[Show all top banners]

Prakashman Shilpakar

More by Prakashman Shilpakar
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 पर्व संग सम्बन्धित समय सुधार गर्नै पर्ने हो त: ?
[VIEWED 2987 TIMES]
SAVE! for ease of future access.
Prakashman Shilpakar.
Posted on 02-09-17 10:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 





पर्व संग सम्बन्धित समय सुधार गर्नै पर्ने हो त: ?

प्रकाशमान शिल्पकार
पर्व भन्नाले प्रतेक वर्ष हामीले पर्म्परागत संस्कार र नीति सनातनी आस्था, निस्था र विश्वासका साथ मानाउँदै आएका विभिन्न चाड पर्बहरु जस्तै - दशै, तिहार, तीज, राम नवमी, कृष्णाष्टमी, महाशिवरात्री तथा संक्रान्ती, पूर्णिमा, र अ्मावस्या लगायतमा पर्ने विशेष पर्व दिन एवं हाम्रो जन्मदिन मनाउने विशेष उत्सव नै पर्व हो ।
शास्त्रीय नितिनियम अनुसार शास्त्रनिर्दिष्ट शुध्द समयमा मात्र पर्वहरु मनाउनु पर्ने मात्र हैन पितृतर्पण कार्य समेत गर्नु पर्ने अन्यथा त्यस्को कुनै फल प्राप्त नहुने भन्ने शास्त्र प्रवर्तक ऋषिमुनिहरुले शास्त्रमा स्पस्त व्याख्या गरिएको भन्ने शास्त्रप्रवर्तकहरु बताउँछन् । अशुध्द समयमा चाड पर्वहरु, जन्मदिन मनायमा र पितृतर्पण कार्य गरिएमा निश्फल हुन गै त्यस्कोप्रतिकुल प्रभाव समाज र राष्ट्रमा पर्न जान सक्छ भन्ने समेत शास्त्र प्रवर्तकहरुको भनाई रहेको पाईन्छन् ।
हामी नेपालीहरुले विभिन्न समयमा मनाउँदै आएका विभिन्न चाड पर्वहरु के शुद्ध समयमा मनाउँदै आएका छौ त: ? अब हामीले यस तर्फ पनि गहण दृष्टि पुर्याई अध्यन्न गर्नै पर्ने अवस्था देशको संक्रमणकालिन अवस्था र सनातनी नेपालीहरु धरमान्तरण हुँदै जानेको संख्या बृध्दिले देखाउन थालेको छ ।
०६३/६३ पछि नेपाल राजतन्त्र बाट गणतन्त्रमा प्रवेश गरेर हामी नेपालीले दुईवटा संविधानसभा गठन गरि हामीले गणतान्त्रीक संविधान पाए पनि देशले शान्ती पाएको छैन । विभिन्न राजनैतिक बहानामा देश भाँडभैलोमा फस्दै गएका छन् । हाम्रो यो हिमवतखण्ड नेपाल महायोगी श्री श्री श्री गुरु गोरखनाथ र आराध्यदेव श्री पशुपतिनाथले संरक्षित देश हुन् तर पनि यो देशले वर्तामान अवस्थामा गुज्रीरहेका छन् । आखिर किन ? हुन त: यस्ता कुराहरु आजका भौतिक वादिहरुले स्विकार नगर्ला तर अध्यात्मिक वादिहरुले यस बिषमा सोच्नै पर्ने हुन्छन् ।
आदिकाल देखि हाम्रो समाजमा चल्दै आएका चाड पर्वहरुका तिथिमिती तोक्ने कार्य पञ्चाङ्ग निर्णायक समितिले गर्दै आएका छन् । पञ्चाङ्ग निर्णायक समिती सौर्यमास र चन्द्रमासको कला ( गति अनुसार) चाड पर्व निर्धारित गरीन्छन् । हाम्रो पञ्चाङ्ग र जन्मकुण्डलको गति र चन्द्रमासको र सौर्यमासको गति अनुसार चल्छ । सौर्यमण्डल र चन्द्रमासको गति अनुसार शुध्द समयमा चाड पर्व , व्रत उपासना भएन भने कुनै फल प्राप्ती हुने छैन र हाम्रो जन्मकुण्डलीको पनि कुनै अर्थ हुने छैन ।
पृथ्विको गति, सौर्यमण्डलको गति र चन्द्रमाको गतिको आधारमा हुने २५८०० वर्षमा अयनांश चक्र पूरा हुने सिध्दान्त अनुसार ७०.६ वर्षमा प्रत्यक ऋतु एक दिन अगादी सर्दै जाने भएकाले सायन संक्रान्ती र गणिगत संक्रान्ती याने प्रचलित संक्रान्तिहरु २४ दिन सम्मको फरक परीसकेको भन्ने ज्योतिषशास्त्र बिद्हरुको अहिले यहाँ भनिरहेको अवस्था छ ।
सूर्य सधै एउटै बिन्दुमा उदाउँदैनन् । जब पूर्व बिन्दुमा सूर्य उदाउँछन् त्यसको भोलिपल्त सूर्य कि त: त्यो बिन्दु भन्दा उत्तर तिर रहेको बिन्दुमा उदाउँछन् कि त: दक्षिण तिरको बिन्दुमा उदाउँछन् । यसरी ठीक पूर्व बिन्दुबाट २३.५° डिग्रीको दुरीमा रहेको उत्तर तिरको बिन्दुमा सूर्य जुन दिन उदाउँछन् त्यसको भोलिपल्ट त्य बिन्दु भन्दा दक्षिण तिरको बिन्दुमा सूर्य उदाएको देखिन्छ । त्यसबेला दक्षिणयान अयन सुरु हुन्छ । यसरी क्रमश: आज भन्दा भोलि भन्दा पर्सि गर्दै झन झन दक्षिण तिर सूर्य उदाउँदै जान्छन् । ६ महिना पछि सूर्य सबै भन्दा दक्षिण तिर रहेको बिन्दुमा उदाउन पुग्छन् र त्यसको भोलिपल्ट फेरि त्यो भन्दा उत्तर तिरको बिन्दुमा उदाउँछन् । जब सबै भन्दा दक्षिण तिरको बिन्दुमा सूर्य उदाइ उत्तर तिर लाग्छन् त्यो बिन्दु उत्तारायण अयन सुरु हुने बिन्दु हो । त्यही बिन्दु नै उतारायण बिन्दु हो । यसरी नै यहि गतिमा जब सूय कर्कत राशिको पाहिलो अंशमा पुग्छ तब दक्षिणयानको प्रारम्भ हुँदै सूर्य आफ्नो गतिमा चलिरहन्छन् ।
यसरी गणितिय नीति अनुसार प्रत्येक सौर्य बर्ष ३६५ दिनको र चन्द्र बर्ष ३५४ को दिन हुँदा करिब ११ दिन फरक पर्दछ । यसै गणितिय नीति अनुसार तेस्रो बर्षमा पूरा १ महिना फरक पर्दै जाँदा सो फरक महिनालाई पञ्चाङ्ग निर्णय समितिले अधिकमासको नामकरण गरिन्छन् र यस अधिकमास भरिमा कुनै पर्वहरु नमनाउने गरिन्छन् । यो एक महिना अधिकमासको नाममा रहेको मलमासको कारणले चन्द्रमासको तिथिहरु सौरमास गते बाट एक महिना अघि पछि पर्ने गर्दछ । हामीले मान्दै आएका पर्वहरु चन्द्रमासको आधारमा र महीनाका गतेहरु सौर्यमासका आधारमा निधारीत गरिन्छन् ।
यस प्रकार सयन संक्रान्ती र गणितिय संक्रान्ती याने प्रचलित संक्रान्तिहरु हाल फरक पर्दै गैइरहेको २४ दिन सम्मको परिधिलाई अधिकमासका नाममा मलमास व्यबस्था पञ्चाङ्ग निर्णायक समितिले हामीले मनाउने विभिन्न पर्वहरुको तिथिमिती मिलान गर्दै आएका छन् ।
चन्द्रमास लगायतको गति अनुसारको फरक पर्दै गएको दिन र समय अवधिहरुलाई यसरी मलमासको वैकल्पिक व्यबस्था गर्दै दिन तथा समयावधिलाई मिलान गर्दै आएको पर्वहरुको समय शुध्द नै छन् त: भन्ने बिषयमा अब हामी सबैले सोच्ने र मनन गर्नै पर्ने अवस्था आएको छ ।
भौगोलिक सिधान्त, गणितिय सिधान्त, अयनांश चक्र हुने सिधान्त एवं सौरमण्डलीय गति र चन्द्रमासको गतिका बिषयमा सम्बन्धित सरोकारवाला बिज्ञहरुले प्रस्त पार्दै वास्तविक यथार्थ बमोजिम हामी सबैले सहि तथा सुध्द दिन र शुध्द समय अवधिमा आफ्नो सनातनी परम्परा र कुल धर्म संस्कार अनुसार चाड पर्वहरु मनाउनु पाउनु पर्दछ ।
सयन संक्रान्ती र विषुवत् संक्रान्ती याने प्रचलित संक्रान्तीका दिन र समयहरु परक पर्दै गएको वास्तविक यथार्थतालाई केही बिज्ञहरुले महसुस गर्दै नेपालमा आज भन्दा ५ दशक आगादी अर्थात २०२० सालामा ईतिहास शिरोमणी श्री बाबुराम आचार्यजीको अध्यक्षतामा पञ्चाङ्ग सुधार समिती बनेको ईतिहास हामी संग नभएको भने हैनन् । तर पनि त्यो पञ्चाङ्ग सुधार समिती समितिमा मात्र सिमित भै पञ्चाङ्ग पर्व समयमा कुनै सुधार गर्न सकिएन वा भनौ गर्न गरिएन ।
यसरी सयन संक्रान्ती र विषुवत् संक्रान्ती याने प्रचलित संक्रान्तीका दिन र समयहरु परक पर्दै गएको वास्तविक यथार्थतालाई केही बिज्ञहरुले महसुस गर्दा गर्दै पनि वा भनौ त्यसको ज्ञान हुँदा हुँदै पनि हामीलाई फरक परेको दिन र अशुध्द समयमा पर्व मनाउन लगायको र मनाउँदै आएको तितो सत्यतालाई मनन् गर्दै आज भन्दा एक दशक आगादी पञ्चाङ्ग निर्णायक समितिका तातकालिन अध्यक्ष प्रा.डा. श्री मङ्गलराज जोशीजी समेतको सहमती र अग्रसर्तामा २०६१ सालमा विभिन्न समिती र उप समितिहरु गठन गर्दै " स्थायी अयन वर्ष सम्मको अध्ययन तथा पर्व सुधारको
अभियानको थालनी भै विभिन्न सरोकारवाला धार्मिक संघ संस्थाका ६६ जना प्रतिनिधि सहभागितामा भएको विशेष ज्योतिषिय गोष्ठिले " अधिकमासको एक महिने हद पर्वहरुले उलङ्घन गरेको र अयन विषुवत् सिङ्गो एक पूर्णिमा अवधी नै सरिसकेको अवस्थामा पनि प्रचलित पचाङ्ग( पात्र) अनुसार नै हामीले पर्व मनाउनु नहुने र मनाउँदा राम्रो फल प्राप्त नहुँने एवं लक्षित उद्देश्य पूरा समेत गर्न नसकिने ठहर गर्दै गरेको ज्योतिषिहरुको ठहरलाई तातकालिन नेपाल सरकारले आत्मसाथ गर्दै संस्कृती पर्यटन तथा नागरिक उ्ड्यान मन्त्रालय बाट २०६३ सालमा एउटा छुट्टै राष्ट्रीय मान्यता प्राप्त " पर्व सुधार राष्ट्रीय कार्यदल " नै गठन गरि सर्व साधरण जनमानसमा कुनै अन्यौल नहुने र अन्यौल नगरी प्रचलित सिद्धान्त र ज्योतिष शास्त्र र सनातनी धर्म शास्त्रलाई यथावटै राखी ऋतु बिग्रीयको अयन विषुवत् संक्रान्ती दिन तथा पर्वलाई‍बिग्रीयको हद सम्म परिवर्तन गर्न गराउनु पर्ने सुझाब सहितको प्रतिबेदन पर्व सुधार राष्ट्रीय कार्यदलले ०६४ सालमा नै नेपाल सरकारलाई बुझायको प्रतिबेदनलाई बैज्ञानिक निश्कर्ष मानेअनुसार बि.सं. २०६५ पौष १६ मा बि. सं. २०६७ बैशाखमा परेको अधिकमासको सहायतता लिई बि. सं. २०६६ चैत्बाट एक महिना वर देखी लागुहुने गरि प्रचलित पञ्चाङ्ग प्रणालीमा आवश्यक सुधार गर्ने भन्ने तातकालिन नेपाल सरकारले गरेका थिए । परन्तु त्यसबेला त्यो निर्णय विविध कारणहरु बाट कार्यरुप लिन सकेन र पर्व सुधार कार्यान्वन्नको त्यो निर्णय मन्त्रीपरिषदको कार्यालयको दराजमा नै आज सम्म थनकी नै रहेका छन् ।

पर्व सुधार राष्ट्रीय कार्यदलले पेस गरिएको प्रतिबेदन अनुसार प्रचलित पञ्चाङ्गमा आवश्यक सुधार गर्ने निर्णय नेपाल सरकारले कार्यान्वयन गर्न नसकी निर्णय नै थनकी रहेको अवस्थामा पर्व सुधारका अभियन्ताहरुले अहिले प्रचलनमा रहेको पञ्चाङ्ग( पात्र) मा प्रतिबेदन मुताबिक समयानुकुल परिमार्जन गरि पर्वहरु सुधार गर्नु पर्ने भन्दै सरकार, पञ्चाङ्ग निर्णायक समिती लगायत सरोकारवाला सवैलाई नैतिक दवाबब दिन प्रचलित पात्रमा तोकिएको तिथिमितीको भन्दा ठिक एक महिना अगादी नै पर्वहरु मनाउने अभियान एक दशक देखि चलाउँदै आएका छन् । पर्व सुधारको अभियान " पर्व सुधार राष्ट्रीय कार्यान्वञ समिती, नेपाल" ले संस्थागत रुपमै नेत्रुत्व गर्दै आएका छन ।
 पर्व सुधारको अभियन्ताहरुको अभियान गतिबिधिले नेपालीको सनातनी धर्ममा आँच पुगिरहेको अवस्था यहाँ देखिन थालेका छन् । जनसाधारणले प्रचलित पञ्चाङ्गलाई ब्रम्ह बाक्यकै रुपमा मान्दै आएका छन् । सर्वसाधारणले पञ्चाङ्ग निर्णायक समिती स्वीकृति प्राप्त पञ्चाङ्गलाई नै सर्बमान्य र सहि पञ्चाङ्गका रुपमा लिने र मान्ने गर्दै आएका छन् । त्यसैले अधिकांस जनसाधरणले प्रचलित पञ्चाङ्गमा तोकिएकै तिथिमिती र गतेमा नै आ- आफ्नो परम्परागत चाद पर्वहरु मनाउँदै आएका छन् ।
प्रचलित पञ्चाङ्ग अनुसार असोज २५ गते परेको ०७३ को बिजया दशमीलाई त्यसको ठिक एक महिना अगादी याने भाद्र २६ गते नै पर्व सुधार अभियन्ताहरुले जमरा टीका लगाई रमझम गर्दै मनाएको खवरहरु पत्रपत्रीकामा आएका छन् । जबकी पञ्चाङ्गमा तोकिएको असोज २५ गते मात्र अधिकांस जनसाधारणहरुले दशै पर्व मनाए । अचम्मको र आश्चर्यको कुरा के छभने भाद्र २६ गते नै दशै मनाउने पर्व सुधारका अभियन्ताहरुले पनि दोहोरो अर्थात दुई दुई पटक दशै पर्व रमझम गर्दै मनाएको कुरा स्वयम् पर्व सुधारका अभियन्ताहरु बताउँछन् ।
अधिकमासको एक महिने हद पर्वले उलङघन गरेको र अयन विषुवत् सिङगो एक पूर्णेमा अघि सरेकाले प्रचलित पात्र अनुसार दशै लगायत पर्वहरु मनाउँदा फल प्राप्त नहुने र अशुद्ध समयमा पर्व मनाउन हुँदैन भनेर त्यसको एक महिना अगादी नै दशै पर्व मनाएर शुध्द समयमा दशै मनाएको भन्ने पर्व सुधारका अभियन्ताहरुले पात्रमा तिकिएको तिथिमिती र गतेमा पुन: दोहोरो दशै पर्व मनाउँदा दशै पर्वको महत्व र विषेशता, धर्म संस्कार एवं पर्व र समाजमा के कस्तो प्रभाब पर्दछन् यो सोचनिय बिषय छ ।
सनातनी नेपाली समाजमा र धर्म संस्कारहरुमा पश्चिमी आयातित धर र त्यसका विस्तारबादी अनुयायिहरुले ड्लरको बलबुता एवं चलखेलमा यहाँका विभिन्न परम्परागत धर्मालम्बिहरुलाई विभिन्न लोभ प्रोलोभन र शब्दजालमा फसाउँदै कुल परम्परालाई लात हान्न लगाउँदै धर्म परिवर्तन गराउँदै यहाँ धरमान्ततण गर्नेहरुको संख्याबृद्धी गराउँदै सनातनी धर्म संस्कार लाई कमजोर पार्दै गएका छन् अर्को तर्फ सनातनी सनातनी बिचमा पनि विभिन्न गुत उपगुत जस्तोकी - बैष्णवी , कृष्णप्रणामी, ब्रम्हकुमारी राजजयोग् तथा ज्ञान गंङ्गा लगायत बिभिन्न धार्मिक संप्रदायहरु सिरजना गर्दै सनातनिहरुलाई सनातनिले नै धर्म आस्थामा र संस्कारहरुमा बिभाजन गराउँदै आफ्नै सनातनि धर्मलाई कमजोर बनाएर आफ्नो परम्परागत कुलधर्म संस्कारलाई दाईभर्त गर्दै अन्यत्र मोड्ने काम यहाँ भैरहेका छन् ।
अर्को एउटा समूह " अहिम्सा परोधर्म " को नारा लगाउँदै परम्परागत रुपमा वैदिक- तन्त्रनिर्देशित संस्कार अनुसार चल्दै आईरहेको अलि बलि पुजाको अन्त्य हुनु पर्छ भन्दै अलि बलि पुजाको संस्कार नभएका अनि त्यस्तो संस्कारमा नहुरकेका तथा त्यस्तो समाज भन्दा बाहिर बाट आएकाहरुले बलि प्रथा बिरोधी अभियान चलाउँदै यहाँका परम्पराबादी सनातनिहरुमा एक आपसमा मनमुताब र फुट ल्याउने कार्य गरेर नेपालको सनातनी धर्म, पर्व संस्कार्गरुमा प्रतिकुल प्रभाव पार्दै आएको वर्तमान अवस्थामा त्यो अवस्था र कार्यलाई प्रचलित पात्रमा पर्व संग सम्बन्धित समय सुधार गर्नु पर्ने र नपर्ने भन्ने बिवाद उब्जाएको कारणले एउटै सालमा दोहोरो दशै लागायत पर्वहरु मनाउनाले सनातनी धर्म संस्कारलाई कमजोर एव बिच्लित पार्न थप उर्जा दिन्दै आएको हामी यहाँ हेर्न र बुझ्न सक्छौं । पर्व सुधार राष्ट्रीय कार्यदलको त्यो प्रतिबेदनलाई सरकारले आज सम्म नत: गलत सावित गरेको छ नत: प्रतिबेदन अनुसारा कार्यान्वयन नै गराउन सकेको छ । पञ्चाङ्ग निर्णायक समितीभित्रकै ज्योतिषिहरु समेतको सहभागितामा गहन अध्यन र अभ्यास गरि बैज्ञानिक तरिकाले तयार पारेको प्रतिबेदनलाई पञ्चाङ्ग निर्णायक समितिले हाल सम्मको पञ्चाङ्गमा समाबेस गरि सनातनी जनसाधारणमा बिवाद रहित अवस्थामा सहि तिथिमिती र शुध्द समयमा पर्व मनाउन दिन नसक्नु नेपाल सरकार तथा पञ्चाङ्ग निर्णायक समितिको कमजोरी हो कि पर्व सुधार राष्ट्रीय कार्यदलको प्रतिबेदन नै गलत हो ?
नेपाल सरकार संस्कृती मन्त्रालय तथा नागरीक उद्यान मन्त्रालय द्वारा गठीत " पर्व सुधार कार्यान्वयन समिती " र पञ्चाङ्ग निर्णायक समितिका तातकालीन अध्यक्ष प्रा.डा. रामचन्द्र गौत्तम लगायत समितिका ९ जना सदस्यहरु सहभागी भएको मिति २०७० असार ३१ गते बसेको संयुक्त बैठकले गरिएको निर्णयमा - " पर्व सुधार राष्ट्रीय कार्यदल समितिका सदस्यहरु बाट बि.सं. २०७२को मलमासको सहयोग लिई १ महिना पर्व समय सुधार गर्दा यो २१०० बर्ष सम्म काम लाग्छ भनी यस कुरामा सहमतीका लागि अनुरोध भयो । नेपाल सरकारले २०६५।९।१६ मा नितिगत रुपले यस्तो स्वीकार गरिएको कुरा पनि बैठकमा अवगत गराईयो । एक पटकको सुधार बाट धर्म संस्कृती परम्परामा आघाट नआउने गरि बिग्रीएको ऋतु १ महिना सुधार गर्ने २०६४ को पर्व सुधार राष्ट्रीए कार्यदलको प्रतिबेदनमा उल्लेख भएकोले यस बिषयमा दुबै पक्षबाट छलफल हुँदा सुधारको लागि सहमती जनाउने र नेपाल सरकारलाई २०७२ देखि समय सुधार लागू गर्न सिफारीस समेत गर्ने निर्णय भयो । यस निर्णयको जानकारी नेपाल सरकार संस्कृती पर्यतन तथा उद्यान मन्त्रालय र गृह मन्त्रालयमा दिने निरणय पनि भयो । " भनि सो निर्णयमा लेखिएको छ ।
उपरोक्त संयुक्त बैठकमा पञ्चाङ्ग निर्णायक समितिको तर्फ बाट सहभागी सदस्यहरु थिए :--
१. प्रा.डा. रामचन्द्र गौत्तम ------------------ अध्यक्ष
२. प्रा.डा. साम्बराज आचार्य ............... सदस्य
३. प्रा.डा. दिर्घराज धिमिरे ............... .... "
४. प्रा.दिनेशराज पन्त ......................... "
५. डा. जगतमा गुरुङ्ग ..................... ... "
६. डा. खिलनाथ बास्तकोटी .......... ...... . "
७. शी दैबज्ञ किर्तिमदन जोशी ........... ... ."
८. प्रा. बिद्याकुमारी बज्राचार्य ................." र
९. शी पं. सूर्य प्रशाद ढुंगेल.................."
पर्व सुधार कार्यान्वयन समितिको तर्फ बाट संयुक्त बैठका सहभागी हुनु हुने सदस्यहरु थिए :--
१. श्री चुडामणी क्ट्टेल-------------------------- सदस्य
२. श्री सह प्रा. जयन्त आचार्य ----------------"
३. श्री पं. गुरु शेखर राजोपाध्याय ---------- "
४. श्री सेखराज राई ------------------------------ " र
५. श्री ई. हरिनारायण मल्ल-------------सदस्य सचिव
पञ्चाङ्ग निर्णायक समितिको मिति २०७०/८/२७ मा बसेको बैठकले आफ्नो परिष्कार उप समितीले मिति २०७०/८/२६ मा गरेको पर्व सुधार सम्बन्धी गरेको निर्णलाई स्वीकृति गर्दै सो निर्णयलाई नेपाल सरकार संस्कृती मन्त्रालयमा पठाउने निर्णय समेत उभै सो निर्णयको जानकारी पञ्चाङ्ग निर्णायक समितिले प. सं. ०७०/७१ चनं. ३२ मिति २०७०/०८/३० को पत्र बाट संस्कृती , पर्यटन तथा नागरिक उद्यान मन्त्रालयलाई पथाएको देखिन्छन् । यसरी पञ्चाङ्ग निर्णायक समितिलाई स्पस्त रुपमा प्रचलित पात्रमा उल्लेखित पर्व दिन र समयहरु अशुध्द तथा असमय भैरहेको भन्ने ज्ञात हुँदा हुँदै पनि आफ्नो तर्फ बाट पात्रमा सुधार गर्न खुट्टा कमाउँदै पञ्चाङ्गलाई ब्रम्ह वाक्य नै संझने र मान्ने सनातनी सर्वसाधारणलाई अशुध्द तथा असमयमा चाद पर्वहरु मनाउन लगाई आएको दिनको घाम झै छर्लङ्ग नै देखिन्छन् ।
अत: पर्व समय सुधार कार्यान्वयन गर्ने नेपाल सरकारको पूर्व निर्णय अनुसार यदि सुधार गर्नै पर्ने भए यथा सिघ्र लागू गर्न गराउनु पर्यो हैन पञचाङ्गमा कुनै सुधार गर्नु अवस्था छैन र पर्व सुधार राष्ट्रीय कार्यदल -२०६४को प्रतिबेदन नै गलत हो भन्ने सरकारले निर्णय गरि नेपाली मनाउने चाड पर्व समय एकरुपता कायम गरि नेपाली चाड पर्वहरुको महत्व र बिषेशतालाई यथावत कायम गर्दै सनातनी नेपालिहरुले मनाउने पर्वहरुमा बिकृतिलाई निषेधित गरि हाम्रो धर्म संस्कारलाई पर धर्म र आन्तरिक गुत उपगुत बाट हुन सक्ने अतिक्रमनलाई निषेधित गर्न सक्ने वातावरण बनाउनु पर्ने वर्तमान देशको अवस्थाले सरकार, पञ्चाङ्ग निर्णायक समिती लगायत सरोकारवाला सवैलाई घचघचाई रहेको यथार्थतालाई सबैले मनन गर्नै पर्दछ र पर्व संग सम्बन्धित समय सुधार गर्नै पर्ने हो वा होईन भन्ने बिषयलाई एउटा निश्कर्षमा तुंग्याउनै पर्ने अहिलेको समय र सनातनी नेपालीहरुको आवाज पनि यहि नै छ ।

स्रोत-(१) पर्व सुधार राष्ट्रीयकार्यदलको प्रतिबेदन-२०६४
(२) पर्वसुधारका आधारहरु - तेस्रो अङ्क
(३) पर्व ( समय) सुधारिएको नमुना भित्ते पात्रो-०७३
(४) स्रोत सामाग्री उपलन्ध गरि सहयोग गर्नु हुने मित्र
 ~ श्री बलराम श्रेष्ठ
Prakash Man Shilpakar प्रकाशमान शिल्पकार at 5:30 AM
Share

3 comments:

Pramod AcharyaDecember 26, 2016 at 5:44 PM
वास्तविक उत्तरायण हुने दिनलाइ सायन उत्तरायण अारम्भ र वास्तविक दक्षिणायन हुने दिनलाइ सायन दक्षिणायन अारम्भ भनेर लेख्न समेत नमान्ने पञ्चाङ्गकारहरूलाइ के भन्ने? दक्षिणायन लागिसकेपिछ असारमा विवाह व्रतब्न्ध लग्न दिन राेक्नु पर्छ। अशुद्ध समयमा लग्न दिनु हुदैन पञ्चाङ्गकारहरूले ।

Prakash Man Shilpakar प्रकाशमान
www.shilpakarpm.blogspot.com
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
nrn citizenship
जाडो, बा र म……
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters