[Show all top banners]

barnard
Replies to this thread:

More by barnard
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 रतिपक्षी लेबरका तर्फबाट प्रतिष्पर्धी सदिक खानलाई खुलेर समर्थन
[VIEWED 5538 TIMES]
SAVE! for ease of future access.
Posted on 05-03-16 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेयर अफ लन्डनको चुनाव आउन अब चार दिन बाँकी रहँदा यहाँका नेपालीहरु अभियानमा सक्रिय भएका छन् ।

आगामी ५ मेमा हुने लन्डन मेयरको चुनावमा नेपालीले प्रतिपक्षी लेबरका तर्फबाट प्रतिष्पर्धी सदिक खानलाई खुलेर समर्थन गरेका छन् । प्रधानमन्त्रीपछि शक्तिशाली मानिने महानगरको मेयर पदको चुनावमा सदिक र कन्जरभेटिभका तर्फबाट ज्याक गोल्डस्मिथको कडा प्रतिष्पर्धा छ ।

लेबर पार्टी आप्रवासीका लागि अलिक उदार मानिन्छ । विशेष गरि लन्डनको यातायात र सवारी चाप व्यवस्थापन, सुरक्षा एवं समग्र आर्थिक विकास खानका एजेन्डामा रहेकाले पनि उनलाई समर्थन गरिएको नेपालीको धारणा छ । लेबर र सदिक दुवै लन्डनका आप्रवासीहरुको समस्यासँग परिचित भएका र त्यो समस्या समाधान गर्न पहल गर्ने खानको अठोटबाट नेपालीहरु प्रभावित देखिएका छन् । बेलायतका सफल व्यवसायी एनआरएनए युरोप संयोजक कुल आचार्यले चुनावी अभियानका क्रममा बेलायती नेता तथा नेपाली जनप्रतिनिधिमाझ एउटा भेला नै गरेर त्यस्तो कार्य अघि बढाएका हुन् ।

भेलामा सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्ष सांसद वीरेन्द्र शर्मा, लन्डन एसेम्ली मेम्बर डा. ओन्कार सहोता, नेपालीहरु रामशरण सिम्खडा, चिरन्जीवी ढकाल, राजु थापा लगायतका नेपालीहरु छलफलमा जुटेका हुन । नेपाल पत्रकार महासंघ, बेलायत शाखाका अध्यक्ष नरेश खपांगीमगर सदिक खानको परिवार केही दशकअघि पाकिस्तानबाट बेलायत आएकाले खान जस्तो आम आप्रवासी पृष्ठभूमिबाट आएका व्यक्ति मेयर बने नेपाली र आम आप्रवासीका लागि ठूलो प्रेरणा मिल्ने बताउँछन् ।

सदिकका मुख्य प्राथमिकता लन्डन यातायात र सवारी चाप व्यवस्थापन, सुरक्षा एवं समग्र आर्थिक विकास भएकाले पनि उनी आफ्नो छनौटको उम्मेदवार रहेको काउन्सिलर डा. बच्चु कैलाश कैनीले बताए ।

कन्जरभेटिभले ९० को दशकमा आप्रवासीहरुप्रति देखाएको असहिष्णुता अझै पनि कतिपय मानिसहरु स्मरणमा ताजै रहेकोले अधिकांश आप्रवासी बेलायतमा स्थापित हुन कै लागि लेबर पार्टी विजयी भए सहज हुने भन्दै त्यसमा बढि आकर्षित भएका हुन् । खानले उठाएका कतियप एजेन्डा मध्यम आयश्रोत भएका लन्डनवासीका लागि मनै छुने खाले रहेको छलफलमा सहभागी सिम्खडाको धारणा छ ।


 
Posted on 05-03-16 3:26 PM     [Snapshot: 4]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters