[Show all top banners]

Prakashman Shilpakar
Replies to this thread:

More by Prakashman Shilpakar
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नेवार जातिको मौलिक पहिचानको संस्कार " इहि
[VIEWED 5360 TIMES]
SAVE! for ease of future access.
Prakashman Shilpakar.
Posted on 02-09-17 10:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




नेवार जातिको मौलिक पहिचानको संस्कार " इहि "


प्रकाशमान शिल्पकार


महीला कहिले पनि विधवा नहुने र सदैव सौभाग्यवती रहीरहने परम्परागत धार्मिक र समाजिक मान्यता रहेको नेवार समुदायको " इहि " संस्कार गैर नेवार ( अन्य जातजातिको ) समुदायको भन्दा भिन्न विधि व्यवहार हो । सनातन हिन्दू संस्कारमा सोर्ह संस्कार छन तर पनि नेवार समुदायभित्र हिन्दू नै भएतापनी दशकर्म संस्कार मात्र हुने गर्दछन । दशकर्म संस्कारहरु मध्य छोरीलाई गर्ने संस्कारहरु मध्यका एक संस्कार इहि हुन । सामान्यतया नेवार समुदायमा छोरी पाँचदेखी सात,वर्ष भित्र इहि संस्कार गर्दा उत्तम मानिन्छन । यो संस्कार सनातन धर्मले निर्देशित विधि हो भन्ने प्रमान आदित्य पुराणमा उल्लेखित पंक्ती " पिपलाम्बु सुवर्ण वा श्रीफलै:सार्धमुव्दहत । एभि: समुध्द हे बृषलीत्वात प्रमुच्यते ।। अर्थात - पिपल, जल, सुन वा बेल यी मध्य कुनै एकसंग कन्याको बिवाह गरिंदा ती कन्या बृषली( चणडालिनी) हुनबाट जोगिन्छे ।
सनातन हिन्दू धर्म अनुसार कन्यालाई बार्ह वर्षभित्र कन्यादान गरिएन भने ती कन्या रजपूर्ण हुन्छे । आफ्ना कन्याहरु विवाह पूर्व रजपूर्ण याने रजस्वला भयो भने तिनका बुवाआमा र दाजुभाई नरक जाने छन भन्ने कथन रहेका छन । आफ्ना छोरी चेलीको रज-दोषबाट मुक्तरही नरक जानबाट वच्न नै गैर नेवार हिन्दूहरु आफ्ना छोरीचेलीलाई सानैमा कन्यादान गरि बालविवाह गराई कन्यादानको पून्य लिने चेष्टा गरेको देखिन्छ्न । यसै कारणले गैर नेवारहरुमा बालविवाह जस्तो कुप्रथाले जडा गाडेको हुनसक्दछ्न । धर्म शास्त्रले निर्देशित गरीए अनुसार आफ्ना छोरीचेलिको रज-दोशकारण नरक जानू पर्ने सन्त्रासले पनि आफ्नु समुदायमा बालविवाह जस्तो कुप्रथाले प्रवेश पाउन सक्ने संभावनालाई निषेधित गर्न नेवार समुदायका पूरर्खौली बिद्वानहरुले चलाखीपूर्ण तरीकाले सनातन धर्मशास्त्रले निर्देशित गरीएअनुसार नै नितिगतरुपमा नै यो संस्कार र प्रथा प्रतिपादनगरि एउटा प्रतीशील तथा कार्न्तिकारी संस्कृतिको बिकाश गरि दिए ।
 नेवार समुदायमा इहि गर्ने यो संस्कार कहिले देखि सुरुभयो भन्ने लिखित आधार कहिँ कतै देखिन्दैनन । तथापि यो संस्कार सनात देखि नै चलीआएको मानिन्छन । यो इहि संस्कार नेवार समुदायको छुट्टै पहीचान भएतापनी नेवार समुदाय भित्रकै शाही(खड्गी),द्य:ला(पोडे च्यामे),कपाली(जोगी, दर्सनधारी) र धोवी(कनौजी, मघैया) लगायत केही नेवार जाती उपजातीले यो संस्कार लाई अंगाली आएको देखिन्दैनन । किन यो संकारलाई अंगालेन भन्ने विषयमा एउटा खोजको विषय हो । तर आजभोली केहीले यस संस्कारलाई देखासिखी रुपमा अंगालेको पनि देखिन्छ । तर पनि शाही( खड्गीक, नाय:,सिंह) समुदायले आज सम्म पनि यस संस्कारलाई अंगालेको छैनन । कीन अंगालेन त भन्ने विषयमा शाही जातिको पहिचानको सवालमा चिन्तशिलरहनु हुने बामान शाही र बिनोद शाहीको भनाईमा " हामी शाही( खड्गी,नाय: सिंह) नेवार सूचिकरण भित्र परेतापनी वास्तवमा हामी नेवार हैनन , राजपुत सिंह हो । शाही जाती भित्र पनि विभिन्न उप-जातीहरु भएको "भनाई रहेकाछन ।
पौराणीक स्वस्थानी कथामा उल्लेखित भएअनुसार - विष्णुले दक्षप्रजापतीले आफुलाई माघेको दिनेछु भन्ने सत्यवाचा गराई सतीदेवी माघी कन्यादान दिने दिन दक्षप्रजापतिको घरमा यज्ञशालामा कन्यादान दिन आमा मेनकाले कमलण्डल लिइ, पिता दक्षप्रजापतिले छोरी सतिदेविको हात समाई कन्यादान दिन तमतयाररहेको समयमा एकजना अति बृध्द जोगिको रुपमा भेषधारी महादेव पुगी , मलाई भिक्षा नदिकन कन्यादान दिन र लिन पाउँदैन यदि दिए लिएमा दुबैलाई सराप दिनेछु भन्दै तरसाई , पूर्व सल्लाह साहुती मुत्ताबिक विष्णुले भेषधारी जोगीलाई बोलाई कन्यानदान सिधिनासाथ भिक्षा दिइने छ भनी फकाई आफुसंगै दायाँतर्फ बसाई , बिष्णु मायाले छोपी (प्रभावपारी)आमा बाबुको दृष्टि छलेर त्यही भेषधारी जोगिरुपी महादेवको हातमा कन्याको हात तलमाथी गरि दिए ।यस प्रकार विष्णुले सतीदेवी र महादेवको बैवाहीक सम्बन्ध गाँसिदिनु भयो ।
यसरी नै सतीदेवीले पार्वतीकारुपमा हिमालय पर्वतमा जन्म लिनु भए पछि महादेव पति पाउन अन्यक व्रत धर्म गरे पश्चात् विष्णुको उपदेश अनुसार श्री स्वस्थानी व्रत बसी , स्वस्थानीको व्रत प्रभावले पार्वती र महादेवको पुन: विवाह भयो । यस प्रकार विष्णुको माध्यम वाट माहादेवले कन्या प्राप्त गरेका कारणले नै सोही अनुसार भगवान बिष्णुका प्रतीक सु वर्णकुमार(हिरण्य गर्भ:)संग भगवान शिवको प्रतीक वेल साक्षी राखी भावी पतिका रुपमा भनी वैदिक तन्त्रविधिले निर्देशित गरीए अनुसार बिधिवतरुपमा कन्याको विवाह गराईन्छ । यसै विवाहलाई नेवार संस्कारमा " इहि " संस्कार भनिनछन । गैर नेवारहरु यो इहि संस्कारलाई " वेलविवाह " भन्ने गर्दै आएकाछन । अर्थको अनर्थ लाग्ने गरि बेलविवाह भन्नू गलत हो ।
 इहि संस्कारमा कन्याको विवाह बिष्णु भगवान संग अथवा भगवान शिव संग भएको हो भन्ने विषयमा नेवारहरु आफैमा मत मतान्तर समेत रहेको पनि देखिन्छ तापनी श्रध्दाका साथ आफ्न्नो कन्याको विवाह विष्णु भगवान संग होस अथवा महादेव संग गराई इहि संस्कार सम्पन्न गर्दा श्रध्दा र आस्थामा चोत पुग्ने गरि व्याख्या अप व्याख्या गलत हुने छ । तर वेल संग नै कन्याको विवाह भएको भने पक्कै पनि हैन बेल त मात्र महादेवका प्रतिकका रुपमा मात्र उपस्थित गराएका हुन ।
पार्वतीले श्री स्वस्थानीको व्रत प्रभाववाट महादेव पति पाए पछी पार्वतीले आफ्नो माईती घरको चेलीले आफुसरह अखण्ड शौभाग्यती हुन पाउन वर माग्दा - "सुवर्णकुमार(हिरण्य गर्भ:) संग कन्याको विवाह भयो भने सदा सर्वदा हिमालय पर्वतका महीलाहरु शौभागवती हुनेछन" भन्ने महादेवले पार्वतीलाई दिनुभएको वरदान अनुसार नेवार महीलाहरु कहिले पनि विधवा नहुन र सदा सर्वदा शौभाग्यती नै हुने छन भन्ने धार्मिक नितिनियम बमोजिम पूर्वजले पछिका आफ्ना सन्तानहरुको कल्याणका लागि देवादीदेव महादेवको प्रतिकका रुपमा बेल फललाई उपस्थितिमा राखी याने साक्षी राखी बिष्णु भगवानको प्रतिकका रुपमा सुवर्ण कुमार(हिरण्य गर्भ:)संग वैदिक तन्त्रनिर्देशन अनुसार इहि याने इहिपा गराई यो इहि संस्कार थिति चलाई गएको रितिथिती संस्कार त्यसैबेला देखि हिमाली पर्वत क्षत्र नेपालमण्डलका नेवारहरुमा चलेको हुनु पर्दछ । यही सनातान धार्मिक मान्यता अनुसार नेवारहरुको शुध्द नेवार रितिथिती अनुसार याने मौलिक रितिथिती अनुसार विवाह गर्ने अवसरमा ज्वाइँ हुने व्यक्ती याने दुलाहा हुने व्यक्ती जन्तिसंग जाने चलन छैनन । यसै कारणले पनि नेवारहरुको विवाह कार्यमा बाबुले कन्यादान गर्नु पर्ने चलन छैइन ।

पौरानिक कथामा जे जस्तो लेखिराखेको भएतापनी अथवा धार्मिक बिचारका मानिसलाई बोध गराउनका लागि धार्मिक रंग वा उपमा दिइराखेको हुनसक्ने भएतापनी यो " इहि " संस्कार गर्ने चलन एक चतुर बिद्वानको देन मान्नु पर्दछ । बिधवा भै प्रकृतिले उपहार दिएको जीवन काम कृडा, आदि लाई तिताँजली दिई मन बाँधी बस्नु कम गार्होकाम हैनन । अन्य देश र अन्य जातजातियामा भरखरै मात्रै बिधवा विवाह गर्न र गर्ने चलन चलाई प्रत्सोहान दिन थाकेका छन भने नेवारहरुको पुर्खाले अघिनै यसलाई सामाजिक रुपमा नै मान्यता दिएर बिधवा भन्ने नै समाजमा नहुने गरि सदा सर्वदा सौभाग्यवती भैरहने धार्मिक र सामाजिक बिधिबिधान प्रतिपादन र व्यवस्थागरी उध्दारणीय काम गरि गए । आफू खुसी वा देखासिखी म बिधवा भनेर बस्ने नेवारहरुको कुरो अर्कै नै हो तर सनातन नेवार परम्परामा चाहिँ छैनन ।
नेवार समाजमा कन्याको वास्तविक दाम्पत्य जिवनका लागि गरीने विवाह ( इहिपा) आफनै मूल्य मान्यता रहेको भएतापनी सम्बन्ध बिच्छेदन गर्ने अर्थात पारपाचुकेको सरल प्रकृया, सामाजिक र सांस्कृतिक मान्यताका रुपमा नै छन र यस्को अधिकार महिलामा नै निहित छ । यस बाट महिलाहरुले आफ्नो पतिलाई सुपारी(ग्वय) फिर्ता दिएको कारणले सम्बन्ध(पारपाचुके) गर्ने कार्य पति जिवित अवस्थामा मात्र होइन जीवनको अन्तिम क्षणको अवस्थामा वा ब्रन्हनालमा पुगिसक्दाको अथवा मृत्यु भै सवयात्रा कै अवस्थामा वा चितामा आगो दन्कीरहन्दाका अवस्था समयमा समेत पनि सम्भव छ । हुनत यस विषयमा नेवार समाजभित्रमा नै अली फरक फरक मत रहेको पाइन्छन । कसैको यो सुविधा चितामा दागवती दिन्दा सम्म मात्र हुने छ भने कसैको दागवती दिई सकेपछी पनि सम्भव छ भन्ने गरीन्छन । र यति गरि सकेपछी महिलाले आसोच वार्नु पर्दैनन । त्यस पछि महिलाले एकल जीवन यापन गर्ने वा अन्य कुनै पूरुष संग विवाहगरी जाने वा नजाने भन्ने विषयमा निर्णय गर्न महिला आफै स्वतन्त्र हुनेछन भन्ने सामाजिक र सांस्कृतिक मान्यता रहेको छ । यो नेपालमा अघि मात्री सत्तात्मक राज्य प्रणालीको रहेको थियो भन्ने प्रमाणको अवशेष हो भन्ने सकिन्छ ।
नेवार समाजभित्र आज कालन्तरमा आएर आफ्नो जातिय मूल्य मान्यातालाई जोगाई राख्ने अथवा मासी पथाउने क्रममा बिधवाको को मान्यता लिने पनि सूरु हुन्दै आयो । पति मरेको महिला बिधवा हो भन्दै खस ब्राम्हनको जस्तै सेतो कपडा लगाएर वर्खी बस्ने गर्दछन र गैर नेवार सरह एकल र अपहेलित जीवनयापन गर्ने सिको गर्दै आएका छन । तर पनि यस सिकोलाई नेवार समाजमा बाहीरीय गैर नेवार समाजको संगतको परीणामका रुपमा लिने गर्दछन । परम्परा र संस्कारका नाउँमा " इहि " संस्कार आज पनि अनिवार्य रुपमा गर्ने गर्दै आएकै छन । तर पनि अन्य समाजको नक्कल गर्ने कार्य पनि भएका छन । यस बाट नयाँ पुस्तालाई इहि संस्कार भित्रको गुह्य अर्थ(कुरा) आज पनि आश्चर्यको विषय रहीरहे कै छ । नेवार समाजभित्र हिन्दू र बुध्दिस्त धर्ममा प्रभाव पर्ने क्रममा आफ्नो आफ्नो जातिय मौलिक्ता र जातिय पहीचान बिरसने सुरु भयो वा अर्थ नबुझेपनि यस्को निरन्तरन्तारही नै रहेका छन । सहज र आदिवासी जीवन शैलीमा नेवार समाजभित्र बाह्य प्रभावलाई रोकलगाई(निषेधित्त गराई) बालविवाह र बिधवाको मान्यता नदिन " इहि " संस्कार चलाई आएको हो ।
यो इहि संस्कार अन्य धार्मिक पुजा धर्म कार्य गर्ने जस्तो मनमा आएका समयमा यसो गरेपनी हुन्छ त्यसो गरे पनि हुन्छ भनी अर्थात आफुले चाहेको समयमा गर्ने कार्य होइनन । उमेर पुगेका जेष्ठहरुको भीमरथारोहण(जंक्व) कार्य, मूर्ती प्राण प्रतिस्था जस्तो पवित्र धर्मिक कार्यमा तथा दसकर्म संस्कारको अन्तर्गत धार्मिक यज्ञ सहितको पुजा कार्यमा बालकार्यक्रम अन्तरगत गरीने कार्य हो । त्यस्तो धार्मिक तथा सासंकृतिक कार्यमा कुनै बालीकालाई अनिर्वायरुपमा इही संस्कारका रुपमा पनि पुजा गर्नै पर्ने हुन्छन । अथवा इहि यज्ञ बनाई सानुहिक इहि कार्य गर्नेस्थानमा मात्र यो इहि संस्कार संम्पन्न हुन्छन । इहि गर्ने समय (पाँच देखि सात वर्षका) भएका र इहि दीन(ज्योतिसलाई जन्मकुण्ड्ली-चिना देखाएर इहि गर्ने दिन छ छैन हेरेर) भएका बालीकाहरुलाई त्यस्ता धार्मिक तथा सांस्कृतिक एवं सामुहीक इहि कार्यमा लगेर इहि संस्कार गर्ने गरीन्छन । हुने खाने अर्थात आर्थिक सम्पन्न व्यक्ती विषेशले इहि यज्ञ गरि कन्याहरु भ्यला गराई सामुहीक इहि गराई पुन्य संचय गर्न चाहनेहर्ले र कुनै सामाजिक संस्थाले श-शुल्क सामुहीक इहि यज्ञ कार्य पनि गरौने गर्दै आएकाछन । पुण्य संचय गर्ने उद्देष्यले कन्याहरु भेला गराइ सामुहिक इहि यज्ञको आयोजना गर्ने आयोजकलाई स्थानिय भाषामा " नोकु " भनिछन ।
सामुहीक इही गरीन्दा वा इहि संस्कार गरीन्दा हिन्दू धर्म सम्प्रदाएकाको ब्राम्हण राजोउपाध्याय(नेवार ब्राम्हण,द्य:ब्रम्हु) र बौध्द सम्प्रदायमा गुभाजुले पुरोहीतका रुपमा कार्य गर्ने गरीन्छन ।
इहि संस्कारको विधि -
