[Show all top banners]

Samrat Singh Karki

More by Samrat Singh Karki
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 तेरियाले जितिन् टेलिभिजन शो ‘झलक दिखलाजा’ को अवार्ड
[VIEWED 1720 TIMES]
SAVE! for ease of future access.
Posted on 01-20-17 6:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली चेली तेरिया मगरले भारतको टेलिभिनज ‘झलक दिखला जा’ को उपाधि जितेकी छिन् । तेरियाले यस अघि जी टेलिभिजनबाट प्रशारण हुने ‘डान्स इन्डिया डान्स’ को उपाधि जितेकी थिइन । तेरियाले उपाधि उचालेको शो भने शनिबार साँझ कलर्स टेलिभिजनले प्रशारण गर्नेछ ।

आफ्नी नातिनी तेरिया फौजामगरले उपाधि जितेको उनका हजुरबुबा कृष्णबहादुर फौजामगरले अन्नपूर्णलाई जानकारी दिए ।

नातिनीको प्रतिभामा निखार ल्याउन उनले निरन्तर प्रयास गरे । अहिले पनि नातिनीका लागि खटिरहेकै छन् । तेरिया भारतीय टेलिभिजन ‘कलर्स’ बाट प्रसारित चर्चित डान्स रियालिटी सो ‘झलक दिखलाजा’को फाइनलमा पुगेपछि उनलाई भोटका लागि सबैलाई अनुरोध गर्न केही दिनअघि ६५ वर्षीय कृष्णबहादुर राजधानीमा आएका थिए ।
सन् २०१४ मा भएको ‘डान्स इन्डिया डान्स’ (डीआईडी) सिजन ३ को विजेता बनेपछि हजुरबुवा कृष्णबहादुरमात्रै होइन, सिंगो नेपाल गौरवान्वित बन्यो । कडा प्रतिस्पर्धाबीच ‘झलक दिखलाजा’को यस सिजनको उपाधि जित्न समेत सफल भएकी छिन् ।
प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा शनिबार (जनवरी २१) मा हुँदैछ । फाइनलमा तेरियाले डीआईडी सिजन १ का विजेता सलमान युसुफ खान र वल्र्ड हिपहप च्याम्पियन सानतुन महेश्वरीलाई पछि पार्दै उपाधि जितेकी हुन् ।
तेरियाले उपाधिसँगै तीस लाख भारु र रेनाल्ड डस्टर ब्रान्डको कार पाएकी छिन् । सन् १९९६ मा भारतीय सेनाबाट अवकाश पाएका कृष्णबहादुरले नातिनीका लागि गरेको योगदान निकै उल्लेखनीय छ ।
सानै उमेरदेखि नातिनीको प्रतिभा नियालेका उनी भन्छन्, ‘उसलाई पाँच वर्षदेखि नाच सिकाउन बुटवलबाट २३ किलोमिटर टाढा रुद्रपुरको बागेश्वरी संगीतालयमा लान्थेँ ।’
हरेक दिन नातिनी लिएर संगीतालय पुग्ने र एक घन्टा अभ्यासपछि घर लिएर फर्किने अनि स्कुल पठाउने गर्थे उनी । नातिनीका बाल्यकाल सम्झँदै उनले थपे, ‘उसको भविष्य उज्ज्वल छ भन्ने लाग्थ्यो । तर, अवसर नदिएसम्म लुकेका प्रतिभा बाहिर ल्याउन सकिन्न भनेर म आफैंले नातिनीलाई सघाउन थालेँ ।’ तेरिया बच्चादेखि नै गाउँघरमा हुने कार्यक्रमलगायत देउसीभैलोमा रोजाइमा पर्थिन् । उनको नृत्य सबैले मन पराउँथे ।

डीआईडी सिजन ३ को विजेता बन्नुअघि उनले वेलफेयर क्याराभान नामको संस्थाले आयोजना गरेको कार्यकममा एक लाख रुपैयाँ जितेकी थिइन् । त्यसपछिमात्रै उनी डीआईडीका लागि भारत गएकी हुन् ।
भारतसम्म पुर्‍याउन पनि हजजुरबुवाले सहयोग गरेका हुन् तेरियालाई । मुम्बईमा बस्ने आफ्नो भतिजोलाई कोरियोग्राफरसँग सम्पर्क गर्न उनले नै अराएका थिए ।
डीआईडीमा जानुभन्दा पहिला कोरियोग्राफर सार्थक मिश्रले उनलाई हिन्दी गीतमा नाचेको भिडियो क्लिप पठाउन भनेका थिए ।
तेरिया नाचेको भिडियो हेर्नेबितिकै उनलाई तुरुन्त मुम्बई बोलाउँदा हर्षविभोर भएको कृष्णबहादुरले स्मरण गरे । त्यति बेला एघार वर्षकी उनी ५ कक्षामा अध्ययनरत थिइन् ।
डीआईडीको विजेता बनिसकेकी तेरिया आमा र दिदीको साथ हाल मुम्बईमा बस्दै आएकी छन् । तेरियाका बुवा भने कतारमा काम गर्छन् । १४ वर्षीया उनी पन्ध्रभन्दा धेरै मुलुक पुगिसकेकी छन् । तीन वर्षका लागि डीआईडीले अनुबन्धित गरेका कारण उनीहरूको अनुमतिबिना हिँड्न मिल्दैन । उनी यति बेला भारतमा अध्ययन गर्दैछिन् ।
उनलाई कुनै पनि मुलुकमा हुने कार्यक्रममा जाँदा सम्पूर्ण खर्च डीआईडीले दिँदै आए पनि कार्यक्रममा पाएको रकम आधा डीआईडीले लिने गरेको छ । कृष्णबहादुरका अनुसार उनको अनुबन्ध फुकुवा हुन अझै पाँच छ महिना बाँकी छ ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
How long does Citizenship take?
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters