[Show all top banners]

ktmpost

More by ktmpost
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 यी हुन् भारतीय प्रधानमन्त्री मोदीलाई चुनैति दिने नेपाली फोटोग्राफर
[VIEWED 3474 TIMES]
SAVE! for ease of future access.
Posted on 06-07-17 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

यी हुन् भारतीय प्रधानमन्त्री मोदीलाई चुनैति दिने नेपाली फोटोग्राफर

२४ जेठ २०७४banner

हाल अमेरिका बस्दै आएका विमल नेपाल चर्चित फोटोग्राफर हुन्। कुनैबेला आर्थिक पत्रकारको रुपमा नेपालमा उनले राम्रै पहिचान बनाएका थिए। विमल त्यतिबेला चर्चाको शिखरमा रहे, जतिबेला उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विनाक्रेडिट फोटो प्रयोग गरेको भन्दै कानुनी उपचार खोज्ने च्यालेन्ज दिए।

'मोदीले नेपाली फोटोग्राफरको फोटो चोरे' भन्दै अन्तराष्ट्रिय मिडियामा निकै चर्चा भयो। विश्वभर फोटोग्राफी र कपिराइटको विषयमा हंगामा भएको यो एउटा स्मरणीय घटना बन्यो। नेपाली फोटोग्राफरले शक्तिशाली देशका प्रधानमन्त्रीलाई प्रतिलिपि अधिकारबारे सचेत मात्रै पारेनन्, अन्तराष्ट्रिय तहमा प्रतिलिपि अधिकारको बहस छेड्न सफल भए।

बोस्टन अमेरिका स्थित हिमालयन लायन्स क्लबको अध्यक्ष समेत रहेर उनी सामाजिक गतिबिधिमा पनि सक्रिय छन्। प्रस्तुत छ- पत्रकार, फोटोग्राफर र लायन विमल नेपालसँग डिसीनेपाल डटकमका लागि गरिएको कुराकानीः

-फोटोग्राफीको कुरा अलि पछि गरूँला, तपाईं त लायन्स क्लबको लिडर पनि हुनुहुँदो रहेछ त?

आफ्नो रोजीरोटीको लागि सबैले पेशा गर्दछन। परिवार र पेशाको साथ् समाज र यसमा रहेको कम्जोर वर्गलाई सेवा गर्नु हरेक मानव जीवनको उद्देश्य हुनुपर्छ त्यसैले म पनि बिगत ८ बर्षदेखि लायन्स क्लबमा सक्रिय छु। पेशाबाट जीवन चल्छ भने सेवाबाट आनन्द मिल्छ।
 
-तपाइँको २ बर्षे अध्यक्षतामा लायन्स क्लबले के कस्ता काम गर्यो?

लायन्स क्लब स्थापनाको १०० बर्ष पुगेको छ। बिश्वभर करिब ४६ हजार क्लबमा १४ लाख सदस्य छन्। यो अन्तरराष्ट्रिय क्लब संचालन र पारदर्शिताको आफ्नै बिधि छ, जसलाई हामीले पनि पालन गर्दै समाज सेवा गर्दछौं। बोस्टनमा हामीले हरेक बर्ष रक्तदान, आँखा शिबिर, नेपाली स्कुलमा छात्रवृति कार्यक्रम, आपतकालिन अवस्थामा राहत जस्ता नियमित काम गर्दै आएका छौं। नेपालमा गएको महाभूकम्पमा क्लबले बोस्टनका अन्य नेपाली संस्थासंग मिलेर रकम संकलन गरि तत्काल हस्तान्तरण गरेका थियौं, जुन मेरो कार्यकालको एउटा सन्तोषलाग्दो र महत्वपूर्ण काम थियो। क्लबले हरेक बर्ष विभिन्न प्रकारका संस्कृतिक कार्यक्रम तथा राहात, उद्दार र सहयोगका लागि फन्ड रेजिङका कार्यक्रमहरु संचालन गर्दै आएको छ।
 
-लायन्स क्लबका सदस्य सुटेडबुटेड देखिन्छन्, ठूला होटेल/रेष्टुरेन्टमा डिनर मिटिंगहरू हुन्छन्। साधारण मान्छेको पहुँच भन्दा टाढा छैन लायन्स क्लब?

हो, लायन्स एउटा बिजनेस क्लासको सामाजिक क्लब हो। यहाँका सबै सदस्य फर्मल पोशाकमा हुन्छन र अन्तराष्ट्रिय क्लबको नीति नियमको आधारमा मिटिंग र सामाजिक काम गर्छन्। डिनर मिटिंगको खर्च क्लबको होइन सदस्यको गोजीबाट हुन्छ। यो उच्चस्तरको सामाजिक संस्थामा गजबको अन्तराष्ट्रिय भाईचारा हुन्छ। लायन कुनै देशमा अलपत्र पर्यो भयो भने लोकल लायनले तुरुन्त नेटवर्किङ्ग गरि उद्धार गर्छ।
 
-हिमालयन लायन्स क्लबमा कति सदस्य छन्?

यो २००९ मा खुलेको क्लब हो हाल ३७ सदस्य छन् यो संख्या थपघट भइरहन्छ।

... 
-अब फोटोग्राफीको कुरा गराैं, तपाइँको फोटोग्राफी बिजनेस कस्तो चल्दैछ ?

यो मेरो पेशा हो, जीवन राम्रै चलेको छ यसबाट। यद्यपि फोटोग्राफी पेशा विश्वव्यापि रुपमा संकटमा परेको छ, डिजिटल रिभोलुशनले गर्दा। मुलत: मैले कमर्शियल फोटोग्राफी गर्छु र पत्रकार पनि भएकोले फोटो-पत्रकारितालाई पनि निरन्तरता दिएको छु।
 
-तपाइँले फोटोग्राफीसँग सम्बन्धित कपीराइटको बिषय बडो जोडदार रुपमा उठाउनु हुन्छ नि बेलाबखत?

हो, यसमा एउटा कारण छ। म पूर्णकालिन व्यवसायिक फोटोग्राफर भएकोले 'फोटो' मेरो कला हो, सिर्जना हो। एउटा प्रोडक्ट हो, सेवा हो, समय हो, अनि मेरो रोजीरोटी पनि हो। हरेक सिर्जनामा सर्जकको पहिलो अधिकार हुन्छ र कानुनले सर्जक/फोटोग्राफरलाई यो अधिकार दिएको छ। पेसा नभई शौखले फोटो खिच्नेलाई फोटो जसले प्रयोग गरे पनि मतलब नहोला तर व्यवसायिक फोटोग्राफरको लागि कपीराइट (प्रतिलिपि अधिकार) महत्वपूर्ण कुरा हो। यहि बुझाउने मेरो प्रयास हो। नबुझ्नेहरुले मलाई यो कुरा गर्दा छुचो र घमण्डी पनि भन्लान् तर मलाई थाहा छ यो सबै सर्जकको लागि नभई नहुने कुरा हो।
 
-भारतका प्रधानमन्त्री मोदीले तपाइँको फोटो अनधिकृत प्रयोग गरेको चर्चित मामला के हुदैँ छ?

मेरो फोटो अन्तराष्ट्रिय व्यक्तित्वले प्रयोग गर्नु र अन्तराष्ट्रिय मिडियाहरुमा चर्चा हुनु मेरो लागि गौरवकै कुरो हो। तर अनुमति नलिनु र क्रेडिट पनि नदिनु गैर कानुनि कुरा भएकोले वकिल र मिडिया मार्फत मैले आफ्नो कपिराइटको कुरा उठाएँ। भारतीय पक्षल जवाफ फर्काएको छ र समाधानको लागि राजी छ। कानुनी प्रक्रिया चालु छ। आशा छ छिटै समाधान होला।

-गुगलका करोडौं फोटोहरु सबैले प्रयोग गरेकै छन् त?

कानुनत: कुनै पनि फोटो बिनाअनुमति डाउनलोड गर्न र पर्योग गर्न पाइन्न। सर्जकले आफ्नो काम देखाउन इन्टरनेटमा राख्छन, गुगलले सर्च गर्छ। गुगल शो-केश मात्र हो फ्री वितरक होइन। कसैले नदेखेको बेलामा पसलबाट समान चोरे जस्तै हो गुगलबाट अनुमतिबिना फोटो डाउनलोड गर्नु। मोदीको टिमले गूगलबाट नसोधी डाउनलोड गरेर गल्ति गर्यो। अब कपिराइटको चेतना सर्बसाधारणमा बढ्दो छ।

-तपाइँ मिडियाकर्मी भएर लामो समय बिताउनु भयो, मिडियाबारेको बुझाइ संक्षेपमा बताइदिनुस् न।

मेरो २० बर्षको मिडिया संगको अनुभव र संगत छ। मिडियाले समाजलाई बाटो देखाउने काम गर्छ। सिद्धन्तत: मिडिया तटस्थ हुनुपर्छ। संसारभरको परम्परागत मिडिया पूर्ण निष्पक्ष र स्वतन्त्र हुन नसक्ने रहेछ। यो मेरो अनुभव हो। समाचारमुलक मिडिया साइन्स जर्नल जस्तो हुन सक्दैनन्। यो 'ब्लैक एंड ह्वाइट' हुन सक्दैन। मिडियामा सधै सुधार को ठाउँ हुन्छ। म असत्य र अर्धसत्य समाचार आउदा दुःखि हुन्छु।
(तस्बिरः बिमल नेपालको फेसबुकबाट)


http://dcnepal.com/-9205


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters