[Show all top banners]

ktmpost

More by ktmpost
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 पारस शाहले साधु साथीसंग आफ्नो मनको कुरा यसरी खोले
[VIEWED 21213 TIMES]
SAVE! for ease of future access.
Posted on 07-02-17 7:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चितवन–पूर्व युवराज पारस शाहले राष्ट्र सुध्रियोस् भन्ने तीब्र चाहना राख्ने गरेको उनका निकटतम साथी तथा केहि वर्षयता जोगी बनेका प्रवञ्जन बहादुर सिंहले बताएका छन् । 


पारस शाहलाई एक हप्ता अगाडि मात्रै खप्तड क्षेत्रको भ्रमण गराएर चितवन हुँदै काठमाण्डौ फर्कन लागेका सिंहले रातोपाटीसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

विश्वको एकमात्र हिन्दु राष्ट्रको अस्तित्व मेटाएर धर्मनिरपेक्ष घोषणा गरि मुलुक खण्डित गर्दै समाप्त पार्ने खेल भएकाले यस्तो काम हुन दिन नहुने उनको धारणा रहेको आफूलाई स्वामी व्याघ्र वेदनाथ बन्न रुचाउने सिंहले बताए ।

पारस शाहलाई राजा हुनु नहुनु भन्दा पनि मुलुक रहनु पर्ने र राष्ट्रियता रक्षा हुनु पर्ने भन्ने कुरा बढि चिन्ता रहेको उनको भनाई छ ।
‘नेपालमा राजतन्त्र फर्के पनि उनमा राजा हुने चाहना छैन तर नेपाल हिन्दु राष्ट्रचाहि हुनै पर्छ भन्ने अडानमा उहाँ हुनुहुन्छ’, सिंहले भने ।


उनले नेपालमा राष्ट्र हित र जनहितमा काम गर्ने जनप्रेमी शासकको खाँचो समेत पारसले महसुस गरेको बताए ।

छिमेकी मुलुकको हस्तक्षेप, नेपाली युवाको बिदेश पलाएन, त्यहाँ भोग्नु परेको पिडा र मुलुकमा देखिएको लामो राजनितिक अस्थिरताले मुलुक दिनानु दिन संकटमा परेको भन्दै पारसले मुलुकको दीर्घकालिन निकासका लागि आफुसँग बारम्वार कुरा राख्ने गरेको सिंहले बताए ।


पारसले सर्वसाधारण नागरिक सरह युवाहरुको साथमा सामाजिक सहकार्य गर्ने मनसाय समेत बनाएको उनले बताए ।
मुलुक हिन्दु राष्ट्र स्थापना गर्न र बैदिक सनातन धर्मको संरक्षणका लागि भन्दै सिँह बिगत तिन वर्ष यता बिभिन्न कुटीहरुमा जोगी जीवन बिताइरहेका छन् ।


निकटस्थ मिल्ने साथीको सन्यासीयुक्त जीवनबाट लोभिएर पारस साहले पनि आफनो बाँकी जीवन आम नागरिकसंग हातेमालो गर्दै बिताउन चाहेको उनी निकटका साथीहरुले बताउँदै आएका छन् ।


साह दुई साता अगाडि मात्रै खप्तड क्षेत्रमा पुगी खप्तड बाबाको कुटीमा बसेका थिए । उनी आम नागरिकको अवस्था र युवाको चाहना बुझ्ने उद्देश्यका साथ पनि त्यहाँ गएको बुझिएको छ ।


साह त्यहाँबाट चितवन हुँदै काठमाडौ फर्किसकेका छन् ।


लामो समय थाइल्याण्ड बसेर नेपाल फर्किएका पारस अहिले राजधानीमै रहेको भएपनि परिवारसँग सम्बन्ध राम्रो नभएको बताइन्छ ।
तर, कुलतमा समेत फसेका भनिएका पारस पछिल्लो समय निकै सुध्रिएको उनका साथीहरु बताउँछन् ।

Last edited: 02-Jul-17 07:18 AM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters