[Show all top banners]

_____

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 मैले अस्वीकार गरेको भारतीय चासो प्रचण्डले स्वीकारेः
[VIEWED 1407 TIMES]
SAVE! for ease of future access.
Posted on 10-02-16 8:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मैले अस्वीकार गरेको भारतीय चासो प्रचण्डले स्वीकारेः कमल थापा


अनलाइनखबर

Kamal-thapa१६ असोज, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूले अस्वीकार गरेको भारतीय प्रस्ताव प्रधानमन्त्री प्रचण्डले मानेको दाबी गरेका छन् । उनले प्रधानमन्त्रीको भारत भ्रमणका समयमा जारी भएको २५ बुँदे वक्तव्य आपत्तिजनक र अनुपयुक्त रहेको बताए ।

पार्टीका दिवंगत नेता चन्द्रबहादुर गुरुङको वार्षिक पुण्य तिथिको अवसरमा आयोजित स्मृति सभामा पूर्व परराष्टमन्त्री समेत रहेका थापाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको समयमा भारतीय पक्षले यही विषय प्रवेश गराउन चाहेको तर, नेपालले अस्वीकार गरेको बताए ।

उनले भने, भारत छोड्ने बेलामा मैले नै विदेशमन्त्री सुष्मा स्वराजलार्इ टेलिफोन गरेर यो विषय दुई देशका साझा एजेन्डाको रुपमा मान्न तयार छैनौं, यो संयुक्त वक्तव्यको अंश बन्न नसक्ने अवगत गराएको हुँ। तर, अहिले त्यहि विषयमा समझदारी बन्नु राष्ट्रका लागि दु:खद कुरा हो ।’

थापाले अघि भने, संयुक्त वक्तव्यमा उल्लेखित विषयले सार्वभौमिकता संकुचित हुने हो कि भनेर आशंका बढेर गएको छ ।’

उनले नयाँ संविधान जारी भएपछि देशमा शान्ति, स्थिरता कायम हुने र प्रजातान्त्र सुदृढीकरण हुने जनअपेक्षा क्रमशः कुठाराघात हुँदै गएको बताए ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले गुरुङको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको उल्लेख ग/] । चन्द्रबहादुरजी साधारण मान्छे हुन् तर उहाँका केही गुण, चरित्र र विशेषता थिए जसले गर्दा राप्रपा नेपालले सधैं सम्झिरहेको छ, गुरुङ राष्ट्रवादी व्यक्ति रहेको भन्दै थापाले भने ।

स्मृति सभालाई उपाध्यक्ष टंक ढकाल, निरञ्जन थापा लगायतले सम्बोधन गरेका थिए । राप्रपा नेपालका तत्कालीन महामन्त्री गुरुङको गतवर्ष उपचारका क्रममा अमेरिकामा निधन भएको थियो ।

२०७३ असोज १६ गते १८:४४ मा प्रकाशित

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Does the 180 day auto extension apply for TPS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters