[Show all top banners]

ktmpost

More by ktmpost
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 धेरै आलोचना पछि दिलित गरिएको "नारी"को लेख
[VIEWED 2058 TIMES]
SAVE! for ease of future access.
Posted on 10-19-16 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nari
सबैलाई प्रेमले जित्नुपर्छ

रोजिन शाक्य

विवाहपछि कुनै युवती छोरीबाट बुहारी हुन्छिन् । त्यसपछि उनको जिम्मेवारी, कर्तव्य र उत्तरदायित्वमा पनि परिवर्तन आउँछ । बुहारी भएसँगै उनबाट हरेक कुरामा जानकारी र कुशलताको अपेक्षा गरिन्छ । श्रीमान्को परिवारको चाहना र मायाको केन्द्रमा रहन हरेक विवाहित महिलाले आफ्नो जिम्मेवारी र कर्तव्यलाई राम्रोसँग बुझेर त्यसको पालना गर्नुपर्छ ।

नयाँ घरलाई माया गर्नुपर्छ
हाम्रो समाजमा एउटी विवाहित स्त्रीका लागि श्रीमान्को घर नै आफ्नो घर हुन्छ । त्यो क्षण पक्कै पनि कठिन हुनुपर्छ, जसमा आफ्नो माइती घर छोडेर आफ्नो नयाँ घर अर्थात् श्रीमान्को घरमा प्रवेश गर्नुपर्छ । कतिपय युवतीले विवाहपछि पनि मनैदेखि उक्त परिवर्तनलाई स्वीकार गर्न सक्दैनन् । अत: विवाह बन्धनमा बाँधिएपछि श्रीमान्को घरलाई ह्दयदेखि नै माया गर्नुपर्छ । जुन दिनदेखि श्रीमान्को घरलाई माया गरिन्छ, त्यही दिनदेखि त्यो घर आफ्नै लाग्न थाल्छ ।

हरेक जिम्मेवारी र कर्तव्य निर्वाह गर्नुपर्छ
नयाँ दुलहीले आफ्नो जिम्मेवारी राम्रोसँग निर्वाह गरून् भन्ने अपेक्षा गरिन्छ । घरकी सानी बुहारीले परिवारका सबै सदस्यलाई आदर गर्नुपर्छ । ठूली बुहारीले ठूलालाई सम्मान र सानालाई प्रेम गर्नुपर्छ । घरका साना–ठूला सबै काममा रुचि देखाउनुपर्छ । कतिपय युवती विवाहपछि श्रीमान्को घरको जिम्मेवारीलाई बोझ मान्छन् । बुहारीका रूपमा सम्मान र आदर प्राप्त गर्न श्रीमान्को परिवारको अपेक्षामा खरो उत्रनुपर्ने हुन्छ । हरेक व्यक्ति सबै कुरामा कुशल हुँदैनन् तर पनि सबैले आफ्नो कामको प्रशंसा गरेको हुनुपर्छ ।

रुचि–अरुचिलाई बुझ्नुपर्छ
विवाह भएपछि कसैको घर मात्र परिवर्तन हुँदैन, रहन–सहन, खानपान, बोली एवं व्यवहार पनि परिवर्तन हुन्छ । यति मात्र होइन श्रीमान्का परिवारजनको रुचि, रहन–सहन, खानपान, पूजापाठ आदिमा पनि ध्यान पुर्‍याउनुपर्छ । यी कुरा नयाँ दुलहीका लागि केही हदसम्म कठिन हुन्छन् । बिस्तारै घरको रीतिरिवाज, रहन–सहन, रुचि–अरुचि आदि विषयमा जानकारी हुँदै गएपछि सोहीअनुरूप काम गर्न सकिन्छ ।

आफ्नो धारणा राख्नुपर्छ
श्रीमान्को घरपरिवारको सोच, शैली एवं व्यवहार सबै ठीक र सही हुन्छ भन्ने छैन । आफूलाई कुनै शैली, सोच वा व्यवहारमा चित्त नबुझ्न सक्छ । यस्तो अवस्थामा प्रेम, सम्मान एवं नम्रतापूर्वक आफ्नो धारणा व्यक्त गर्नुपर्छ ।

माइतीको बखान गर्नुहुँदैन
कतिपय महिला आफ्नो माइतीको बखान गरेर थाक्दैनन् । त्यसो गर्नु ठीक होइन । श्रीमान्को घरपरिवार जस्तो भए पनि आफ्नै हो । हरेक समय माइतीको प्रशंसा गर्नाले श्रीमान्को परिवारले अपमानित महसुस गर्न सक्छ । यसले गर्दा उनीहरूसित मनमुटाव बढ्न सक्छ र सम्बन्ध टुट्न सक्छ । यसले भविष्यमा अप्ठ्यारो स्थिति सिर्जना गर्ने सम्भावना पनि हुन्छ ।

बाँड्नुपर्छ
प्राय: महिला आफूले माइतीबाट प्राप्त गरेको सरसामान वा आफैंले खरिद गरेका कुरा श्रीमान्को परिवारजनबाट लुकाउँछन् । यति मात्र होइन आफ्नो केही सामान दिन पनि अप्ठ्यारो मान्छन् । आफ्नो कुनै कुरा बाँड्नाले सम्बन्ध अझ प्रगाढ हुन्छ रं सबैले आफूलाई माया गर्छन् ।

सासूको मन जित्नुपर्छ
सासूको मन जित्न सक्ने बुहारीले सबैको मन जित्न सक्छन् । श्रीमान्को परिवारमा सासूको विशेष भूमिका हुन्छ । त्यसैले बुहारीले सर्वप्रथम सासूको मन जित्नुपर्छ । त्यसपछि क्रमश: घरका अन्य सदस्यको पनि मन जित्दै जानुपर्छ । सासूमा पनि बुहारीले घरपरिवारको हेरचाह गरेको देख्ने चाहना हुन्छ । सासूको मन जित्न सके श्रीमान्को घरमा कुनै समस्या हुँदैन । सासू आफ्नो साथ रहँदा आफ्नो आत्मविश्वास बढ्छ र अघि बढ्ने प्रेरणा प्राप्त हुन्छ अनि सबै कुरा सहज बन्न पुग्छ ।


आलोचना हेरौँ न-

Descipline is for wussies. that said, where is this naari article I keep hearing about ?@15n3quarters

@shashankji No, discipline only thing lacking in my life. Here you go, http://nari.ekantipur.com/news/2016-08-22/20160822123300.html  make sure to show it to your radiant lady.

सबैलाई प्रेमले जित्नुपर्ने दायित्व बुहारीकै पोल्टामा मात्रै किन? प्रेम-सौहार्दता-खुशी चाहनेसबैको दायित्व होईन र? http://nari.ekantipur.com/news/2016-08-22/20160822123300.html 

पढ्नै पर्ने लेख 'कसरी बन्ने असल बुहारी' , बल्ल भेटियो बिहा भएको पन्ध्र वर्षपछि :D http://nari.ekantipur.com/news/2016-08-22/20160822123300.html 


हुनत, यो लेखलाई 'नारी'ले हटाइ सक्यो अरे! ( आफूले चेक गरेकी छैन।) 
तर, यो लेख पढेदेखि मनमा एउटा कुराले जरो गाडेर बसेको छ। यस्ता ठू....ला, ठू.......ला पत्रिकाका दिग्गजहरुले 'महिला तथा युवती'हरुलाई Grooming गर्न सिन्डिकेट नै चलाएर पत्रिकाहरुमा छपाए हुने नि!
अनि यो लेख २/३ दिन अगाडि पढेदेखि नै मनुस्मृतिले निर्धारण गरेको महिलाका ३२ लक्षण के के रहेछन्, त्यसलाई पनि पालना गरे बहुत अच्छा हुन्थ्यो भन्ठानी रहेकी थिएँ, बल्ल फेला पारेँ! 
यो 'नविन बधु शिक्षा' पालन गर्ने/गराउने व्यबस्था 

Last edited: 19-Oct-16 09:07 AM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
nrn citizenship
Morning dharahara
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters