ए नेपालका जान्ने बुझने नेताहरु हो
तिमीहरूले देशलाई लुट्नु लूट्यौ
आफ्नो छोरा छोरी नाती पनाती सम्मको लागि धन आर्ज्यौ
तर एउटा कुरा नबिर्सिनु
तिम्रो छोरा छोरी नाती पनातीहरु पनि राम्ररी बाँच्नको लागि देश चाहिन्छ
यसैले तिमिलाई एउटा चुनौती छ
तिमि पैसा खान नछोड्नु
टन्न पैसा खाऊ
तर ...
तिमीले देशलाई गर्नु पर्ने काम ५ प्रतिशत मात्र भए पनि गर्नु
तिमीले १०० प्रतिशत आफ्नो मात्र सोच्दा देश खत्तम हुन लागेको छ
आफै बस्नु पर्ने ठाउलाइ नर्क नबनाउ
सिर्फ ५ प्रतिशत आफ्नो देश प्रतीकों दायित्व निभाऊ
त्येत्तिमा पनि धेरैले राहत पाउनेछन
देशले राहत पाउने छ |
यही हो ५ प्रतिशत चुनौती सबै नेताहरुलाई |
Last edited: 14-Dec-16 10:49 AM