[Show all top banners]

nozzs
Replies to this thread:

More by nozzs
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 टिपिएका कथाहरू
[VIEWED 12850 TIMES]
SAVE! for ease of future access.
Posted on 08-09-16 9:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किनकि, जीवन अमूल्य छ

कालोपुलको मुख्य सडकसँगै जोडिएको एउटा पुरानो घर, जुन भुइँचालोले चिरा परेर जीर्ण बनेको छ।
 
भित्र छिर्ने ढोका यति होचो छ, आधा निहुरिँदा पनि टाउको ठोक्किने डर हुन्छ।
 
कोठा यति साँघुरो छ, मसँगै गएका सहकर्मी फोटोपत्रकारलाई भित्र बसेर फोटो खिच्नै गाह्रो पर्यो। उनी ढोकामै बसिरहे।
 
कोठामा एउटा खाट छ। टिभी राख्ने सिसाको टेबललाई नै भान्छा बनाइएको छ। त्यसैमाथि एकमुखे ग्यास चुह्लो ठिक्क अटाएको छ। दुइटा ब्रिफकेस छन्। एउटा ग्यास सिलिन्डिर छ। तीस किलो चामलको बोरा छ। देब्रेतिर भित्ताको खोपामा शिवको मूर्ति छ। केही खेलौना छन्। पानीका बोतल छन्। र, औषधिका थुप्रै प्याकेट छन्।
 
झरी परेका बेला त यो कोठामा बस्नै सकिन्न। भित्ताबाट रसाएर आएको पानी भुइँमा जमेर आहाल बन्छ।
 
यही कोठामा तीन महिनादेखि सकसको जीवन बिताइरहेकी छन्, कुनै बेलाकी चर्चित कलाकार तथा नर्तकी लक्ष्मी राणा।
 
हामी भेट्न जाँदा घर र कोठाको दुर्दशा देखेर अलमलिन्छ भनेर होला, उनी बाहिर सडकसम्मै लिन आइन्। उनले फोनमै भनेकी थिइन्, ‘घर थोत्रो छ, कोठा एकदमै सानो छ, तपाईंलाई अप्ठ्यारो लाग्दैन भने यहीँ आउनुस्।’
 
पुगेपछि थाहा भयो, घर मात्र होइन, उनी आफैं पनि घरजस्तै दुर्बल भइसकेकी रहिछन्।
 
जीउमा पुग्दो रगत पनि थिएन सायद, उनको अनुहारै सुख्खा र कालो थियो। ज्यान दुब्लाएर एकमुठी थियो। कमजोरीले होला, राम्ररी हिँड्नधरि सकेकी थिइनन्, लर्खराइरहेकी थिइन्।
 
कोठाभित्र छिर्नुअघि हामीले जुत्ता फुकाल्न खोज्यौं। उनले रोक्दै भनिन्, ‘भो पर्दैन, यत्तिकै आउनू।’
 
हामी भित्र छिर्यौं।
 
देब्रे भित्तामा एउटा रंगीन तस्बिर टाँगिएको छ। घना जंगलको बीचमा नदी बगेजस्तो कपालको बीचमा सर्लक्क सिउँदो काटेको एक सुन्दर महिलाको तस्बिर। त्यसको ठिक अगाडि दाहिने भित्तामा अर्को फ्रेम झुन्डिएको छ, श्यामश्वेत तस्बिर बोकेर।
 
सँगै, एउटा बीमा कम्पनीको भित्तेपात्रो छ, जसमा लेखिएको छ, ‘किनकि जीवन अमूल्य छ।’
 
लक्ष्मीलाई हरेक दिन यो भित्तेपात्रो नहेरी हुन्न। दिन, गते, बारको खाँचो परेर मात्र होइन, त्यहाँ उनले हरेक बिहान प्रार्थना गर्ने भगवान शिवको तस्बिर छ। आफू कुन दिन अस्पताल जाने र सहयोगका लागि कुन दिन कसलाई भेट्नेजस्ता तिथिमिति पनि त्यही पात्रोमा टिपेकी छन्।
 
पात्रोले वर्तमान भन्छ। तर, कहिलेकाहीँ यही पात्रोले उनलाई दसवर्षे विगत पनि सम्झाइदिन्छ। जब पात्रोका पन्ना पल्टिँदै जान्छन्, उनलाई आफ्नो जीवन बढ्तै अत्यास लाग्न थाल्छ। उनी गणना गर्न थाल्छिन्, अझै कति वर्ष यसरी दीनहीन बिताउनुपर्ने हो!
 
उनी घरिघरि पात्रोबाट नजर उठाएर भित्तामा झुन्डिएका तस्बिरतिर हेर्छिन्। एकातिर श्यामश्वेत आमा छिन्, अर्कातिर रंगीन आफू। मन त्यसै हुँडलिएर आउँछ। लाग्दो हो, तस्बिर मात्र रंगीन हो, जिन्दगीका त सारा रंग उहिल्यै उडिसके।
 
उनी उडेका ती रंगहरू छोप्न चाहन्छिन्। तर, स्मृतिले धोका दिइसक्यो। जतिसुकै दिमागमा जोड दिँदा पनि चित्रहरू प्रस्ट खुलेर आउँदैनन्। उनी कोरिएको सिडीबाट चल्ने फिल्मजस्तै अड्कीअड्की आफ्नो सम्झनाको पोयो फुकाउँछिन्।
...
 
‘यो त नर्तकी होला जस्तो छ!’
 
लक्ष्मीलाई चिन्नेजान्नेहरू सानैदेखि यस्तै भन्थे।
 
हुन पनि चार कक्षा पढ्दा स्कुलको साँस्कृतिक कार्यक्रमबाट नाच्न थालेकी लक्ष्मीको ख्याति कलिलो उमेरमै वीरगन्जभरि फैलिइसकेको थियो। एसएलसी दिँदासम्म कार्यक्रमबाट पाउने पुरस्कारले घर भरिएको थियो। नृत्य मन पराउनेबाट पाएको ‘टिप्स’ त कति कति! 
 
निम्न आर्थिक अवस्थाको परिवारमा हुर्किएकीले उनले सानैबाट पैसाको महत्व बुझेकी थिइन्। नृत्यबाट जुटेको पैसा बचत गर्थिन्। पढाइमा पनि अब्बल थिइन्। नाच र पढाइ दुवै हेरेर स्कुलले उनलाई छात्रवृत्ति दियो।
 
अभावको बीच पनि लक्ष्मीको जिन्दगी रंगीन थियो।
 
उनी १४ वर्षकी थिइन्, जब उनको रंगीन जिन्दगीमा पहिलो कालो धर्सा कोरियो। 
 
एकै वर्ष उनको घरमा लगालग तीन जनाको मृत्यु भयो। सबभन्दा पहिला, प्यारालाइसिस भएका हजुरबा बिते। त्यसको केही महिनामै कालज्वरले बाबुलाई लग्यो। अर्को चार महिनामा जन्डिस भएर आमाले पनि धर्ती छाडिन्। 
 
लक्ष्मी आमालाई सबैभन्दा धेरै माया गर्थिन्। आफूले सबभन्दा माया गर्ने मान्छे गुमाएपछि उनलाई वीरगन्जमा बस्न मन भएन। केही महिनामै एसएलसी पनि सकियो। उनी चार वर्ष कान्छो भाइलाई लिएर काठमाडौं आइन्।
 
‘वीरगन्जकै विजया (गिरी) दिदी प्रज्ञा प्रतिष्ठानमा काम (गायिका) गर्नुहुन्थ्यो। उहाँकै सहयोग पाएर म प्रतिष्ठानमा नाच सिक्न थालेँ। राम्रो नाच्न जानेकैले ६ महिनामै फ्रान्स जाने मौका पाएँ। त्यहाँबाट फर्किएको केही समयपछि नै जापान गएँ,’ लक्ष्मीले आफ्ना सुनौला दिनका एल्बम एकपछि अर्को पल्टाउँदै गइन्।
 
त्यतिबेला जापानमा सान्थारो नामका एक व्यक्ति थिए। नेपाली युवतीसँग बिहे गरेका सान्थारोले नेपालका कलाकारलाई जापान लगेर साँस्कृतिक कार्यक्रम आयोजना गर्थे। पाँचदेखि सात जनाको समूहमा जाने कलाकारले ६ महिनासम्म मात्र बस्न पाउँथ्यो। लक्ष्मी पनि यसरी नै चारपटक जापान पुगेकी थिइन्। उनको नृत्य जापानका साँस्कृतिक कार्यक्रममा खुबै रुचाइन्थ्यो।
 
जापान मात्र होइन, स्विट्जरल्यान्ड, स्पेनमा पनि उनको नाचले धेरैलाई मोहित पारेको थियो।
 
लोकदेखि आधुनिक नृत्यसम्म पारंगत लक्ष्मी पछि ‘कोरियोग्राफी’ पनि गर्न थालिन्। काठमाडौंमा उनको नृत्य प्रस्तुति र कोरियोग्राफी मन पराउने थुप्रै थिए।
 
केही नाटकमा समेत अभिनय गरेकी लक्ष्मी नेपालको पहिलो टेलिश्रृंखलाकी नायिकासमेत हुन्। नेपाल टेलिभिजन खुलेपछि रमेश बुढाथोकीको निर्देशनमा बनेको ‘बाचा बिर्सेको छैन’ मा नायिका लक्ष्मी नै थिइन्। उनको अभिनय खुबै रुचाइएको थियो। त्यसपछि उनले एक साँझ, निमित्त नायक लगायत टेलिशृंखलामा पनि मुख्य भूमिकामा अभिनय गरिन्। ‘मनकामना’ फिल्ममा समेत उनले अभिनय गरेकी छन्।
 
पारिश्रमिक नदिने, सकेसम्म शारिरिक शोषण गर्न खोज्ने स्वभावका पुरुषको दबदबाका कारण विस्तारै उनलाई फिल्मी दुनियाँदेखि विरक्त लाग्न थाल्यो। 
 
उनी नृत्यतिरै बढी केन्द्रित भइन्।
 
यसको एउटा कारण के पनि हुनसक्छ भने फिल्मक्षेत्रभन्दा नृत्यमा कमाइ बढी थियो। विदेशको कार्यक्रममा जान पाए झन् बढी कमाइ हुन्थ्यो। एकचोटि छ महिना जापान बसेर नृत्य देखाउँदा करिब ६ लाख रुपैयाँ लक्ष्मीको हात पर्थ्यो।
 
उनी फुर्मास गर्दिन थिइन्। जोगाएको पैसाले काठमाडौंमा जग्गा किनिन्। एकतले घर बनाउने पैसा जोरजाम गर्न खोज्दा साथीहरूले ठूलै घर बनाउन सुझाए। उनी थप पैसा कमाउने उपाय खोज्न थालिन्।
 
यही क्रममा कार्यक्रम गर्न जापान गएकी लक्ष्मीले उतै लुकेर मोबाइल कम्पनीमा काम गरिन्। काठमाडौंमा ठूलो घर बनाउनु उनको एउटै सपना थियो।
 
मोबाइलमा ‘कि–प्याड’ टाँस्ने काम थियो उनको। टाँस्ने रसायनको कडा रागले नाकै पिरो हुन्थ्यो। उनी त्यही राग सहँदै रातदिन खटिएर काम गर्थिन्। महिनामै एक लाख रुपैयाँसम्म बच्थ्यो। जतिसक्दो छिटो घर बनाउन पैसा जम्मा गर्ने र नेपाल फर्कने उनको योजना थियो। काठमाडौं फर्केपछि उनी बिहे पनि गर्न चाहन्थिन्।
 
नृत्य र अभिनयमा लाग्दा उनको सुन्दरताको खुबै चर्चा हुन्थ्यो। वीरगन्ज र काठमाडौंमा उनी ‘ब्ल्याक ब्युटी’ कहलिएकी थिइन्। प्रेम गर्छु भन्नेहरू थुप्रै थिए। तर, खोजेजस्तो केटा नपाउँदा बिहे नगरेको उनको भनाइ छ। 
 
यस्तै सपनामा उडिरहँदा एक्कासि पेट दुख्ने र पिसाब पोल्ने समस्याले उनलाई गाँज्यो। उनी अस्पताल गइन्। डाक्टरले ६ महिनाका लागि इन्फेक्सनको औषधि दिए। उनी तैपनि दिनप्रतिदिन गल्दै जान थालिन्। खानमा अरुचि बढ्दै गयो। शरीर कमजोर भएर पहिलेजस्तो काम गर्न नसक्ने भइन्। अनुहारको रङ फुङ्ङ उड्यो।
 
उनी फेरि अस्पताल गइन्। डाक्टरले परीक्षण गरे। केही दिनमा रिपोर्ट आयो, ‘मिर्गौला फेल।’
 
‘त्यतिबेला त म रोइनँ,’ लक्ष्मीले मिर्गौला फेल भएको सुन्दाको घडी सम्झिइन्, ‘म त पूरै होस हराएजस्तो भएँ। कोठामा आएर दिनभरि रोएँ। त्यसपछिको चार महिना त म पूरै बेहोसजस्तै भएछु, के भयो, केही याद छैन।’
 
जापानमा कमाएको पैसा उपचारमै सक्किन थाल्यो। उनी पहिलेजस्तो काम गर्न पनि नसक्ने भइन्। त्यो उनका लागि सबभन्दा कष्टकर समय थियो। आफू चाँडै मर्दैछु भन्ने लागेपछि उनले काठमाडौंमा रहेका भाइ सम्झिइन्। र, तुरुन्तै नेपाल फर्किइन्। 
 
‘महिनाको लाखसम्म कमाउने म नेपाल फर्किँदा साथमा यतैबाट लगेका नेपाली नोट मात्र थिए,’ उनले भनिन्।
 
उनको साथमा उपचार गर्ने पैसा पनि थिएन। उनी काठमाडौंमा सस्तो उपचार गराउने ठाउँ खोज्दै वीर अस्पताल पुगिन्। उनमा मिर्गौलासँगै पित्तथैलीको समस्या पनि देखियो। 
 
रोगमाथि रोग थपिएपछि उनले पहिले जोडेका जग्गा र अरू अचल सम्पति बेच्दै उपचार गराउन थालिन्। विस्तारै गरगहना पनि बेच्नुपर्यो।
 
सानैमा आमाले छाडेर गएकाले भाइ र उनीबीच गहिरो माया थियो। उनी बिरामी भएका बेला भाइले नै स्याहार गरेका थिए। तर, एक्कासि भाइको पनि जन्डिसले थलिएर ज्यान गयो।
 
उनी यो संसारमा पूरै एक्लो भइन्।
 
उनको रंगीन संसारका सारा रंगहरू एक–एक गर्दै पखालिँदै गए।
 
उनी रंगहीन भइन्।
पीडाको यति ठूलो भार सहने तागत सायदै कसैमा हुन्छ। उनको मस्तिष्कका लागि पनि त्यो भार यति ठूलो थियो, उनले थाम्नै सकिनन्।
‘भाइ बित्नुअघि त आमाको खुबै याद आउँथ्यो,’ लक्ष्मीले भनिन्, ‘भाइ बितेपछि आमासँग जोडिएका कुरा पनि बिर्संदै जान थालेँ। अब त आफ्नै पिरले भाइका कुरा पनि उति सम्झन सक्दिनँ।’
 
..continue in next post downbelow++
Last edited: 09-Aug-16 10:53 PM

 
Posted on 08-09-16 10:09 PM     [Snapshot: 9]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छोरी

"मरेपछि पिण्ड दिने छोराभन्दा जिउँदै हुँदा सम्मान दिने छोरी कता हो कता असल हुन्छन् ।"

सानु शर्मा

श्रावण २५, २०७३  


‘छोरी जन्मिएकी छ डाक्टर सा’ब, घुतुमुने ।’ नर्सले ल्याएर छोरी श्रीमान्को काखमा राखिदिई । सधैं धीर–गम्भीर रहने मेरा सिनियर सर्जन श्रीमान् अलिकति मात्र मुस्कुराए । उनको कन्जुस्याइँपूर्ण मुस्कानको मेरी आमाले के अर्थ लगाउनुभयो कुन्नि, मेरो हात समाएर स्नेहमा डुबेको स्वरमा भन्नुभयो–‘छोरी भै भनेर मन नखुम्च्याउनु होला ज्वाइँसाब, भोलि मर्न लाग्दा आफ्नै शरीरको अङ्ग दिएर बचाउने छोरी नै हुन्छन् । मरेपछि पिण्ड दिने छोराभन्दा जिउँदै हुँदा सम्मान दिने छोरी कता हो कता असल हुन्छन् ।’ मेरा आँखा आँसुले भरिए । ‘त्यो मलाई जति कसलाई थाहा छ र आमा ?’ मेरा श्रीमान्ले छोरीलाई छातीमा टाँसेर मलाई हेर्दै भने–‘बस्, मेरी छोरीमा पनि तपाईंकै छोरीको गुण आओस्, यत्ति नै चाहन्छु ।’ मैले आँखाभरि उनीहरूलाई हेरें । अनायासै मेरा आँखामा विगत उत्रियो ।

                                                 ०००००
दाइ र मेरो उमेरमा केवल १८ महिनाको अन्तर थियो तर पनि हामीमाझ भेदभावको कुनै सीमा थिएन । अझ बा बितेपछि त आमाले पराकाष्टा नै गरिदिनुभयो । उहाँ १२ वर्षको दाइलाई १२ महिनाको केटाकेटीलाई झैं व्यवहार गर्नुहुन्थ्यो । आमाको कमजोरी बुझ्दै गएको दाइ पनि फाइदा उठाउने कुनै मौका छोड्दैनथ्यो । खेतबारी टन्नै थियो हाम्रो । खान–लाउन छेलोखेलो पुग्थ्यो । खटिनचाहिँ पथ्र्यो प्रशस्तै, जुन मेरो दाइलाई कहिल्यै परेन । आमा र म घोटिएर खेतबारीमा काम गथ्र्यौं । दाइ हल्लिएर समय बिताउँथ्यो । कामको चटारो हुँदा आमा मलाई स्कुल पठाउन खोज्नुहुन्नथ्यो तर म झगडा गरेर भए पनि स्कुल जान्थें । आमाका लागि त दाइले पढिदिए नै काफी थियो । म त छोरी थिएँ, अर्काको घर जाने जात, त्यसैले मेरो पढाइ–लेखाइको उहाँलाई कत्ति चिन्ता थिएन । आखिर उहाँले पनि त स्कुलको मुख देख्नुभएको थिएन ।


२० वर्ष पनि नपुग्दै दाइ गाउँकी एउटी केटी टिपेर भाग्यो । नौ कक्षामा दुईपल्ट फेल भएर पढ्न छोडी हल्लिएर बसेको मेरो दाइ लगभग १० महिना घर आएन । आमा दाइको चिन्तामा मृतप्राय: हुनुभयो । उहाँलाई दाइले पढ्न नसकेकोमा होइन, त्यति सानै उमेरमा केटी भगाएकोमा पनि होइन, बरु उनी आँखाअगाडि नभएकोमा बढी चिन्ता थियो । लगभग दस महिना घरमा मीठो–चोखो पाकेन । कुनै चाडबाड मानिएन । मैले कुनै चीजको रहर गरे उहाँ रुदै भन्नुहुन्थ्यो–‘मेरो बालख छोरो कहाँ, कुन ठाउँमा दु:ख पाएर बसेको होला, यसको मनमा भने अलिकति चिन्ता छैन ।’ केटी लिएर भागेको लाठे छोरोका लागि उहाँको मन सधैं रुन्थ्यो तर म जो घरको, खेतबारीको काममा खटिएर पनि स्कुल–कलेजमा सधैं प्रथम हुन्थें, त्यसको लेखाजोखा आमाले कहिल्यै गर्नुभएन ।

 

भागेको ११ औं महिनामा दाइ घर फर्कियो । ऊ स्वास्नी काठमाडौंमै छोडेर आएको थियो । पछि दाइ आमालाई फकाएर घरबार बेच्न लगाई सबै पैसा कुम्ल्याएर काठमाडौं गयो । मैले धेरै प्रयास गरें तर रोक्न सकिन । हामी आमाछोरी बाध्य भएर उसको पछि लाग्यौं । थानकोटमा पाँच आना जग्गामा बनेको सटर भएको घर किनेर दाइले पसल सुरु गर्‍यो । बचेको पैसाले छेवैमा अर्को घडेरी किन्यो । हातमुख जोर्ने बाटो भएपछि मैले बीएस्सी नर्सिङ पढ्ने इच्छा व्यक्त गरें तर आमा र दाजु–भाउजू सहमत भएनन् । आमा सहमत नहुनुको कारण–‘जति पढिस्, त्यति नै काफी छ । अब एउटा केटो खोजी विवाह गरेर जिम्मा लाइदिन्छु अनि जे मन लाग्छ गर्नू ।’

 

दाइ असहमत हुनुको कारण–‘फिस कसले तिर्छ ?’ भाउजू असहमत हुनुको कारण–‘घरधन्दा कसले हेर्छ ? पसलको हिसाब–किताब कसले हेर्छ ?’ तर मैले कसैको कुरा सुनिनँ । दाजुसँग भनें–‘मेरो विवाह नै गर्ने हो भने पनि खर्च त लाग्छ । मेरो पढाइ सुरु गराइदे, म तँमाथि बोझ बन्दिनँ । काम खोज्छु । फुसर्दका बेला यहीँ पसलमा काम गर्छु । मेरो विवाहको खर्च म आफैं जोड्छु । तेरो सुको खर्च गराउँदिन ।’दाइले मनमनै गुन्यो । भाउजूसँग सल्लाह गर्‍यो अनि ठूलो खर्चको अनुपातमा सानो खर्च चुन्यो । मेरो कलेजको फिस तिरिदियो ।


चार वर्ष बिते । मैले ट्युसन पढाएँ । रेस्टुराँ र पसलमा काम गरें । भाउजूको बेस्सरी चाकरी गरें । जस्तै चटारो भए पनि डिस्टिङ्सनका साथ नर्सिङ सकें र काम सुरु गरेपछि अस्पताल नजिकै बनेपा सरें । भाउजू खराब थिइनन् तर उनी अल्छी र कन्जुस थिइन् । त्यसैले म नभएपछि आमाको थाप्लोमा अझै काम थुप्रियो । त्यसै पनि गाउँ छोडेदेखि आमा घटेर आधा हुनुभएको थियो । मधुमेहको रोगी आमा डाक्टर देखाउन पटक्कै मान्नुहुन्नथ्यो । त्यसमाथि दाइ–भाउजू पैसा खर्च हुन्छ भनेर डराउँथे । म जसरी–तसरी सबैको हेरचाह गर्थें । कामको सबै बोझ आफ्नो थाप्लोमा लिने प्रयास गर्थें तर म बनेपा सरेपछि आमाले नै सिङ्गो घर र नाति–नातिनाको रेखदेखको जिम्मेवारी बोक्नुपर्‍यो ।

 

दाइका चार वर्षबीचमा जन्मिएका तीनजना सन्तानका लागि भाउजूको योगदान उनले तिनलाई जन्म दिनुबाहेक केही थिएन । म र आमाले उनीहरूको हेरचाह गर्‍यौं । अब भाउजू फेरि दुई जिउकी थिइन् । सर्ने बेलामा मैले आमालाई आफूसँगै जान आग्रह पनि गरें तर आमा न छोरा छोड्न सक्नुहुन्थ्यो, न भाउजू एक्लै घर र केटाकेटीलाई सम्हाल्न सक्थिन् । म चिन्तित मनले बनेपा सरें ।
                                                 ०० ०० ००
यसरी नै अर्को एक वर्ष बित्यो । सँगै अस्पतालमा काम गर्ने एकजना सर्जन मतर्फ आकर्षित भए र बारम्बार विवाहको प्रस्ताव राख्न थाले । पहिले त मैले टार्न खोजें तर उनका बारेमा सबै कुरा बुझिसकेपछि म राजी भएँ । त्यसभन्दा पहिले मैले आफ्ना बारेमा सबै कुरा नढाँटी उनलाई बताएँ र विवाहमा खासै तडकभडक गर्न नसक्ने बाध्यता बताएँ । यो पनि उनलाई सहर्ष स्वीकार थियो । अनि मैले आमा र दाइसँग कुरा गर्न जाने मन बनाएँ । यसै पनि तीन महिना भैसकेको थियो म उता नगएको तर म उता जानुभन्दा पहिल्यै दाइको फोन आयो ।

 

आमा टिचिङ अस्पतालमा हुनुहुन्थ्यो । म हतारिँदै अस्पताल पुगें । आमाको अवस्था देखेर म साह्रै डराएँ । आमाका दुवै किड्नी ड्यामेज थिए । किड्नी खोज्ने कुरा चलेपछि पैसाको कुरो चल्यो । पैसाको कुरो चलेपछि दाइले सीधै भन्यो–‘मेरो यत्रो परिवार छ । पसलको कमाइले जसरी–तसरी मुखमा माड लाइदिन सकेको छु । मसँग एक पैसाको आशा नराख ।’ मैले अविश्वासपूर्ण दृष्टि ऊतिर तेस्र्याएँ ।


‘दाइ, गाउँको सारा श्रीसम्पत्ति बेचेर ल्याएर घरबार र व्यापार जोडेको छस् । म र आमाका लागि कहिल्यै खासै सिन्को भाँच्नु परेन । मसँग भए म झिक्थें तर मैले पनि त काम सुरु गरेको धेरै भएको छैन । त्यत्रो पैसा म एक्लैले कहाँबाट जोहो गरौं ?’ मैले भनें ।


‘बाउको सम्पत्तिमा छोराको हक त लागिहाल्छ नि, अब के तँ पनि हक खोज्न थालेकी ?’ ऊ जङ्गियो ।


‘बिस्तारै बोल दाइ’, मैले सेटेटिभको असरले निदाएकी आमाको अनुहार हेरेर दबेको स्वरमा भनें–‘अंश खोजेकी होइन मैले, तँलाई थाहा छ । बाको सम्पत्तिमा आमाको पनि त हक लाग्छ ? तैंले एक शब्द भनेको भरमा आफू जन्मी–हुर्किएको गाउँघर, भीरपाखा चटक्क छोडेर सारा सिरिखुरी तँलाई सुम्पेर आमा तेरो पछि लागेर यहाँ आउनुभयो । तँलाई गारो होला भनेर सिकिस्त बिरामी हुँदा पनि तँसँग कहिल्यै कुनै कुराको गुनासो गर्नुभएन । अहिले पनि यसरी नढलेकी भए कसैले थाहा पाउँदैनथ्यो उहाँको व्यथा । दाइ यस्ती आमाको त हक लाग्छ नि होइन बाको सम्पत्तिमा ?’ मेरो गला अवरुद्ध भयो । ‘हक लाग्छ भनेर म के सबै आमाको उपचारमा खर्च गरेर आफू पाटीको बास गरूँ ? ऊ झर्कियो । म आश्चर्यचकित उसलाई हेरिरहें ।
                                                  ०० ०० ००
दाइकै कारणले मेरो र आमाको सम्बन्ध कहिल्यै राम्रो हुन सकेन । मलाई लाग्थ्यो उहाँ दाइ र मप्रति पश्चात्ताप गर्नुहुन्थ्यो । उहाँलाई लाग्थ्यो–म दाइको रिस गर्थें । आमा र मबीच सधैं कहिल्यै नटुङ्गिने विवाद चलिरहन्थ्यो तर उहाँ बिरामी भएपछि मैले केही भन्न छोडेकी थिएँ । यो त्यही दाइ थियो जसका लागि आमा सधैं मर्न तयार हुनुहुन्थ्यो । गाउँमा दाइकै कारण ती सबै आमाका पनि शत्रु हुन पुगेका थिए । म साक्षी थिएँ १० महिना दाइ नहुँदाको आमाको हालतको, जो एकोहोरो भएर हरक्षण गाउँ आउने–जाने बाटो नियाली रहनुहुन्थ्यो । मेरो परीक्षाका बेला पनि आमा मट्टीतेल खर्च हुुन्छ भनेर बत्ती बालेर पढ्न दिनुहुन्नथ्यो तर दाइको पर्खाइमा सधैं ढोकाछेउ एउटा बत्ती बालेर राख्नुहुन्थ्यो । न मीठो खानुहुन्थ्यो, न मलाई खान दिनुहुन्थ्यो । छोराका लागि मर्न तयार आमाको उपचार गर्न छोरासँग खर्च थिएन तर गाउँको सबै सम्पत्ति बेचेर किनेको उसको घरकै मोल आज आठ गुणा बढेको थियो । अर्को घडेरीको पनि उत्तिकै मोल पथ्र्यो ।

                                                  ०० ०० ००
‘त्यसो भए घडेरी बेचूँ ।’ मैले उसलाई भनें । ‘भाउजूको नाममा छ ।’ उसले दबेको स्वरमा भन्यो–‘त्यसमाथि त्यो भएको एउटा घडेरी बेचेर म छोराछोरीको पढाइ–लेखाइ कसरी गरूँ ?’ मैले रिसले आँखा देखिन । ‘त्यसो भए तँ तेरो एउटा किड्नी दे आमालाई, बाँकी खर्च म बेहोर्छु ।’ ‘बहुलाइस् कि क्या हो ?’ उसले आक्रोशित स्वरमा भन्यो–‘भर्खर २६ वर्षको पनि भा’ छैन म । घरमा चार–चारवटा छोराछोरी र जवान जाहान छे । तँ कसरी सक्छेस् मलाई अङ्गभङ्ग हो भन्न ?’

‘एउटा किड्नी नहुनु अपाङ्गै हुनु होइन ।’‘भए पनि, एउटा मर्न लागेको मान्छेका लागि सद्दे मान्छे काटकुट पार्नु ?’ ‘पुग्यो दाइ पुग्यो ।’ मैले रुँदै भनें–‘आमा मरिहाल्नु हुन्न यति सजिलै, हामी भएको के काम लाग्यो त्यसो भए ?’ ‘हामी के गर्न सक्छौं ? आमा अहिलेसम्म बाँचिहाल्नुभयो ।नाति–नातिनाको मुख देखिहाल्नुभयो । अब चिरफार गरेर किन उहाँको परत्र बिगार्नु ? बरु काजकिरिया राम्रोसँग गरिदिउँला । अस्तु काशी सेलाइदिउँला । त्यसभन्दा अरू के चाहियो ?’ ‘निस्की हाल् । तुरुन्तै बाहिर निस्की हाल् ।’ म निकै कराएँ । ‘१२–१३ वर्षको उमेरमा विवाह भएर, सधैं दु:ख काटेर, तरुनी नहुँदै दुई–दुईवटा सन्तान जन्माएर, कलकलाउँदो उमेरमा विधवा भएकी । भर्खर ४० काटेकी । यस्ती आमालाई जिन्Þदगी दिनुको सट्टा दागबत्ती दिने कुरा गर्ने ? तँ जस्तो लाछीको मलाई कुनै मद्दत चाहिएन । मै दिन्छु मेरी आमालाई किड्नी । तँ निस्की यहाँबाट र गएर स्वास्नीको काखमा घुस्रिएर मर् । फर्केर नआइज यहाँ फेरि ।’ यति भन्दै मैले आँसु पुछें ।


‘तेरो त विवाह पनि भा’ छैन ?’ उसले उठ्दाउठ्दै भन्यो–‘जोसमा आएर कुनै नचाहिँदो निर्णय नगर् । मर्नेसँग सँगै सती जान सकिँदैन, जतिसुकै माया लागे पनि । भोलि विवाह गर्ने कोही निस्किएन भने बूढीकन्या नै बस्नुपर्ला, होस गर् ।’ मैले आँसु पुछें अनि दृढ स्वरमा भनें–‘कसैकी स्वास्नी बन्नुभन्दा पहिले छोरी त बन्न सकौं । मलाई जन्म र जिन्दगी दिनेको भारा त चुकाउन सकौं । त्यसपछि सोचौंला, बाँकी जिन्दगीको कुरा । छोरी नै हुन सकिनँ भने स्वास्नी कसरी हुनसक्छु ? आमा कसरी हुनसक्छु ? तँ जा दाइ । अब हाम्रो चिन्ता नगर् ।’ ऊ अनकनाउँदै बाहिर निस्कियो ।


मैले देखें, आमाको बन्द आँखाको काप हुँदै दुई ढिक्का आँसु गालामा गुल्टिए ।

                                                  ०० ०० ००


from: kantipur (नारी)
http://bit.ly/2aG9Oi5
Last edited: 09-Aug-16 10:14 PM

 
Posted on 08-09-16 10:51 PM     [Snapshot: 71]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किनकि, जीवन अमूल्य छ

++…continued from post 1

भाइ बित्नुअघि त आमाको खुबै याद आउँथ्यो,’ लक्ष्मीले भनिन्, ‘भाइ बितेपछि आमासँग जोडिएका कुरा पनि बिर्संदै जान थालेँ। अब त आफ्नै पिरले भाइका कुरा पनि उति सम्झन सक्दिनँ।’
 
आशा र निराशाका उतारचढावबीच समय बित्दै गए। उनको भएभरको कमाइ र जायजेथा सक्कियो। समय यस्तोसम्म आयो, पैसा नभएकै कारण उनले औषधिसम्म किन्न सकिनन्। त्यतिबेला चाहिँ उनलाई लाग्यो, ‘बरु चाँडै मर्न पाए नि हुन्थ्यो!’
 
तर, मृत्यु उनले सोचेजस्तो सजिलो थिएन।
 
न उनले चाहेजस्तो गरी सास गयो, न व्यथा गयो।
 
उनले आफ्नो उपचारका लागि हारगुहार गर्ने निर्णय गरिन्। उनी थला परेको खबर विस्तारै फैलिँदै गयो।
 
‘साथीहरूले पनि समयमा किन नभनको भनेर गाली गरे,’ उनले भनिन्, ‘म पहिलेदेखि यस्तै थिएँ। यसलाई घमण्डी भनुँ कि स्वाभिमानी थाहा छैन, मैले कसैको सहयोग लिन्नँ भनेर अड्डी नै कसेको थिएँ। तर, सकिनँ। अहिले भने समयमै सहयोग किन मागिनँ भनेर पछुतो लाग्छ।’
 
उपचारमा अहिलेसम्म कति खर्च लाग्यो उनले हिसाब गरेकी छैनन्। सहयोगका लागि गुहार मागेपछि धेरथोर सहयोग जुट्न थालेका छन्। ‘उबेला खुट्टा बजारेको अहिले आएर काम लाग्दैछ, नाट्यश्वरको कृपाले,’ खोपामा रहेको शिवको मूर्तिलाई नमस्कार गर्दै उनले भनिन्।
 
रोगले घर बनाएर लक्ष्मीको शरीर कमजोर पारे पनि आँत गलाउन सकेको छैन। उनमा बाँच्छु भन्ने पूरै आत्मविश्वास झल्किन्छ। 
 
‘काठमाडौंको कुनै हलमा महिना दिनसम्म डान्सको सोलो पर्फमेन्स गर्ने मेरो उबेलादेखिको सपना थियो,’ उनले मुठ्ठी कसेर तेजिलो स्वरमा भनिन्, ‘सहयोग जुटेर मिर्गौला ट्रान्सप्लान्ट भयो भने म बाँच्छु र एकचोटि चाहिँ सोलो पर्फमेन्स गर्छु।’
 
जब भित्तामा आफ्नो पुरानो फोटो देख्छिन्, उनलाई अझै पनि आफू स्टेजमा नाचिरहेजस्तो लाग्दो रहेछ। दिमागमा यस्तो कल्पना आउँदा त उनी खुबै रमाउँछिन्। तर, जब हिँड्न थाल्छिन्, खुट्टा बाउँडिन्छ। करकर खान थाल्छ। डाडुपन्यु चलाउँदा पनि हात बाउँडिएर केही चिज समात्नै नसक्ने हुन्छ। 
 
कोही पुराना साथी भेटिँदा भन्छन्, ‘खुब राम्रो नाच्थ्यौ है?’
 
तब उनी झल्याँस्स हुन्छिन्, ‘ए हो त! म राम्रो नर्तकी थिएँ, अहिले रोगी पो छु त।’
 
‘पहिले–पहिले त यस्तो थाहा पाउँदा भक्कानो छुटिहाल्थ्यो,’ झ्यालमा राखिएको दुइटा ढुंगा देखाउँदै उनले भनिन्, ‘अहिले त यो पत्थरजस्तै भइसक्यो मेरो मुटु। आँशु नै आउँदैन।’
 
उनले यसो भनिरहँदा आँखाका कोसमा भित्तामा बलिरहेको सिएफएल चिमको उज्यालो टल्किरहेको थियो।
 
मनमा यस्तै अनेक तर्कना खेल्लान् र झनै दुःख देलान् भनेर उनले जीवनयापनका लागि समय–तालिका बनाएकी छन्। बिहान ६ बजे नै उठेर खाना बनाउँछिन्। कमजोरीका कारण झन्डै तीन घन्टा लाग्छ, खाना पकाउन। खानापछि ओछ्यानमा बसेर झन्डै एक मुठी औषधी खान्छिन् र, दुई घन्टा आराम गर्छिन्। 
 
सुतेर उठ्दा कोठाका भित्ताले कोपर्न खोजेजस्तो लाग्दो रहेछ उनलाई। उनी त्यसलाई छल्न बाहिर टहल्न निस्कन्छिन्। फुर्सदका बेला कहिलेकाहीँ एक्लै तास खेलेर बस्छिन्।
 
खाना जति पनि रुच्ने, निद्रा जति पनि पर्ने र राम्रो सपना देखिने हुँदा उनमा बाँच्ने आत्मविश्वास झन्–झन् चुलिएको छ।
 
उनलाई एउटै चिज देखी डर लाग्छ– ऐना। 
 
‘ऐनाले त तर्साउँछ,’ उनी भन्छिन्, ‘म आफैंलाई चिन्न सक्दिनँ। डान्स गर्दा पूरै शरीर देखिने थुप्रै ऐना थिए। कति भुइँचालाले फुटायो, कतिलाई आफैं मिल्काइदिएँ। आफूले बिरामी नठाने पनि ऐनाले झन् बिरामी बनाइदिन्छ।’
 
उनको रंगीन अतीतदेखि श्यामश्वेत वर्तमानसम्म समेटेर फर्कन खोज्दा उनले हामीलाई रोकेर रंगीन भविष्यको कल्पना सुनाइन्।
 
भनिन्, ‘म बाँच्न चाहन्छु। धेरैभन्दा धेरैको सहयोग पाएँ भने म बाँच्न सक्छु।’
 
उनले आफूलाई सहयोग गर्न एनआइसी एसिया बैंकको खाता नम्बर टिपाइन्– ४८६१३५९८४४५२४००१

 
Posted on 08-23-16 3:01 AM     [Snapshot: 406]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

  परिवार

 परिवार

नेपाल संवाददाता

डाँडाको टुप्पोमा पहेँलो घाम देखिन्छ। त्यो डुब्ने तरखर गर्दै छ। दिनभर उसले तताएको भित्री मधेस अझै हायलकायल छ। बारीमा भर्खर जन्मिएका हरिया मकैका बोटहरू दुई चुल्ठी बाटेर ठिंग उभिएका छन्। यस्तो लाग्छ कि तिनीहरू मलाई मेरो घरमै स्वागत गर्न उभिएका छन्।

म बारीको कान्ले बाटोबाट सम्हालिँदै आँगनमा पुग्छु। पिँढीमा सुतिरहेको एउटा खैरो कुकुर जुरुक्क उठेर जोडले भुक्छ। दौडेर मतिर जाइलाग्छ। म त्यसको ढाडमा जोडले लात बजार्छु र लखेट्छु। त्यो एकैछिनमा अदृश्य हुन्छ। केही बेरपछि पर कतै कुइँकुइँ गरेको आवाज मात्र सुनिन्छ।

ढोकाको आडमा एउटा टाटेपाटे बिरालो पनि छ। त्यो भलाद्मी पाराले अगाडिका दुई खुट्टा पसारेर थपक्क बसेको छ। त्यसको पुच्छर फिटिक फिटिक कुनै मेसिनझैँ चलिरहेको छ। तर, म त्यसको मतलब नगरीकन बन्द भएको ढोकातिर हेर्छु। ढोकामा ठूलै ताल्चा झुन्ड्याइएको छ। बा–आमालाई बिनाखबर सरप्राइज दिन गएको मान्छे, उल्टै आफैँ सरप्राइज्ड हुन्छु। मन नलागी नलागी ब्याग झिकेर खाँबोमा अड्याउँछु र थाकेको ज्यानलाई पिँढीमा बिसाउँछु। बिरालोले मलाई आँखा झिमिक्क नगरी एकटकले हेरिरहन्छ। त्यो पटक्कै डराउँदैन।

हेर्दा हेर्दै घाम डाँडाले छेकिन्छ। बा–आमा अझै आएका छैनन्। सायद खेतमा धानको बीउ राख्न गएका होलान्। उनीहरूले घरको आँगन टेक्नेबित्तिकै मलाई देख्दा के महसुस गर्लान्? उनीहरूको पहिलो प्रतिक्रिया के होला? सोचेर म टोलाउँछु।

खैरो कुकुर फेरि मेरा अगाडि उभिएको छ ठिंग। मलाई केही भन्न खोजिरहेछ तर डराइरहेछ। म झोलामा भएको चकलेट झिकेर खान्छु। कुकुर र बिरालो मैले मुख चलाएको हेरिरहन्छन्। तर, म तिनीहरूलाई वास्ता गर्दिनँ। बरू एउटा किताब झिकेर घोरिइरहन्छु।

साँझ ढल्न लाग्दा बा–आमालाई घरतिर आइरहेको देख्छु। अचम्म के भने खैरो कुकुर र टाटेपाटे बिरालो पनि बा–आमासँगै मतिरै आइरहेका छन्। कति बेला तिनीहरू बा–आमालाई लिन पुगिसकेछन्। मलाई देख्नेबित्तिकै आमाका गह भरिन्छन्। बा सोध्छन्, “कुन बेला आइस्?”

“भर्खरै हो,” म भन्छु।

“आइज भित्र,” आमा घरको चाबी खोल्छिन्।

दसैँ मानेको आठ महिनापछि घर आएको छु। भाइ अस्ट्रेलिया उडेको एक वर्ष भयो। बहिनी पराइ घर पुगेको पनि वर्ष दिन भइसक्यो। घरमा बा र आमा मात्रै छन्। यही सानो घर पनि उनीहरूका लागि फराकिलो भएको छ। आमा भान्सामा भात पकाउँदै छिन्। म छेउको चकटीमा बसेको छु। चुलोनजिकै बसेर खैरो कुकुर र टाटेपाटे बिरालो आमाको काम हेरिरहेका छन्। आमालाई सोध्छु, “आमा, यो कुकुर र बिरालो भान्सामा किन बसिरा’का?”

“यिनीहरू यस्तै हुन्,” आमा भन्छिन्, “यसको नाम खैरे, उसको नाम टाटी।”

त्यसपछि आमा जोडले भन्छिन्, “खैरे, खोइ खुट्टा उता लैजा।” खैरे खुट्टा अलि वर तान्छ र मतिर रिसाहा आँखाले हेर्छ।

“भाइलाई कस्तो छ रे उता?” आमा अँगेनाको दाउरा ठोस्दै सोध्छिन्।

“राम्रो छ..., पैसा कमाउँदै छ।”

“भाइ त उता गयो ल, बहिनी अर्काकी भई। तर, त्यहीँ काठमाण्डू भएर नि किन आउन्नस्?” आमा सोध्छिन्।

“बिदै मिल्दैन। मिलेको बेला त आ’कै छु नि!”

“देखियो आ’को नि,” आमा गुनासो पोख्छिन्।

आमाले यति गुनासो पोख्ने बेलासम्म तरकारी पाकिसकेछ। मीठो बास्नाले भान्सा कोठा भरिएको छ। आमाले पकाएको कहिले नमीठो लागेको थियो र मलाई?

म देखिरहेको छु, टाटी गुलाबी नाक झन्डै झन्डै कराहीनिर पुर्‍याउँछे। आमा पल्लो कोठामा भएको बालाई बोलाउँछिन्। बा ढाकाको टोपी मिलाउँदै आउँछन्। बा आएपछि खेती लाउन र घरव्यवहारका लागि बाको हातमा केही पैसा राखिदिन्छु। आमा त्यो सब चुपचाप हेरिरहन्छिन्। हातमा पैसा राखिदिँदा त्यति खुसी देखिन्नन्। बा भन्छन्, “किन ल्याउनुपथ्र्यो र?”

“राख्नूस् न,” म भन्छु।

बा अप्ठ्यारो मानेर गोजीमा राख्छन्। म त्यसको अर्थ बुझ्दिनँ। मलाई लाग्छ, बा–आमाका लागि पैसाभन्दा परिवार र परिवारको मिलन ठूलो छ।

खाना पस्किँदै गर्दा आमालाई हेर्छु। उनका आँखा र ओठमा हल्का मुस्कान छ। आमा सरासर पाँचवटा भाग पस्किन्छिन्।

म भन्छु, “कसलाई हो यतिका?”

“देखिनस् खैरे र टाटी?” आमा भन्छिन्।

खैरे र टाटी मसँगै मीठो मानेर आमाको हातको खाना खान्छन्। खैरे छिटोछिटो सिध्याएर फेरि आमातिर हेर्छ। “हेर हेर यो मोरो, भकारी नै भएर जन्मेछ। कति खान्छ हो?” फतफताउँदै आमा खैरेलाई खाना थपिदिन्छिन्। खैरे मतिर पुलुक्क हेर्दै फेरि खान थाल्छ।

“कैले आ’हो खैरे?” म अलि ठाडो तरिकाले सोध्छु।

“दसैँपछि, सानो थियो नि यो त,” आमा भन्छिन्।

“यस्ता खन्चुवालाई पालेर...,” म भन्छु।

“सानोमा तँ पनि खैरेजस्तै थिइस्। नबोल्ने तर धेरै खानुपर्ने,” आमा सम्झाउँछिन्।

“ह्या आमा, कुकुरसँग के दाँजेको भन्या?” म निको मान्दिनँ।

“के भो त? हेर त कति ज्ञानी छ। खैरे र टाटी छन् र त छोराछोरी सबै वरिपरि नै छौ जस्तो लाग्छ मलाई।”

आमाको पछिल्लो कुरा सुनेर म खाँदाखाँदै रोकिन्छु। केही भन्न खोज्छु तर बोली घाँटीमै अड्किन्छ। बा–आमा हाम्रो प्रगतिमा खुसी छन्। छोराछोरीलाई स्वच्छन्द भएर उड भन्छन् तर सधैँ वरिपरि भइदियून् भन्ने पनि चाहन्छन्। कस्तो विरोधाभास !

म केही बेर सोच्छु र ठान्छु आखिर जे भए पनि बा–आमाको कुनै सोच गलत छैन। बस्, यति बुझ्छु।

म मन भारी बनाई बनाई खान्छु। आमा मायाले सोध्छिन्, “के थपूँ? खानै नखाने भइछस् त! सहरमा राम्ररी पकाएर त खान्छस् नि?”

आमाले मलाई दसवटा कुरा सोधिरहँदा गोठबाट दुई–तीनपल्ट गाई कराउँछे। बा खाँदा खाँदै भन्छन्, “भोक लाग्यो जस्तो छ मालीलाई।”

“होला, अहिले घाँस दिनू न गएर,” आमा भन्छिन्।

बा यतैबाट कराउँछन्, “एकछिन पखेस्।”

सुत्न खोज्छु। निद्रा परेको छैन। बाहिर निक्लिन्छु। चकमन्न रात छ। कालो अँध्यारो। एकोहोरो झ्याउँकीरीको आवाज आइरहेको छ। आकाशमा बुट्टे ताराहरू देखिएका छन्। खैरे बार्दलीमा बसेर पहरेदारी गरिरहेको छ। टाटी भित्र आमासँगै घुरिरहेकी छे। म आफू जन्मिएको घरलाई एकनास हेरिरहन्छु र महसुस गर्छु, म दिनप्रतिदिन यो घर, बा आमा र गाउँसँग बिरानो हँुदै छु। उनीहरू हामी छोराछोरीबिना बाँच्न सिकिरहेछन्, हामी बाउआमाबिना बाँच्न सिकिरहेका छौँ र एक्लोपन भगाउने उपाय खोजिरहेका छौँ। नत्र, खोइ त्यो पहिलेजस्तो धपधप बलेको खुसी, त्यो मझेरीभरिको लडाइँ–झगडा र आमाको सप्रेम कुटाइ, खै त्यो रुवाइ र आमाको फकाइफुल्याइ? खै मेरो त्यो जिन्दगी, खै मेरो सानो भाइ र सानी बहिनी? केही छैन साथमा। अब त सम्झनाहरू पनि धमिला भइसके।

सखारै बा गाई दुहुन्छन्। एकैछिनमा बाच्छो बुरुक्क उफ्रिदै आँगनमा आइपुग्छ। र, बाको अगाडि पछाडि हिँड्छ। आमा आँगनमा देखा पर्छिन् र भन्छिन्, “लौ पुन्टे त फुस्केछ, बान्दिनू न।”

“आ, भैगो एकछिन खेलोस् आँगनमा,” बा भन्छन्।

पुन्टे बाच्छो आँगनमा उफ्रिरहन्छ। खैरे र टाटी सँगसँगै उफ्रीउफ्री खेल्छन्। बा र आमा दंग परेर हाँस्छन्। धेरैपछि म बा र आमाको बुढ्यौलीको धर्सा बसेको अनुहारमा त्यो खुसी पाउँछु, जुन आफू सानो छँदा पाउने गर्थें। सोच्छु, पुन्टे, खैरे र टाटी नभइदिएका भए यो घर कति नीरस हुन्थ्यो होला?

खैरे मसँग रिसाएको रिसायै छ। मैले उसलाई पिट्न हुने थिएन। त्यसैले मसँग टेढिएको छ। मैले बोलाए पनि मेरो छेउमै पर्दैन। बरू उल्टै परपर हेरेर हिँड्छ। मैले थुप्रै पटक कोसिस गरिसकेँ तर मान्दैन। बिहानको खाना खाने बेलामा मैले उसलाई मुसारेँ। खैरेले पुलुक्क मतिर हेर्‍यो।

“खैरेलाई केही गरेको थिइस् कि क्या हो? तँसँग तर्किरा’छ,” आमा उसलाई बुझ्छिन्।

“अँ हिजो, मलाई झम्ट्यो। मैले लात बजारँे।”

“हेर बिचरा...,” आमा साह्रै दु:ख मान्छिन्।

“घर कुर्छ, हामी नभा’ बेलाँ। नौलो लाग्यो होला त्यसैले झम्टियो नि,” बा थप्छन्।

म फेरि खैरेलाई मुसार्छु र मनमनै भन्छु, ‘सरी खैरे।’

खैरे मेरो वास्ता नगरी खाना खाइरहन्छ।

म बा–आमालाई भन्छु, “तपाईंहरू मसँग हिँड्नू काठमाण्डू।”

“आ होस्, याँ आफ्नो घरमा लडीबुडी गरेर खान छाडी छाडी कोठाँ बस्न को जाओस्?” आमा भन्छिन्।

“यहीँ ठीक छ छोरा हाम्लाई। सहराँ त सास फेर्न नि गाह्रो लाग्छ,” बा थप्छन्।

“ठीकै छ, तपाईंहरूलाई मन लागे आउनू,” म कुराको बिट मार्छु।

“कैले जान्छस्?” आमा सोध्छिन्।

“अब एकछिनमा,” म बा–आमालाई जानकारी दिन्छु।

घरमा भएजति सब कुरा आमाले मेरो झोलामा कोचिदिन्छिन्। म त्यसलाई तरकारी, दाल, गेडागुडीभन्दा पनि आमाको माया ठान्छु। बा–आमासँग बिदा मागेर हिँड्ने बेलामा आफूलाई माइती आएको चेलीजस्तो लाग्छ।

म भारी मन बनाएर सरासर हिँड्छु। बा–आमा मलाई परसम्म हेरिरहन्छन्। म हिँडिरहन्छु, त्यही गोरेटोबाट। मकैका बोटहरू अस्तिका भन्दा थोरै ठूला भएछन्।

सडकनिर पुगेर पछाडि फर्केर हेर्छु। घर ठिंग उभिएको छ। बा–आमा भित्र कतै पसिसकेका छन्। घरनिरको आँपको ठूलो रूखमा सेता बकुल्लाहरू आएर बसेका छन्। दसैँसम्मका लागि घरलाई अन्तिमपल्ट हेरिरहँदा खैरे र टाटी पनि लुम्रुंग मेरो छेउमा आइपुग्छन्। म तिनीहरू दुवैलाई अचम्म मानेर हेरिरहन्छु। तिनीहरू मेरो गोडै नजिक उभिन्छन्। खैरे पुच्छर हल्लाउँछ। झोलालाई बाटो छेउमा बिसाएर म खैरेलाई मुसार्छु। ऊ मलाई मायाले चाट्छ। टाटी जिउ बांगो पारेर मेरो खुट्टामा ढेपिन्छे। म खैरेलाई अँगालो हाल्छु। उसको आँखा रसिलो देखिन्छ। टाटी म्याउँ गरेर कराउँछे। किन किन आँखाका कुनाहरू रसाउँछन्।

पहिलोचोटि काठमाण्डू जाँदा यसरी नै भाइबहिनी मलाई छोड्न बाटोसम्म आएका थिए। यसरी नै आँखा रसिलो बनाएर बिदा भएको थिएँ म। तिनीहरू साना थिए, हिँड्ने बेलामा बहिनीले घाँगरको फेरो समाउँदै भनेकी थिई, “चाँडै आऊ है दाइ!” भाइले निर्धक्क भनेको थियो, “अबदेखि म घरको सबै काम गर्छु, बा–आमालाई दुख दिन्नँ।” म भारी मनले बिदा भएको थिएँ। धेरै वर्षपछि सब सम्झना ताजा हुन्छन्। उस्तै घटना तर फरक पात्रहरू। खैरे र टाटीले पनि मलाई त्यस्तै केही भनिरहेका छन् सायद। उनीहरू बोल्न सक्दैनन् र पनि म अनुमान लगाउँछु। यो सब एउटा मीठो संयोगजस्तो लागिरहन्छ।

म खैरे र टाटीलाई छाडेर बस स्टेसन पुग्छु। सदरमुकामतिर गुड्न बस तयार छ। ठेलमठेल गरेर बस चढ्छु। खलाँसीले ढ्याप ढ्याप दुईपल्ट ढोकामा हानेपछि बस गुड्छ। बस गुडेर टाढा पुगुन्जेल पनि खैरे र टाटी बसतिरै हेरिरहेका छन् । एकोहोरो ।

प्रकाशित: श्रावण ३, २०७२

 
Posted on 09-03-16 2:22 AM     [Snapshot: 661]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्मृति] कृष्णबहादुरको लुगा

एकल सिलवाल


दृश्य : १
३ असार ०६७, दिउँसो १२:३४ बजे । 
लोथर–९, सागाम, चितवन । 


भिरालो भूगोलमाथि पातलो बस्ती । खरले छाएको एउटा घर । पिँढीको डिलमा दुवै हात बाँधेर घुँडामाथि अड्याई टुक्रुक्क बसिरहेका एक नांगा किशोर देखा परे । यात्रामा हामी तीन पत्रकार र एक शिक्षक थियौँ । नौला मान्छे देखेपछि उनी लजाएझैँ गरी फिस्स हाँसे । त्यसपछि त्यहाँका तीन चीजतर्फ पालैपालो आफ्ना आँखा केन्द्रित गरे । सबैभन्दा पहिले उनले आफ्नै जीउतिर आँखा डुलाए । अनि, सीधा माथि खरको पालीतिर पुलुक्क हेरे । त्यसपछि हामीतिर फर्केर फेरि खिस्स हाँसे । 

बेलाबेलामा बादलिँदै र घाम चर्किंदै गरेको त्यस दिनको मौसम उखुम गर्मीले खपिनसक्नु रापिलो र वाफिलो थियो । असारे घामको पाहार पूरै जीउमा पर्ने गरी नांगो आङ देखाएर उनी कसैको प्रतीक्षा गरिरहेझैँ बसेका थिए । चरक्क पोल्ने घामै ताप्न मात्र बसेझैँ देखिन्थे, जुन दृश्य कम्ती अनौठो थिएन । “यो गर्मीमा किन यसरी घाम तापेर बसेको ?” उनलाई मेरो प्रश्न । प्रत्युत्तरमा केही बोलेनन् । बरू पूर्ववत् नै उही तीन चीजतिर आफ्ना आँखाको रफ्तार दौडाइरहे लगातार दुईपटकसम्म । 

उनको मौन भाषाबाट केही भेउ पाउन नसकेपछि साथी रमेशले उही प्रश्न दोहोर्‍याए । उनले पालीतिर आैँलो उठाउँदै भने, “ऊ त्यो सर्टपाइन्ट सुकाउन पर्खिएको ।” अघिदेखिको उनको हाउभाउको अर्थ बल्ल खुलस्त भयो । धोएर पालीमा फिँजाएको सर्टपाइन्ट सुक्ने पर्खाइमा पो घन्टौँदेखि कुरिरहेका रहेछन् । चर्को घाम लागिरहेको थियो । अझै चर्को घाम लागोस् भन्ने भाव उनमा देखिन्थ्यो । किनभने, घामले जति चाँडै लुगा सुकाउन सक्यो, उति नै चाँडै उनी त्यसलाई लगाउन पाउँथे । |

उनलाई साथी प्रतिमाको प्रश्न, “लुगा सुकाउन पनि यसरी कुरेरै बस्नुपर्छ त ?” त्यसबेला उनी लजाए । जवाफमा मन्द स्वरले बोले, “सुकेपछि लाउन पर्खेको ।”

उनको यो मन्द जवाफले हामीलाई स्तब्ध बनायो । अनेक सूक्ष्म प्रश्न क्रमश: पैदा हुँदै गए । हामी खोतल्दै गयौँ, उनी खुल्दै गए । मनमा अटाइनअटाइ बसेको आनन्द र उत्साहको आभा निकालेर उनले भने, “मेरो लुगा यत्ति एकजोर सटपाइन्ट मात्र हो । यो पनि आफैँले कमाएर किनेको, यसपालि यै लाएर व्या गर्नुछ ।” १५ वर्षे किशोर कृष्णबहादुर चेपाङका अनेक सपनाको साझा गन्तव्य नै छानोमा सुक्दै गरेको त्यही एक जोर सर्टपाइन्ट रहेछ । त्यसबेला उनीसँग सबैभन्दा मूल्यवान् सम्पत्ति केही थियो भने त्यही दुई थान लत्ताकपडा थियो, जसको न्यानोमा उनी जीवनकै सबैभन्दा अनुपम आनन्द उमार्न चाहन्थे । 

धोएर चिसो हुँदा पनि नसुकुन्जेल पर्खन मन लाग्ने त्यो सर्टपाइन्ट त्यसबेला कृष्णबहादुरको जीवनमा सर्वप्रिय साथी बनेर बसेको थियो । त्यो लुगा उनले कसरी किने होलान् ? हाम्रा खुल्दुलीको पठार पन्छाउँदै जाँदा उनले जीवनमै पहिलोपटक एकजोर सर्टपाइन्ट जोड्दाको ताजा कथा सिध्याए । उनको त्यो कथासँगै मेरो मनमा एउटा विषाद्को बीऊ रोपियो । कृष्णले सर्टपाइन्ट किन्ने पैसा कमाउन कम्ती सास्ती खेपेका रहेनछन् । 

नौ महिनाअघि एउटा नौलो मान्छे गाउँमा कामदार खोज्न आएछ । भिक्षा माग्ने जोगीझैँ दैलोदैलो चहार्दै हिँडेको त्यो मान्छेले कृष्णबहादुरलाई पनि घरमै भेटेर भनेछ, “मनाङमा रोड खन्ने काम खुलेको छ । महिनाको ६ हजार ज्याला आउँछ । आठ महिना काम हुन्छ । खानबस्न ठेकेदारले नै दिन्छन् । हिँड जाऊँ ।” त्यो मान्छे लमजुङको बेसीसहरबाट मनाङ जोड्ने सडक निर्माणका लागि सस्ता कामदार आपूर्ति गर्न ठेकेदारको दूत बनेर त्यहाँ आएको रहेछ । 

भीरपखेरामा भोकभोकै भएर पनि बाँच्न जानेका चेपाङलाई तातो तराईभन्दा शीतल पहाड नै प्यारो लाग्छ । काम गरेर पैसो कमाउन पाइने अवसर, त्यो पनि मनाङको चिसो मौसममा । ठेकेदारका दूतको प्रस्ताव कृष्णबहादुर र उनीजस्ता अरू १४ जनालाई चित्त बुझेछ । त्यसपछि मनाङ पुगेका उनीहरू आठ महिनासम्म भीरपाखा सम्याएर सडक खन्ने काममा तल्लीन भएछन् । काम सकिएकै साँझ ठेकेदारले भनेछ, “भोलिदेखि तिमीहरूले गर्ने काम छैन, काम नभएपछि खाने गाँस र बस्ने बास पनि यहाँ मिल्दैन । सबै आ–आफ्नो घर जानू ।”

उनीहरूको दु:ख बुझेर होला ठेकेदारले यो पनि भनेछ, “तिमीहरूले पाउने ज्यालाबाट घर जाने बाटो खर्च पाउँछौ । पूरा ज्याला अहिले आएको छैन, पछि घरघरमै ल्याएर बाँडिदिउँला ।” भोलिपल्ट बिहानै ठेकेदारले चितवनसम्म पुग्ने बाटोखर्च दिएर बिदा गरेछ । फर्कंदा समूहका एक जना साथी सिकिस्त बिरामी भएपछि सबैले पैसा उठाएर बेसीसहरमा तिनको उपचार गरेछन् । बचेको पैसाले घरसम्म पनि नपुगिने हो कि भन्ने चिन्ताले पिरोलेपछि त्यहाँ दुई–तीन दिन अलमलिएर बाटो खर्चका लागि केही ज्याला कमाएछन् सबैले । 

बाटोमा हन्डर खेप्दै फर्केका उनीहरू अन्तत: चितवनको लोथर बजार आइपुगेछन् । त्यसपछि सात–आठ घन्टा हिँड्ने बाटो मात्र बाँकी रहेकाले घर पुग्न गाडीभाडा चाहिँदैनथ्यो । कृष्णबहादुरले बोकेको झुत्रो कपडाको झोलामा १ हजार १ सय रुपियाँ बाँकी रहेछ । उनले घर सम्झिएछन् । आफ्नो बाटो हेरिरहेका बाबुआमाको आशाले भरिएको अनुहार याद आएछ । अनि, आफ्नै स्वरूप नियालेछन् । त्यत्रो महिना कमाएर फर्कंदा एक जोर लुगा पनि गतिलो नलगाई घर गए गाउँलेले के भन्लान् भन्ने लागेछ । 
मनमा धेरै कुरा खेलेपछि उनले सबभन्दा पहिला लोथर बजारमा आमालाई एउटा लुंगी किनेछन्, त्यसपछि आफूलाई एकजोर त्यही सर्टपाइन्ट । “तीनवटै लुगा लिलामीको हो,” कृष्णले प्रस्ट्याए ।

आधा वर्ष मनाङमा बगाएको पसिनाको मूल्य त्यही तीन थान लुगामा खुम्चिएछ । लुगा किनेर बाँकी रहेको ६० रुपियाँ पर्समा राख्न मन लागेछ । सबैभन्दा सस्तो पर्स किन्दा ६० रुपियाँ नै परेपछि उनले पर्स बोक्ने रहर त पूरा गरेछन् तर त्यसभित्र राख्ने पैसाचाहिँ जोगिएनछ । पैसाबिनाको पर्स पट्याएर पाइन्टपछाडिको पाकेटमा राख्दाराख्दा पुरानो भइसकेको रहेछ । पाइन्ट धुनुअघि पालीमा सिउरिएको पर्स निकालेर त्यसका पत्रपत्र देखाउँदै भने, “पैसा चैँ छैन, पछि कमाएर हाल्छु ।”

हत्केलामा काला टाटा देखेर हामीले सोध्यौँ, “हातमा के भएको ?” उनले आफ्ना दुवै हत्केला माथि उठाएर हामीतिर फर्काए । पहरो फुटाउँदा उठेका ठेला र कक्रक्क परेका काला दाग अझै प्रस्ट देखिए । चिनोको नाममा मनाङबाट उनले तिनै ठेला र दाग मात्र ल्याएका रहेछन् । ठेकेदारकै लागि जोतिएर काम गरेबापतको त्यो कमाइ न माग्नुपरेको थियो न ठेकेदारले दिन्न भन्न सकेको थियो । केही महिनासम्म नमेटिने गरी दुवै हत्केलामा छापिएका ती ठेला र दाग कृष्णले कसैलाई दिनुनपर्ने कोसेली थियो । उनले पसिना बगाएर पाएको सबैभन्दा आलो कमाइको बलियो प्रमाण त्यही थियो । 

कृष्णले आफ्नो दाइ पनि सँगै काममा गएर उसरी नै खाली हात फर्किएको बताए । आफू १५ वर्ष पुगेको आमासँग सोधेर थाहा पाएका उनलाई दाइको उमेरचाहिँ थाहा रहेनछ । धेरै बेर घोरिएर जवाफ दिए, “दाइ त मभन्दा जेठो छ ।” हामीले एक्कासि आएको हाँसो थाम्न सकेनौँ । मेसो नपाएर उनी अलमलिए । बिदा भएर बाँकी उकालो चढिरहँदा उनको कथाले चिमोटी चिमोटी दुखायो । उनी ठगिएको सुनेर हामी दु:खी थियौँ तर उनीचाहिँ ठगी र ठक्कर भोगेर पनि दु:खमुक्त देखिन्थे । सायद हामीले उनमा देख्ने अज्ञानताको कारण उनी शान्त रहे । उनले हामीमा देख्ने ज्ञानको कारण हामी अशान्त रहयौँ ।

दृश्य : २ 
१० माघ ०६९, मध्याह्न १२:१७ बजे । 
कृष्णबहादुरको आँगन, लोथर–९, चितवन । 


आँगनमा मुड्का तेस्र्याएर बनाएको कामचलाउ खट । त्यसमाथि बसेर माघको जाडोमा लागेको पारिलो घाम तापिरहेका छन् कृष्णबहादुर । उनको आङ नांगो छ । तल्लो भागमा लगाएको हरियो रङको पाइन्ट निकै पुरानो भइसके पनि उमेरसँगै हुर्किएको लाजचाहिँ त्यसले छोपिदिएको छ । साढे दुई वर्षअघि कपडा सुकाएर पर्खिइरहेको दिन भेटिएभन्दा फरक देखिएनन् उनी । तर, जीवनको ठूलै जँघार तरेर त्यहाँसम्म आइपुगिसकेका रहेछन् । 

पहिले छानामा धोएर सुकाएको सर्टपाइन्ट लगाएर साँच्चै उनले त्यो वर्ष नै मकवानपुर गाईबाङकी सूर्यमायासँग मागी बिहे गरेछन् । श्रीमती मात्र होइन, छोरा पनि एक वर्षको बनाइसकेछन् । त्यसबीचमा पटकपटक त्यो बाटो हिँड्दा उनी देखिएका थिएनन् । सोधेँ, “यतिका समय कहाँ गएका थियौ ?” उनले प्रत्युत्तर दिए, “कहिले घरमै बसेँ, कहिले तलतिर कमाउन गएँ ।” बिहे र जायजन्मपछि थपिएका दुई मुखलाई पाल्न जाडो या गर्मी नभनी जता पनि जान थालेछन् उनी । त्यसै बखत अलिअलि पैसा बचाएर एउटा पाइन्ट किनेको र त्यो पनि फेर्ने बेला भएको उनले सुनाए । अझ मन छुने कुरा, पूरै ज्यान ढाक्ने लुगा नहुँदा श्रीमतीलाई लिएर ससुराली नगएको पनि वर्षदिन हुनै लागिसकेको रहेछ । 

दृश्य : ३ 
२६ फागुन ०६९, अपराह्न ५:२८ बजे । 
कृष्णबहादुरको आँगन, लोथर–९, चितवन । 

मेरो काँधमा नारायणगढदेखि दिनभर बोकेर पुर्‍याएको एक बोरा लत्ताकपडा छ । कतिबेला कृष्णबहादुरको आँगनमा पुगौँला र लुगाको त्यो पोको बिसाउँलाझैँ भएको थियो । उही घर, उही आँगन र उस्तै खटमा पुराना र मैलो लुगा लगाएर बसेका थिए कृष्णबहादुर । उनका बाआमा, श्रीमती र छोरा आधा आङ मात्र ढाकेर घरभित्रै बसेका रहेछन् । बाहिरबाट आफ्नै भाषामा कुरा गर्न थाले । के के भने बुझ्न त सकिएन तर सायद उनी खुसीको खबर नै सुनाउँदै थिए कि ? मैले कोसेलीको पोको उनको हातमा सुम्पिएँ र भनेँ, “अघिल्लो महिना आएर सोधेकाले सजिलो भयो, बाआमा, श्रीमती र छोरालाई पनि पुग्ने लुगा छ, छानीछानी लगाउनु ल !” मैले मनमनै सोचेँ, अब त कृष्णबहादुरलाई सपरिवार ससुराली जानबाट केहीले छेक्न सक्दैन । 

दृश्य : ४ 
५ चैत ०६९, मध्याह्न १२:०५ बजे । 
साँघुरो गल्ली लोथर–९, बाङराङ, चितवन । 


लोथर खोलालाई पहाडको फेदीमै छाडेर ठाडै उकालो चढिरहँदा बाटैमा जम्काभेट भयो तीनवटा ज्यानसँग । संयोग पनि कति सुन्दर † लुगा छोडेर गएको नौ दिनपछि काम विशेषले अर्कै गाउँतिर गइरहेका बेला कृष्णबहादुरसँग ठोक्किनु, त्यो पनि तिनै लुगामा सजिएको सिंगो परिवार † मैले त्यसपटक पनि परिवेश अनुसारको प्रश्न सोधेँ, “कहाँसम्मको साइत हो ?” सधैँभन्दा बढी नै खुलेर मुसुमुसु हाँसिरहेका कृष्णबहादुर बोले, “माइतीघर हिँडेको ।” मैले हाँस्दै सोधेँ, “माइतीघर कि ससुरालीघर ?” उनी पनि के कम थिए र ! फर्काइहाले जवाफ, “मेरो ससुरालीघर, बूढीको माइतीघर र छोराको मामाघर जे भने पनि हाम्रो जाने ठाउँ त्यै एउटै हो ।”

उनको जवाफले म अलमलिएँ । हाँसो उठे पनि हाँस्न सकिनँ । आखिर कृष्णको ससुराली पुग्ने बाटोमा हरेक दिन घाम उदाए पनि सधैँ अन्धकार छाइरहेथ्यो । सबैभन्दा उज्यालो घाम त त्यही एकसरो लुगा रहेछ, जसको अभावमा झन्डै वर्षदिनसम्म हराएको बाटो त्यस दिन फेला पारेका थिए उनले । मनमनै कामना गरेँ, “कृष्णबहादुरको परिवारलाई आइन्दा आफ्नै इच्छाले ससुरालीघर, माइतीघर या मामाघर आवतजावत गरिरहन केहीले नरोकोस् । कमसेकम एकजोर लुगाले नरोकोस् ।” 

दृश्य : ५ 
११ कात्तिक ०७०, दिउँसो १:३० बजे । 
कृष्णबहादुरको आँगन, लोथर–९, चितवन ।


म फेरि कृष्णकै घरको बाटो भएर हिँड्दै थिएँ । आँगनमुनि बसेर छोरो खेलाइरहेका कृष्णको आङ अब नांगो थिएन । ज्यालावनी गरेर परिवार पाल्दै आफ्नो गर्जो टार्न सकेकामा आनन्दित थिए उनी । तीन वर्षयता एकैनाश देखिएको त्यो अनुहारमा न अभाव झल्किन्थ्यो, न रवाफ ! नहुँदा आशाले, हुँदा खुसीले उज्यालो थियो उनको अनुहार । मैले त्यसपटक उनलाई तीन वर्षअघिको सन्दर्भ सम्झाएँ ।

मनाङमा सडक खन्दा पाकेर पनि नपाएको दाम मात्र होइन, आफूलाई ठग्ने ठेकेदारको नामसम्म याद रहेनछ उनलाई । मैले सोधेँ, “ठेकेदारले घरमै ल्याएर दिन्छु भनेको ४८ हजार रुपियाँ आयो त ?” उनले भने, “बिचरा ऊसँग पैसा भए त दिइहाल्थ्यो नि, नभरै नदेको होला । मलाई के नपुग्दो छ्र र आश गर्नू ।”
सर्वस्वबिना पनि सन्तोषले सुसम्पन्न कृष्णलाई मनमनले सहस्र सलाम गर्दै उकालो लागेँ म ।

 

प्रकाशित: कार्तिक ८, २०७२


http://bit.ly/1POBuMX
 
Posted on 09-04-16 2:05 AM     [Snapshot: 892]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

संस्मरण] बिस्तारो गर, ब्यूँझन्छे

कृष्ण धरावासी

बिहान ७ बजेको थियो होला, एकाएक मोबाइलमा रिङ बज्यो । हेरेँ, सञ्जीवको नाम थियो । हामी उति फोनमा कुरा गर्दैनौँ । फोनमा बोलेर हाम्रा कुरा पनि सकिँदैनन् । एकदम महत्त्वपूर्ण समाचार नभई प्राय: हाम्रा फोनमा घन्टी जाँदैनन् । मैले फोन उठाएँ । उताबाट भारी स्वरमा सञ्जीव बोले, ‘कृष्ण । पाँच मिनटअघि आमाको प्राण गयो ।’ एकपल्ट थररर भएर हल्लियो भित्र कतै । बुबाले बोल्दै गरेको सुनेँ, ‘बिस्तारो गर, बिस्तारो, ब्यूँझन्छे ।’ यो वाक्यले झन् थर्कियो भित्र ।

मैले दुई वर्षअघि नै श्रीमतीको निधनको पीडा बेहोरिसकेको थिएँ । आमा छ–सात वर्षदेखि अल्जाइमरले थलिनुभएको थियो । उहाँले बिस्तारै बोल्ने शब्दहरू बिर्संदै जानुभएको थियो । पछिल्ला दुई वर्ष त सञ्जीव, अर्चना, डाक्टर बा र रेणुबाहेक कसैलाई नचिन्ने हुनुभएको थियो । म एक प्रकारले उहाँकै काखमा हुर्किएको थिएँ । यो कुरा मैले आधा बाटोमा लेखिसकेको छु ।

सञ्जीव जन्मिएकै एउटा छोरो । उहाँले भन्नुहुन्थ्यो, “मैले नजन्माएकी भए पनि तँ मेरै छोरो होस् ।” मेरी आमा बितेपछि पनि मलाई मातृ अभाव महसुस भएको थिएन । म घन्टौँ उहाँसँग बसेर दु:खसुखका कुरा गर्थें, उहाँले आफ्नै हातले बनाएको केही खान नदिएसम्म हिँड्दिन थिएँ ।

अल्जाइमर भए पनि, नचिने पनि, नबोले पनि म हरेक दुई–तीन दिनमा उहाँलाई हेर्न जान्थेँ । कहिले सुतिरहेको, कहिले बसेर एकोहोरो हेरिरहेको । कहिले हाँसेजस्तो, कहिले रोएजस्तो देख्थेँ अनुहार । छेउमै बस्नुभएको हुन्थ्यो डाक्टर बा । केही पढिरहेको, केही लेखिरहेको भेट्थेँ सधैँ । जब म पुग्थेँ, उहाँ निकै खुसी भएर आफ्ना अनुभव सुनाउन थाल्नुहुन्थ्यो । म पनि चाहन्थेँ, सञ्जीवसँग भन्दा बालाई नै बढी समय दिनु उचित छ । अनि, उहाँले सुनाउनुहुन्थ्यो– आफ्ना कहालीलाग्दा विगत ।

झलक्क हेर्दा डा शंकरप्रसाद उप्रेतीलाई केको दु:ख होला र ! १९९१ सालमा आठराई चुहानडाँडाका सम्पन्न मेदिनीप्रसाद उप्रेतीका काहिँला छोराका रूपमा जन्मिएका उनलाई कहिले के नै दु:ख भयो होला र † कुनै अभाव, गरिबी र दु:ख भए ०१७ सालमा कसैले एमबीबीएस गर्न सक्थ्यो † धनीका छोरा, पैसा पेल्न सके र त आजभन्दा ५५ वर्षअघि नै एमबीबीएस हुन सके नि !

तर, उहाँको कथा अनुमान गरेजस्तो सुखद छैन । जब उहाँ मसँग आफ्नो विगत भन्न थाल्नुहुन्थ्यो, म ट्वाल्ल परेर सुनिरहन्थेँ । एकदिन उहाँ निकै भावुक हुनुहुन्थ्यो । भन्नु भो, ‘हेर् केटा ! प्रकृतिले जीवलाई दुइटा कर्मको जिम्मा दिएको छ । एउटा आफ्नो सुरक्षा गर्, दोस्रो आफू बाँच् र फैल । मानिसबाहेक अरू सबै जीवले त्यत्ति नै गर्छन् तर हामी त्यसभन्दा अरू धेरै नै गरिरहेका हुन्छौँ । तैपनि, विचार गरेर हेर्‍यो भने सारांशमा हामी पनि त्यत्ति नै गरिरहेका छौँ । यो तेरी आमासँग म ५५ वर्षदेखि सँगै छु । हामीले मिलेर बाँच्ने र फैलिने खेलमा कैयौँ रमाइला र पूर्ण क्षणहरू बितायौँ । तर हेर् न, यसलाई अहिले ती कुनै कुरा थाहा छैन । यससँग बाँकी जीवन, बितेका दु:खसुख सम्झँदै बिताउन मन थियो तर ऊ त कत्ति सुखी भई, बच्चो जस्ती ।’

अलिकति–अलिकति गर्दै उहाँले मलाई आफ्नो जीवनका प्राय: सबै पृष्ठ सुनाइसक्नुभएको थियो । पछिल्लो कालको उहाँको शनिश्चरेको जीवनसँग म प्रत्यक्ष सम्पर्कमा भएकाले ती मेरा लागि रहस्य थिएनन् । मलाई रहस्य लागेको उहाँको बाल्यकालको कथा थियो, जुन सुनेर म छक्क पर्थें । उहाँको बाल्यकालको कथा सुन्नुअघि, जब उहाँले बिरामीहरूलाई जाँचेको, पैसा नलिएको, सस्तो र थोरै दबाइले उपचार गरिदिएको, पैसा नभएका गरिबलाई नि:शुल्क दबाइ दिएको देख्थेँ, मलाई अचम्म लाग्थ्यो । बजारमा मुरली, भट्टाचार्य र सुब्बाहरू थिए । उनीहरू सामान्य अनुभवी थिए तर डाक्टर बा शनिश्चरे नआएसम्म उनीहरू नै त्यहाँका डाक्टर थिए । तिनीहरूले गर्ने उपचार, दबाई र पैसाको महँगाइका अघि डाक्टर बाले नि:शुल्कजस्तै सेवा गरेको देख्थेँ । उहाँले किन त्यसरी मानिसहरूको सेवा गर्नु हुँदोरहेछ भन्ने कुरा मैले धेरैपछि मात्र बुझेँ, जब उहाँले मन खोलेर मलाई आफ्नो कथा भन्न थाल्नुभयो ।

सारांशमा यस्तो थियो उहाँको कथा : असाध्यै पढ्ने रहर भए पनि पहाडमा त्यस्तो पढ्ने व्यवस्था थिएन । त्यसैले घरबाट भागेर विराटनगर आई एक जना उप्रेतीकै घरमा बालश्रमिक भई काम गर्न थाल्नुभयो । ००४ सालको विराटनगर जुट मिलको मजदुर आन्दोलनमा फुच्चे केटो त्यत्तिकै जुलुसमा कुद्यो ।

त्यहाँबाट भेटेर काठमाडौँमा बसेका माहिला दाइले ल्याउनु भो । तर, काठमाडौँमा पढाइमा फेल भएपछि त्यहाँबाट पनि भागेको मान्छे, नुवाकोट, धादिङ, कताकता हुँदै महिनौँ लगाएर भारतको कानपुर पुग्नुभयो । कम उमेर भएकाले त्यहाँ एउटा मिलमा पाउनै लागेको काम पनि पाउनुभएन । अनि, एउटा असल मान्छेकहाँ पढ्न पाउने सर्तमा घरेलु कामदार भएर बस्नुभयो । अत्यन्त कठोर परिश्रमसँगै आफ्नो पढाइलाई अघि बढाउँदै एसएलसी उत्तीर्ण गर्नुभयो । आईएस्सी उत्तीर्ण गरी नेपाल आएको उहाँ कोलम्बो प्लान अन्तर्गत फेरि भारत नै पुग्नुभयो ।

फेरि एकदिन भन्नुभएको थियो, ‘जुन दिन मैले कोलम्बो प्लान पाएँ, त्यो दिन परमात्मालाई सम्झेर मनमनै प्रतिज्ञा गरेँ, म एमबीबीएसभन्दा माथि पनि पढ्दिनँ र आफ्नो जीवनको सबै समय दुर्गम गाउँमा बसेर ५० वर्षसम्म सेवा गर्नेछु ।’

धनीको कोखमा जन्मेर पनि गरिबको जीवन बिताएका उहाँमा दया र करुणाको भाव अथाह छ । बिरामीलाई मायाले हप्काउँदै, गाली गर्दै भए पनि उपचार गरिरहनुभयो । उहाँको उपचारकालमा सायदै बिरामीहरू अन्यत्र रिफर गरिए ।

०२६ सालदेखि उत्तरी झापाको शनिश्चरे क्षेत्रमा आफ्नै क्लिनिक खोलेर बसेपछि पूर्वी पहाड आठराई, ताप्लेजुङ र पाँचथरदेखिका बिरामीको केन्द्र बनेको थियो शनिश्चरे । सामान्य एमबीबीएस भएर पनि उहाँलाई गाइनोको विशेष अनुभव थियो । त्यस बेलाका झापा, मोरङ, इलामदेखिका गर्भवती महिलाहरूले उहाँकै सिपालु हातको सेवा पाएर आफ्नो र बच्चाको ज्यान बचाएका थिए । एकदिन भन्नु भो, “काम गरिरह्यो भने कत्ति गरिने रहेछ कत्ति, केटा । मैले आफ्नो सक्रिय डाक्टरी कालभरि ३६ हजार बच्चा जन्माएछु ।’ हाम्रै घरमा पनि उहाँको हातबाट जन्मेका चार जना छन्– कुमार, नानु, दीपलेश र विवेक ।

केटाकेटीका लागि त उहाँ धामीजत्तिकै हुनुहुन्थ्यो, छोयो कि निको हुने । डा शंकरकोमा नपुर्‍याइ भुरा सञ्चै नहुने । जस्तै असाध्य मानिएका बिरामी पनि निराश भएर फर्किएनन् । एकदिन एउटा मानिसलाई गोरुगाडामा बसाएर ल्याए । घाँस काट्न चढेको रुखबाट लडेछ र डाली घाँसको चोके एकापट्टिको गर्धनबाट छिरेर अर्काेपट्टि निस्केछ । चोके वारपार भएकै अवस्थामा ल्याइपुर्‍याए ।

सयौँ तमासे मानिस जुलुसजस्तै पछिपछि थिए । कसैले पनि बाँच्ला भन्ने सोचेका थिएनन् । तर, उहाँले सबैका अघि हेर्दाहेर्दै त्यसलाई तानेर निकालिदिनु भयो र उपचार गरेर पठाइदिनुभयो । सारा मानिसले डा शंकर देवतै हुन् भने । तर, एकदिन सर्पले टोकेर ल्याएको बेहोस मानिसलाई उहाँले सक्दिन भन्दाभन्दै उपचार गर्न कर लगाए । एन्टी स्नेक भेनम लगाइदिनु भो तर मान्छे बाँचेन । मरेपछि त्यसैलाई विषय बनाएर उजुरबाजुर गरे । प्रहरीले समातेर चन्द्रगढी पुर्‍यायो । एक रात थुनेर छोडिदियो । त्यो दिनदेखि उहाँले सर्पका रोगीको उपचार गर्नुभएन ।

अचम्म त मलाई के लाग्थ्यो भने उहाँले उपचार नगर्ने कुनै रोग थिएन । हातखुट्टा भाँचिएकाहरूको त एक्सरे नै नगरी काम्रो बाँधिदिनु हुन्थ्यो र ती सर्लक्कै जोडिन्थे । अचेल त सामान्य भाँचिएकोलाई पनि स्टिल नहाली उपचार गरेको देखिँदैन । उहाँले छामेकै भरमा हड्डी जोडी दिनुहुन्थ्यो ।

एक दिन मैले सोधेँ, “यति धेरै विषयमा तपाईं कसरी उपचार गर्न सक्नुहुन्छ ?” उहाँले भन्नु भो “पढ्दाखेरि प्राक्टिकलमा अरू साथीहरू अल्छी गर्थे, ठग्थे । टिमभित्रमा मलाई नै रिपोर्ट बनाउन लगाउँथे । म भने एकदम नै ध्यानले सिक्थेँ । त्यही सिकेको अहिले काम लागिरहेको छ ।”

आमालाई अल्जाइमरले समाउन थालेपछि सञ्जीव, अर्चना र मैले पटकपटक उहाँलाई यो पेसा छोडिदिनु, रेस्ट लिनु भनिरह्यौँ । तर, उहाँले हामीलाई सधैँ ‘५० वर्षसम्म यो पेसामा सक्रिय जीवन बिताउनेछु भनेर मैले प्रतिज्ञा गरेको छु, अब दुई वर्ष मलाई केही नभन’ भनेर चुप गराउनु हुन्थ्यो । नभन्दै ०६७ सालमा आफ्नो सेवाको ५० वर्ष पुगेपछि स्वैच्छिक अवकाश लिनुभयो । त्यस बेलासम्म झापामा सयौँ डाक्टर, क्लिनिक र अस्पताल थिए तर डा शंकरकोमा नपुगी कसैलाई सञ्चो हुँदैन थियो । उहाँले पेसा छोड्ने घोषणा गर्दा त्यो क्षेत्र नै एक प्रकारले शोकाकुल भयो । ‘डा शंकर छैनन्, अब हाम्रो के होला ?’ जस्तो मनोवैज्ञानिक दबाबमा परे मानिस । हुन पनि पेसाप्रतिको उहाँको निष्ठा अचम्म लाग्दो थियो । ६ वर्षसम्म राष्ट्रियसभाको सदस्य हुँदा पनि संसद् अधिवेशन सकिनेबित्तिकै गाउँमा गएर क्लिनिकमा व्यस्त हुनुहुन्थ्यो । कति मानिसहरू व्यंग्य गर्थे डा शंकरलाई हेर न, पैसाले नपुगेको । सांसद् भएपछि पनि अझै गाउँमा बसेर सुई हान्न छाडेका छैनन् !

इमानदारी र निष्ठाको एउटा प्रतिमूर्ति हो उहाँ । प्रचारभन्दा टाढा र गोप्य दानमा विश्वास गर्ने उहाँले शिक्षाक्षेत्रमा गरेको लगानीको त बेग्लै चर्चा गर्नुपर्ने हुन्छ । मलाई लाग्छ ०१७ सालमा एमबीबीएस गरेर एउटा दुर्गम गाउँमा ५० वर्ष सेवा गर्ने डाक्टरहरू नेपाली मेडिकल इतिहासमा बिरलै होलान् । उमेरको ७८ वर्षसम्म पनि सक्रिय रहनसक्ने उहाँको दृढता अभिनन्दनीय थियो ।

प्राय: हामी तीनै जनालाई उहाँ भनिरहनु हुन्छ, “तिमीहरू मिहिनेती पनि छौ । प्रतिभाशाली पनि छौ । नाम पनि कमायौ तर एउटा कुरा सधैँ ध्यानमा राख्नू । आफ्नो कर्मप्रति कहिल्यै अभिमानी नहुनू । तिमीहरू जे गरिरहेका छौ, त्यो सबै तिमीहरूका लागि ईश्वरले छुट्याएर दिएको भूमिका हो । तिमीहरूको आफ्नो मात्र होइन ।”

गर्व लाग्छ मलाई । गरिब र अशिक्षित आमाबाबुको कोखबाट जन्मेर पनि मैले यस्ता अभिभावक पाएको थिएँ । बाहिरबाट हेर्दा कडा स्वभावको देखिने उहाँ भित्रभित्रै बदामजस्तो कमलो हुनुहुन्छ । एकदिन चेतनाशून्य आमातिर फर्केर भन्नुभो, “यो महिलाको त्याग कति होला भन् त ! कहाँ राजस्थानमा जन्मेर हुर्किएकी । दुई विषयमा एमए गरेकी, सुखमा पालिएकी । मसँग बिहे नगर । म त गाउँमा बस्छु, दु:ख पाउँछ्यौ भन्दा तिमीले सहेको म पनि सहन सक्छु भनिन् । हुन पनि मसँगै बिताइन् यिनले पनि ५० वर्ष गाउँमा । तर, म खुसी छु, यिनलाई स्याहार्न पाएको छु । मभन्दा अघि यिनको प्राण जाओस् भन्ने कामना गर्छु ।” यसो भनिसक्दा एकाएक उहाँको अनुहार अर्कैजस्तो भएको थियो ।

अनि, त्यस दिन सञ्जीवले आमाको प्राण गएको पाँच मिनेटपछि नै मलाई फोन गरेका थिए । बाक्लो कुहिरो लागेको पुस ०७०  को विर्तामोडको बिहानमा मैले त्यो फोन उठाएको थिएँ । बुबा भन्दै हुनुहुन्थ्यो, ‘बिस्तारो गर, बिस्तारो, ब्यूँझन्छे ।’ सायद लासलाई पलङबाट तल झार्न लागेका थिए होलान् । उहाँलाई लाग्दै थियो होला, ‘आमा निदाएकी मात्र हुन् मरेकी होइनन् ।’ आज पनि जब म डाक्ट बाको अघि पुग्छु, त्यही आवाज सम्झन्छु । 

प्रकाशित: मंसिर २४, २०७२


http://bit.ly/1M4myDV
 
Posted on 09-16-16 10:25 PM     [Snapshot: 1175]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो रात !

शनिबार, ०१ असोज २०७३, ०८ : १४ |  नागरिक


शिव प्रकाश

त्यसपछि उनले के गरिन् ? मलाई आजसम्म थाहा छैन । त्यसअघि म त्यहाँ पुग्दा झमक्क साँझ थियो । निख्रँदो सेप्टेम्बर । घडी हेरेँ, ठीक पाँच बजेको छ । मेघाले दिएको समय । पाइला नापेर हिँडेजस्तो ठीक समयमै आइपुगेको छु ।

धरतीमा अँध्यारो पोतिइसकेको छ । फोन गरेँ, उठेन । चिसो भयो मन । कोठाभित्र कतै बत्तीको उज्यालो कैद भएको छ कि भनेर झ्यालतिर आँखा दौडाएँ, छैन । झन् चिसो भयो मन । केही अनर्थ त भएन ? संसारमै सबैभन्दा बढी अपराध हुने देश हो अमेरिका । लिटिलटनको एकान्तमा छ उनको डेरा ।

डोरबेल थिचेँ । ढोका खुल्यो । हुलुक्कै उम्लियो चिसो मन । मन तात्न कतिबेर पो लाग्दो रहेछ र ! मनको तापक्रमजस्तो छिटो आकास र पाताल गर्ने अर्को के होला ?

आँखाले इसारा गरिन् । म भित्र पसेँ । बत्तीको स्विच थिचिन् उनले । टिक्क आवाज आयो, तर सिलिङ लाइट हैन, टेबुल लाइट बल्यो । कोठामा फिक्का दूधिलो उज्यालो पोतियो । बत्तीको उज्यालोभन्दा मेघाको छातीको उज्यालो तेजिलो थियो । अनुहार उस्तै उज्यालो । कस्सिएको कम्मर । लोभी आँखा, लोभिने कारण पर्याप्त थिए ।

लिभिङ रुममा पुग्नेबित्तिकै नयाँ उपहार– हग ! पहिलो हग, ज्वरो आएजस्तो भयो । लोग्नेमान्छेको मन कति निर्बल ? कति तरल ? हल्लियो पनि । छचल्कियो पनि ।
मौनता थियो कोठामा, तर मौनतामा पनि कति ठूलो अशान्ति ? रातोपिरो भयो, मेघाको मुहार पनि ।
केही बोलिनन् । मुसुक्क मुस्कुराइन् । मेघाले बोल्नभन्दा मुस्कुराउन बढी जानेकी छन् । उनको मुस्कानमा जादू छ, मोनालिसा मुस्कान !
‘आऊ ....बस.....!’
मेघाका मुखबाट खसेका दुई शब्दसँगै आकासबाट उल्का खसेजस्तो लाग्यो । हिजोसम्म हामी ‘तपाईं’ थियौँ, आज एक्कासी ‘तिमी’ कसरी भयौँ ?
म पनि उस्तै अरु धेरै मान्छेजस्तै ! प्राय सधैँ दुई मन बोकेर हिँड्छु । एक मनले भन्यो, आज पक्कै मेघाको जिब्रो चिप्लियो ! अर्को मन मानेन । हग पनि त कहिल्यै थिएन तर आज ...! मनोवादमा अल्झिए दुवै मन एकछिन् ।
‘मैले तपाईंलाई तिमी भनँे, माइन्ड त गर्नु हुन्न नि हगि ?’ बोलीमा शालीनता र मधुरता उस्तै छ अरु दिनजस्तै । मेरा दुवै मनले स्वीकारे, मेघाको जिब्रो चिप्लिएको हैन ।
‘कहिल्यै गर्दिनँ ।’ अप्ठ्यारो लागे पनि देखाइनँ, स्वीकारँे ।
म काउचको एकछेउमा बसेँ । सँगैको अर्को काउचमा उनी बसिन् । पुतलीजस्ता मेरा आँखा ! मेघाको उज्यालो छातीमा गाडिए । विस्तारै पाखुरातिर ओर्लिए । टिमिक्क कालो स्लिभलेस गाउनमा मूर्तिवत् गोरो शरीर । नौनीको पहाडजस्तो ! रहरलाग्दो ।
मेघालाई यति उदार कहिल्यै देखेका थिइनन्, मेरा आँखाले । ती आँखाको बदमासी पक्कै हैन ।
‘श्री, बस !’ बोलीमा अनौठो शालीनता । शालीनतामा अर्को मगमग वासना । फूलको वासनाभन्दा फरक । लाग्यो, मनमा फक्रेको अर्कै फूलको अर्कै वासना हो त्यो ।

मेघाले मलाई श्री भन्न थालेको तीन महिना भएको थियो । एकदिन बोस्टन कमनतिर घुम्दै गर्दा भनेकी थिइन्, म तपाईंलाई श्री भन्छु है । कारण सोधेँ, पछि बताउँला भनिन् । मैले स्वीकारेँ । नस्वीकार्ने सबै कारण समाप्त भैसकेका थिए । म उनका हरेक आग्रह स्वीकार्न थालिसेको थिएँ । कारण थियो, पुरुषजन्य सरल स्वभाव !

मलाई पराजित गर्ने अरु बलिया अस्त्र थिए पनि उनीसँग– शालीनता, सौम्यता र सुहाउँदो हल्का मेकअप ।
हुन त मेरो न्वारानको नाउँ पनि श्री नै थियो रे । बाले भनेको श्रीप्रकाश ।
मेघालाई भेटेको तीन वर्ष भैसकेको थियो । पहिलो भेटमै हाम्रो आत्मीयता फक्रियो । मग्मगायो दुवैका मनमा । यसका सायद तीन कारण थिए । पहिलो, विचारको बन्धन । हामी एउटै राजनीतिक विचारमा विश्वास गथ्र्यौं । दोस्रो, दुवैले घर छोडेको तीन वर्ष भैसकेको थियो । हामी एकल नारी र एकल पुरुष मित्र थियौँ । तेस्रो कारण अमूर्त थियो, आफ्नै मनले बुझ्ने । अमूर्त कारण नै सायद सबैभन्दा बलियो थियो, हाम्रो मन जोड्ने ।
पहिलो भेटमै उनले भनेकी थिइन्, ‘मलाई जी भन्नुस् है, अर्थात् मेघाजी ! मतलब, मेघा राजभण्डारीजी ।’ सोध्नै नापाइ खुलस्त । पढेलेखेका भद्र मान्छेलाई अनेक साइनो र विशेषण मन नपर्न सक्छ, मेरो मनको ठहर थियो ।

हल्का मेकअप, फिक्का पोसाक । पहिलो भेटको त्यो हल्का र फिक्कापन नै मेरो मनमा गाढा बनेर पोतिएको थियो ।
आजमात्र हैन, पहिले पनि धेरै पटक आइसकेको थिएँ मेघाको डेरामा म । एक घन्टाको ड्राइभ पनि लामो लाग्दैनथ्यो । उनी ड्राइभ नगर्ने । बसको रुट थिएन । सधैँ मै जान्थँे । मेरा एक्लो निरशतामा उनी रस भर्थिन् । उनको निरशतामा म भरिदिन्थेँ ।

मेघाको डेरा मेरो दारु–अन्डा त हैन, तर पिउन मन लाग्दा फोन गर्थें । विश्वासले जितेको थियो । मौका मिलाएर जान्थेँ । भ्याउँदिन र नाइँ कहिल्यै भन्दिनथिन् । म आउने कुराले सायद खुसी हुन्थिन् उनी पनि । मौका मिलाएर उनी पनि बोलाउने गर्थिन् ।
भेट्नेबित्तिकै भन्थिन, ‘तपाईंलाई भेट्दा अर्कैखाले खुसी हुन्छ ।’ बोलीमा सधैँ विनम्रता र मधुरता । त्यसपछिको मुस्कान । म संसार बिर्सन्थँे ।
उनको मुस्कानको डुंगा खियाउँदै त्यो अर्कैखाले खुसीको तलाउमा तैरन्थेँ म ।

आज पनि गएँ, तर आज धेरै कुरा फरक छ । मेघाको ल्यांग्वेज उस्तै भए पनि बडी ल्यांग्वेज फरक छ । पोशाक, कोठाको सजावट र बत्ती !
लिभिङ रुममा नयाँ सोकेस । सोकेसमा अल्कोहलका पनि केही आइटम ! दुई सातामै निक्कै ठूलो परिवर्तन !
भित्रको मधुरो दूधे उज्यालोले बाहिर चिहाउन पाएको छैन । कैद गरेका छन्, झ्यालका पर्दाले । हुन त कोठामा उनको शरीरको उज्यालो नै पर्याप्त छ ।
बेड रुमको ढोका खुला छ । पहिले पनि कहिलेकाहीँ खुलै हुन्थ्यो, तर आज त्यो पनि फरक छ । बेडको दुवैतर्फ फूलदानी ! फ्रेस लाग्छन् फूल । वासना लिभिङ रुमभरि डुलिरहेको छ ।
मौसम एकाएक बदलियो । कालो–मैलो भएर आयो । झन् अँध्यारो भयो बाहिर । मेघ गर्जन थाल्यो । मेघ गर्जंदा मयुर नाच्छ । मेघा नाच्दै भान्सातिर गइन् । सपना र विपना छुट्याउन गाह्रो भो मलाई, मेघाले नाच्न पनि जानेको छ ?
फ्रिजबाट आइस लिएर आइन् । प्लेटमा काँचका सफा दुई गिलास घोप्टिएका छन् । ह्विस्की र वाइनका बोतल दर्शक बनेर छेउमा उभिएका छन् ।
मेघाले ठाउँ साटिन् । अगाडिको काउचबाट उठेर छेउमा आइन् ।
बाहिर बिजुली चम्कियो । मेघाका नांगा पाखुराको तरंग मेरो मनमा फैलियो । गोरा, बाटुला पाखुरा । खिरिला औँला । कोमलता र सुन्दरताको रहस्यमय फ्युजन ! तर, कोमलताको झट्का कति कठोर !
एकैछिनमा आकास बर्सिन थाल्यो । मेघाले दुवै गिलासमा ह्विस्की बर्साइन् ।
‘मलाई यस्तै दिन मन पर्छ । आहा... आज वेदर पनि कस्तो रमाइलो भएर आयो ।’
केबाट के भइन् मेघा एकैछिनमा ? लजालु मेघा ! मुस्कुराउनमात्र जान्ने मेघा ! अनुहारमा हेरेँ, तर उनको तेजिलो अनुहार र चम्किला आँखामा धेरैबेर टिकेनन् मेरा आँखा । टेबुल ल्याम्पतिर गए ।
तपाईं पनि आज ह्विस्की ? मैले तिमी भन्न अझै सकिनँ ।
‘हो, एक सटमात्र, तर को तपाईं ? कसलाई तपाईं ? किन तपाईं ?’
कोपिला बन्न धरै समय लाग्छ, तर फक्रन समय लाग्दैन । लाग्यो, मेघा तिनै कोपिला हुन् । हेर्दाहेदै फक्रिइन् । मनमा केहीबेर जैमली चलमलाई ।
‘सरी, अब तिमी भन्छु ।’ क्षमा मागेँ ।
‘बुद्धु !’ उन्मुक्त हाँसो हाँसिन् मेघा ।
पहिलो पटक उनको मुखबाट बुद्धु शब्द सुनँे । साह्रै प्रिय लाग्यो । अरुले भनेको भए कति रिस उठ्दो हो ? एकतमासले हेरेँ फेरि मेघाको अनुहार ! बलियो आत्मविश्वास देखेँ ! बलियो हुँदै आएँ, म पनि ।
एक पेगपछि सुरु भयो अनेक कुरासँगै खानेकुरा । आइटममा ममः पनि !
‘मलाई थाहा छ तिमी के मन पराउँछौ । मौसम र ममः मिल्यो कि मिलेन, मिस्टर ? नेवारकी छोरी हुँ ।’
‘मिस्टर !’ सोचेकै थिइन मेघा यसरी खुलेर कुरा गर्दी हुन् भनेर । त्यसमाथि उनको अनौठो आत्मीयता !
ममःको वाफभन्दा वाफिलो मेरो मनमा एउटा कुराले डेरा जमाएको थियो । त्यो डेराबाट त्यो कुरालाई निकालौँ कि ननिकालौँ ? दोधारमा थियो मन ।
देवकी र पार्वती आउने समय भैसकेको छ । ती दुवै मेघाका रुम मेट हुन् । दुवै ‘बेबी सिटर’ । मेघा भने ‘डे केयर’मा काम गर्छिन् ।
उनैले भनेको सम्झिएँ, देवकी र पार्वती कहिलेकाहीँ साहुकै घरमा रात बिताउँछन् रे ! किन हो थाहा छैन । किनभने मैले कहिल्यै सोधिनँ । जेहोस्, ढुक्क भएँ । ननिकाल्दै राम्रो ।
मेरो बुझाइमा मेघा पढेलेखेकी नारी । नेपालमा नारी आन्दोलनलाई थोरबहुत हाँकेर हिडेकी नारी । वौदिकतामा सरदर, तर धेरेै नारीभन्दा माथि ।
बाहिर वर्षासँग हुरीबतास पनि चल्न थाल्यो । भित्र कोठामा मनको हुरी झन्झन् बेगवान् हुँदै थियो ।
‘डियर, थपौँ है !’
मिस्टरपछि डियर । डियरसँगै आधा गिलास स्वाट्टै पारिन् मेघाले । यदाकदा वाइन पिउँथिन्, तर वाइल्ड भएको कहिल्यै देखेको थिइनँ । सधैँ उनको बोली र व्यवहरमा भद्रता र कुशलताको गाढा मिश्रण हुन्थ्यो । इक्वेसन पनि त्यतिकै । तर, आज धेरै कुरामा फरक देख्दैछु । कुराको सुरुआत नै अनौठा र फरक छन् ।
‘नेपालमा हुँदा पनि पिउन त पाउँथेँ, तर स्वतन्त्रता थिएन । आज मस्त पिउन मन लागेको छ ।’
‘पाउनु र स्वतन्त्र हुनुको फरक बेग्लै हुन्छ ।’
मेरो जवाफसँगै रक्सीको समाजशास्त्र सुरु भयो ।
‘कहिलेकाहीँ ‘एक्स्टेसी अफ लाइफ’ पनि त चाहिन्छ ।’ उनको तर्क बलियो लाग्यो ।
‘पैसा र सुख–सुविधाले समाधान गर्न नसक्ने समस्या रक्सीले गर्छ । रक्सीमा अनौठो ‘सेन्स अफ प्लेजर’ पनि त हुन्छ ।’
‘नोटेबल प्वाइन्ट ।’ सहमति जनाइन् मेघाले, ‘रक्सीले संसार बिर्सने साहस र शक्ति दिन्छ  । त्यो साहस क्षणिक नै किन नहोस् । त्यो शक्ति भ्रामक नै किन नहोस् ।’
‘कमजोरलाई साहस दिएर बलियो बनाउँछ रक्सीले । रक्सीमा मिसिएको शक्तिशाली कमजोरी नै त्यही हो ।’
‘जुन काम होसमा गर्न सकिँदैन, त्यसका लागि बेहोस हुनु आवश्यक छ ।’
‘कुनै कुरा भत्काउन जरुरी छ भने, त्यो भत्काउनु नै पर्छ । तर, भत्काउने साहस छैन भने के गर्ने ? आश छ, आँट छैन भने के गर्ने ?’
‘रक्सी पिउने ।’
हामी बेपरवाह हास्यौँ । बर्लिनको पर्खाल ढलेजस्तै ढले औपचाकिताका सम्पूर्ण पर्खाल । दुई जर्मनी एकीकरण भएको सम्झिएँ ।  
‘रक्सी मान्छेको ठूलो शत्रु हो, तर हाम्रै धर्मशास्त्रले भन्छ, शत्रुलाई पनि माया गर । बुद्धवाणी पनि मिल्छ ।’
मैले रक्सीका बारेमा तर्कपूर्ण बहस आजसम्म कसैसँग गरको थिइनँ । त्यसमाथि एउटी नारीसँग, सोचेको पनि थिइनँ । लामै भयो रक्सी मिमांसा ।
‘एनी वे, मेरो बेड रुम हेर्न जाऊँ ।’
अंग्रेजीमा उनको राम्रो दखल छ, तर मीठो नेपाली बोल्छिन् । अहिले भने अंग्रेजी–नेपाली कक्टेल छ । अनौठा प्रश्न र प्रसंगको कक्टेल पनि ।
चटक्क मिलाएको बेड । हल्का गुलाफी रंगको बेडसिट । मेघाको शरीरको राप आँखामा झल्किएको छ ।    
‘बियोन्ड द बाउन्ड्री’ मेघाले हात फैलाउँदै भनिन्, ‘बस प्रिय श्री ।’
छेउमा बसेँ । लागिरहेको थियो, मैले धरती छोडिसकेको छु । मसँगै मेघाले पनि । हामी हजाराँै मिटरमाथि उडान गर्दैछौँ । धरतीभन्दा धेरै माथि कतै ताराहरूको बगैँचामा प्रेमपर्व मानउन खोज्दैछौँ । धरतीमा यस्तो हुँदैन ।
‘बाई द वे, धेरै दिनदेखि एउटा कुरा सोध्न मन लागेको छ । सोधौँ ?’
‘सोध, भित्रभित्रै गुम्स्याएर मनमनै कुहाउनु हुँदैन । सोधी हाल ।’
‘ओके, प्रकाश भनेको के हो ?’
अनौठो लाग्यो प्रश्न । तैपनि उत्तर दिएँ, ‘नेपालीमा उज्यालो, ज्योति, बत्ती, किरण आदि । अंग्रेजीमा लाइट, रे, फोकस, फ्लास, डन, रेडिएन्ट आदि–इत्यादि ।’
‘ती सबै हौ, तिमी ?’
‘के लाग्छ ?’
‘भन्न सक्दिनँ, तर मैले सोधेको अर्कै हो ।’
‘अर्कै के ?’
‘प्रकाश भनेको के जात हो ? मतलब तिम्रो जात के हो ?’
अनौठो प्रश्नले मनमनै हँसायो मलाई । मेघाजस्तै मुस्कुराउँदै भने, नेपाली ! मेरो जात नेपाली !
हरेक कुरामा प्रायः मुस्कुराउने मेघाको अनुहार गर्जिन लागेका मेघजस्तो कालो–मैलो–अँध्यारो भयो । कहिल्यै नदेखेको अर्को रूप । हिजो अर्कै रूप । एकछिन्अघि अर्कै रूप । अहिले अर्कै रूप ।
‘अर्थात दऽऽअऽऽ....! मतलब परिऽऽऽ ....! सूचिकार....! कपाली... ! कुस्ले.....!‘आ‘म् सरी ।’
ड्रयरबाट सफा सेतो टावल लिएर मेघा बाथरुम छिरिन् । सावरको आवाज बेडरुमसम्मै आयो । केहीबेरपछि तपतप पानी चुहिँदै गरेको कपाल पुछ्दै भनिन्, ‘मलाई सञ्चो नभए जस्तो भयो । म सुत्छु । तपाईं जानुस् ।’
एक घन्टाअघि ढलेको ‘तपाईं’को पर्खाल ठडियो । म हिँडेँ । गाडी स्टार्ट गरेर झ्यालतिर हेरेँ, कोठामा ब्ल्याकआउट भैसेकेको थियो । मेघाको मनको आगो सावरको चिसो पानीले निभायो कि निभाएन ?
त्यसपछि के भयो मलाई आजसम्म थाहा छैन । डेरामा आएर पल्टिएँ । सोचेँ, रक्सीको मात के मात ?
 त्यो रात ! रात आफै अनिदो रह्यो । म पटक्कै सुत्न सकिनँ ।

 


 
Posted on 09-18-16 10:21 PM     [Snapshot: 1357]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकादेशको कथा

एकादेशको कथा

लक्ष्मण गाम्नागे

एकादेशमा एउटा देश थियो रे ! देश भएपछि त्यहाँ नागरकि हुने नै भए। नागरकि भएपछि कसै न कसैले त्यहाँ नेता भएर अवतार लिने नै भए। नेता जन्मेकैले गर्दा त्यहाँका नागरकि जनतामा रूपान्तरति भए रे ! यदि त्यहाँ नेता नभएका भए ती नागरकि नागरकि मात्रै हुन्थे वा मान्छे मात्रै हुन्थे रे तर तिनीहरूभन्दा धेरै माथि टाउकामा बसेर शासन गर्ने नेताहरूको प्रतिष्ठाका लागि तिनीहरू जनता भइदिए रे !

जनता भएपछि निरीहता हुने नै भयो। जनता निरीह थिए। उनीहरूलाई सधैँ खान लगाउनको दु:ख थियो। यातायातको असुविधा थियो। खानेपानी थिएन। अस्पताल थिएन। स्कुल थिएन। बिजुली थिएन। भए पनि कम्ती थियो, अपुग थियो। उनीहरूलाई आफ्ना भाग्यविधातासँग अनेक मागहरू राख्न सिकाइएको थियो। नेता नहुँदा देउतालाई उनीहरू भाग्यविधाता सम्झन्थे, नेता जन्मेपछि नेतालाई नै भाग्यविधाता सम्झन थाले। आफूसमक्ष माग राखिएपछि नेताहरू साह्रै खुसी हुन्थे। आफूलाई देउता नै ठान्थे र जनताले जति माग गर्थे, त्यसमा कैयौँ गुना थपेर उनीहरू जनतालाई 'तथास्तु' भनिदिन्थे।

सुरुसुरुमा त्यहाँका जनताले कसैसँग केही माग्न जानेका थिएनन्। आफ्नै मेलोमेसो गर्थे, हलो-कोदालो गर्थे, खर्क र बेसी गर्थे। मिहिनेत गर्थे, खान्थे। नेताहरूले नै आफैँसँग उनीहरूलाई माग राख्न उक्साएका हुन्। जनताका माग सारै सामान्य खालका स-साना हुन्थे। उनीहरू विचार गर्थे पूरा हुनेसम्मका माग राख्नुपर्छ, पूरा नहुने सपना देख्नुहुन्न। तर, नेताहरू एकपछि अर्को उनीहरूका घर-आँगनमा आउँथे र जनताले देखेका सपनाभन्दा सय गुना ठूला सपना देख्न लगाउँथे।

जनता बिहान-बेलुकाको छाक ढिँडो, गुन्द्रक, आटो-पीठो जेले भए पनि टार्ने सपना देख्थे र नेताहरूसमक्ष त्यसका लागि भरथेगको माग राख्थे। नेताहरू दाल, तरकारी, अचार, गाईको दूधसँग मसिना चामलको भात खुवाउने कुरा गर्थे। साताको एक-दुई छाक माछामासु र फलफूल पनि खान पाउने व्यवस्था गरििदने वचन दिन्थे। प्रत्येक जनतासँग एउटा घर, खेती, चरन र लैनो गाई हुनेछ भनेर घोषणा गरििदन्थे।

जनताले गाउँमा एउटा प्राथमिक स्कुलको सपना देखे। नेताहरू आएर तिमीहरूलाई नाथे प्राइमरी स्कुलले कहाँ पुग्छ, विश्वविद्यालय नै चाहिन्छ भन्दै विश्वविद्यालय ल्याउने निर्णय गरेर सही गरििदए। जनता स्वास्थ्य कार्यकर्तासम्म भएको एउटा स्वास्थ्य चौकी भए हुन्थ्यो भनेर कुरा उठाउँथे, नेताहरू डाक्टरहरूले भरएिको कुन्नि कति शय्याको ठूलै अस्पताल ल्याइदिन राजधानीतिर लाग्थे।

जनताको गाउँमा बाटोको सारै समस्या थियो। कति भरयिाहरू, कति गोठालाहरू, कति घाँसीहरू, कति स्कुले केटाकेटीहरू बाटो हिँड्दा कतिपटक भीरको ढुंगामा ठोक्किएर खोँचमा खसेका थिए। त्यो ढुंगो फुटाएर टाउको नठोक्किने बनाइमाग्न उनीहरूले नेतालाई गुहारे। नेताहरू आएर त्यस भीरमा ढुंगो फुटाउने होइन, सडक खन्ने र कालोपत्रेसमेत गर्ने कटिबद्धता प्रकट गरेर गए। अरू धेरै जना भीरबाट लडेपछि अर्कोपल्ट कुरा उठाउँदा त्यस भीरमा सुरुङ मार्ग नै बनाउने टुंगो लगाएर नेताहरू सहर पसे र उतै बसे। जनताको गाउँमा केटाकेटीका लागि खेल्ने चौरको दर्कार थियो। गाउँलेले श्रम लगाएर चौर खन्ने निर्णय गरेको थाहा पाउनासाथ नेताहरूले त्यो ठाउँमा खेल्ने चौर होइन, हवाईजहाज बस्ने एयरपोर्ट नै बनाउने घोषणा गरे।

खानेपानीको झन् कुरै भएन, दुई घन्टा लगाएर कुवामा पुगिन्थ्यो। जनताले त्यस कुराको समाधानका लागि डाकेको बैठकमा एकाएक प्रवेश गरेर नेताहरूले गाउँमा खानेपानी मात्रै होइन, घरघरमा माछा पाल्नसमेत पुग्ने गरी पानी ल्याउने कसम आए। डाँडापारकिो खोलाबाट टनेल खनेर कुन्नि कति मेगावाटको विद्युत् उत्पादन केन्द्र बनाउने र सिँचाइसमेतलाई पुग्ने पानी ल्याएर त्यो गाउँलाई नमुना गाउँका रूपमा विकास गर्ने गरी जनताले आशै नगरेका मागसमेत पूरा गरििदए नेताहरूले।

जनताले देशमा विकास खोजे, नेताले हिंसात्मक क्रान्ति नै उपलब्ध गराए। जनताले क्रान्ति पुग्यो अब शान्ति र सुरक्षा भए पुग्छ भने, नेताले कहाँ पुग्नु तिमीहरूलाई त संविधानसभा पो चाहिन्छ त भने। जनताले लौ ठीकै छ तर सानो आकारको संविधानसभा भए हामील्ााई पुग्छ भने, नेताले सानोले कहाँ पुग्छ, कम्तीमा ६ सय १ जनाको संविधानसभा चाहिन्छ भन्दै जनताले मागेको भन्दा कैयौँ गुना ठूलो आकारको संविधानसभा दिएर नेताहरूले चमत्कारै गरे। जनताले दुई वर्षमा बनाएको संविधान हामीलाई पर्याप्त हुन्छ भने। नेताहरूले भने दुई वर्षमा बनाएको संविधानले तिमीहरूका अधिकार रक्षा गर्न सक्तैन, तीन-चार वर्ष लगाएर बनाइदिन्छौँ। यसरी नेताहरूले जनताको मागभन्दा धेरै गुना बढी पूर्ति गर्दै गए, गर्दै गए।

लामो अनुसन्धानपछि पत्ता लाग्यो, त्यो देशमा विकास नहुनु र जनताले झन्झन् दु:ख पाइरहनुको खास कारण नेताको मन साह्रै ठूलो र जनताको मन साह्रै सानो भएर रहेछ। जनताको बुद्धि नपुगेर तिनीहरूले दु:ख पाएका रहेछन्। जनता थोरै थोरै माग्ने, नेता घ्यापघ्यापी दिने। यो माग र आपूर्तिको असन्तुलनले गर्दा देश अगाडि नबढेको रहेछ।

ती महान् र दयालु नेताहरू र साह्रै छोटो मन भएका मूर्ख जनता भएको देश अरू कुन हुन्थ्यो ! हाम्रै देश नेपाल थियो रे !

प्रकाशित: वैशाख २५, २०६८


 
Posted on 09-19-16 2:29 AM     [Snapshot: 1401]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

परम सत्य

अब हामी दुवै जीवनको आखिरी मोडमा छौं । हामी दुवैलाई मृत्युले स“गै ला“दैन ।

परशु प्रधान

आश्विन २, २०७३  

डाक्टरकहा“ प्रोस्टेट ग्लान्ड बारेमा सरसल्लाह लिई घर आइपुग्दा सा“झ पर्नै लागेको थियो । ट्याक्सी चढ्ने हविगत थिएन, अव्यवस्थित बसको के कुरा गर्नु ? बाह्र हण्डर त्रिपन्न घुस्सा खाएर बल्लतल्ल घर आइयो । उनी अर्थात् मेरी ज्वालाले ढोका खोलिन् । तर भित्र पस्दा नपस्दै तिनको अनुहार अलि उदास, निराशजस्तो लाग्यो । मेरो मुखबाट निस्किहाल्यो–होइन, तिमीलाई सन्चो भएन कि कसो ?

 

उनले मेरो कुराको जवाफै नदिई ‘तपाईंलाई भोक लागेको होला, के तयार गरू“ ?’ भनेर सोधिन् ।‘खै के खानु हामीजस्तो बूढाले । अस्पताल छेउको रेस्टुरा“मा खान गएको, हामीलाई हुने केही पाइन । चिनी नभएको चिया, भेज डोसा खाए“ । के गर्नु–भोक लागेपछि । तर पिरोले पेट नराम्रोस“ग पोलिरहेछ ।’ मैले रामकहानी सुनाए“ । हामी भ¥याङ चढेर कोठामा पुग्यौं । म साबिकबमोजिम आप्mनो कोठाको ढोका खोल्न पुगें । भित्र हेर्छु त कोठाको रूपरङ्ग नै बदलिएको छ । टिभी हेर्छु– टिभी गायव । ल्यान्ड लाइन टेलिफोन हेर्छु–त्यो पनि छैन । खाट हेर्छु–हिजो–अस्तिको न तन्ना छ, न सिरक–डसना ।

 


‘होइन, यो मेरो कोठा के भयो ? तिमीले गरेकी ?’ मेरो वाक्य फुट्यो । ज्वालाले गम्भीर भएर निन्–‘केही होइन । मैले हजुरका लागि छेउको कोठा तयार गरिदिएकी छु ।’ ‘किन, यो कोठा राम्रो थियो, हामी दुवैको थियो, आज अचानक के भयो ?’ ‘केही भएको छैन । हामी अलग–अलग कोठामा बस्नु ठीकजस्तो लाग्यो । हजुरका सारा सामान दिनभरिमा सारिदिएकी छु । अब हाम्रो बाटो फरक गर्नु राम्रो हुन्छ जस्तो लाग्यो’ ऊ अझ गम्भीर भई । हेर्छु–गालाभरि चाउरी थपिएका छन् । आ“खा गढेका छन्् । म आकाशबाट अचानक खसेजस्तो भए“ । राति स“गै सुत्दासम्म हाम्रो केही मनमुटाव, झगडा वा द्वन्द्व थिएन । आज अचानक के भयो ? म आत्तिए“ ।

 

‘पहिले पल्लो कोठामा जाऊ“ ।’ हामी दुवै छेउको कोठामा पुग्यौं । नभन्दै हाम्रा हिजोसम्मका सारा गाफाटा, खाटका सामान, टेलिभिजन त्यही“ छन् । ‘के अब हामी छुट्टिने भयौं ?’ मेरो सोधाइले ज्वाला अझ गम्भीर भई, थोरै मुस्काई । तर जवाफ आएन । मैले जोड गरें– ‘भन न, के कुरा हो ? आजै हामी अलग बस्नुपर्ने यस्तो कारण के प¥यो ?’ ‘केही परेको छैन । अब हामी अलि अलग बस्ने बानी गरौं भनेर । तपाईंलाई थाहा छ–मेरो पाठेघर निकालेको पा“च वर्ष भयो । दम र खोकीले घेर्दै ल्याएको दसौं वर्ष भयो । तपाईंले जागिर छाडेको पनि पन्ध्र वर्ष भयो । अब हामी दुवै जीवनको आखिरी मोडमा छौं । हामी दुवैलाई मृत्युले स“गै ला“दैन । अनि एक जना अघि अर्को पछि हुन्छौं । त्यसैले अलग बसेर अर्थात् एक्लै बस्ने बानी बनाउ“दै जाऊ“ भनेर ...........’ ज्वाला रुन खोजी ।  तर आ“सु रोकी ।

 

तिम्रो हाम्रो आयु के कति छ ? न तिमीलाई थाहा छ, न मलाई । जहिलेसम्म बँ“चिन्छ, एक–आपसमा माया बा“डेर बसौं । तिमीले यस्तो निर्णय गरौली भन्ने मैले कहिल्यै सोचेको थिइन । ‘यो मेरो आज बिहानको सोच हो । पूजाकोठामा पूजा गर्दै थिए“–एकाएक मेरो दिमागमा आयो ।’ ज्वाला फेरि गम्भीर भई । के आयो ?  ‘यहा“लाई सम्झना छ–हामीले विवाह गरेको ४० वर्ष भयो । भगवान्ले छोरा पनि दिए, छोरी पनि । मैले घर–व्यवहार थामें, यहँ“ले जागिर । छोराछोरी दुवैका पखेटा लागे । ती अमेरिका उडे । तिनको प्रगतिमा हामीलाई गर्व छ । हामीले जीवनमा धेरै संघर्ष ग¥यौं । कहँ“को विकट पहाडबाट यो सहरमा आएको र यही“ बसेको पनि धेरै भयो ।’

 

मैले बीचैमा भनें–‘तिमी त नेताले जस्तो भाषण गर्न लाग्यौ ।’ होइन, आज बिहान मलाई दिव्य ज्ञान भयो । तपाईं कहा“ हुनुहुन्थ्यो, म कहा“ थिए“ । तपाईं र मेरो कुल फरक थियो । कुनै सर्वशक्तिमान् भगवान्ले हाम्रो भेट गराइदिए, विवाह गराइदिए । अझ म भन्छु–हामी दुवै धेरै बा“चे, दस वर्ष अर्थात् कुनै पनि बेला हामी परमधाम हुनसक्छौं । त्यसकै तयारी गरौं । यो कोठा यहा“लाई तयार पारें, मेरो कोठा मिलाउनै बा“की छ ।’ ज्वालाले यसपछि के–के भनी, मेरो दिमागले ठ्याम्मै टिपेन । म अनायास विगतमा पुगें ।

 

ती दिन रंगीन थिए । रंगीन सपनाहरू थिए । हामीलाई सबैले मिलेको जोडी भन्थे । न ज्वाला मनमा कुनै कुरा लुकाउ“थी, न म अर्थात् हामी दुवै एउटै डुङ्गाका सहयात्री थियौं ।  बेला–मौकामा टाढाका रिसोर्ट गएर मन बहलाउ“थ्यौं । अनि कुनै रेस्टुरा“मा पसेर आफूलाई मन पर्ने खाजा खान्थ्यौं । म कहिलेकाही“ एक दुई पेग लिन्थें, ऊ स्वीकार गर्थी । अनि ज्वाला फलफूल र अमिलो मन पराउ“थी । कहिलेकाही“ बजार गएर घर र आफूलाई चाहिने सर–सामान दुवैले बोकेर ल्याउ“थ्यांै । पुराना सुखदुःखका कुरा गथ्र्यौं । जिन्दगीमा यत्ति ग¥यौं, गर्न सक्यौं भनेर भगवान्लाई धन्यवाद दिन्थ्यौं । समयको गतिस“गै, जिन्दगीको बा“च्ने क्रममा ज्वालाले पूजा–पाठमा आफूलाई समर्पित गर्न थाली । बिहान–बेलुकी फूलहरूको जोहो, शिवजी, कृष्ण, विष्णुका तस्बिरहरू सङ्कलन गरी पूजा–कोठा सजाउन लागी । दान–धर्ममा बढी ध्यान दिन थाली ।

 

हाम्रा भावनाहरूमा केही परिवर्तन आउन थाले । यसलाई हामी दुवैले सकारात्मक रूपमा लियौं । अनि कहिलेकाही“ झिना–मसिना कुरामा ठाकठुक हु“दा, राति एउटै ओछ्यानका साथी भएर सुतेपछि बिहान दुवै तरोताजा हुन्थ्यौं । लाग्थ्यो–यही जिन्दगी हो, यही प्राप्ति हो, यही जीवनको सत्य हो ।मेरो ध्यानमग्न स्थितिलाई ज्वालाले भङ्ग गरी, ‘मलाई सक्नुहुन्छ भने सानो चौध इन्चको टिभी ल्याइदिनुहोस्–इन्डियन भए हुन्छ, विदेशी चाहि“दैन । अनि मेरो कोठाभरि देवी–देवताहरूका तस्बिरहरूले सजाइदिनुहोस् । म आप्mनै लोबेडमा सुतेर भगवान्को नाम लिन मन पराउ“छु । यसको अर्थ मैले सम्बन्धविच्छेद गर्न खोजेको बिल्कुल होइन । केवल भोलि हामीलाई बा“च्न र जिन्दगी भोग्न सजिलो होस् भनेर मात्र हो । अरु त के फरक पर्छ र, हामी स“गै खान्छौं, स“गै कुराकानी गर्छौं, स“गै रहन्छौं । केवल कोठा फरक गरौं–त्यो पनि कति टाढा छ र ?’

 

‘तिमीले धेरै महिनादेखि भनेकी थियौ–तपाईंले हेर्ने च्यानल र मेरो च्यानल मिलेन । म इण्डियाका आस्था, संस्कार, भक्तिदर्शन र नेपालका धार्मिक च्यानलहरू हेरेर आफूभित्र जिउने शक्तिको विकास गर्छु । तपाईं स्पोर्टस्, धारावाहिक हिन्दी सिनेमा हेरेर बढी मनोरञ्जन लिनुहुन्छ । मैले हेरेको बेला–तपाईंलाई दिक्क लाग्छ । हो कि होइन ? लौ भन्नुहोस् । यस्तै तपाईंले हेरेका च्यानलहरू मलाई बोर लाग्छन्, निद्रा आउ“छ । आजदेखि हामी आप्mना रुचिका च्यानलहरू हेरेर आत्मसन्तुष्टि लिऊ“ ।’ ज्वालाले अझ भनी । मलाई लाग्यो–ऊ सत्यको नजिक छे, व्यावहारिक छे । वास्तवमा उमेरस“गै मानिसका भावना, दृष्टिकोण एवं रुचि फरक हु“दा रहेछन् । यस्तो लाग्छ–ती फरक ग्रहबाट, फरक वातावरण र परिवेशबाट आएका हुन् । यस्तै लोग्नेस्वास्नीका बीच समयको अन्तरालस“गै धेरै कुरा रूपान्तरण ह“ुदा रहेछन् । तर ...... तर म भने मणि हराएको सर्पजस्तै भए“ ।

 

कुनै बिहान प्राणायाम र योग पूरा गरेपछि ज्वालाले अचानक अनुरोध गरी–हजुर, हामी चारधाम यात्रामा नजाने ? हाम्रा छिमेकीहरू सबै जाने तयारीमा छन् । लगभग एक महिना लाग्छ भारतको पूर्व–पश्चिम, उत्तर–दक्षिण सबै ठाउ“का देवी–देवताहरूको दर्शन गर्ने मात्र होइन, त्यहा“को प्रकृति र समाज पनि थाहा हुने । अनि प्रतिव्यक्ति कति लाग्ने रहेछ ? मैले सोधें । ट्राभल एजेन्सीबाट गरेको रे–एकजनालाई ५० हजार लाग्छ भन्छन् । ‘त्यसो भए १ लाखको कुरा आयो । यसपालि त बजेट छैन । अर्को वर्ष सोचौंला ।
ऊ केही बोलिन अर्थात् न हो भनी, न होइन भनी । त्यसपछि ज्वालाले न कुनै प्रसङ्ग उठाई न मैले ।
मैले भुलेको थिए“, फेरि अहिले सम्झिए“–विदेश नजाने हो भने नेपालका मन्दिरहरूमा जाऊ“ । जस्तो कि पूर्वका बराहक्षेत्र, पाथीभरा, पश्चिमका पनि थुप्रै धार्मिक पवित्र क्षेत्रहरू छन् ।

 

यसलाई पनि मैले कुनै अर्थ दिएको थिइन । हुन्छ पनि भनिन, हुन्न पनि । सायद यी सबको परिणाम हुनुपर्छ–आजको दिन । म सहज हुन खोजें–‘केही छैन । धेरै साथीभाइ श्रीमती र म अलग–अलग कोठामा सुत्छौं भन्थे । यसका धेरै कारण होलान् । अलग सुते पनि तिनको सम्बन्ध यथावत् छ । यस्तै म पनि तयार छु । एउटा राम्रै टिभी भोलि ल्याइदिउ“ला–केही छैन । तर तिमी भगवान्–भक्तिमा लीन भएर सुत्न सक्छ्यौ । मलाई कठिन होला कि ? तपाईंको कुरा ठीक हो । दिन अवश्य आउनेछ–हामी मर्छौं–मर्छौं । त्यसलाई अहिलेदेखि सहज र सरल बनाउ“दै जाऊ“ भन्ने मेरो चाहना हो । हामी जो पहिले गए पनि दैनिक–जीवन राम्रैस“ग बिताउन सकौं  भनेर नै मैले .... फेरि ऊ भावुक भई र रुन खोजी । म पनि छटपटाए“ ।

 

‘भोलि हामी बजार जाऊ“ र आफूलाई चाहिने सबै सामान किनेर ल्याऔंला । आज मैले बैंकबाट अलिकति रुपैंया“ पनि झिकेको छु ।’ मैले कार्यक्रम बनाए“ ।‘म एक किसिमले जोगिनी वा भक्तिनी भएर बा“की जीवन बिताउन चाहन्छु । विगतका सारा कुरा भुलेर नया“ बाटोमा हि“ड्न चाहन्छु ।’ ज्वालाले अझ स्पष्ट गरी । साबिकझंै खाना खायौं । केही समय घर–व्यवहार, तराईका जग्गाका कुरा भए । राति सुत्ने बेलामा जीवनमा पहिलो पटक श्रीमती र म अलग कोठामा थियौं । केही समय टेलिभिजन हेरें । कान्तिपुरको समाचार सुनेर आफूलाई अप टु डेट बनाए“ । अनि इण्डियन टेलिसिरियल र सिनेमा हेर्न थालें । तर त्यहा“ आएका कुनै पात्र वा चरित्रले, घटनाले मलाई रत्तिभर छोएन । ठ्याम्मै निद्रा लागेन । विगत सम्झिए“, वर्तमान सम्झिए“ र भविष्य सम्झिए“ ।

 

किन–किन आ“खा रसाएर आए । डा“को छोडेर रोऊ“जस्तो लाग्यो–ज्वालाको लीला सम्झेर । आखिर उसले यस्तो निर्णय किन लिई ? के यो आवश्यक थियो ? अनि एक किसिमले लाग्यो–ज्वालाले मलाई किन र केका लागि दण्ड दिएकी हो । मनको कुनै कुनामा भूकम्प गयो–के ज्वाला ब्रह्मलीन भई र म यस संसारमा एक्लिए“ । कुनै रंगीन रातहरू थिए । हामी भावी योजना र सपनाहरू बुनेर रात छर्लङ्ग काट्थ्यौं । हाम्रा जिन्दगीले भोगेका, भोग्दै गरेका यथार्थहरूमा छलफल गथ्र्यौं अनि न्यानो अंगालोमा धेरै घण्टा बा“धिएर दुवै जनाले शारीरिक तृप्ति लिन्थ्यांै । मनमा आयो–एउटा लोग्नेमान्छेलाई बा“च्न स्वास्नीमान्छेको सृष्टि ब्रह्माले गरेका रहेछन् अथवा स्वास्नीमान्छेका लागि लोग्नेमान्छे ।

 

समयको निष्ठुर चक्रले शरीर समाप्त हु“दै जा“दो रहेछ  र मानसिक रूपले हामी भावी परम सत्यको खोजीमा हु“दा रहेछौं । के ज्वालाले जीवनको त्यही परम सत्य खोज्न चाहेकी हो । यस्तै अनेकौं दुःस्वप्नहरू तरङ्गित हु“दै निद्राविहीन बिहान भयो । म उसको ढोका ढकढकाउन पुगें । धेरैबेर ढोका खुलेन । लाग्यो–ऊ भगवान्को नाम लिएर जप गरिरहेकी छे । हुनसक्छ–प्राणायाममा व्यस्त छे । म चुपचाप फर्केर र बाहिरको ट्वाइलेट प्रयोग गरें । त्यसपछि फेरि अनायास उसको ढोका ढकढकाउन पुगें । उसले बिस्तारै खोली र भनी–तपाईं उठिसक्नुभयो । निद्रा त राम्रो प¥यो ? म रातभरि सुत्न सकिन ज्वाला, त्यसरी सुत्ने मान्छे, ठ्याम्मै निद्रा परेन । म तिमीलाई सोध्न आएको–मैले के अपराध गरें र मलाई दण्ड दि“दैछौ ।

 

ऊ बोलिन । उसको अनुहारमा देदिप्य ज्वाला दन्किरहेको देखें । त्यहा“ मलाई सारा देवीहरूको दिव्य स्वरूप वा अनुहार चम्किरहेजस्तो लाग्यो । म भयभीत भए“ । मलाई उसको पाउ छोएर प्रणाम गरौं कि भन्ने लाग्यो । म सा“च्ची नै रुने वा चिच्याउने उपक्रममा थिए“ । सारा पृथ्वीमा प्रलय भैरहेछ .... म डराए“ । ‘तपार्इंले यो परम सत्यलाई कसरी लिनुभयो म जान्दिन । तर मैले केवल भोलिका लागि हामी दुवै तयारी गरौं अथवा भविष्यमा सुःखद् र सकारात्मक मानसिक चेत लिऊ“ भन्ने उद्देश्य राखेकी हु“ । यसलाई दण्ड नभन्नुहोस् । विन्ती छ मेरो देवता,’ उसले मेरो पाउ छुन खोजी । म पछि हटें । मलाई लाग्यो–हामी दुवै जना स्त्री–पुरुष सम्बन्धको नया“ परिभाषा खोज्न लागेका छौं, नवीन दार्शनिक सत्यको उद्घाटन गर्न लागेका छौं । 

 

बाहिर घाम झुल्कन लागेको थियो । हामी चिया पिउन लाग्यौं । मैले यो पीडादायक स्थितिलाई सहज बनाउने प्रयास गरें ।



http://bit.ly/2d7I5U9
 
Posted on 09-24-16 8:45 PM     [Snapshot: 1577]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साइरन

शनिबार, ०८ असोज २०७३, ११ : ०९ |  नागरिक


ध्रुव सापकोटा

योसँगको मित्रतामा पूर्णविराम लगाउने सोच बनाएँ। मेरा मित्र बारम्बार भन्छन्– हरेक मित्रता अस्थायी हुन्छन्। ढिलो वा चाँडो मित्रता टुट्छ। उनको यो भनाइलाई म अझ तन्काउँछु र अलिकति भद्दा बनाउँछु– ढिलो वा चाँडो परिस्थितिले बनाउँछ। यो मेरो एकपक्षीय निर्णय हो। मेरो निर्णयप्रति यो अनभिज्ञ छ। यसलाई मेरो यो निर्णयको अग्रिम जानकारी दिने कुनै माध्यम पनि छैन। एकतर्फी निर्णय रहस्यमयी हुन्छ। यो निर्णयको कार्यान्यवन गर्न म दृढ छु। उपाये के छ?

मलाई साँझले भट्टीमा बोलायो। यो मेरो पाँच दशकअघिको आदत हो। साँझ पर्‍यो कि घाँटी खसखसाउने! केही मित्रको अर्ति छ– एक्लै भट्टीमा जानु जँड्याहाको लक्षण हो। सत्पात्र देखिन म कसलाई मित्र बनाउँ? मित्र बन्न त जो पनि तयार छ। साथ लाग्न् त जो पनि तयार छ। खर्च भने आफैले बेहोर्नुपर्ने हुन्छ। मेरो स्वभाव उदार छैन। जीवनभर मुठ्ठी कसउेर बाँचेकाले एक्कासी मुठ्ठी खोल्न सक्दैन। मलाई अर्काको आशा पनि छैन। आशा किन छैन भने म आशा गर्ने हैसियतमा छैन। म आफ्नो कोठामो जान्छु, लुगा लगाउँछु। दस वर्ष पुराना, परिवर्तन गर्न नै सकेको छैन। चाहना नभएर नै परिवर्तन हुन नसकेको हो। मजस्तो मुठ्ठी कसुवाको जीवनको विडम्बना नै  यही हो, सधैँ उही उस्तै पहिरन। उही शैली, उही व्यवहार! अनि परिवर्तनको झिल्को कहाँबाट देखियोस्?

 

उसलाई छल्न त सफल भएँ। स्मृतिबाट भने छल्न सकेको छैन। कहिलेसम्म यो मेरो स्मृतिमा बस्ने हो? बेलुका म त्यही भट्टीमा जान्छु। विष मिसिएको नशालु पदार्थबाट टाढा छु। तस्कर र नेताले पहिले नै आसन जमाइसकेका छन्। तिनीहरू पनि विषालु पदार्थबाट टाढा छन्। विदेशीमार्का नै चलाउँछन्।

म भर्‍याङमा छु। त्यहाँको कुनामा खोर छ। खोरमा कुकुर कुइकिन्छ। जसरी यसले मेरो भाषा बु‰न थालेको छ, त्यसरी नै म यसको इच्छा बु‰न थालेको छु। यसको इच्छा मसँग जाने हो। धेरै दिनदेखि यो मसँग साँझमा हिडिरहेको छ। आज एक दिन किन टुटाउने? मृत्युदण्ड पाएकाको समेत अन्तिम इच्छा पूरा गरिन्छ भने यो त आफ्नै घरमा पालिएको छ। यसको अन्तिम इच्छा किन पूरा नगर्ने? यो पनि गज्जबको छ। सानो इच्छा पूरा गर्दा पनि गद्गद् हुन्छ। पुच्छर हल्लाउँछ। म एउटा कुनोको मेचमा बस्छु। मसँगै यो भुइँमा बस्छ। भट्टीको मालिकले खानाका परिकारहरू लोभलाग्दो किसिमले सजाएर राखेको छ। मालिक आफै भान्छे। भाँडा सफा गर्ने उसकी श्रीमती। लोग्नेस्वास्नीको मेहनतले फल दिएको छ– एउटा सुन्दर घर। एकमुष्ट पचास लाख बुझाएर छोरालाई डाक्टरी पढाएको छ। यसले बेचेको रक्सी खाएर कैयौँको ज्यान गएको छ। पटके हो यो। थुनिएको छ। फर्कने प्रविधिमा पारंगत छ। ज्यानमरूवा आफू बेच्छ, ज्यान बचाउने पेशामा छोरालाई लगाएको छ। यसलाई भन्छन्– खराब कामको असल नतिजा!

'तपाईंलाइ किन समातेको?' कहिलेकाहीँ म ऊसँग जिस्कन्छु।

'रातिगेडी नपाएर!' उसको जवाफ हुन्छ।

रातिगेडीको महŒव उसले राम्ररी बुझेको छ। त्यसको सदुपयोग पनि राम्ररी गरेको छ।

त्यो भट्टीपसलेलाई मेरो रूचि थाहा छ। मेरो सामुन्नेमा एक क्वा र तातोपानी राख्छ। पहिलेपहिले एक क्वाले पुग्थ्यो। अहिले सात पेगसम्म जान्छ। मेरो सामुन्नेमा तस्कर र सत्ताधारी दलका नेता बसेका छन्। यिनीहरू मलाई जुम्ल्याहा लाग्छन्। कुन तस्कर कुन नेता छुट्याउनै गाह्रो!

'तपार्इंलाई एक्लै आएको मैले देखेको छैन।' तस्कर भन्छ।

'तपाईंहरूलाई पनि त मैले एक्लै आएको देखेको छैन नि!' म भन्छु।

'हामी त कारोबारको सिलसिलामा यहाँ आउँछौँ। हाम्रो त यो बाली भित्राउने बेला हो।' तस्कर भन्छ।

'मेरो लागि भने यो साथीमात्र हो।' म भन्छु।

'यसको जन्म तपाईंको घरमा नै भएको हो?' तस्करको प्रश्न छ।

'यो त आयातित हो।' म जवाफ दिन्छु।

'आयातितसँग पनि यतिविधि प्रेम रहेछ।' तस्कर भन्छ।

'मित्रता एकपक्षीय हुँदैन। दुवैतिरबाट उत्तिकै मित्रता प्रदर्शन भएमा लामो जान्छ।' म भन्छु।

'हाम्रो पनि त्यस्तै छ।' तस्कर भन्छ। नेता मुसुक्क हाँस्छ।

'तपाईंहरूलाई देखेर ईर्ष्या गर्नेहरू छन्। घृणा गर्नेहरू छन् अनि थुक्नेहरू पनि छन्।' म भन्छु।

'तिनको जीवन त्यत्तिकैमा समाप्त हुन्छ। हामी मित्रताको मीठो फल चाखिरहेका छौँ।' नेता भन्छ।

'फल तपाईंहरू खानोस्, कष्ट जनता खान्छन्।' म भन्छु।

'हामीले तपाईं त आफ्नोमात्र हिसाब राख्नु हुन्छ भन्ठानेको। राष्ट्रिय हिसाबकिताब पनि राख्नु हुँदो रहेछ।' नेता भन्छ।

'अब हाम्रो कुरा छाड्नोस्, यसको कुरा गर्नोस्।' नेता भन्छ।

'यसलाई आफू आयातित हुँ भन्ने अनुभूति नै छैन।' म भन्छु।

'किन, कसरी?' तस्कर सोध्छ।

'यो चार महिनाको हुँदा मैले यसलाई काखमा राखेर ल्याएको।' म भन्छु।

'यसलाई नै किन रोज्नुभो?' नेता सोध्छ।

'यसको सुन्दरता र यसकी आमाको कार्यक्षमता देखेर।' म भन्छु।

'आमाले जे गर्‍यो छोराले पनि त्यही गर्छ भन्ने छ र!' तस्कर भन्छ।

'त्यही त! सन्ताले परम्पराको निर्वाह गर्छ भन्ने जरुरी छैन।' नेता भन्छ।

'मैले त वंशानुगत कुरा गरेको।' म भन्छु।

'उहाँ कारोबारी। उहाँको छोरा राजनीतिमा छ। म राजनीतिज्ञ। मेरो छोरा कारोबारी। सन्तानले बाबुको बाटो समातेनन्।' नेता भन्छ।

'एउटै हो, केही फरक पर्दैन।' म भन्छु।

'कसरी?' तस्कर प्रश्न गर्छ।

'दुवै कमाउ पेशा हुन्। वंशानुगत गुण आइहाल्यो नि!' म भन्छु।

'तपाईं आज मुडमा हुनुहुँदो रहेछ।' तस्कर भन्छ।

'म त सधैँ उस्तै। जीवन घिसार्ने मात्र।' म भन्छु।

'तपाईंलाई केही चाहिएको छ?' नेता मप्रति दया देखाउँछ।

'मलाई केही चाहिएको छैन। यो देशमा आरामसँग बस्ने वातावरण बनाइदिनोस्। यति भए पुग्यो।' म जवाफ दिन्छु।

'योचाहिँ भाषणको राम्रो टुक्रा हो। मुखमा मासुको टुक्रा राखेपछि भाषणको टुक्रा राम्रो आउने रहेछ।' नेता भन्छ।

'अर्को एउटा कुरा पनि गजब लाग्यो। तपाईं खाइरहनुभएको छ, योचाहिँ हेरिरहेको छ।' तस्कर भन्छ।

'अहिले यो जनताको भूमिकामा छ।' म भन्छु।

'तपाईंले यसको सुन्दरताको मात्र कुरा गर्नुभयो। कामका बारेमा केही पनि बताउनु भएन।' नेता भन्छ।

मैले तस्कर र नेतालाई हेरेँ। हाँसेँ।

'तपाईं किन हाँसेको?' तस्करको  प्रश्न।

'तपाईंहरू आफ्नो कारोबार छाडेर मैतिर लाग्नुभएको देखेर।' म भन्छु।

'हाम्रो कारोबारको कुरा तपाईं आउनुअघि नै सकिएको थियो। अहिले त हाम्रो मनोसञ्जनको समय हो। तपाईंसँग कुरा गर्दा मनोसञ्जन मिलेको छ।' तस्कर भन्छ।

'आफू त जहिले पनि अरुको मनोरञ्जनको साधन भइयो।' म भन्छु। मैले तीन पेग चढाइसकेको छु। छाडा बोल्ने शक्ति सञ्चय भइसकेको छ।

'यो देशमा मनोरञ्जनका साधन तपाईं मात्र हो र!' नेता भन्छ।

'होइन, होइन। सहरमा शरीर बेचेर हिँड्ने, छाप्रोमा बस्ने, भूकम्पपीडित, बेरोजगार युवालगायत पनि मनोरञ्जका साधन नै त हुन्!' म भन्छु।

'तपाईंको लिस्ट त लामै रहेछ।' नेता भन्छ।

'हरेक वर्ष एउटा आइटम घटोस् भन्ने मेरो चाहना छ। तर, त्यो बढेको बढ्यै छ।' म भन्छु।

'अरु कुरा छाडौँ, तपाईंसँग आउने यो कुकुर सामान्य होइन। यसको विशेषता बताउनुस्।' नेता भन्छ।

'यो नेताहरूको भाषणको आदर्श श्रोता हो।' म भन्छु।

'कुन पार्टीको नेताको भाषण?' नेता उत्सुक हुन्छ।

'यसले पार्टीगत भेदभाव गर्दैन।' म भन्छु।

'तपाईंलाई चाहिँ नेताको भाषण मन पर्दैन?' नेता सोध्छ।

'पच्चीस वर्षअघि म पनि यो कुकुरजस्तै भाषणप्रेमी थिएँ। कुन पार्टीको भन्ने मलाई मतलब थिएन। नेताको भाषण हुने ठाउँ पत्तो लगाएरै पुग्थेँ। एक घन्टाको भाषण सुन्न तीन घन्टा पैदलसम्म हिँडेको छु।' म भन्छु।

'अहिले त भाषणको खेती मौलाएको छ।' नेता भन्छ।

'भाषण मौलायो, म भने खुम्चिएँ।' बढ्दो पेगले मलाई सुरो बनायो।

'बढी तान्नुभयो कि क्या हो?' नेता शंका गर्छ।

'अहिले मलाई भाषण बासी लाग्न थालेको छ। रुखबाट धेरै दिनअघि खसेर कुहिएका फलजस्ता।' म जवाफ दिन्छु।

'होस् गुम्नेगरी खानु हुन्न।' नेता अर्ति दिन्छ।

'तपाईंहरू पनि मज्जैले तानिरहनु भएको छ। मलाई प्रेरणा तपाईंहरूबाटै प्राप्त भएको हो।' म भन्छु।

नेता र तस्कर मुडमा छन्। आज तिनीहरूबीच ठूलै रकमको कारोबार भएको हुनुपर्छ। त्यसो नभएको हुँदो हो त आज अर्कै ठाउँमा गएर ठूलै मनोरञ्जन गर्ने योजना बुन्थे।

'यसलाई भाषणको आदत छ भनेर कसरी पत्तो पाउनु भयो?' नेता कुकुरतिर देखाउँदै सोध्छ।

'बिहानको खानापछि म कौसीमा जान्छु। अखबार पढ्न थाल्छु। यो मेरो छेउमा बस्छ। मेरो अनुहारमा बेलाबखत हेर्छ। मलाई त्यो मन पर्दैन। पर जा– म यसलाई हातले संकेत गर्छु। यो मैले देखाएको ठाउँमै जान्छ। मैले आइज नभनेसम्म आउँदैन। जब भाषण तल चौरमा सुरु हुन्छ, यसले मेरो आदेश मान्दैन। पर गएको कुकुर मेरो छेउ आउँछ। त्यसपछि मलाई वास्तै गर्दैन। उसका निम्ति भाषण महŒवपरुूर्ण हुन्छ। नेताको भाषण तीन घन्टाको हुन्छ, यसले हलचल नगरी सुन्छ।' म भन्छु।

नेता र तस्करले मैलेभन्दा बढी पेग लगाइसकेका हुन्छन्। सितन र धुवाँ पनि निकै उडाइसकेका हुन्छन्।

'प्रमाण त तपाईंले दह्रो दिनुभयो।' नेता भन्छ। तस्कर हाँस्छ। भाँडा मा‰दै गरेकी साहुनी र परिकार बनाउँदै गरेको साहु पनि हाँस्छन्।

'तपाईंले कतै हाम्रा प्रिय नेताहरूप्रति व्यंग्य गरेको त होइन?' नेता भन्छ।

'कसरी?' म प्रतिप्रश्न गर्छु।

'यो देशमा नेताको भाषण कुकुरबाहेक अरु कसैले सुन्दैनन् भन्न खोज्नुभएको होइन?' नेता रिसाउँछ।

'जे सम्झनोस्। यसमा मेरो भन्नु केही पनि छैन।' म आफूलाई जोगाउन खोज्छु।

दुवै जना मुर्मुरिन्छन्। मैले आफ्नो वचनका कारण धेरै ठाउँमा मुक्का खाएको छु। म मुक्का खान तयार छु। उनीहरू खासखुस गर्छन्। तर, संयम देखाउँछन्।

'यतिका दिनदेखि मेरो पसलमा तपाईं आइरनु भएको छ। तर, यो दूरदृष्टिबारे केही पनि बताउनुभएको थिएन।' पसले भन्छ।

'तपाईंले सोधेको भए पो बताउनु! यसमा लुकाउने कुरा केही पनि छैन।' म भन्छु।

'यो दूरदृष्टिको पनि प्रमाण होला नि! पेश गर्नोस्।' तस्कर भन्छ।

'अहिले त तपाईंहरू न्यायमूर्ति। म भने हथकडी लगाएर इजलासमा उभिएको अपराधी। यस्तो व्यवहार देखाउनुभयो।' म भन्छु।

'हामीलाई राम्ररी चिन्नुभएको रहेछ। हामीले चाहेमा सार्वजनिक ठाउँमा कुकुर लिई हिँडेर सर्वसाधारण जनतालाई आतंकित पारेका मुद्दामा कारबाही गराउन सक्छौँ। तर, तपाईंले दूरदृष्टिको कुरा गर्नुभयो। हामीले भविष्य थाहा पाउन सकेमा बचाउका निम्ति उपाय पहिले नै अपनाउन सक्थ्यौँ। के हाम्रो भविष्य यही कुकुरले बताउँछ?' नेता भन्छ।

'अहिले त यो चुपचाप छ। जुलुस देखेपछि यो सतर्क हुन्छ। जुलुस मेरो घरबाट पास हुन्छ। त्यसपछि यसले साइरनको आवाज निकाल्छ।' म भन्छु।

'यसले आफ्नो मौलिक आवाजलाई परिवर्तन गरेर साइरन निकाल्छ?' नेता उत्सुक हुँदै सोध्छ।

'जुलुस खतरनाक छ भने यसले थाहा पाउँछ। र, साइरनको आवाज निकाल्छ।' म भन्छु।

'अहिले यहाँ खतरा छैन, तपाईंको कुकुरले साइरन निकालेको छैन।' नेता व्यंग्य गर्छ।

उनीहरू त्यहाँबाट निस्कन्छन्। म तिनलाई नमस्कार गर्छु। तिनले मेरो नमस्कार फर्काउँदैनन्।

'किन तिनलाई नमस्कार गरेको?' पसले सोध्छ।

'मान्छेले आफ्नो संस्कार भुल्नु हुन्न।' म भन्छु।

बिहानको समय।

छोरो काममा निस्कन लागेको थियो।

'म यसलाई छाड्न जाँदैछु।' छोरोलाई मैले जानकारी गराएँ।

'कहाँ छोड्न जाने?' छोरो सोध्छ।

'यो फर्केर आउन नसक्ने ठाउँमा।' म भन्छु।

'त्यस्तो पनि कुनै ठाउँ छ र?' छोरो सोध्छ।

'प्रयास गर्छु।' छोटो जवाफ दिन्छु।

'पहिले त्यस्तो ठाउँ पत्ता लगाउने अनि छाड्न जाने?' छोरोको  प्रश्न सकिएको थिएन।

'तिम्ले छोडेर आउने भए म जानुपर्ने थिएन।' म भन्छु।

'तपाईं नै जानोस्।' छोरो बोल्यो।

म एउटा सार्वजनिक चौरमा पुगेको छु। त्यो ठाउँ अहिले भूकम्पपीडितका छाप्राहरूले भरिएको छ। म र कुकुर छाप्राहरूको बीचबाट हिँडिरहेका छौँ। भूकम्पपीडित छाप्राबाट निस्केर कसैले सहयोग गर्ला कि भन्ने आशामा हेरिरहेका छन्। सुत्केरी आइमाई घाममा बसेर बच्चालाई तेल घस्दैछे। पीडामा पनि सृष्टि रोकिएको छैन! कतिपय बृद्धबृद्धा खोक्दै र कन्दैछन्। तिनीहरू काल पर्खिरहेका छन्। निराश त्यसै देखिएका होइनन्। केही गर्न नसक्नुको पीडा छ। कुकुर मेरो छायाँझैँ मसँग टाँस्सिएर हिँडिरहेछ। एउटा छाप्रोबाहिर लास राखिएको छ, वरिपरि मान्छे छन्। लास जलाउन लैजाने तयारी चलिरहेको छ। त्यही भीडमा कुकुरलाई छल्न म शौचालयभित्र पस्छु। केहीबेरमा बाहिर निस्कँदा कुकुर मलाई बाहिर कुरिरहेको छ। कुकुरलाई छल्न तीन घन्टा प्रयास गरेँ, तर म असफल भएँ।

म अहिले सडकमा छु। एउटा ट्याक्सीमा छु। मसँगै कुकुर छ। रमाइलो पार्कमा सँगै। यो मेरो घरबाट निकै टाढा हो। बच्चाहरू पोखरीमा पौडिरहेका छन्। एउटा समूह नाचगानमा रमाइरहेको छ। एउटा समूह वनभोज खाइरहेको छ। युवा खेल्नमा मस्त छन्। मेरो कुकुर यो ठाउँमा रमायो। ऊ पनि उफ्रन थाल्यो। रुखको कापमा पिसाब फेर्‍यो। कुकुर खेलिरहेको थियो। म ढोकाबाहिर गएँ। निकै छिटो फर्किएँ। केही समयको अन्तरालमा आउजाउ गरी नै रहेँ। यो मेरो कुकुरलाई झुक्याउने कपटपूर्ण अभ्यास थियो। ढोकाबाहिरबाट भित्र पस्दा रित्तो हात फर्किनँ। एकपल्ट मेरा लागि कोक र उसका लागि केक ल्याएँ। एकपल्ट मेरा लागि बदाम र उसका लागि बिस्कुट ल्याएँ। ऊ खानमा व्यस्त हुन्थ्यो। खानापछि ऊ खेलमा नै फर्किन्थ्यो। ढोकाबाहिर गएर बढीबढी खानेकुरा उसका लागि ल्याउँथे। झुक्याउने र भुलाउने खेल खेलेँ। कुकुर महिला भलिबल खेल हेर्न लाग्यो। ऊ तिनीहरूबाट आकर्षित भयो। ऊ पनि खेलाडीझैँ एउटा कुनोमा बसेको थियो। ऊ आफ्नो पालो पर्खिरहेको थियो। ऊ आफ्नो बहादुरी देखाउने मुडमा थियो। ढोकाबाहिर एउटा ट्याक्सी देखियो। म त्यो ट्याक्सीमा पसेँ। आफ्नो गन्तव्यतिर लागेँ। घर नपुगुञ्जेल मलाई चैन भएन। ट्याक्सीबाट पछाडि फर्केर घरिघरि हेरेँ। घर पुगेँ।

‘छोड्नुभयो?’ मलाई एक्लो देखेर छोराले सोध्यो।

‘छाडेँ,’ मैले भनेँ।

‘हँ?’ छोरा उत्सुक देखियो।

‘पार्कमा,’ मैले भनेँ।

म कौशीमा बसेको छु। उसले बस्ने गरेको खाली खोर छ। उसलाई छल्न त सफल भएँ। स्मृतिबाट भने उसलाई छल्न सकेको छैन। कहिलेसम्म यो मेरो स्मृतिमा बस्ने हो? अखबार पढ्छु। कतै यो छेउमै त बसेको छैन? बेलाबखत हेर्छु। ढुक्क हुन्छु। बेलुका म त्यही भट्टीमा जान्छु। वर्षौंदेखि म यही भट्टीमा गइरहेको छु। बिष मिसिएको नशालु पदार्थबाट टाढा छु। म मेचमा बस्छु। यो मेरो पुरानै आसन हो। तस्कर र नेताले पहिले नै आसन जमाइसकेका छन्। तिनीहरू पनि विषालु पदार्थबाट टाढा छन्। विदेशीमार्का नै चलाउँछन्। एउटै ठाउँमा रमाउने म परम्परावादी देखिएको छु।

‘के भयो साथीलाई?’ तस्करको प्रश्न छ।

‘मैले त्यसलाई लखेटेँ,’ म भन्छु।

‘आफ्नै आश्रममा बसेको प्राणीलाई शरणार्थी बनाउन मिल्छ?’ नेता भन्छ।

‘मिल्छ। मिल्छ। जत्ति पनि मिल्छ। नमिल्ने भए यो पृथ्वीमा लाखौँ शरणार्थी किन हुन्थे?’ म भन्छु।

‘ती त खराब शासक थिए। अमानवीय व्यवहार तिनको विशेषता नै हो। तपाईं त त्यसको मित्र हुनुहुन्थ्यो। यो त मित्रघात भयो,’ तस्कर भन्छ।

‘मित्रघात पहिले उसले गर्‍यो,’ म भन्छु।

‘आफूभन्दा कमजोर र बोल्न नसक्नेलाई दोषारोपण नगर्नोस्,’ नेता भन्छ।

‘हो, हो। त्यो त भाषणको असली स्रोता पनि थियो,’ तस्कर भन्छ।

‘मैले त्यसलाई आश्रय दिएको थिएँ। त्यसले मलाई पछार्‍यो,’ म भन्छु।

‘कसरी?’ तस्करको प्रश्न छ।

‘भर्‍याङमा यो अघि लाग्यो। म पछि थिएँ। यसको लगाम मेरो हातमा नै थियो। यो तीव्र गतिमा ओर्लियो। मेरो सन्तुलन बिग्रियो। भर्‍याङबाट घिसि्रँदै म पुछारमा पुगेँ। अस्पतालमा पुगेपछि मात्र मेरो होस खुल्यो। अस्पतालले मलाई दुई महिनापछि मात्र बिदा गर्‍यो,’ मैले भनेँ।

‘यसले त अर्थोक पनि गर्न सक्ने रहेछ। यो पनि यसको विशेषता होइन र?’ नेता भन्छ।

‘यो अर्थोकको प्रयोग आफ्नै संरक्षकमाथि गर्‍यो,’ मैले भनेँ।

‘जे भए पनि तपाईंले त्यसलाई दिएको सजाय ठीक भएन। सभ्य मान्छेले यस्तो काम गर्दैनन्,’ नेताले भन्यो।

‘सभ्य मान्छेले यस्तो अवस्थामा के गर्छन् त?’ मैले सोधेँ।

‘गोली ठोक्छन्, गोली,’ नेताले भन्यो।

‘मसँग पेस्तोल छैन,’ मैले भनेँ।

‘यो देशमा आधारभूत आवश्यकताको अभाव छ, तर पेस्तोलको अभाव छैन,’ त्यसैले त मान्छेहरू निर्धक्कसँग अपहरण गर्छन्। लुटपाट गर्छन्। हत्या गर्छन्,’ पसले भन्छ।

‘हो, हो। उहा्रँले भनेको सही हो,’ तस्कर भन्छ।

‘देख्नुभयो। मेरो कुरामा सबको समर्थन छ। तपाईंको कुरामा कसैको समर्थन छैन,’ नेता भन्छ।

‘मैले कसैको समर्थन खोजेको छैन। आफ्नो काम बताएको,’ म भन्छु।

‘तपाईंको यो ठूलो काम होइन। हामीसँग एक वचन सोधेको भए सहयोग गर्न तयार थियौँ,’ तस्कर भन्छ।

‘तपाईंहरूसँग हतियार छैन भन्ने कुराको म कल्पना नै गर्न सक्तिनँ। म यो पद्धतिको विरुद्धमा छु,’ म भन्छु।

‘तपाईं गोलीको प्रयोग गर्न सक्नुहुन्थ्यो,’ तस्कर भन्छ।

‘मृत कुकुरका आँखाले मेरो तस्बिर खिच्छन्। मलाई त्यसले जीवनभर लखेट्नेछ,’ म भन्छु।

‘तपाईं त गज्जबको मान्छे हुनुहुँदोरहेछ। अरुको कुनै पनि तर्क नमान्ने। आफ्नै मात्र तर्क ठीक भन्ने,’ नेताले भन्यो।

‘म मन नपर्ने कुराको सही थाप्दिनँ,’ म भन्छु।

‘आज हामीलाई हतार छ। तपाईंको तर्कको खण्डन अर्को दिन गरौँला,’ नेता भन्छ। तस्कर उठ्छ।

आज सातौँ दिन हो, कुकुरलाई पार्कमा छोडेर हिँडेको। बिहान म ढोका खोल्छु।

ढोकाबाहिर कुकुर सुतिरहेको छ। तीन घन्टामा म ट्याक्सीबाट फर्केको थिएँ। यसलाई आइपुग्न सात दिन लागेछ। त्यसलाई मैले बेघर बनाएको थिएँ। यो पुरानै घरमा फर्केको छ। मलाई पुलुक्क हेर्छ। तर्संदैन, निश्चित छ। फेरि आँखा चिम्लन्छ। थकित छ। भोको छ। यसको पेट दोब्रिएको छ। मलाई पर्खंदै पार्कमा यो कतिसम्म भौँतारियो? पालेले नलखेटेसम्म भौँतारियो कि! पुरानै घरमा फर्कने निर्णय कसरी लियो? यहाँसम्म आउन सजिलो छैन। एउटै सोझो मूल बाटो छैन। थुप्रै बाटा मिसिन्छन् र छुट्टिन्छन्। ठूला–साना सहर–बस्ती छन्। क्रसिङ सडक आउँछन्। ती सबलाई पन्छाएर आफ्नो घरमा आउने खास बाटो कसरी पत्ता लगायो? दिनरात हिँड्यो कि? कतै बास बस्यो? कसैको घरमा बास बस्यो कि सडकमै रात काट्यो? कुटाइ खायो कि? भोजन कतै पायो कि?

म त्यसको गर्धन सुम्सुम्याउँछु। साइरनको मसिनु आवाज निकाल्छ। एउटा अशुभ संकेत। यो संकेत कतातिर लक्षित छ? अर्कोतिर? मतिर? वा अन्त कतै? यकिन गर्ने क्षमताको अभ्यास मैले गरेको छैन। मैले नदेखेको जुलुस यसले देख्यो कि?

‘यो त आएछ,’ छोरा मोरो खिसी गर्छ।

‘यो अब कतै जाँदैन। बाँचुञ्जेल यही बस्छ,’ म भन्छु।

छोरा अलमलमा छ। म भने कुरामा पक्का छु।


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
nrn citizenship
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
Informatica consultancy share
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Renewal Reregistration
Nepali doctors future black or white usa ?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Thank you for the sajha policy
Are you ready to know the truth?
मन भित्र को पत्रै पत्र!
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
WHAT DO YOU GUYS THINK ABOUT THIS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters