भक्तपुर, २ साउन |भक्तपुर सल्लाघारीमा ‘सत्य शक्ती माता’ भन्दै एक महिलाले करोडौको लुटिरहेका छन् | मानिसहरुको बिस्वास छ माता भगवान हुन् र मानिसको सबै इच्छा पुरा गर्छन |
बिगत धेरै बर्षदेखि माता बनेर उनले लुटी रहेकी छिन | उनले प्रति व्यक्ति १२ सय रुपैया देखि १ लाख ५० हजार रुपैया सम्म प्रवेश शुल्क नै लिन्छिन | उनलाई दक्षिणा पनि उत्ति नै आउछ | तर भक्तजनहरुले माताको अनुहार सम्म हेर्न पाउदैनन, केवल भित्ताको माइकबाट उनको आवाजमा ठाडो जवाफ आउछ |
बृद्दबृद्दाहरु मात्र हैन यहाँ सामान्य पढेलेखेका देखि पीएचडी गरेका विद्वानहरु समेत पुग्छन र मातालाई पैसा तिरेर समस्याको समाधान खोच्छन | सोध्छन; भगवान मेरो छोराको उचाई कम भयो अलि बढाई दिनु होला … आदी आदी ! अनि माताको माइकमा आवाज आउछ – हुन्छ बढ्छ |
हेर्नुस भिडियो :
https://www.youtube.com/watch?v=yS-cOyifMMc
http://universalkhabar.com/2017/07/17/%E0%A4%AD%E0%A4%95%E0%A5%8D%E0%A4%A4%E0%A4%AA%E0%A5%81%E0%A4%B0%E0%A4%AE%E0%A4%BE-%E0%A4%B8%E0%A4%A4%E0%A5%8D%E0%A4%AF-%E0%A4%B6%E0%A4%95%E0%A5%8D%E0%A4%A4%E0%A5%80-%E0%A4%AE%E0%A4%BE/