship. Property ownership
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Do nepalese really need TPS?
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters