[Show all top banners]

ktmpost

More by ktmpost
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 भुल्नै नसकिने अमेरिकाको त्यो पहिलो रात........
[VIEWED 2626 TIMES]
SAVE! for ease of future access.
Posted on 11-07-17 8:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


5th Nov 2017, Sunday | २०७४ कार्तिक १९, आईतवार १४:०३
(यो कथा होइन - दुःख बाँड्दा घट्छ । सुख बाँड्दा बढ्छ । हामी मानिस मन शान्तिकोलागि प्रयत्नरत छौँ । गुम्सिनु दुःख हो, पीडा हो ।  प्रस्फुटन प्राप्ति र आनन्द । कुनै त्यस्ता घटना छन् जुन तपाईँ भित्र उकुसमुकुस भएर बसेका छन् । तपाईँको स्मरणमा बारम्बार आउने गर्छन् । रूवाउँछन् , हसाउँछन् ,  अचम्भित पार्दछन् । वा त्यस्तो घटना जसले तपाइको वा कसैको जीवन बदलेको छ । कसैको मन छुन सक्छ ।  कसैलाई मार्ग निर्देश गर्छ । हो यस्ता शतप्रतिशत सत्य घटनालाई हामीले ससम्मान प्रकाशित गर्ने जमर्को गरेका छौँ । आफ्ना मूल्यवान ती पलहरू बाँड्न तपाँईको अन्तरआत्मा सहमत हुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् ।)
 
डा श्याम कार्की अमेरिकी नेपाली समुदायमा एउटा स्थापित नाम त हो नै अमेरिकी मूलधारमा समेत चिनिने परिचय पनि हो ।
 
डा कार्की हाल  हवार्ड यूनिभर्रसिटी , स्कूल अफ फार्मेसी , मेरिल्याण्डमा एसोसिएट प्रोफेसर हुनुहुन्छ । उहाँ एडभान्टिस रिहाविलिटेसन हस्पिटल , मेरिल्याण्डमा फार्मेसी डाइरेक्टरको रुपमा पनि कार्यरत हुनुहुन्छ । 
 
 डा कार्कीले दक्षिण एशियाली अमेरिकी समुदायमा पुर्याएको लामो योगदानको कदर गर्दै  मेरिल्याण्डका गभर्नरबाट सन् २०१६ मा Governor's Commission on South Asian Affairs मा नियुक्त गरिएको थियो । 
 
यस बाहेक विभिन्न संघ / संस्थामा रहेर उहाँले अविछिन्न सहयोग पुर्याउनु भएको थुप्रै विवरण छन् । ७१ वर्षीय डा  कार्की समुदायको काममा अहिले पनि तन्नेरी झैँ खटिनु हुन्छ ।
 
यहाँसम्म आईपुग्न डा कार्कीले कति आरोह अवरोह भोग्नु भयो त्यसको बेग्लै कथा हुनसक्छ । आफ्नो मातृभुमी नेपाल र कर्मभूमि अमेरिकासँग उहाँका कैयौं  स्मृतिहरु जोडिएका छन् ।  जीवन यात्राका त्यस्ता स्मृतिहरु कुनै निमेषमै विर्सिइन्छन, कुनै संझनामा आउँछन र कुनै  भने जीवनभर नविर्सने गरी स्मृतिमा ताजा बनेर बाँचिरहन्छन । 
 
डा श्याम कार्कीको यस्तै एउटा भुल्न नसक्ने जिवन्त संझना  उहाँको आफ्नै शब्दमा -
डा श्याम कार्की
" मेरो अमेरिका बसाई ४२ वर्ष भन्दा बढी भयो । यो अवधिमा मैले धेरै तीता मिठा र रमाइला अनुभवहरु संगालेको छु । तर अमेरिका टेकेको पहिलो दिन र यहाँ आउन गर्न परेको प्रयास मेरो स्मृतिमा ताजै छ । 
 
हिजो जस्तै लाग्छ ति दिनहरु स्मरण गर्दा ।
American University of Beirut ( AUB ) बाट मैले पाँच  वर्षे फार्मेसी कोर्स पूरा गरेर सन १९६९ मा नेपाल फर्के । तत्कालिन श्री ५को सरकारको  बनस्पति विभागमा काम पनि पाएँ । तर राजनीतिक स्थिति , वेथिति र भ्रष्टाचारजस्ता विकृति देखेपछि आफ्नो जागीरबाट वाक्क भएर अमेरिका जाने सोच बनाएँ ।
 
मैले पढेको American University of Beirut लाई न्यूयोर्कमा आफ्नै आन्तरिक यूनिभर्सिटीको मान्यता प्राप्त थियो र मलाई समेत Internal Graduate मानिन्थ्यो । त्यसैको आधारमा मैले स्थायी आवसीय भीसा (Permanent Residence) कोलागि आवेदन गरेको थिएँ । अचम्म त त्यतिबेला भयो , एक वर्ष पनि नपुग्दै मेरो आवेदन स्वीकृत भएर ग्रिन कार्ड पाउने भएँ । त्यसै बेला मेरो विवाह भएर एउटी छोरी पनि जन्मिएकी थिइन् । 
कार्की दम्पति मेेेरिल्यान्ड  गभर्नर ल्यारी हुगनसँग
 
अमेरिकी दूतावासबाट ट्राभल डकुमेन्ट लिएर म लण्डन हानिएँ जहाँ मेरो साथी विजय थियो ।
 
म सिधै अमेरिका नगएर लण्डन किन जानु पर्यो भन्ने रोचक प्रसंग छ । 
 
तत्कालिन पंचायती व्यवस्थामा सरकारी कामकाज बाहेक अरु कुनैपनि व्यक्तिगत काममा कर्मचारीलाई विदेश जाने अनुमति हुदैन थियो । त्यसैले व्यक्तिगत प्रयोजनमा पासपोर्ट पाउने त संभावना नै थिएन । 
 
साथी विजयले उसँगै लिड्समा पढ्ने अरबी साथीको सहयोगमा लण्डनमा आयोजना हुने Class Réunion मा सहभागी हुन निमन्त्रणा पठाईदियो । त्यही पत्रलाई मुख्य आधार बनाई पासपोर्टकोलागि आवेदन गरें । तर सारै गार्हो । जति प्रयास गर्दा पनि पार पाउन नसक्ने देखियो । तत्कालिन परराष्ट्र मन्त्रीलाई समेत गुहारें ।
 
तर कहिलेकाहि सोच्दै नासोचेको कुरा पनि हुने रहेछ । मेरो एउटा साथी परराष्ट्र मन्त्रालयको पासपोर्ट शाखामा काम गर्ने रहेछ । हाकिम पछिको दोस्रो रहेछ शाखामा उ । उसले उपाय सोच्यो , हाकिम विदामा वाहिर गएको बेला पारेर पासपोर्टमा सहि गरिदिने  ! 
 
केही महिनाको पर्खाइपछि साथीले खबर पठायो हाकिम विदामा छन्, म पासपोर्ट बनाइदिन्छु  तुरुन्त आउनु भनेर । म हुँइकिएर पुगे मन्त्रालय  र पासपोर्ट लिएर आएँ । मेरो परिवार र केही आत्मीय साथीहरुलाई मात्र थाहा थियो म अमेरिका जाने कुरा ।
 
सन् १९७५ ,अगस्त महिनाको पाँच तारिख म वाशिङ्गटन  डिसी जानलाई लण्डन उडें । मेरो परिवारले गरुङ्गो मन भएपनि हाँसी खुशी विदा गरे ।
 
अमेरिकामा मैले चिनेको कोही थिएनन् । वाशिङ्गटन डिसी रोज्नुको एउटै कारण थियो अमेरिकाको राजधानी ,अवसरहरु पक्कै पाइन्छ । 
 
हवाईजहाजमा मेरो छेउको सीटमै  बसेकी सहयात्री भद्र महिला ले सोधिन -  " तपाई कहाँबाट आएको अनि अमेरिका किन जाने ?" 
 
मैले शिष्टतापूर्वक  जवाफ दिएँ - " म नेपालबाट । जीवनमा केही राम्रो गरौं  भनेर अमेरिका आउँदैछु । तर त्यहाँ मेरो कोही छैन चिनेजानेको ! "
आश्चर्य , ती भद्र महिलाले अप्ठ्यारो परे फोन गर्नु भन्दै आफ्नो ठेगाना र फोन नम्बर दिइन् । उनको ठेगाना टेक्सासको रहेछ । टेक्सासबाट वाशिङ्गटन कति टाढा थियो मलाई थाहा थिएन ।
समुदायमा सक्रियता
जहाज अवतरण गर्यो । बाहिर निस्कदा म नर्भस थिएँ , मेरो ओठ मुख सुक्न थाल्यो ।
लण्डनबाट साथीहरुसँग विदा भएर हिड्नु अघि विदाई पार्टी दिएका थिए उनीहरुले ।  त्यो पार्टीमा  दिपकले अमेरिका गएर कहाँ बस्छौ ? को को छन भनि सोध्दा मैले कोही पनि छैन भने । सस्तो होटल खोजेर बस्छु , जे पर्ला गरौंला  भनेको थिएँ । 
 
तर दिपकको सुवर्ण भन्ने साथी वाशिङ्गटन डिसीमा बस्ने रहेछ । दिपकले  उसको सम्पर्क ठेगाना दिने बित्तिक्कै लिड्सबाटै सुवर्णलाई खबर पठाएँ । अमेरिका उड्नु एकदिन अघि उसको जवाफ आयो । जवाफमा उसले,  डाक्टर्स हास्पिटलमा काम गर्छु, एयरपोर्टबाट सिधै ट्याक्सी लिएर त्यही आउनु भनेर उल्लेख गरेको थियो ।
 
एयरपोर्ट बाहिर निस्केर जसरी पनि हस्पिटल पुग्छु अनि त सुवर्ण भेट भैइहाल्छ भन्ने साहस बटुले । सुकेको मुख र ओठलाई रसिलो बनाउने प्रयत्न गर्दै सुवर्ण काम गर्ने हस्पिटल पुगें ।
 
अपरेटरले उसलाई पेजरबाट खबर गर्यो ।  एकैछिनमा एकजना जूँगा भएको हँसिलो व्यक्ति आएर मलाई परिचय दिदै भने - " श्यामजी कस्तो रह्यो यात्रा ? म सुवर्ण ।"
एकछिनको भलाकुसारी पछि मैले उसलाई एउटा सस्तो होटल खोजिदिनुस भने ।  सुवर्णले आज त्यो कुरा छोड्नुस , भोलितिर अरु व्यवस्था गरौंला भनेर टारिदिए ।  उनको  एपार्टमेंट पैदल हिडेरै पुगिने ठाउँमा थियो ।
 
सुवर्णको एक कोठे इफिसियन्सी एपार्टमेंट रहेछ । भित्र पस्दा कोठा खाली , न त ओछ्यान , न खाट  , न अरु फर्निचर ! त्यहाँ उ भर्खरै मात्र सरेकोले केही व्यवस्था गर्न सकेका रहेनछन् । फुर्सद नमिलेर सामान किन्न जान पनि पाएनछन् ।
 
हामी दुवै छेवैको म्याकडनल्डमा गएर खाना खायौं । लामो हवाई यात्रा र चिन्ताले म थकित थिएँ । एलो पेजका किताबलाई सिरानी बनायौं , नाङ्गो भुइँमा तन्ना ओछ्याएर सुत्नु  बाहेक अरु उपाय थिएन ।
नेपाली भाषा पाठशाला
मैले त्यतिबेला आफैलाई सोधें - " म किन यस्तो दुःख पाउन अमेरिका आएको होला ? मैले सही निर्णय गरें त ? नेपालमा त यो भन्दा राम्रै थियो नि !
 
तर समयको गति थामिदैन । धेरै कुराहरु त्यसपछि बदलिसक्यो । मेरा परिवारका प्रायः सबै सदस्यहरु अब यतै छन् । हजुरबुवा भैसकें ।
 
त्यस्तो कठिन समय पार गरेर यहॉसम्म पुगें । अब त खुशी छु , मैले त्यसबेला अमेरिका आउने जुन औडाहा देखाएँ त्यो सही रहेछ भन्ने लाग्छ ।
तर आज पनि अमेरिकाको त्यो पहिलो रात मेरोलागि बिर्सिनै नसकिने भएको छ । "
 
bitubaral@yahoo.com 
http://www.himalayakhabar.com/detail/66374.html

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters