- काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले आमाको नाउँबाट नागरिकता पाउने अधिकार सरकारी अधिकारीले रोकेको बताएका छन् ।
सामाजिक सञ्जालमा ट्वीट गर्दै बाबुरामले यस्तो बताएका हुन् । सरकारी अधिकारी र जनप्रतिनिधिले रोकेको खबर आइरहनु अत्यन्त दु:खद भएको उनले बताएका छन् ।
उनले ट्वीट गरेका छन् ‘आमाको नाउँबाट छोराछोरीले नागरिकता पाउने अधिकार विभिन्न बहानामा सरकारी अधिकारी र जनप्रतिनिधिले रोकेको खबर आइरहनु अत्यन्त दु:खद छ । दिवंगत धीरेन्द्र शाह र जया पाण्डे शाहकी छोरी श्रेया शाहलाई यो समस्या परेको कुरा हाल कामानपा-३ वासीको नाताले मैले पनि सुनेको छु । छिटो नागरिकता दिइयोस् !’
http://www.ujyaalonepal.com/5538/