गत शुक्रबार साउदीबाट आएका १८ जना नेपालीको लगेज फुटाएर सामान चोरी भएको घटनाबारे छानबिन गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले समिति गठन गरेको छ । विमानस्थलको स्टाफ बैठकले प्रवक्ता प्रेमनाथ ठाकुरको नेतृत्वमा पाँच सदस्यीय छानबिन टोली गठन गरेको हो ।
छानविन समितिमा हवाई सुरक्षा महाशाखाका प्रमुख प्रकाशचन्द्र ढकाल, एरोड्रम सेफ्टी अफिसका प्रमुख छविलाल खनाल, प्रशासन महाशाखाका वरिष्ठ अधिकृत लगायत छन् । छानबिन समितिले सामान नेपालकै विमानस्थलमा चोरी भएको हो कि अन्य विमानस्थलमा भन्ने पत्ता लगाउनेछ । समितिले घटनाका दोषीबारे पनि अनुसन्धान गर्नेछ । समितिलाई प्रतिवेदन बुझाउन पाँच दिनको समय दिइएको छ ।
यसैबीच, साउदीअरवको फ्लाई दुबईबाट गत शुक्रबार नेपाल आएका २० नेपालीमध्ये १८ जनाको लगेज फुटाएर सामान चोरी भएको घटना सार्वजनिक भएपछि फ्लाई दुबई एयरलाइन्सले पीडितहरुलाई क्षतिपूर्ति दिएको छ ।
http://www.news24nepal.tv/2016/10/17/%E0%A5%A7%E0%A5%AE-%E0%A4%9C%E0%A4%A8%E0%A4%BE-%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80%E0%A4%95%E0%A5%8B-%E0%A4%B2%E0%A4%97%E0%A5%87%E0%A4%9C-%E0%A4%AB%E0%A5%81%E0%A4%9F%E0%A4%BE/