#एकजमानाथियो ( रमाइलो लागेर facebook बाट तानेर रखियेको)
------------------------------
युवराज लम्साल #एकजमानाथियो class मा सरले हाजिर गर्दा आफ्नो पालो आउदा Yes Sir ! भनिन्थ्यो र अर्को साथीको पालोमा साथीको मुख थुनिन्थ्यो ।
Yubaraj Poudel #एकजमानाथियो विदेशबाट नेपाल फर्केको मान्छे र उसले ल्याएको सामान हेर्न उसका घरमा मान्छेको भिड लाग्थ्यो | ऐले त घरैपिच्छेका मान्छे बिदेशमा छन् , अम्रिकै बाट फर्केकालाई गाउंमा बाल दिन्नन् | 😜
Manisha Karki Chhetri #एकजमानाथियो भुइँमा खसेको खानेकुरा टिपेर राम कि भूत भनेर साथिलाई सोधिन्थ्यो अनि साथिले भूत भन्यो भने नखाने र राम भन्यो भने खाइन्थ्यो ।।
Raman Karki Raman कार्की #एकजमानाथियो अाज स्कुल बाट घर फर्कदा चुइगम किनेर खादइ अाइन्थ्याे बेलुका खाना खाने बेला भित्तामा टासेर राखिन्थ्याे फेरि भाेलि स्कुल जाने बेला कसइले नदेख्ने गरि उक्कायर खादइ गइन्थ्याे
Himal Bista #एकजमानाथियो पुतलीको टीका लगायो भने पैसा भेटिन्छ भनेर विद्यालय नगई दिनभरी पुतलीको पछि पछी दौडिन्थ्यो।।।
Matthew John #एकजमानाथियो साथिहरु सङाग घेरा हालेर बसेर ,,,म सङ्ग भोटे कुकुर छ कस्लाइ टोकला भनेर खेलिनत्यो ्् रुमाल वाला खेल
Bijay Lama #एकजमानाथियो सरले पढाउदा पनि कक्षाकाे कुनामा बसि चाउचाउ खाईन्थ्याे र सरले हेरदा मुख चलाउन छाडिन्थ्याे।
Ruks Bro #एकजमानाथियो सधै कट्टु लाईन्थ्यो। कट्टु जहिले पनि त्यही बाट च्यातिन्थ्यो जहाबाट च्यातिन हुदैन थ्यो। आजकालका जिन्स पाईन्ट लाउने भुराभुरीलाई के था।
Ribaj Dahal #एकजमानाथियो चुङ्गी खेल्न , घुर्रा घुमाउन कम्ति मज्जा आउँदैनथ्यो आजकाल त #क्याण्डिक्रस र सव वे सर्फले जमाना खायो #
SarÖz Karki #एकजमानाथियो जब मोटे हरुलाइ सधै गोल किपर राखिन्थ्यो
Kamala Basnet एक जमना थियो गाँउको धनि मान्छेको घरको झालवाट शनिवारदिने हिन्दि फिलिम हेरिन्थियो।।
के. पि. दङ्गालि #एकजमानाथियो स्वस्थानिको प्रसाद थुक्नु हुदैन भनि उखुको टुक्रा पुरै चपाएर निलिन्थ्यो !!
राजु भाइ: #एकजमानाथियो सबै हिन्दी फिल्म हेरेर हासेको देख्दा बुझ्दै नबुझी खित्का छोडेर हासिन्थ्यो ।पछी कसैले के बुझेर हासिस भनेर सोध्यो भने सबै हास्दा हासेको भनिन्थ्यो l
Prem Gayak Baglung #एकजमानाथियो सबैले सुन्ने गरी भाई बैनिलाई फुलाईन्थ्यो थाहा नपाउने गरि चिमोटिन्थ्यो।
Binod Phuyal #एकजमानाथियो राती सु आयो भने बहिर निस्किनको डरले झ्यालबाटै सुइक्याइन्थ्यो!!!!!
SarÖz Karki #एकजमानाथियो भाडाकुटी खेल्दा म बुडा उनी बुडि हुन्थिन।ऐले उनी अर्कौकी साच्चिकैको बुडि भैसकिन। ;)
-----------------