इहि संस्कार गरिन्दा एउटा भिन्नै बिधिरहेको देखिन्छ । सर्व प्रथम त: इहि गर्ने उमेर पुगेको कन्याको चिना देखाई त्यस वर्ष इहि गर्ने दिन भए नभएको टुंगो लगाइन्छ । यसरी साइत जुरे पछि इहि गरीने कन्यालाई चार दिन अगाडि नै घरको नकिं( घरको मुलि महिला)ले सगुन( ............. ) दिएर पिब्वने कार्य गरीन्छन । कन्यालाई नुहाई धुआई गराई चोखो नित्य गराई सगुन दिइसके पछि इहि गर्ने कन्यालाई जन्म घरमा भात ख्वाउनु नहुने बिधिरहेकाले इहि संस्कार भित्रको बिधिमा कन्याका आफन्तहरुको घर घरमा सगुन र भोजनका लागि आफन्तहरुले कन्यालाई निम्तो दिई घर घरमा लगि सगुन दिई मिथो मिथो परिकारहरु बनाई कन्यालाई भोजन गराइन्छ । इहि गर्ने कन्यालाई आफन्तले भोजन गराउने कार्यलाई स्थानिय भाषामा इहि मचा नकेगु भनिन्छन । इहि मचा ख्वाउने चलन कुनै थाउँमा भने चलन चलेको देखिन्दैनन । इहि संस्कारा गर्दा इहि मचा ख्वाउन पिब्वय गर्न नपर्नेहरुले कन्या ठूलो भै विवाहको पूर्व संन्ध्यामा वा विवाह पछि आफन्तहर्ले पैइनजा ख्वाउने गरिन्छ । इहि संस्कार कार्यक्रम दुई दिन सम्म चल्दछ । पहिलो दिनलाई दुसो र दोस्रो तथा अन्तिम दिनलाई जज्ञ .भनिन्छ ।
इहि संस्कार कार्यमा आठ जना व्यक्ती विशेषको प्रमूख भूमिका रहेको देखिन्छन भने एकजना सहयोगि हुन्छन जस्तै -
१. जोशी- इहि गर्ने दिनको साइत हेर्ने लगायत,
२. नापित-कन्याको खुट्टाको नङ्ग काटी रातो अल: लगाई दिने,
३. प्रजापती-इही कार्यका लागि आवश्यक माटाका मूर्ती,कलश तथा सल:पा: लगायत सामान बनाउने,
४. चित्रकार-प्रजापतिले बनाएका माटाका सामानमा विशेष प्रकारले रङ्ग रोगन गर्ने,
५. दिक्षित राजोउपाध्याय ब्राम्हण( नेवार ब्राम्हण-द्य:ब्रम्हु)-इहि यज्ञ गर्ने,
६. शिवाचार्य-शुवर्णकुमार(हिरण्य गर्भ:)को पूजा गर्ने,
७. कर्माचार्य(आचाजु)-अष्टमातृका पूजा गर्ने र
८. राजोउपाधयाय नकिं(गुरुआमा)-पाथीबाट लावा, फुल, अविर आदि राखी सिफँलुइ(अभिषेक)गर्ने, सिन्दूर आरोहण लगायत कार्य गर्ने आदिले यज्ञ कार्यमा प्रमुख भूमिका निभाउछ तथा इहि यज्ञ कार्य गर्न आवस्यक सरसामानको चाँजो पाँजो मिलाउन एकजना सहयोगिको व्यवस्था गरिएका हुन्छन जसलाई म्ह्य नाय: भनिन्छन । कार्यक्रम आयोजक " नोकू " समेतको एउटा टोली नै खडा भएको देखिन्छ । साथै इहि गर्ने कन्याहर्को पनि एउटा पाँच वा नौजनाको इहि गर्ने कन्याहरुको एउटा नेत्रुत्व तोली पनि अनिवार्य व्यवस्था हुन्छ । कन्याहरुको यस तोलीले इहि यज्ञ कार्यमा कन्याहरुको अगुवाई गर्द्छ । कन्याहरुको यस तोलीको नेतृत्व आयोजकको कन्याले गर्दछन जसलाई नोकू भनिन्छन भने बाकी कन्याहरु आयोजकले तोकेका कन्याहरु तोलीमा समाबेस हुन्छन । इहि गर्न आउने अन्य कन्याहरुलाई भन्दा कन्याहरुको यस तोलीलाई यज्ञ कार्यमा विशेष समान साथ व्यवहार गरिन्छ । विशेष समानका साथ व्यवहार गरीए बापत यस तोली संग यज्ञ कार्य तोलीले अन्य कन्याहरु संग भन्दा बढी याने दोबर दक्षिणा लिने गरीन्छ्न ।
इहि संस्कार कार्यको पहिलो दिन(दुसो)- दुसो विधि अन्तरगत कन्याहरु(इहि मचा)लाई इहि यज्ञस्थलम प्रबेष गराई स्वागत(लसकुस)कार्य गरि सर्वप्रथम बिघ्नहरण कर्ता श्री गणेषको बोका बली पूजागरी कार्यशुभारम्भ गरिन्छन, इहि यज्ञका प्रमुख देवता त्र्यम्वकेश्वर महादेव-शिव(स्थानिय भाषामा अलिद्य:)लाई प्रजापतिको बाट साधेर(........) इही यज्ञमा ल्याई कन्याहरु बाट पुजा गराइ यज्ञस्थलको ईशान कोणमा राख्ने काम गरिन्छ । त्यस पछि गंगामाताको आव्हानगरी सुतक निवारकका रुपमा ( इहि कार्य संम्पन्न नभए सम्म त्यस अवधिमा कुनै सुतक परीहालेमा पनि कन्यालाई सुतक नपर्ने बिधिबिधान अन्तरगतको तान्तृक कार्य अनुसार बयलको पिण्ड दान गराई बृध्दी श्राध्द गराई पितृवंश, मातृवंश,गुरुजन आदि सबै स्वजनहरुलाई पिण्ड तर्पण गराएर बृध्दी श्राध्द संम्पन्न गराई शतबृन्दी दोरा(का: वायके विधि)लगाई दिने कार्य गरिन्छन । त्यस उपरान्त कन्याहरुको आ-आफ्नो कुलदेवता, इष्टदेवता(आगंद्य:), तलेजु भवानी लगायतको आव्हानगरी पुजा गरीन्छन । राजोउपाध्याय नकिंले काठको पाथीभित्र लावा,फूल आदि राखी कन्याहरुलाई अभिषेक्स(सिफँलुइगु)गरि कर्माचार्य बाट कन्याहरुलाई प्रशाद बित्तरण गरि पहिलो दिनको पूजा कार्य समाप्त गरि कन्याहरुलाई दुसो जा नकेगु भनी तन्त्र बिधिबाट भात ख्वाउने कार्य हुन्छ । यस क्रममा अघि सुरुमा गणेषलाई पूजा गर्दा बलि दिएको बोकाको टाउकोको अंगलाई आठ बिभिन्न भागमा तान्तृक बिधिवत बिभाजन गरिएनुसारको मासु प्रशाद जेष्ठ क्रम अनुसार कन्याहरुलाई(इहि यज्ञ आयोजकले उहि यज्ञमा कन्याहरुलाई तोकिराखेको जेष्ठ्ता अनुसार (पाँच जना अथवा नौजना ) बिधिवत क्रमश बितरण गरि सिकाभू ( नेवार समाजमा कुनै देव देविलाई बलिसहितको पुजा गर्दा बलिदिएको कुखुरा,हाँस वा बोका आदि जे बलिदिएको छ त्यसको प्रशाद सोरुप बलिको टाउको याने सिर जो कोहीले ग्रहण गर्ने(खाने) अधिकार दिएको छैन । त्यसको अधिकार घर परीवारमा भए घरको मूली देखि क्रमश:जेष्ठता अनुसार बिधिवत ग्रहण गर्छन । तर यो अधिकार महिलाहरुलाई भने दिएकी पाईदैनन , कुल समूह वा गुठी समाज भए नाय:(नाईके) र सो पछि जेष्ठता क्रम अनुसार ग्रहन गरिन्छ । सिकाभु ग्रहण गर्ने महिलाहरुलाई अधिकार नभए पनि इही संस्कार गर्दा भने इही गर्ने कन्याहरुलाई नै बलिको सिकाभू(सिऊ) ग्रहण गराईन्छ ।( सिकाभुको अर्थ-.............) सिकाभु प्रशाद ग्रहण पश्च्यात कल:वाय बिधि अपनाई मातङ्गी देवीलाई पुजेर सिकाभुको उचिष्ठ(जुठो)सिकाभु स्थलको संम्बन्धित इलाकाको च्छ्वास अजिमाकहाँ लगेर बिधिवत विसर्जन गरि दुसो दिनको संम्पूर्ण कार्य समाप्त गरि सबै आ-आफ्नो घरमा जान्छन ।
दोस्रो दिन "जज्ञ"
यसदिन पनि कन्याहरुलाई यज्ञ मण्डलमा स्वागत(लसकुश) गरि नापित बाट कन्याहरुको खुट्टाको नङ कात्ने कातेको नङ कन्याको फुपुहरुले काँसको थालमा थाप्ने कार्यगरी दोस्रो फिनको कार्य सुरु हुन्छ । त्यस पछि सर्वखौ ( पिना) द्वारा सूक्ष्म स्नान गराई पंचगब्यले अभिसिञ्चन गरिन्छ । यसदिन अघिलो दिनको दुसो कार्यमा कुनै विशेष कारण बंस सहभागी नभएका कन्याहरु समेत सहभागी भएका हुन्छन । .
। आज सहभागी हुने सबै कन्याहरुलाई अघिलो दिन झै पुन: बृध्दी श्राध्द गराइन्छ । श्राध्द गरिसकेपछी जोशी द्वारा सिन्दूरको पूजा सम्पन्न गरि राजोउपाध्याय नकिंले कन्याहरुको सिउँडोमा फुस्रेसिन्दूर(.......) लगाई दिई कन्याहरुलाई आशीर्वाद दिइन्छ ।
त्यसपछी योजकाग्नी (.सम्बन्ध जोड्ने..)यज्ञ आरम्भ गरि यज्ञमा बेललाई दस कर्मद्वारा सुसंस्कृत पारिन्छ । सुसंस्कृत बेललाई कन्याहरुको हात हातमा राखी बितरण गरिन्छ ततपश्च्यात कन्याका बाबुले पश्चिम तर्फ फर्केर कन्यालाई आफ्नो काखमा बसाई कन्याको दायाँ बुढी औला समाई कालो तिल कुश लिई कन्यादानको संकल्प गरि सुवर्न कुमार(हिरण्य गर्भ:) सहितको बेलमा कन्यालाई समर्पण गरिन्छ । त्यस पछि कन्याका आफन्तजनहरुले कन्यस्लाई भिक्षा दिने कस्र्य गरिन्छ यश कार्यलाई बार्हा छुइ भन्ने गरिन्छ । भिक्षामा चामल, पैसा तथा शौभाग्यको सामाग्री सहित दिइन्छ । त्यस पछि कन्याहरुलाई बेलसंगै कुशको डोरीले स्थीर्स्दाम्पत्यको निमित बाँध्ने कार्य संम्पन्न गरिन्छ पछि यसबन्धनलाई शिवाचार्यले झिक्ने कार्य गरिन्छ । त्यस पछि राजोउपाध्या ब्राम्हणले प्र्शाद बितरण गरि ब्राम्हण नकिं ( ब्राम्हणी ) बाट काठको पाथीबाट लवा, फुल, अबिर इत्यादी राखी अभिषेक ( सिफँलुइ ) गरि कन्याका माताबाट दक्षिणस थाप्ने काम हुन्छ ।
त्यस पछि इही संद्कार कर्मको पूर्णफल प्राप्तिका लागि गौदान गरेर लं, पने (इहि संस्कार भित्रको एक विधि) कार्य गरि कन्याहरुलाई क्रमश: पालै पालो गरि खुट्टाले सिलौटामा कुल्चिन लगाई मास पिँध्न लगसिइन्छ (खुट्टाले सिलौटामा कुल्चिन लगाई ( इहि संस्कार भित्र एक विधि) सो कार्य सकिना साथ यज्ञको विसर्जित ब्रम्हा स्वर्ग प्रस्थान हुन्र बेलाको जल प्रशाद दिई भोजन कक्षमा लागि भोजन गराई उचिष्ठ(जुठो)लाई पूर्वव्स्त मातङ्गी देवी पुजेर च्छास अजिमा कहाँ बिधिवत कल:वाय सम्पन्न गरि इहि कार्यको सबै काम समाप्त गरिन्छ ।इहि यज्ञमा काम सक्यार घर प्रबेष गर्दा घरको ढोका अगादी बिराजमान कुमार ( पिखालखु द्य: )को अगादी कन्यालाई उभ्याई सल:पा: समाउन लगाई त्यसमा घरको मूलीबाट भिक्षा दिइन्छ । यस भिक्षा दिने कार्यलाई फँ बारा छुयेगु भन्छ । यसरी इही ससंकार कार्य सम्पूर्ण हुन्छ ।
इहि संस्कार जोगाई राख्न चुनौती :-
यो इहि संस्कार इहिपा(विवाह)कै एउटा रुप भएतापनी यस संस्कारमा इहिपा(विवाह)मा गरीने विधिहरु भन्दा पृथक बुधिहरु अपनाएको छ ।यसमा गरीने अधिकांस विधिहरु गैर नेवारहरुको भन्दा पृथक वैदिक-तन्त्रनिर्देशित भिधिहरु गरि आफ्नो जातिय मौकिक्ता दर्साई पहिचान दिइरहेका हुन्छन । वास्तविक जिवनमा गरीने इहिपा(विवाह) जे जस्तै बिधिहरु jastai- कानूनी विवाह,माघी विवाह, प्रेम विवह गरीएतापनी जातिए पहिचान र मौलिक्ताको प्रश्न उठदैनन तर इहिपा(विवाह) संस्कार भित्रको एक प्रमुख विधि " ग्वय सायके(ग्वयसा: भ्वय) र वाल्यावस्थामा गरीने इहि संस्कार तथा बार्हा: संस्कार गरीएन वा गराएन भने त्यो नेवार नै हुनसक्दैनन । अर्थात त्यस्ता व्यक्तिले आफुलाई नेवार हुँ भनी नभनेनी हुन्छ । किन भने नेवार रितिरिवाज तथा संस्कारको गर्भ:भित्रको परिधिवाट आयकी व्यक्तिले आफ्नु मूल गर्भको संस्कारलाई स्वीकार गरि विधि बिधान पालना नगर्ने नेवार कासरी हुन सक्छ ?
नेवार नेपालको एउटा जाती समुदाय मात्र हैन , नेपालकै पहिचान हो । नेवार शब्द बाटै प्राचीन नेपालको नाम नेपालमन्डल भएको पनि हुन सक्छ । त्यसैले नेवार आफै एउटा जात मात्र हैन, एउटा राष्ट्रीयता नै हो । अनि आफ्नो पहिचान र राष्ट्रीयता बिर्सने व्यक्ती आखिर नेवार कसरी हुन सक्ला त ?
नेवार संस्क्रुती तथा संस्कारलाई नबिर्सने अनि आफ्नो राष्ट्रीयता र पहिचानलाई कायम गरि राख्न चाहने तर कारबंश आफ्नो परम्परागत बास्थाबाट बसाईसरी नेवार बस्ती र नेवार समाज बाट धेरै ताधारहन बाध्य भएका वा रहने केही नेवारहरुलाई आफ्नो स्स्कार एवं संस्कृती जोगाई राख्न कथिन पर्दै गएको पनि यहाँ देख्न र सुन्नमा आएका छन । पहाडी र तराई क्षत्रमा बसोबास गर्ने नेवारहरुले " नेवार संस्कार तथा संस्कार बिधिबिधानको ज्ञान भएका राजोपाध्याय ब्राम्हण( द्य:ब्रम्हु, नेवार ब्राम्हण)को अभाबमा आफ्ना चेली, कन्याहरुको इहि संस्कार गर्न गराउअन समस्या परेको " जस्ले गर्दा गैर नेवार ब्राम्हण बाट जस्लाई इहि संस्कार बिधिबिधानका बारेमा जेही जानकारी नै छैन त्यस्ता ब्राम्हण बाट गैर नेवारहरुले गर्ने वैदिक बिधिबाट भएतापनी इहि संस्कार गराई आफ्नो जातिय पहिचान दिनु परेको " भन्ने कुरा धेरै वर्ष अगावै काठमाण्डौ बाट सल्याण जिल्लामा बसाईसरी घरवारगरी आई हाल काठमाब्डौको कलङ्की क्ष्त्रमा डेरागरी बस्नुहुने राजकुमार श्रेष्ठ बताउनु हुन्छन । राजकुमारजीको भनाई बाट नेवार बस्ती र समाज बस्ट ताधारहनेहरुमा आफ्नो जातिय पहिचान र संस्कार जोगाई राख्न चुनौती रहेको प्रस्त नै देखिन्छन ।
अत: नेवार जातिको मौलिक पहिचानको " इहि संस्कार " लगायत नेवार संस्कारहरु जोगाई देशको पहिचान जोगाई राख्न नेवार बस्ती र नेवार समाजदेखी ताधारहने पहाड र तराई क्षत्रमा बसोबास गर्ने नेवारहरुलाई लक्षित गरेर " इहि संस्कार " तथा नेवार संस्कारहरुको वैदिक- तन्त्रनिर्देशित सरल निर्देशिका सम्प्रेशन गर्न नेवार संस्कारका ज्ञाता प्रबुद्वबर्ग राजोपाध्याय ब्राम्हण( द्य:ब्रम्हु, नेवार ब्राम्हण), जोशी, कर्माचार्य तथा शिवाचार्य लगायत नेवार समाजका अगुवाहरुले ध्यान दिनु आवश्यक नै छ ।
www.shilpakarpm.blogspot.com
 
Posted on 02-09-17 11:08 PM     [Snapshot: 29]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

जातभातको कुराले फेरी साझामा गृह युद्ध होला नि! तपाईंले गलत प्ल्याटफर्ममा आफ्नो कार्यको प्रदर्शन गर्नु भयो जस्तो मलाई लाग्यो प्रमा जी l
 
Posted on 02-09-17 11:25 PM     [Snapshot: 43]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुगल त्रान्स्लेसन रे! हैट

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Nepali doctors future black or white usa ?
Another Song Playing In My Mind
nrn citizenship
TPS Renewal Reregistration
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
WHAT DO YOU GUYS THINK ABOUT THIS?
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Is money sent to support family tax deductible?
Nearly one-third of Americans support autocracy, poll finds
Alert: Turbo Cancers: A Rising Global Threat
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters