[Show all top banners]

_____

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 भारत हाम्रो मित्र हो तर चीन हाम्रो भाइ हो ।
[VIEWED 1553 TIMES]
SAVE! for ease of future access.
Posted on 09-10-16 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भारतलाई सबक सिकाउन चाहन्थे माओ !

माओकालीन चीन-भारत सम्बन्धबारे रोचक तथ्य

रेहान फजल

mao

चिनियाँ नेता माओत्से तुङका बारेमा भनिन्थ्यो कि उनको दिन रातिबाट सुरु हुन्थ्यो । उनी लगभग पूरै रात काम गर्थे र बिहानतिर सुत्न जान्थे । उनको धेरैजसो समय ओछ्यानमा बित्थ्यो । यहाँसम्म कि खाना पनि उनी ओछ्यानमै खान्थे । उनको पलङ हमेसा साथमै हुन्थ्यो । रेलमा पनि उनका लागि विशेष प्रकारको पलङ जोडिएको हुन्थ्यो ।

यहाँसम्म कि उनी जन १९५७ मा मस्को गए, उनको पलङ जहाजबाट मस्को पुर्‍याइयो । किनकि, माओ कुनै नयाँ ओछ्यानमा सुत्न सक्दैनथे । घरमा बस्दा उनी केवल एउटा नुहाउनेवाला गाउन लगाउँथे र खाली खुट्टा रहन्थे ।

चीनस्थित भारतीय दूताबासमा त्यसबेलाका जुनियर अफिसर नटवर सिंह बताउँछन् कि १९५६ मा जब लोकसभा अध्यक्ष आयंगरको नेतृत्वमा भारतको संसदीय प्रतिनिधिमण्डल चीन पुग्यो, तब त्यो टोलीलाई एक रात साढे १० बजे यो बताइयो कि अध्यक्ष माओले उनीहरुसँग राति १२ बजे भेटघाट गर्नेछन् ।

माओले एक-एक गरेर सबै सांसदसँग हात मिलाए । सुरुमा माओ मूडमा थिएनन् । एक दुई शब्दमा आयंगरको प्रश्नको जवाफ दिइरहेका थिए । तर, केहीबेरपछि उनी खुले । आयंगरले भने कि स्वतन्त्रतापछि भारत एउटा ढोलजस्तै थियो, जसलाई रुस र अमेरिकाले दुबैतिरबाट बजाइरहेका थिए । यो सुनेर माओले जोडका साथ अट्टहास गरे ।

पूरै बैठकका क्रममा माओले एकपछि अर्को चुरोट सल्काइरहे । जब त्यहाँ उपस्थित भारतीय राजदूत आरके नेहरुले मुखमा चुरोट राखे, माओले आफैं चुरोट सल्काइदिए । माओको यस्तो व्यवहारबाट त्यहाँ उपस्थित भारतीय सांसद र राजनीतिज्ञहरु दंग परे ।

अर्को वर्ष जब भारतका उपराष्ट्रपति सर्वपल्ली राधाकृष्णन चीन गए, माओले आफ्नो निवास चुङ नान हाई को आँगनको वीचैवीच आएर उनलाई रिसिभ गरे । दुबैले हात मिलाए, राधाकृष्णनले माओको गलामा थप्थपाए ।

यस्तो वेवकुफीबाट केही रिसाएको या आश्यर्चमा परेको पाएपछि उपराष्ट्रपतिले जबरजस्त ‘पन्च लाइन’ दिए- अध्यक्ष महोदय, दुखित नहुनोस्, मैले स्टालिन र पोपसँग पनि यही गरेको छु ।

Mao-And-Nehru

भोज खाइरहेका बेलामा माओले खाँखाखाँदै बहुतै सामान्य ढंगबाट चपिस्टिकले आफ्नो प्लेटको खानाको एक गाँस उठाएर राधाकृष्णनको प्लेटमा राखिदिए । माओलाई यसको अञ्दाज थिएन कि राधाकृष्णन पक्का शाकाहारी हुन् । राधाकृष्णनले पनि माओलाई यो आभास हुन दिएनन् कि उनले कुनै नाजायज काम गरेका हुन् ।

त्यसबेला राधाकृष्णनको औंलामा चोट लागेको थियो । चीनको यात्रा गर्नुपूर्व क्याम्बोडिया भ्रमणका क्रममा उनका एडीसीको गल्तीका कारण कारको ढोकाले उनको औंलो च्यापेको थियो, जसले गर्दा औंलाको हड्डी फुटेको थियो । माओले यो देखेपछि तुरुन्त आफ्नो डाक्टरलाई बोलाए र मल्हम पट्टी गराए ।

जब कुनै विदेशी राष्ट्राध्यक्ष चीन भ्रमणका आउँथ्यो, उससँग माओको भेटघाट पहिले नै तय हुँदैनथ्यो । माओलाई जब मन लाग्थ्यो, तब भेट्न बोलाइन्थ्यो, जसै उनमाथि माओले ठूलो उपकार गर्दैछन् ।

पूर्वअमेरिकी विदेशमन्त्री हेनरी किसिन्जर आफ्नो आत्मकथा इयर्स अफ रिन्युअलमा लेख्छन्- म चिनियाँ प्रधानमन्त्री चाउएनलाईसँग कुरा गरिरहेको थिएँ, अचानक उनी भनिरहेका थिए कि चेयरम्यान माओ तपाईको प्रतिक्षा गरिरहनुभएको छ । उनलाई यो कुराको सरोकार थिएन कि हामी उनलाई भेट्न तयार हौं या नहोऔं । हाम्रो साथमा कुनै अमेरिकी सुरक्षाकर्मीलाई जाने इजाजत थिएन । जब हाम्रो माओसँग भेट हुन्थ्यो तब प्रेसलाई बताइन्थ्यो कि यस्तो भयो ।

किसिन्जर अगाडि लेख्छन्- हामीलाई सीधै माओको अध्ययन कक्षमा लगिन्थ्यो । त्यसका तीनवटा भित्ताहरु किताबले भरिएका हुन्थे । अगाडि एउटा सेपको मेच हुन्थ्यो, जहाँ जस्मिन टी को प्लाला राखिएको हुन्थ्यो । छेउमा थूकदानी हुन्थ्यो । मेरा सुरुका दुईवटा भेटमा त त्यहाँ एउटा स्त्रीको पलङ पनि थियो । दुनियाँको सबैभन्दा धेरै जनसंख्यावाला देशका सबैभन्दा शक्तिशाली शासकको स्टडी रुममा कमसेकम मैले विलासिता एवं बादशाहको प्रतीकको एउटा झलक पनि देखिनँ । कोठाको वीचमा रहेको कुर्सीमा बसेका माओले उठेर मलाई स्वागत गर्थे । उनलाई मद्दत गर्नका लागि उनको छेउमा दुई महिला एटेन्डेट खडा हुन्थे । उनी मेरो सामुन्ने मुस्कराउँदै यस्तो गहिरो दृष्टि लगाउँथे कि खबरदार गरिरहेका छन् कि यो छलकपटको च्याम्पियनलाई मूर्ख बनाउने कोसिस गर्नु बेकार छ । जब १९९७ मा जब राष्ट्रपति निक्सनले माओसँग विश्वको कुनै घटनाका बारेमा बातचित गर्न चाहे, तब माओ बोले- बातचित ? यसबा लागि त तपाईले हाम्रो प्रधानमन्त्रीसमक्ष जानुपर्छ । मसँग त तपाई केवल दार्शनिक मुद्दाहरुमा कुरा गर्न सक्नुहुन्छ ।

US-Precident-NiXan-And-Mao-(1)

माओका डाक्टरका रुपमा काम गरेका जी शी लीले माओको निजी जीवनका बारेमा बहुचर्चित किताव लेखेका छन्, द प्राइभेट लाइफ अफ चेयरम्यान माओ । उनी त्यसमा लेख्छन्- माओले आफ्नो जीवनमा आफ्ना दाँतमा कहिल्यै ब्रस गरेनन् । जब उनी बिहानै उठ्थे, दात सफा गर्नका लागि उनले चियाले कुल्ला गर्थे । एक समय यस्तो आयो कि उनका दाँतहरु हरियो रंगले पेन्ट गरेजस्तै देखिन थाले ।

माओलाई नुहाउन पनि झण्झट लाग्थ्यो । हो, उनी पौडी खेल्नमा शौखिन थिए । र, आफूलाई तरोताजा राख्न तौलियामार्फत स्पन्ज बाथ लिने गर्थे । ली लेख्छन्, निक्सनसँग भेटघाटका बेला माओ यति मोटाएका थिए कि उनका लागि नयाँ शुट सिलाइएको थियो, किनभने उनका पुराना शुटहरु फिट भएनन् । उनकी नर्स जाऊ फ्यु मिङले उनको दाह्री बनाइन् र कपाल काटिदिइन् । निक्सनसँग उनको भेटघाट केवल १५ मिनेट निर्धारित थियो । तर, यो भेटघाट ६५ मीनेटसम्म चल्यो । जब निक्सन कोठाबाट बाहिर निस्के, माओले शुट खोलेर आफ्नो पुरानो बाथ रोब पहिरिए । माओ त्यसो त जुत्ता लगाउँदैनथे, लगाए पनि कपडाका लगाउँथे । औपचारिक अवस्थामा जब उनले छालाका जुत्ता लगाउनुपथ्र्यो, पहिले उनले सुरक्षाकर्मीलाई ती जुत्ता लगाउन दिन्थे, ताकि खुकुलो बनोस् ।

माओका अर्का एक जीवनीकार जंग चेइङ्ग लेख्छन्, माओको गज्जबको स्मरण शक्ति थियो । पढ्न लेख्नमा उनी बडो शौखिन थिए । उनको शयन कक्षमा उनको पलङको आधा भाग एकफुट उचाइसम्म चिनियाँ साहित्यिक किताबहरु हुन्थे । उनको भाषण या लेखनमा अक्सर ती किताबबाट उद्धरणहरुको प्रयोग गरिएको हुन्थ्यो । उनी अक्सर पुराना कपडा लगाउँथे उनका मोजा प्वाल गरेका हुन्थे ।

सन् १९६२ को भारत चीन युद्धमा माओको धेरै ठूलो भूमिका थियो । उनी भारतलाई सबक सिकाउन चाहन्थे ।

चीनमा भारतका कूटनीतिज्ञ रहेका लखन मेहरोत्रा बताउँछन्, भन्नका लागि त चीनले यो भन्यो कि भारतको साथ लडाइँ हुनुमा उसको पूर्वनीति जिम्मेवार थियो, तर माओले दुई वर्ष पहिले १९६० मै भारतको विरोधमा रणनीति बनाउन सुरु गरेका थिए । यहाँसम्म कि अमेरिकालाई समेत सोधे, यदि हामी कुनै देशविरुद्ध युद्धमा जानुपर्‍यो भने के अमेरिकाले ताइवानमा यसको हिसाब चुक्ता गर्छ ? अमेरिकाको जवाफ थियो कि तपाई चीन वा त्यसबाहिर जे पनि गर्छौ, त्यसमा हामीलाई कुनै मतलब छैन, हामी केवल ताइवानको सुरक्षाका लागि प्रतिवद्ध छौं ।’

लखन मेशरोत्रा अगाडि बताउँछन्, अघिल्लो साल माओले यही कुरा खु्रश्चेभलाई सोधे । त्यस जमानामा तिब्बतको सारा तेल रुसबाट आउँथ्यो । उनलाई डर थियो कि यदि भारतसँग लडाइँ भयो भने रुसले पेट्रोलको सप्ताइ बन्द नगरिदेओस् । उनले ख्रुस्चेभबाट यो वचन लिए कि उसले यसो गर्ने छैन र उनले बताइदिए कि भारतसँग उसको गहिरो मतभेद छ । ख्रुश्चेभले माओसँग सौदा गरे कि तपाई संसारमा हाम्रो विरोध गरिरहनुभएको छ, तर जब हामी क्युबामा मिसाइल पठाउँछौं, तपाई त्यसको विरोध नगर्नोस् । ख्रुश्चेभलाई यो पूरै अञ्दाज थियो कि चीनले भारतमाथि हमला गर्न सक्छ । यहाँसम्म कि मिग युद्धक विमानको सप्लाइका लागि हाम्रो ऊसँग सम्झौता भएको छ । तर जब लडाइँ शुरु भयो, रुसले त्यो विमान भारत पठाउनमा ढिलाइ गर्‍यो । तर, रुसले चीनको पेट्रोलको सप्लाइ रोकेन । पछि जब खु्रश्चेभलाई यो प्रश्न सोधियो, उनले जवाफ थियो, भारत हाम्रो मित्र हो तर चीन हाम्रो भाइ हो ।

सन् १९६५ मा भारत पाकिस्तान युद्धपछि चीनको राष्ट्रिय दिवसको अवसरमा त्यहाँको विदेश मन्त्रालयले एक राजकीय भोजको आयोजना गर्‍यो, जसमा माओ पनि उपस्थित थिए । यस अवसरमा दिएको भाषणमा पाकिस्तानमाथि भारतले आक्रमण गरेको बताइयो । भोजमा भारतको प्रतिनिधित्व गरिरहेका जगत मेहताको टेवलमा जानीबुझी यो भाषणको अंग्रेजी अनुवाद राखिएन, ताकि उनी यो भाषणलाई बुझ्न नसकुन् । उनले आफ्नो छेउमा बसेका स्वीस राजदूतको सामुन्नेमा प|mेञ्च भाषामा राखिएको भाषण पढे । र भोजबाट तुरुन्त ‘वाक आउट’ गर्ने निर्णय लिए । चिनियाँहरुले यसलाई आफ्ना सर्वोच्च नेताको ठूलो अपमान गरिएको ठाने । बाहिर निस्किएपछि जगत मेहताको कारलाई अगाडि बढ्न दिइएन र उनीसहित उनकी पत्नी रमा आधा घण्टासम्म नेशनल पिपुल्स हलको सिँढीमा कडा चिसोमा ठिंगुरिनुपर्‍यो ।

सन् १९७० मा मे दिवसको अवसरमा बेइजिङस्थित सबै दूतावासका प्रमुखलाई तेनमेन स्क्वायरको प्राङगणमा बोलाइएको थियो । अध्यक्ष माओ पनि त्यहाँ उपस्थित थिए । राजदूतको लहरमा अन्तिममा उभिएका भारतीय राजदूत ब्रजेश मिश्रका नजिक पुगेर माओले भने-राष्ट्रपति गिरि र प्रधानमन्त्री इन्दिरा गान्धीलाई मेरो अभिवादन सुनाइदिनु होला ।

mao-butto

माओ थोरै रोकिए र फेरि बोले- हामी आखिर कहिलेसम्म यसरी लडिरहन्छौं ?’ यसपछि माओले आफ्नो प्रशिद्ध मस्कान छाडे र ब्रजेश मिश्रसँग पूरै एकमिनेटसम्म हात मिलाइरहे । यो चीनको तर्फबाट पहिलो संकेत थियो कि ऊ पुराना कुरा भुल्नका लागि तयार छ ।
आफ्नो मृत्यको तीन महिनाअघिसम्म माओले विदेश नेताहरुलाई भेटिरहे । तर, उनी त्यसबेलासम्म धेरै खराब अवस्थामा पुगिसकेका थिए । जब थाइल्याण्डका प्रधानमन्त्री उनको कोठामा घुसे, तब उनले घुरिरहेको आवाज सुने ।

सिंगापुरका प्रधानमन्त्री ली क्वान यु जब माओलाई भेट्न पुगे, तब उनले देखे कि माओको शीर कुर्सीमाथि झुलिरहेको थियो । र, उनको मुखबाट थूक निस्किइरहेको थियो ।

जव माओले पाकिस्तानकी प्रधानमन्त्री जुल्फीकर अलि भुट्टोसँग आफ्नो भेटघाटको तस्वीर देखे, त्यसपछि उनले तय गरे कि अब उनले कुनै विदेशी पाहुनासँग भेट्ने छैनन् । यसको तीन महिनापछि माओको निधन भयो ।

-बीबीसी हिन्दीबाट


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
Breathe in. Breathe out.
Drawback for applying NRN card
nrn citizenship
Democrats are so sure Trump will win
My facebook archive (for sale)
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Send Parcels from USA to Nepal & Worldwide.
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters