[Show all top banners]

kamalantar
Replies to this thread:

More by kamalantar
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नियतिद्धारा लखेटिएकी एउटी चेली् कल्पना घिमिरेको सनसनिपूर्ण यो विज्ञप्ती पनि पढ्नुस्
[VIEWED 1620 TIMES]
SAVE! for ease of future access.
Posted on 05-18-16 9:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नियतिद्धारा लखेटिएकी एउटी चेली् कल्पना घिमिरेको सनसनिपूर्ण यो विज्ञप्ती पनि पढ्नुस्

प्रेस विज्ञप्ति

हालै विभिन्न अनलाईन तथा सञ्चार माध्यमहरुमा मेरा विरुद्ध अत्यन्त भ्रामक,कपोल कल्पित एवं गैर जिम्मेवार सामाग्रीहरु प्रसारित भईरहेको प्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ । एउटी नेपाली चेलीको सामाजिक तथा पारिवारीक प्रतिष्ठा छिन्न भिन्न हुने गरी विना प्रमाण समाचार प्रकाशित गर्नुलाई मैले अमानवीय एवं पीत पत्रकारिताको रुपमा लिएकी छु ।

अत्यन्त निर्दयीतापूर्वक मनगढन्त कथा बुनेर प्रदिप पौडेल (निजको हालको अमेरीकी नाम एभरेष्ट लिंकन)ले एउटी महिलाको मानव अधिकार मात्र होईन बांच्न पाउने अधिकार माथी समेत खेलबाड गरीरहेको वारे अमेरीकी अदालतमा अहिले मुद्धा चलिरहेको छ । उसले एउटा फोटो उपलब्ध गराएको र काल्पनिक कथा सुनाएको भरमा सञ्चार माध्यमहरुमा म माथी तथानाम विष बमन गरिनु २१ औं शताब्दीको पत्रकारिता हुन सक्दैन । अहिले जनआस्था लगायत केहि अनलाईन मिडियाहरु, जसले मेरा विरुद्ध प्रदिप पौडेललाई साथ दिईरहेका छन्) संम्वन्धित् पत्रकारहरुलाई एकचोटी आत्म समिक्षा गरी तथ्य के हो अनुसन्धान गरिदिनु हुन विनम्र अनुरोध गर्दछु । साथै प्रदिप पौडेलको एकतर्फी विश्वास गरी केहि मिडियाले मेरो ग्रिन कार्ड बनाउन निजको अमेरिका स्थित सम्पत्ति मेरो नांऊमा नामसारी गरिदिएको र मैले उसलाई फिर्ता नदिएको जस्ता अनेकौं काल्पनिक आरोपहरु त्यस्ता समाचारमा उल्लेख छन् ।

ति सवै आरोप प्रति मेरो घोर आपत्ति छ । अमेरिकामा ग्रिन कार्ड बनाउन सम्पत्ति नामसारी गराउनु पर्दैन र निज प्रदिपले उसको कुन सम्पत्ति मेरो नाउमा नामसारी गरेको हो, त्यसको प्रमाण दिन म त्यस्ता गैरजिम्मेवार समाचार छाप्ने पत्रकारहरुलाई यसै विज्ञप्ती मार्फत चुनौति दिन चाहन्छु । साथै म विरुद्धका त्यस्ता समाचारमा मेरो मात्र नभई एभरेष्ट लिंकन नामधारी प्रदिप पौडेलले मेरो छोरीहरुको समेत् नाम जोडेर हामी सवै आमा छोरीहरुको बर्वररुपमा चरित्र हत्या गरी हिैडिरहेको र निजले फेसबुक लगायत अन्य समाचार माध्यम प्रयोग गरिरहेको छ । मेरा तीनवटी छोरीहरु मध्य दुईटी छोरीहरु म भन्दा अगाडी देखि नै अमेरिकामा अध्ययनरत रहेका र दुवै अमेरिकी विश्वविद्यालयका ग्य्राजुयेट हुन् ।

कहिले काहीँ आमालाई भेट्न आउने ती छोरीहरुलाई समेत स्विकारेको र पालेको दावी गर्ने प्रदिप पौडेललाई तपांई पत्रकारहरु के भन्नुहुन्छ ?

मेरो यथार्त कुराः
म २००६ मा तेस्रो पटक अमेरिका आएं । दुईटी छोरीहरु दूईटा राज्यमा अध्ययनरत रहेकाले हामी आमा छोरीहरु सँगै बस्न संभव भएन । म केहि ब्यसवसाय गर्ने भनेर बुझ्ने सिलसिलामा थिँए, त्यसै समयमा मैले प्रदिपलाई २००६ डिसेम्बरमा मिचिगन राज्यमा भेटें । प्रदिपले ६० वर्षिय अमेरिकी मुलकी महिलासँग बिहे गरेको र, २००७ को मार्चमा उनको क्यान्सरवाट मृत्यु भएछ । त्यसपछि प्रदिपले दिनँहु जसो बिहेको प्रस्ताव गर्न थाल्यो । दिनँहु हुने भेटका कारण उ साथी जस्तो पनि भईसकेको थियो । सँधै जसो ऊ तिमि विना यो संसारमा मेरो कोही छैन, तिमिले साथ नदिए म मर्छु भनेर घुर्काउथ्यो । उ पनि म जस्तै एक्लो र, उसले मसँग बिहेको लागि सधैँ जस्तो याचना गर्न थाले पछि मेरो मन पग्लिंदै गयो । उसको दिनँहुको प्रस्ताव देख्दा मलाई उसको माया पनि लाग्दै गयो । म एक्ली, परदेशमा संघर्षरत महिला, त्यसवेला उसले पनि मलाई साँच्चिकै माया गरेको जस्तो लाग्यो । र, अक्टुवर २००७ मा हामीले बिहे गर्यौ । बिहेको लगत्तै थाहा भयो, उसको अमेरिकी मुलकी श्रीमतिको मृत्यु पश्चात उसको कारोवार केहि समय अघि नै धराशायी भईसकेको रहेछ । अप्रिल १७, २००७ मा उसको कारोवार बैंकरप्सी भएको रहेछ । बंैकरप्ट भएर उसको साथमा एउटा क्रेडिट कार्ड समेत् थिएन । मेरी कान्छी छोरीले उसको लागि मोवाईल किनेर दिनुपर्ने सम्मको उसको आर्थिक हैसियत थियो । नेपालमा पनि उसको अर्की श्रीमति रहेकी र २८ वर्षको प्रशान्त पौडेल र २६ वर्षको प्रज्वल पौडेल नामका दुई छोरा समेत सामाखुसीमा डेरा गरी बसेको थाहा पाँए । ती कुरा विहे अघि उसले मलाई केहि भनेको थिएन ।

म सँग बिहे गरे पछि बारम्वार उसले मेरो नेपालमा भएको सम्पत्ति बेचेर ल्याउ भनेर फकाउँन थाल्यो, मैले त्यस कुरालाई अस्विकार गर्दै आएकी थिंए, नोभेम्वर २०१२ मा म नेपालमा थिंए, उसले बारम्वार अमेरिकावाट मलाई फाोन गरेर नेपालको घर जग्गा बेचेर ल्याउन चर्को दवाव दियो । त्यसताका उसले मेरो नेपालको घर वेचेर यहाँ ल्याएर ब्यापार गरौं । तिम्रो घर बेच्दा कम्तीमा पनि ६ करोड आई हाल्छ , त्यतिले यहाँ राम्रो रेष्टुरेन्ट सञ्चालन गर्न पग्ु छ भनेर पैसा लिएर मात्र अमेरिका आउन आदेश गर्यो । मेरो नेपालमा रहेको घरजग्गामा उसको कुदृष्टि परेको थियो । उसले पहिले पनि अमेरिकामा ब्यापार गर्ने हुँदा भएको सबै डुवाएको, उ सँधै असफल भएको र दुईचोटी बैंकरप्सीमा डुबेको हुँदा मैले उसको कुरा मान्ने आधारै थिएन । त्यो घर मेरा तीन वटी छोरीहरुको भविष्य हो र मैले उसको प्रस्तावलाई ठाडै अस्विकार गरें । पत्रकारज्यूहरु, तपाँईंहरुलाई भ्रम हुनसक्छ, त्यो नेपालको घर प्रदिपको सम्पत्तिवाट किनिएको हो कि भनेर, तर त्यो घर त्यस विश्वासघातीलाई भेट्नुभन्दा दशकौं अगाडी सन् २००० मा मैले किनेको हो । त्यसको प्रमाण चाहिएको खण्डमा उपलब्ध गराउनेछु ।

डिसेम्वर २, २०१२ मा म नेपालवाट अमेरिका फर्कें, २०१२ डिसेम्वर १३ को राती त उसले हदै गर्यौ । त्यस दिन मैले उसको वास्तविक रुप देखें , पत्रकार मित्रहरु, उ उग्रियो, मलाई नेपालको मेरो घर जग्गा वेचेर नल्याए ठिक नहुने भनेर फेरी धम्क्याउन थाल्यो । उसले मादक पदार्थ सेवन गरेको थियो, म माथी हात पात गर्न थाल्यो, हामी किचेनमा थियौं, उसले चक्कु बोकेर मार्दिन्छु भन्दै म तिर आयो, म कराउँदै अर्को कोठामा गएँ र भित्रवाट ढोका बन्द गरेर वसें । प्रहरीलाई गुहार्नु बाहेक मसँग अर्को विकल्प थिएन । र, अहिले त्यसै विषयमा अदालतमा मुद्धा चलिरहेको छ । उसलाई मेरो आवास वरिपरि नजान आदेश जारी गरिएको छ । र, उ अदालतमा हाजिर नभई अस्पतालको ईमरजेन्सीमा गएको कागज देखाउँदै विरामी भएको बहाना पार्दै अदालतले गर्ने सम्भाव्य निर्णयलाई प्रभावित पार्दै र समय लम्ब्याउँदै आएको कुरा सुन्नमा आएको छ ।

सञ्चारकर्मीज्यूहरु,
उसलाई पाल्न सहयोग गर्ने र उसको लागि खर्च गरिदिने मेरो छोरीहरुलाई समेत मुछेर उसले तथानाम बदनाम गरिरहेको छ । प्रदिप पौडेलवाट उ एभरेष्ट लिंकन कसरी बन्यो भन्ने विषय पत्रकारहरुको अनुसन्धानको विषय हुन सक्छ । उसले कुन सम्पत्ति मेरो नाँउमा गरेको हो र नामसारीको त प्रमाण हुन्छ नी, त्यस्ता व्यक्तिले जे भन्या,े , अलिकति पनि कमन सेन्स प्रयोग नगरी समाचार प्रकाशित गर्दा चारजना बढि मान्छेले त समाचार पढे होलान तर तपाँईहरुवाट एउटी चेलीको कहिल्यै क्षतिपुर्ति हुन नसक्ने गरी चरित्र हत्या हुन गएको छ, र, तपाइर्ह रुवाट(एकतर्फि कुरा सुनेर मेरा विरुद्ध समाचार छाप्ने सञ्चार माध्यमहरु) घरेलु हिंशावाट त्रस्त र षडयन्त्रमा फँसेकी एउटी चेलीको बर्बरतापूर्ण चरित्र हत्या हुन गएको छ । उसँग केहि सम्पत्ति पनि थिएन, उसले कुन सम्पत्ति मलाई नामसारी गरिदियो? तपाँईहरुले उसँग जवाफ माग्नुहोला । अब मैले,तपाँहरुवाट स्वतस्फूर्त रुपमा यस विषयमा थप अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउनु हुनेछ भन्ने अपेक्षा लिएकी छु । मैले उसँग बिहे गर्दा उसको ग्रिनकार्ड समेत थिएन, यस अथर्म ा मैले ग्रिन कार्डको लागि उसँग बिहे गरेको भन्ने उसको आरोप उसको आततायी सोचको उपज मात्र हो । उसले मसँग गरेको दिनँहुको याचनाले मेरो नारित्व पग्लिएको थियो र,मैले उसलाई मानवताको नाताले सांच्चिकै माया गरेको थिएँ । त्यर्सैले उसँग ५ वर्ष बिताँए । फेरि पनि अनुरोध गर्दछु कृपया यस विषयमा निष्पक्ष पत्रकारिताको प्रयोग गरी निज एभरेष्ट लिंकन नामधारी प्रदिप पौडेलको धुत्र्याँई सार्वजनिक गरिदिनु भएको खण्डमा म धेरै आभारी हुनेछु । साथै तपाँईहरुवाट असावधानीवस प्रकाशित हुन गएको मेरो चरित्रहत्याको समाचार यस विज्ञप्ती प्राप्त गर्ने वित्तिकै आ आफ्नो सञ्चार माध्यमवाट हटाईदिनु हुनेछ र यथार्त प्रमाण प्राप्त गरे पछि मात्र कसैको चरित्र सम्वन्धि समाचार प्रकाशित गर्नु हुन विन्ति गर्दछु । धन्यवाद ।

नियतिद्धारा लखेटिएकी एउटी चेली
कल्पना घिमिरे
न्यूयोर्क : Email: ghimirekalpana55555@hotmail.com - See more at: http://www.brtnepal.com/news.php?pid=5784#sthash.bSbvhAy2.lw79Tipk.dpuf
 
Posted on 05-18-16 11:00 PM     [Snapshot: 53]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

५० ओटा user name खोलेर हाले पनि पढ्ने हामि मात्र हो मित्र. उता अर्को पार्टी को कुरो सुनिए पो यता को संग मिलाउन पाईन्छ !
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters