[Show all top banners]

neerman

More by neerman
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 where is कमल ज्ञवाली दम्पती in USA?
[VIEWED 1346 TIMES]
SAVE! for ease of future access.
Posted on 09-21-16 7:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Guys, I heard that he lives in US these days.

कमल ज्ञवाली दम्पतीलाई ३ वर्ष जेल र साढे १२ करोड जरिवाना

४ असोज, काठमाडौं । तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालका कमलप्रसाद ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई बैंकिङ कसूरमा दोषी ठहर गर्दै ३ वर्ष जेल सजायँ सुनाइएको छ । साथै १२ करोड ५० लाख रुपैयाँ जरिवाना तोकिएको छ ।

Kamal-gwaliजम्को प्रकाशनका नाममा सिद्धार्थ डेभलपमेन्ट बैंकबाट साढे १२ करोड रुपैयाँ ऋण लिई कर्जा अपचलन गरेको अभियोगमा पुनरावेदन अदालत पाटनले मंगलबार ज्ञवाली दम्पत्तीलार्इ दोषी ठहर गरेको हो ।

न्यायाधीशद्धय डिल्लीप्रसाद आचार्य र प्रमोदकुमार श्रेष्ठको संयुक्त इजालसले ज्ञवाली दम्पतीलाई ३/३ वर्ष जेल सजाय र ६ करोड २५ लाख/६ करोड २५ लाख रुपैयाँ बिगो जरिवानाको फैसला सुनाएको छ ।

त्यसैगरी अदालतले सोही कर्जा प्रकरणमा संलग्न सिद्धार्थ डेभलपमेन्ट बैंकका कोमानन्द अधिकारीलाई ४ वर्ष जेल र ५ करोड ७४ लाख रुपैयाँ बिगो र धितो मुल्यांकनकर्ता किशोर ढकाललाई ४ वर्ष जेल र ५० लाख रुपैयाँ बिगो जरिवानाको फैसला सुनाएको छ ।

६ करोड रुपैयाँ पर्ने सम्पत्ति धितो राखेर बैंकबाट ३ गुणा बढी कर्जा लिई त्यसको दुरुपयोग भएको भेटिएपछि केन्दि्रय अनुसन्धान व्यूरोले अढाई वर्षअघि मुद्दा दायर गरेको थियो । सीआइबीले मुद्दा दायर गरेपछि ज्ञवाली दम्पती फरार छन् ।
त्यतिमात्रै होइन, ज्ञावालीले तत्कालिन समयमा आफु प्रबन्ध सञ्चालक रहेको बैंक किष्टबाट पनि श्रीमति संलग्न रहेको जम्को प्रकाशनलाई १३ करोड रुपैयाँ ऋण प्रवाह गरी दुरुपयोग गरेका थिए । सो मुद्दामा भने अदालतबाट फैसला हुन बाँकी नै छ ।

तर, किष्ट बैंकलाई गाभेको प्रभु बैंकले भने ०७१ माघ १३ गते कमल ज्ञवालीको बैंकमा रहेको सेयर बेचेर सावाँ-व्याजसहित २३ करोड रुपैयाँ असूल गरिसकेको छ । तत्कालीन प्रभु विकास बैंकले ०७१ भदौ ३० गते किष्ट बैंकलाई गाभेर प्रभु बैंकको नाममा एकीकृत कारोबार गरेको थियो ।

गुल्मीको मध्यम वर्गिय परिवारमा जन्मेका ज्ञवालीले काठमाडौं आएर छोटो समयमै वित्तीय बजारमा चर्चा कमाएका थिए । किष्ट मर्चेण्ट बैंक खोलेर केही वाणिज्य बैंकमा स्तरोन्नति गरेका थिए ।

सञ्चालक र सीइओ दुबैको भूमिकामा रहेका उनले आफ्नी श्रीमति संलग्न रहेको संस्थालाई ऋण दिएर सो ऋण आफैंले घरजग्गा लगायतमा लगानी गरी दुरुपयोग गर्दै आएको तथ्य फेला परेपछि उनीविरुद्ध मुद्दा दर्ता भएको थियो ।

ज्ञवालीले जथाभावी ऋण प्रवाह गरेकै कारण तत्कालीन किष्ट बैंक डुब्ने स्थितिमा पुगेको थियो । तर, प्रभु समूहले सो बैंक खरिद गरी खराव कर्जा असुली थालेपछि किष्ट दुर्घटनाबाट जोगिएको थियो ।

(२०७३ असोज ५ गते १२:१२मा अद्यावधिक गरिएको)

http://www.onlinekhabar .com/2016/09/480844/

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters