[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 लोडसेडिङ गराउन सक्रिय गिरोह सार्वजनिक : यी हुन् विद्युत चोरीमा संलग्न
[VIEWED 2233 TIMES]
SAVE! for ease of future access.
Posted on 01-22-17 7:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लोडसेडिङ गराउन सक्रिय गिरोह सार्वजनिक : यी हुन् विद्युत चोरीमा संलग्न

अन्नपूर्ण आइतवार, माघ ९, २०७३  0 17393 पटक पढिएको



काठमाडौं :
 प्रहरीले विद्युत चोरी गरेर लोडसेडिङ गराउन सक्रिय गिरोहलाई आइतबार सार्वजनिक गरेको छ । विगत लामो समयदेखि काठमाडौं उपत्यकाका र उपत्यका बाहिरी जिल्लामा विद्युत चोरी कार्यमा संलग्न गिरोहमा संलग्न १६ जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो ।

यी हुन् १६ आरोपित
मुख्य प्राविधिकहरू 
१‍‍.नाम‍‍: सुमन श्रेष्ठ
उमेर‍‍: ५० वर्ष
ठेगाना‍‍: का‍‍.जि‍‍.का‍‍.म‍‍.न‍‍.पा‍‍.वडा नं‍‍.२८
पेशा‍‍: नेपाल विद्युत प्राधिकरण, बालाजुको सुपर भाईजर

२‍‍.नाम‍‍: टहल बहादुर कार्की
उमेर‍‍: ५६ वर्ष
ठेगाना‍‍: जि‍‍.रामेछाप, ठोसे गा‍‍.वि‍‍.स‍‍.वडा नं‍‍.९
हाल‍‍: का‍‍.जि‍‍.का‍‍.म‍‍.न‍‍.पा‍‍.वडा नं‍‍.३४ 
पेशा‍‍: नेपाल विद्युत प्राधिकरणको पूर्व मेन्टिनेन्स

मिटर रिडरहरू‍‍:
३‍‍.नाम‍‍: महादेव प्रधान
उमेर‍‍: ५१ वर्ष
ठेगाना‍‍: जि‍‍.सर्लाही, हरिपुर(९
हाल‍‍: जि‍‍.मकवानपुर, हटौडा
पेशा‍‍: मिटर रिडर (नेपाल विद्युत प्राधिकरण, हेटौडा वितरण केन्द्र)

४‍‍.नाम‍‍: अच्युत खड्का
उमेर‍‍: ३९ वर्ष
ठेगाना‍‍: जि‍‍.सिन्धुपाल्चोक, सुनखानी गा‍‍.वि‍‍.स‍‍.वडा नं‍‍.२
हाल‍‍: का‍‍.जि‍‍.का‍‍.म‍‍.न‍‍.पा‍‍.वडा नं‍‍.३५ जडिवुटी
पेशा‍‍: ईलेक्ट्रिसियन (नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय, बानेश्वर)

५‍‍.नाम‍‍: दिल बहादुर साउद
उमेर‍‍: ५१ वर्ष
ठेगाना‍‍: जि‍‍.अछाम, भट्टाकाटिया गा‍‍.वि‍‍.स‍‍.वडा नं‍‍.५ 
हाल‍‍: का‍‍.जि‍‍.का‍‍.म‍‍.न‍‍.पा‍‍.वडा नं‍‍.३५ कोटेश्वर
पेशा‍‍: बरिष्ठ सहायक (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ)

६‍‍.नाम‍‍: ओम ढुंगाना
उमेर‍‍: ४८ वर्ष
ठेगाना‍‍: जि‍‍.नुवाकोट, चारघरे गा‍‍.वि‍‍.स‍‍.वडा नं‍‍.३
हाल‍‍: का‍‍.जि‍‍.नागार्जुन न‍‍.पा‍‍.वडा नं‍‍.२ रानीवन
पेशा‍‍: मिटर रिडर (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ)

७‍‍. नाम‍‍: श्याम बस्नेत
उमेर‍‍: ५० वर्ष
ठेगाना‍‍: जि‍‍.रामेछाप, सालुपाटी गा‍‍.वि‍‍.स‍‍.वडा नं‍‍.३
हाल‍‍: का‍‍.जि‍‍.का‍‍.म‍‍.न‍‍.पा‍‍.वडा नं‍‍.३४ शंखमुल
पेशा‍‍: मिटर रिडर (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ)

८‍‍. नाम‍‍: प्रदिप शर्मा
उमेर‍‍: ४६ वर्ष
ठेगाना‍‍: का‍‍.जि‍‍.नागार्जुन न‍‍.पा‍‍.वडा नं‍‍.१ रानीवन
पेशा‍‍: मिटर रिडर (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ)

९‍‍. नाम‍‍: सूर्य बहादुर थापा
उमेर‍‍: ३९ वर्ष
ठेगाना‍‍: जि‍‍.दाङ्ग, फूलवारी गा‍‍.वि‍‍.स‍‍.वडा नं‍‍.५
हाल‍‍: जि‍‍.ललितपुर, ईमाडोल
पेशा‍‍: मिटर रिडर (नेपाल विद्युत प्राधिकरण, लगनखेल)

१०‍‍.नाम‍‍: ठाकुर महर्जन
उमेर‍‍: ४४ वर्ष
ठेगाना‍‍: का‍‍.जि‍‍.का‍‍.म‍‍.न‍‍.पा‍‍.वडा नं‍‍.३४ बानेश्वर
पेशा‍‍: मिटर रिडर (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ)

११‍‍. नाम‍‍: मनिज श्रेष्ठ
उमेर‍‍: ४९ वर्ष
ठेगाना‍‍: का‍‍.जि‍‍.का‍‍.म‍‍.न‍‍.पा‍‍.वडा नं‍‍.१०
पेशा‍‍: मिटर रिडर (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ)

१२‍‍.नाम‍‍: भगवान पाण्डे
उमेर‍‍: ५४ वर्ष
ठेगाना‍‍: जि‍‍.भक्तपुर, नगरकोट न‍‍.पा‍‍.वडा नं‍‍.६
पेशा‍‍: नेपाल विद्युत प्राधिकरण, भक्तपुरको पूर्व सुपर भाईजर


उद्योग कलकारखानाका संचालकहरू‍‍:


१३‍‍. नाम‍‍: कुमार लामा
उमेर‍‍: ३२ वर्ष
ठेगाना‍‍: का‍‍.जि‍‍.गोकर्णेश्वर न‍‍.पा‍‍.वडा नं‍‍.१३

पेशा‍‍: पानी फ्याक्ट्री (मञ्जुश्री खानेपानी)
१४‍‍.नाम‍‍: तपन घोस
उमेर‍‍: ५१ वर्ष
ठेगाना‍‍: हाउडा जिल्ला उदयनारायणपुर थाना, भारत
हाल‍‍: का‍‍.जि‍‍.गौशाला
पेशा‍‍: मिठाई पसल संचालक

१५‍‍.नाम‍‍: परवेज आलम
उमेर‍‍: ४६ वर्ष
ठेगाना‍‍: मोतिहारी जिल्ला, पूर्वि चम्पारण भारत
हाल‍‍: का‍‍.जि‍‍.नक्साल
पेशा‍‍: कपास व्यापारी

१६‍‍. नाम‍‍: रमेश चुँडाल
उमेर‍‍: ३८ वर्ष
ठेगाना‍‍: जि‍‍.मोरङ, कोशिहैरचा न‍‍.पा‍‍. वडा नं‍‍.१२
हाल‍‍: का‍‍.जि‍‍.अनामनगर
पेशा‍‍: रामेश्वर मिठाई पसल संचालक


 
Posted on 01-22-17 7:47 AM     [Snapshot: 12]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिजुली यसरी चोरिँदोरहेछ ! अनि किन नहोस् लोडसेडिङ ?

प्राधिकरणका कर्मचारीसहित १६ जना पक्राउ (नामसहित)अनलाइनखबर


chori
९ माघ, काठमाडौं । अनामगरको रामेश्वर मिठाई पसलमा पछिल्लोपटक झण्डै ५० हजारको बिजुलीको बिल उठ्यो । मिटर रिडरले रिडिङ गरेर गएको केही दिनमै अर्का कर्मचारी त्यहाँ पुगे र, सञ्चालक रमेश चुडालसँग बार्गेनिङ गरे ।

उनीहरुबीच सहमति भयो १० हजारको बिल बनाउने । बाँकी ४० हजार आधा चुडाललाई छुट दिने र आधा (२० हजार रुपैयाँ) प्राधिकरणका कर्मचारीको भागमा छुट्याउने ।


यसका लागि मिटरको सिल खोल्न र बन्द गर्न प्रयोग हुने उपकरणहरु कर्मचारीले आफ्नै साथमा बोकेका थिए ।
सहमतिपछि प्राधिकरणका कर्मचारीले १० हजारकै बिल बनाए । त्यसपछि मिटर रिडरले मिटरको अंक घटाइदिए । मिटरलाई उल्टो घुमाएर अंक र बिल बराबर गरेपछि उनीहरुले पुनः सिल बायर, सिल गोटीको प्रयोग गर्दै आफैंले सिल लगाइदिए ।

कुमार लामाले गोकर्णेश्वरमा मञ्जुश्री खानेपानी फ्याक्ट्री सञ्चालन गरेका छन् । सो फ्याक्ट्रीमा झण्डै ९४ हजार रुपैयाँको बिजुलीको विल उठ्यो । त्यहाँ पनि मिटर रिडिङ गरेको केही दिनमा नै प्राधिकरणको बालाजुस्थित कार्यालयका सुपरभाइजर सुमन श्रेष्ठ पुगे ।

श्रेष्ठले करिब १३ हजार रुपैयाँमा डिल गरे । बाँकी रकमको आधा मात्रै तिर्नुपर्ने भएपछि लामा पनि तयार भए । त्यहाँ पनि रामेश्वर मिठाई पसलकै शैली अपनाइयो र ९४ हजारको बिललाई १३ हजारमा मा झारेर त्यही अनुसार मिटर पछाडि घुमाइयो । र, बाँकी पैसामा उपभोक्ता र पूाधिकरणका कर्मचारीवीच लेनदेन भयो ।

अन्ततः प्रहरीले श्रेष्ठलाई यसरी नै बार्गेनिङका लागि गएका बेला बालाजुबाट पक्राउ गरेपछि उनको ठगी धन्दामा पूर्णविराम लाग्यो । श्रेष्ठ चढ्ने गाडी बा ५ च ३४५१ पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

बालाजुमा कार्यरत सुपरभाइजर श्रेष्ठको समूहले झण्डै एक दशकदेखि यसरी नै विद्युत चुहावट गरेर ठगी गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यसमा प्रधाधिकरणका दुई पूर्व कर्मचारीका साथै प्राधिकरणका १० जना बहालवाला कर्मचारी पक्राउ परेका छन् ।

को को समातिए ?

विद्युत चुहावटमा विद्युत प्राधिकरणकै कर्मचारीकै संलग्नता खुलेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले यसमा संलग्न सुपरभाइजरसहित १० कर्मचारीलाई पक्राउ गरेपछि विद्युत चोरी गरी कसरी राज्यलाई ठगेर तस्करहरु मोटाइरहेका छन् भन्ने रहस्य जनतासमक्ष पर्दाफास भएको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाले त्यसरी पक्राउ पर्नेहरुको नाम आइतबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा विद्युत प्राधिकरण बालाजुको सुपरभाइजर पदमा कार्यरत सुमन श्रेष्ठ सबैभन्दा ठूला कर्मचारी हुन् । उमेरले ५० वर्ष पुगेका श्रेष्ठ काठमाडौं-२८ का बासिन्दा हुन् ।

त्यसैगरी अछामको भट्टाकाटिया घर भई कोटेश्वरमा बस्ने नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय रत्नपार्कमा बरिष्ठ सहायक पदमा कार्यरत ५१ वषर्ीय दिलबहादुर साउदलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मिटर रिडर कर्मचारी बढी छन् । नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रमा कार्यरत मिटर रिडर महादेव प्रधान पक्राउ परेका छन् । ५१ वषर्ीय प्रधान सर्लाहीको हरिपुर-९ निवासी हुन् ।

त्यस्तै नेपाल विद्युत प्राधिकरण बानेश्वर शाखामा इलेक्टि्रसियन पदमा कार्यरत ३९ वषर्ीय मिटर रिडर अच्युत खड्कालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक सुनखानी घर भएका खड्का जडीबुटीमा बस्थे ।

त्यसैगरी रत्नपार्ककै कार्यालयमा कार्यरत मिटर रिडर ओम ढुंगाना पनि समातिएका छन् । ४८ वषर्ीय मिटर रिडर ढुंगाना नुवाकोट चारघरे निवासी हुन् ।

त्यसैगरी मिटर रिडर श्याम बस्नेत र प्रदीप शर्मालाई पनि प्रहरीले समातेको छ । दुबै रत्नपार्कस्थित प्राधिकरणको ग्राहक सेवा निर्देशनालयमा कार्यरत थिए । ५० वर्षका बस्नेत रामेछापको सालुपाटी निवासी हुन् भने ४६ वषर्ीय शर्माको घर नागार्जुन रानीवन हो ।

त्यस्तै प्राधिकरणको रत्नपार्क कार्यालयमै कार्यरत अर्का मिटर रिडर काकुर महर्जनपनि समातिएका छन् । ४४ वषर्ीय महर्जन काठमाडौं ३४, बानेश्वरका बासिन्दा हुन् ।

रत्नपार्ककै कार्यालयमा कार्यरत अर्का मिटर रिडर मनिज श्रेष्ठ पनि प्रहरीको फन्दामा परेका छन् । ४९ वषर्ीय श्रेष्ठ काठमाडौं १० का बासिन्दा हुन् ।

त्यस्तै ललितपुरको लगनखेल स्थित प्राधिकरणको मिटर रिडर पदमा कार्यरत ३९ वषर्ीय सूर्यबहादुर थापालाई पनि प्रहरीले समातेको छ । थापाको स्थायी घर दाङको फूलबारी गाविस हो । उनी ललितपुरको इमाडोलमा बस्थे ।

नेपाल विद्युत प्राधिकरण भक्तपुरका पूर्वसुपरभाइजर भगवान पाण्डे पनि समातिएका छन् । ५४ वर्षका पाण्डे नगरकोटका बासिन्दा हुन् ।

त्यसैगरी विद्युत प्राधिकरणका पूर्वमेन्टिनेन्स टहलबहादुर कार्की पनि समातिएका छन् । ५६ वर्षका कार्की रामेछापको ठोसे गाविस वडा नं ९ निवासी हुन् ।

विद्युत चोर्नेमा भारतीयसमेत

प्रहरीले प्राधिकरणका कर्मचारीसँगै केही व्यवसायीलाई समेत विद्युत चोरीको आरोपमा पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा भारतीय नागरिकसमेत छन् ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१३ का मञ्जुश्री खानेपानी फ्याक्ट्रीका सञ्चालक ३२ वषर्ीय कुमार लामा पक्राउ परेका छन् ।

bijuli-chori-hucking
काठमाडौंको अनामनगरमा रामेश्वर मिठाइ पसल चलाएर बसेका मोरङको कोशी हरैंचा नगरपालिका निवासी रमेश चुडाललाई पनि प्रहरीले विद्युत चोरीको आरोपमा समातेको छ ।

त्यसैगरी गौशालामा मिठाइ पसल चलाएर बसेका ५१ वषर्ीय भारतीय नागरिक तपन घोष पनि विद्युत चोरीको आरोपमा पक्राउ परेका छन् ।

काठमाडौंको नक्सालमा कपास उद्योग सञ्चालन गरी बसेका ४६ वषर्ीय भारतीय नागरिक परवेज आलम पनि समातिएका छन् ।

प्राधिकरण भन्छ- २६ प्रतिशत विद्युत चुहावट भइरहेको छ

विद्युत प्राधिकरणका अनुसार कुल उत्पादनको करिब २६ प्रतिशतसम्म विद्युत चुहावट हुने गरेको छ । जसमध्ये १४ देखि १६ प्रतिशत बिजुली चोरी हुने गरेको अनुमान छ ।

यस्तो चोरीमा हुक गर्ने प्रचलनलाई प्रमुख कारक मान्ने गरिएको थियो । तर, प्रहरीका अनुसन्धानबाट प्राधिकरणकै कर्मचारीको मिलेमतोमा मिटर बिगारेर चोरी हुने गरेको पाइएको छ ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार विद्युत चुहावट प्राविधिक र अप्राविधिक दुई तरिकाले हुने गरेको छ । मिटर विगारेर विद्युत चुहावट गरिनु अप्राविधि हो ।

prabal-adhikari-nea

प्रवक्ता अधिकारी

विद्युत प्राधिकरणले देशैभरि विद्युत चुहावटविरुद्ध अभियान सञ्चालन गरिरहेको अधिकारीले अनलाइनखबरलाई बताए ।

उनले भने- ‘हामीले देशैभरि विद्युत चुहावट घटाउने अभियान चलाइरहेका छौं, प्रधानमन्त्रीको कार्यालय, उर्जा मन्त्रालय र गृहमन्त्रालय अन्तरगत सुरक्षा संयन्त्रले समेत हामीलाई यो अभियानमा सहयोग पुर्‍याइरहेको छ ।’

विद्य्त प्राधिकरणले सहसचिवको नेतृत्वमा उच्च स्तरीय संयन्त्र बनाएर विद्युत चुहावटको अनुगमन गरिरहेको प्रवक्ता अधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।

यसैक्रममा विद्युत चोरीको उजुरीका आधारमा केही कर्मचारी, पूर्वकर्मचारी र व्यवसायीलाई पक्राउ गरेर प्राधिकरणको अभियानलाई सहयोग पुर्‍याएको अधिकारीले बताए । प्रहरीले पक्राउ परेका कर्मचारीहरुबारे प्राधिकरणलाई आइतबार दुई वटा चलानी नम्बरका पत्रहरु पठाएको उनले बताए ।

पक्राउ परेका व्यक्तिहरु दोषी भए/नभएको बारे छानविन भइरहेको र दोषी ठहर भएमा विद्युत चोरी नियन्ज्ञण ऐन अनुसार कारवाही हुने उनले बताए ।

२०७३ माघ ९ गते १९:२२ मा प्रकाशित

 
Posted on 01-22-17 9:33 AM     [Snapshot: 78]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो इनीहरुको फोटो सहित लिस्ट गरेर एउटा website राखे हुन्च्यो | नेपालीहरुलाई बर्सौ अन्धकारमा राख्नेहरुलाई |
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters