[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Jaysmi

AnandNepal
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 रवि लामिछानेले २५ बर्षे बिवाह तोडेको निकिता पौडेल संग बिहे गर्न रे ..

[Please view other pages to see the rest of the postings. Total posts: 22]
PAGE: <<  1 2  
[VIEWED 20301 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-05-19 12:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रविजिको भलो नचाहानेले यस्तो हल्ला चलाएका हुन - निकिता पौडेल


‘वहाँको पनि भर्खरै डिभोर्स भएको र मेरो पनि डिभोर्स भएको केही महिना मात्र भएका कारण यो हल्ला बाहिरिएको हो । अर्को कुरा हामी एकै अपार्टमेन्टमा बस्छौँ । फ्लोर फरक छ । छिमेकी भएपछी देख भेट नहुने कुरा भएन । तल माथी हुँदा देख भेट हुन्छ नहुने होइन । हाम्रो राम्रोसंग चिनजान भएको भर्खरै १-२ महिना मात्र भयो होला । पहिला पत्रकार रवी लामिछाने भनेर चिन्थेँ अहिले हामी राम्रो साथि हौँ । रवी जीको भलो नचाहनेहरुले उहाँलाई नराम्रो देखाउन यो कुराहरु गरेका हुन् जस्तो मलाई लाग्छ’,

https://www.youtube.com/watch?v=rXHLX3dfAGQ


रवी लामिछानेको स्टाटस यस्तो छ :

श्रीमान, म जीउँदै छु…
नचाहदा नचाहदैपनि आफ्नो ब्यक्तीगत कुरा गर्नु पर्यो। मलाई पाईलै पिच्छे लडाउन,देश बाटै निकाला गर्ने लगायतका प्रयास बिफल भएपछि अब मेरो निजि जिवनमा प्रवेश गर्ने प्रयास हुदै रहेछ। लामो समय सम्म बैचारिक लडाइ लड्दै अलग अलग बसेको र पछी कानुनी रुपमा नै अलग भएको मेरो बैवाहिक सम्बन्धलाई लिएर ठुलै खोजी चालिरहेको थाहा पाएपछि बाध्य भएर आफ्नो नितान्त निजि जीवन बारे लेख्न बाध्य भएको छु। मेरी पुर्व पत्नीलाई प्रयोग गरि मेरो वास्तविक रुप अर्कै हो भन्ने प्रमाणीत गर्न दिन रात लाग्नु हुने साथीहरुलाई मैले पहिलापनि भनेकै थिए कि टाईम खर्च गर्नै पर्दैन, सिधै मलाई सोध्नुहोस, मै बताईदिन्छु सबै कुरा। मलाई खोक्रो आदर्श र झुठो जिन्दगी बाच्नु छैन र म त्यति आदर्शवान मानिसपनि होइन। मैले करिब २४ वर्ष अगाडि सानै उमेरमा बिवाह गरेको थिए र हालसालै मेरो सम्बन्ध बिच्छेदपनि भैसकेको छ। तर बर्षौ सम्म मतभेद, अलग बसाइ र बोलचाल समेत नभएपछि राजी खुशीले आफ्ना सबै अधिकार लिएर म सङ सम्बन्ध बिच्छेद गरेकी पुर्व पत्निले आफू म बाट अन्यायमा परेको र मेरो कर्तुत सर्वजनिक गर्नु पर्यो भनेर केही पत्रकारलाई सम्झिछ्न।लगभग २४ वर्ष अघि भएको बिवाहमा आएका अनेकौं घुम्तीलाई बजारमा लिलाम गर्ने उनको मनशाय आफ्नै मगजको उपज हो वा कसैबाट प्रयोजित हो त्यो म जन्दिन तर कसै कसैले “रबिको कर्तुत” वा “रबिको असलीरुप” जस्ता शीर्षक “रेडि टु पब्लिस” अवस्थामा राखेको थाहा पाएकोले उहाँहरु सबैको काम सजिलो पार्दै म आफै आफ्ना कर्तुतहरु कबुल गर्दैछु।
अमेरिका मै छदा म परिवार भन्दा अलग बस्ने गर्थे।सम्बन्ध सुधार गर्ने मेरो बारम्बारको प्रयास असफल भएपछि म एक बिदेशी प्रेमिका सङपनि बसेको थिए ।६/७ वर्ष पुरानो यो घटनाको कारण उजागर गरेर म मेरा सन्तानको प्रतिष्ठामा ठेस पुर्याउन चाहन्न। मलाई त ब्यक्तीगत बिषयमा एक शब्दपनि बोल्न मन थिएन। र सम्भावत यो मेरो जिवनको पहिलो र अन्तिम स्तरहिन टिप्पणी वा Status हुनेछ। हेडलाईन नै हेरेर धारणा बनाउनेहरुले मलाई एक मिनेटमा नै ठुलै अपराधी बनाउनेछन। मान्छे दुनियाँसङ लड्न सक्छ तर आफन्त सङ सक्दैन। अमेरिका मै रहदा अलग बसेका हामी बिगत १० वर्ष देखि नै अलग छौ। कारण र घट्ना एउटा होइन अनेक छ्न।जति छ्न ती अत्यन्तै लाज मर्दा छन।ती बिदेशी मुलकी पुर्व प्रेमिका र मेरो बिचमा एक सन्तानपनि छ। यत्त्ति कुरा थाहा पाएर बाहिर ल्याउन न्वारन देखिको बल लाउनै पर्दैन। तर उनको र मेरो बाटो अलग भएको धेरै वर्ष भैसक्यो।हाम्रो सम्बब्ध लामो समय टिकेन। सबैको भाग्यमा माया र परिवार सुख लेखिएको हुदैन रहेछ। दुनियाँको घर मिलाउने मैले आफ्नो घर मिलाउने प्रयासमा के के मात्रै गरिन होला र।तर उनले हेर्दा मैले र मैले हेर्दा उनले बारम्बार आफ्नो त्यही गल्तीलाई निरन्तरता दियौ जुन गल्तीले सारा घटनाहरु घटे र हाम्रो बिवाह भएको वर्षहरु त बढे तर सम्बन्ध कहिलेपनि अघि बढेन। ज्यादै अप्रिय बिगतलाई टुंगोमा पुर्याउने अन्तिम उपाय कानुनी उपचार नै हो र हामिले वर्षौको अशान्ति र असन्तोषलाई सहमति मै टुंगोमा पुर्यायौ, परिवारका सदस्यको उपस्थितिमा, कानुन ब्यवसायीहरुको मद्दतमा, उनले भनेका हरेक शर्तहरुको पुरै पालना गरेर। ईजलासमा प्रस्तुत सम्बन्ध बिच्छेदको मिलापत्र हेर्दै न्यायाधीश श्रीमानले सोध्नुभयो, सबै कुरा आफ्नी श्रीमतीलाई दिनु भएछ, सन्तानको जिम्मापनि आफैले लिनु भएछ, अमेरिकामा उहाँहरु बस्ने घर र उहाँहरुको खर्चपनि तपाईं कै जिम्मामा लगाईएछ। अब तपाईं सङ के बाकी छ त? मैले जवाफ दिएको थिए, श्रीमान म जीउँदै छु।कुनै पत्रकारलाई म्यासेज मार्फत मेरि पुर्व पत्निले मलाई परिवारलाई रुवाएर भागेर नेपाल गएको भनेर लेखिएको र मेरो वास्तविक रुप देखीए जस्तो नभएको भनी लेखेर पठाएको थाहा पाए। बिहानै देखि केही पत्रकारहरुको फोन आउन शुरु भएको छ। उनको म्यासेज कुनैपनि समयमा सार्वजनिक हुने क्रममा छ। जिवनमा भएका घटनाहरु मात्र बताएर अतीतका कथा कहाँ पूरा हुन्छ्न र।अनेकौ घटना बिच २४ वर्ष बितेका हुन जसलाई खोतल्दा सन्तानको मानसिकतामा असर गर्दछ। पछिल्ला वर्षहरुमा पुर्व पत्नी सङ बोल चाल समेत नभएको अवस्थामा मैले एक्लै बस्ने वा उठेर फेरि हिड्ने भन्ने निर्णय गर्नु नै थियो। बाहिर को वाह वाही तर घर भित्रको एक्लोपनले म कयौ पटक बिरामी परे र झण्डै डिप्रेशन को शिकार नै भएको थिए। माया र बिश्वास बर्षौ सम्म मरेको सम्बन्धलाई सहमतिमा र अदालतबाटै टुंगो लगाएर गए पछि उनलाई मैले छ्ल गरेको कसरी लागेछ,म बुझ्न सकिरहेको छैन।अब मसङ बाकी रहेको थोरै नाम र इज्जत छ। त्यस्मापनि आँखा लागेछ। त्यसैले,आज त्यो पनि दिन चाहन्छु। मेरो “नकाब” उतार्न र आफ्ना कर्तुतहरु सर्वजनिक गरि मलाई सिध्याउन लागि पर्ने मित्रहरूलाई र पुर्व पत्नीलाई म आफै खुलेर सहयोग गर्न चाहन्छु। मन परेको हेडलाईन हालेर स्वाद अनुसारको मसला मोलेर पस्क्नुहोला। यति मै मेरा कर्तुतहरु सकिदैनन, बाकी सुन्न रिपोर्टर खटाउनै पर्दैन मै खुलासा गरिदिउला। दुर्गममा परिवारको बिचल्ली पारेर मानिस युरोप अमेरिका भागेका छन, मैले आफ्नी पुर्व पत्नी सहित, आफ्ना सन्तानलाई अमेरिका जस्तो देशमा (उनिहरु नेपाल आउन नमानेपछी) आफू नेपाल बसेर,सम्पुर्ण आफ्नो जायजेथा सुम्पेर,अझै अमेरिका बस्दाको पुरै ब्यवस्थापन यतिबेला सम्मपनि गर्दै आएको छु।अदालतमा न्यायाधीशका सामुन्ने राजी खुशीले, म सङ भएको र शायद भविष्यमा समेत हुन सक्ने सबै लिएर आफ्ना वकिल र उनका आफ्ना परिवारका सदस्यको रहोबरमा सम्बन्ध बिच्छेद गरेर अमेरिका गएकी उनलाई के अन्याय भो मैले बुझिन।अब म बर्षौको एक्लो जीवन र असफल सम्बन्धहरुबाट पाठ सिक्दै अघि बड्न चाहन्छु। कसैमाथी अन्याय नगरी म आफू माथीपनि न्याय गर्न चाहन्छु।म भागेको छैन,प्रत्यक मंगलबार बिहिवार र शनिबार राति ८:४५ मा news 24 टेलिभिजनमा प्रत्यक्ष आउछु।भोलि रातिपनि आउदैछु। सदाझै उहीँ जोश, उहीँ उमंगका साथ। श्रीमान, म जीउँदै छु।


पुर्वपत्नि इशा भन्छिन :

“रविले म संग गेम रच्यो ? म संग खेल्यो, मैले उसका लागि गरेको कुनै अर्थ नै भएन् ।” ईशाले बोलीरहिन्, “रविले आफ्नो परिवारलाई रुवाएर दुनियालाई भाषण दिएर हिँडेको छ ।”

“रविले पैसा दिएर मलाई डिभोर्सका लागि दवाव दिएको हो ।” केही महिनाअघिमात्र आफै डिभोर्स पेपरमा साईन गरेर जानुभएको होईन भन्ने प्रश्नमा उनको जवाफ । “तिमिहरुको ममिले डिभोर्स नदिए अमेरीकाको सबै घर मै लिन्छु, अनी तिमिहरुको बिजोग हुन्छ भनेर छोरीहरुलाई धम्कायो ।” उनले भनिन्, त्यसपछि मैले छोरीहरुको मुख हेरेर, उनीहरुको भविष्य सम्झेर मेरा खुसी डिभोर्स पेपरमा बन्धक राखेँ ।”
 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-06-19 12:57 PM     [Snapshot: 822]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रवि लामिछानेलाई चौथो सम्बन्धका लागि शुभकामना !

ईशा लामिछाने (रवि लामिछानेकी पूर्वपत्नी)
२०७५ पुष २२ गते २०:१७ मा प्रकाशित - onlinekhabar ma

आफ्नो निजी जीवनका कुराहरु कुनै दिन सार्वजनिक चर्चाका विषय बन्लान् भन्ने मैले कल्पना नै गरेकी थिइनँ । मैले मिडियामा आउन चाहेकी पनि थिइनँ । म त डिभोर्सपछि चुपचाप अमेरिका फर्किएकी हुँ । तर, रवि लामिछानेजीको स्टाटस र अन्तरवार्ता पढिसकेपछि आफ्नो तर्फबाट केही कुरा प्रष्ट पार्नुपर्ने आवश्यकता महसुस गरेकी छु ।

किनकि, मलाई उहाँका प्रशंसकबाट धेरै गालीगलौचका म्यासेजहरु आएका छन् । धेरैले मलाई नै दोषी देखिरहेका छन् ।

रविजीले अन्तरवार्तामा मलाई ‘डिप्रेसनको रोगी’ बताउनुभएको छ । सत्य हो, मैले लामो समय डिप्रेसनको औषधी खानुपर्‍यो । तर, म के कारणले डिप्रेसनमा परेँ त ? उहाँकै कारणले होइन ? आफ्नो श्रीमानले बाहिर १० जनासित सम्वन्ध राखेर अवैध सन्तानसमेत जन्माउँदा कुन श्रीमती डिप्रेसनमा पर्दिन होला ? धन्न मैले छोरीहरुको मुख हेरेर आत्महत्या गरिनँ ।

हाम्रो प्रेम विवाह हो । तर, विवाहपछि मैले उहाँबाट आफूले चाहेको/कल्पेको प्रेमको अनुभूति गर्न सकिनँ । वैवाहिक सम्वन्धको महत्व श्रीमानभन्दा श्रीमतीलाई बेसी हुन्छ ।

वैवाहिक सम्वन्ध तोडिँदा पुरुषले त सजिलै अर्को घर बसाउन सक्ला, तर महिलाले अनेक लान्छना खेप्नुपर्छ । उसलाई समाजले राम्रो दृष्टिकोणले हेर्दैन । छोराछोरीहरुलाई त्यसको असर पर्छ । त्यसैले रविजीबाट वर्षौंंसम्म तिरस्कार झेलेर पनि म हाम्रो सम्वन्धको संरक्षणमा नै दत्तचित्त रहेँ ।

म सुरुदेखिको कुरा गर्छु । झर्को नमानिदिनुहोला ।

०५१ साल मंसिर ११ गते हाम्रो बिहे भएको हो । मेरो घरमा आएर सामान्य सिन्दुरपोते गर्नुभएको थियो । एउटै स्कुलबाट एसएलसी पास गरेलगत्तै बिहे गर्दा दुबै टीनएजर थियौं ।

बिहे गर्दा उहाँ पढ्दै हुनुहुन्थ्यो । पारिवारिक दायित्व आएपछि काम गर्न थाल्नुभयो । उहाँलाई पत्रकारितामा रुची थियो । एफएममा काम गर्न थालेपछि लोकपि्रयता पनि कमाउनुभयो । त्यसपछि टेलिभिजनमा हास्य कार्यक्रम पनि चलाउनुभयो ।

स्मार्ट र प्रतिभाशाली हुनुहुन्थ्यो । चलाख पनि । एफएममा काम गर्न थालेदेखि उहाँको लोकपि्रयता बढिरहेको थियो । खासगरी केटीहरु उहाँको आवाज र व्यक्तित्वका प्रशंसक थिए । केटीहरुका चिठी धेरै आउँथे । फोन पनि आउँथे । कुनै-कुनै चिठीले त मेरो मनमा चिसो पस्थ्यो । आखिर उमेरले पनि कच्चै त थिएँ ।

मैले डिभोर्स गरेलगत्तै रवीजी र दुई छोरीको नाममा ‘आर थ्री र लभ साइन’ लेखिएको ट्याटु खोपाएँ । यो ट्याटुले मलाई सदा उहाँको अनुभूति गराइरहने छ । डिभोर्सपछि पनि मैले आफ्नो थर लामिछाने नै लेखिरहेकी छु । उहाँ मेरो श्रीमान नरहे पनि मेरो छोरीहरुको बाबु त आजीवन हो नि ।
बिहेलगत्तै म गर्भवती भएँ । १९ वर्षमै जेठी छोरी जन्माएँ । त्यसपछि मेरो पढाइ अघि बढ्न सकेन । रविजी पनि पढाइ छोडेर करिअरमै फोकस हुनुभयो ।

बिहेको केही वर्षपछि रविजीको दाइहरुसँग खटपट पर्‍यो । एकजना दाइ पनि सञ्चारकर्मी भएकाले उछिनपाछिन भयो होला । अरु कारण भने जान्दिनँ । मलाई भने दाइहरुले केही नराम्रो गर्नुभएको होइन ।

दाजुभाइको मनमुटाब बढ्दै गएपछि हामी छुट्टएिर बस्यौं । बानेश्वरमा मासिक ८/९ सय रुपैयाँको एउटा कोठा लिएर केही समय गुजारा गरियो । रविजीको राम्रो हुँदै गएपछि केही समयपछि हाँडीगाउँमा ३ कोठाको फ्ल्याट लियौं । रविजी दिनभरि बाहिरै हुनुहुन्थ्यो । म घरमा छोरी स्याहारेर बस्थेँ ।

****

रविजी आफ्नो प्रोफेसनप्रति पहिलेदेखि नै डेडिकेटेड हुनुहुन्थ्यो । उहाँको प्राथमिकतामा पहिलो नम्बरमा काम, दोस्रोमा साथीभाइ र तेस्रोमा मात्रै परिवार आउँथ्यो ।


यो पनि पढ्नुहोस
रवि लामिछानेको वयानः वर्षौंसम्म सोफामा सुतेँ, रोएर रात काटेँ
हरेक श्रीमतीले आफ्नो श्रीमानसित बढीभन्दा बढी समय बिताउन चाहन्छे । श्रीमानले घरको काम र बच्चाको हेरचाहमा साथ देओस् भन्ने चाहन्छे । म पनि चाहन्थेँ ।

तर, उहाँ परिवारका लागि समय निकाल्न सक्नुहुन्थेन । फुर्सदको समयमा पनि परिवारसँगभन्दा साथीभाइसँग रमाउनुहुन्थ्यो । चाडबाडको समयमा परिवारसँग कमै बस्नुहुन्थ्यो । दशैंमा म र छोरीलाई टीका टाँसिदिएर निस्किहाल्नुहुन्थ्यो । बरु साथीहरुको घरमा तास खेलेर बस्ने । यस्तै खुद्रामसिना कारणले मेरो उदासी बढिरहेको थियो ।

उहाँ धेरै कार्यक्रमहरुमा भाग लिनुहुन्थ्यो । तर, मलाई कुनै पनि कार्यक्रममा जाउँ भन्नुभएन । कुनै पनि निर्णय गर्दा मसित सल्लाह गर्नुहुन्नथ्यो । उहाँले गर्न लागेका कतिपय कामहरुबारे म अरुका मुखबाट सुन्थेँ । ‘ए हो र ?’ भन्नुपर्दा मजा लाग्दैनथ्यो ।

यस्तै चल्दै थियो । एकदिन मैले बाहिरबाट सुनेँ कि उहाँको अमेरिकाको भिसा लाग्यो भनेर । छक्क परेँ । उहाँले मलाई अमेरिकाको भिसा अप्लाई गरेको बताउनुभएकै थिएन । उहाँ अमेरिका उड्ने तीन दिन अगाडि मात्रै थाहा भयो । उहाँलाई सोध्दाखेरी ‘कार्यक्रममा जान लागेको हो’ भन्नुभयो । मैले यसलाई ठूलो इस्यूका रुपमा लिइनँ ।

उहाँ हामी आमाछोरीसँग विदा भएर अमेरिका जानुभयो । जाने बेला भन्नुभएको थियो कि उता सेटल हुन सकियो भने तिमीहरुलाई पनि लैजान्छु । म खुशी नै थिएँ ।
रविजी अमेरिका गएको भोलिपल्ट हाम्रो ल्यान्डलाइन फोनको घन्टी बज्यो । एक अपरिचित केटीले फोन गरेकी थिइन् ।

‘ओई, तेरो पोई कहाँ गएको हो भन् ?’ फोन उठाउनासाथ उताबाट चर्को स्वरमा यस्तो आवाज आयो । म झसंग भएँ ।

उस्तै कडा स्वरमा जवाफ दिएँ, ‘जहाँ गए पनि किन चाहियो तँलाई ? को होस तँ ?’ उनले भनिन्, ‘तेरो पोईले मलाई धोका दिएर भाग्यो । उसले मबाट दुईटा सन्तान जन्माएको छ । कहाँ गएको हो ? भनिनस् भने तिमीहरु आमाछोरीलाई किडन्याप गराइदिन्छु ।’

मैले उनको कुरा पत्याइनँ । झ्याप्प फोन राखेँ ।

तर, उनले बारम्बार फोन गरेर टर्चर दिन थालिन् । धम्क्याउन थालिन् । त्यसपछि मैले आफ्नो माइतीका दाजूहरु र देवर (रविजीको कान्छाबुबाका छोरा) लाई यो कुरा सुनाएँ । उहाँहरुले ल्यान्डलाइनमा कलर आइडी राखौं भन्नुभयो ।

टेलिकममा केही पैसा तिरेर कलर आइडी राखियो । दाइ र देवरले त्यो नम्बरमा फोन गरेर ती केटीको घर र अफिस पत्ता लगाउनुभएछ । म्यानपावर कम्पनीमा काम गर्दिरहिछन् ।

त्यसपछि प्रहरीमा जाने कुरा भयो । मैले रविजीलाई फोन गरेर भनेँ कि यस्तो-यस्तो फोन आइरहेको छ । हामी प्रहरीमा जाने विचार गरिरहेका छौं । उहाँले ती केटीको विषयमा आफूलाई केही थाहा नभएको बताउनुभयो र प्रहरीमा जाँदा हुन्छ भन्नुभयो ।

त्यसपछि दाइ र देवरले ती केटीलाई अफिसमा गएर भेट्नुभयो । अनि, चेतावनी दिनुभयो कि अब आइन्दा फोन गरिस् भने तेरो घरमा प्रहरी आउँछ । त्यो केटी डराइछ । त्यसपछि उसको फोन आएन । यो घटना यत्तिकै सामसुम भयो ।

सायद ती केटी रविजीको कुनै फ्यान होलिन् । जे होस् त्यो समस्या सल्टिएपछि यसलाई मैले त्यतिबेला इस्यू बनाइनँ ।

****

अमेरिका गएको ६ महिनामा भिसा प्रक्रियाका लागि उहाँ नेपाल फर्किनुभयो । मलाई फेरि गर्भवती बनाएर उहाँ फेरि अमेरिका जानुभयो । अब मेरा काँधमा दुई छोरीको जिम्मेवारी आइपर्‍यो ।



छोरी जन्माउने क्रममा सासूआमाले सहयोग गर्नुभयो । न्वारन सकेपछि माइत गएँ । माइतीको सहयोगले गर्दा छोरीहरु हुर्काउन केही सजिलो भयो ।

रविजी अमेरिका फर्किएको केही समयपछि मलाई अर्को टर्चर सुरु भयो ।

मैले विभिन्न व्यक्तिहरुका मुखबाट रविजीको अमेरिकामा एकजना विवाहित नेपाली महिलासित अफेयर चलिरहेको भन्ने गाईंगुईं सुन्न थालेँ । सुरुमा त हल्ला मात्रै होला भनेर त्यति ध्यान दिइनँ । तर, हल्ला बाक्लो हुँदै गयो । मेरो परिवार र आफन्तहरुको कानमा समेत यो कुरा पर्‍यो । जसले पनि यही कुरा सोध्न थाले, ‘के हो, तिम्रो बुढा त अमेरिकामा अर्कैसित बस्छ रे नि ?’ मैले त्यस्तो केही होइन, झूटो हल्ला हो भनेर टारिदिएँ ।

हुँदाहुँदा म आफ्नो मामाघर पनि जान नसक्ने अवस्था आयो । मानसिक तनाव बढ्दै गयो । रविजीलाई फोनमा सोध्थेँ, यस्तो हल्ला सुनिरहेको छु, के हो भनेर । उहाँले ठाडै नकार्नुहुन्थ्यो ।

तर, उहाँहरुका थरीथरी फोटोहरु बाहिर आउन थालेपछि मित्रता मात्र होला भनेर पत्याउन गाह्रो हुँदै गयो । त्यहीबेलादेखि हो मैले डिप्रेसनको औषधि खानुपरेको ।

जसोतसो आफूलाई सम्हाल्दै दुई छोरीलाई लालन-पालन र शिक्षादीक्षा दिलाउँदै गएँ । घरमा एकजना बहिनीलाई काम सघाउन राखेकी थिएँ ।

रविजीले अमेरिकाबाट पैसा भने नियमित पठाइदिनुहुन्थ्यो । पैसाको दुःख हुन दिनुभएन । अर्कोसित अफेयरमा रहे पनि उहाँले मलाई अमेरिकामा ल्याउन प्रोसेस गरिरहनुभएको थियो । प्रोसेस पूरा गरेर २००८ मा म दुई छोरीहरु लिएर अमेरिका गएँ । त्यतिबेलासम्म उहाँले बाल्टिमोरमा घर र गाडी जोडिसक्नुभएको रहेछ ।

अमेरिका गएपछि छोरीहरु स्कुल भर्ना गरेर मैले पनि काम थालेँ । केही समय बाहिर काम गरेँ । रविजी एउटा सब वे स्टोरमा म्यानेजर हुनुहुन्थ्यो । आम्दानी राम्रै थियो । पछि उहाँले आफैं सब वे स्टोर खरिद गर्नुभयो । म त्यसैमा काम गर्न थालेँ । उहाँ चाहिँ बाहिरै काम गर्नुहुन्थ्यो । त्यतिबेला अमेरिकामा भर्खर गएका नेपालीहरुलाई काम खोजिदिन उहाँ निकै सघाउनुहुन्थ्यो ।

म अमेरिका गएपछि रविजी ती महिलासँग टाढिनुभयो । दुवैजना विवाहित भएकाले सम्वन्धलाई निरन्तरता दिन सजिलो पनि थिएन उहाँहरुलाई ।

म अमेरिका गएलगत्तै ती महिला रविजीसँग रिसाएर नेपाल फर्किनुभएछ । जहान-परिवारवाली व्यक्ति भएको हुनाले म ती महिलाको नाम लिन सक्दिनँ ।

****

अमेरिकामा सँगै बसेपछि दाम्पत्य जीवन सुखद होला भन्ने कल्पनामा रमाएकी थिएँ । तर, मैले सोचेजस्तो भएन । किन-किन उहाँ मसँग तर्किनुहुन्थ्यो । मैले असन्तुष्टिको कारण सोध्दा पनि केही बताउनुभएन । मन खोलेर कहिल्यै कुरा गर्नुभएन । छोरीहरुलाई भने माया गर्नुहुन्थ्यो । अहिले पनि गर्नुहुन्छ ।

पारिवारिक दायित्व प्राविधिकरुपमा निभाउनु भएको थियो । घरका आवश्यकताका कुराहरु जुटाइदिनुहुन्थ्यो । छोरीहरुको शिक्षादीक्षा, घरको किस्ता सबै कुराहरु हेर्नुहुन्थ्यो । काममा दिनरात मिहिनेत गर्नुहुन्थ्यो । सबै कुरा राम्रो हुँदाहुँदै पनि स्वास्नीसित राम्रो व्यवहार गर्नुभएन ।

मैले कहिलेकाहीँ टाउको दुख्यो भन्दा पनि झर्किनुहुन्थ्यो । बिरामी हुँदा एक्लै अस्पताल जानुपथ्र्यो । एउटै ओछ्यानमा पनि हामी अपरिचित जसरी सुत्थ्यौं ।

यिनै कारणले हामीबीच असमझदारी बढ्दै गयो । म पनि उहाँसँग मुखमुखै लाग्न थालेँ । भनेको टेर्न छोडेँ । उसले मलाई श्रीमतीको भ्यालु दिँदैन भने ममात्रै किन लाचार बनिरहने जस्तो लाग्थ्यो । छोरीहरुका अगाडि भने हामी आफ्नो झैंझगडा लुकाउन खोज्थ्यौं । तर, कति दिन लुकाएर साध्य हुन्थ्यो र !

एक दिन हाम्रो ठूलै झगडा भयो । र, उहाँ घरै छोडेर हिँड्नुभयो ।

त्यतिबेला उहाँको बाहिर एक विदेशी केटीसँग चक्कर चलिरहेको रहेछ । सायद त्यही भएर पनि मप्रति वितृष्णा पैदा भएको हाेला । उहाँ घर छोडेर त्यही केटीसँग लिभिङ टुगेदरमा बस्न थाल्नुभएछ ।

बेलाबखत घरमा आउनुहुन्थ्यो । आवश्यकताका वस्तुहरु किनेर राखिदिनुहुन्थ्यो । अनि जानुहुन्थ्यो । मसित खासै नबोले पनि छोरीहरुसित बोल्नुहुन्थ्यो ।

सन् २०१३ मा म दुबै छोरीहरुलाई लिएर छुट्टी मनाउन नेपाल आएँ । हामी आउनुभन्दा दुई हप्ता अगाडि उहाँ पनि नेपाल आउनुभएको थियो, गिनिजबुकमा नाम राख्ने सिलसिलामा । तर, हाम्रो भेट भएन ।

नेपाल आएको केही दिनमा मलाई अमेरिकामा रविजीको स्टोरमा काम गर्ने एउटी केटीको म्यासेज आयो । ‘तिम्रो श्रीमानले तिमीलाई दुई वर्षदेखि धोका दिइरहेको छ । उ एउटी केटीसँग लिभिङ टुगेदरमा छ र एउटा छोरा पनि भइसकेको छ,’ उनले लेखेकी थिइन् ।

उनले को केटी हो त्यो भनेर भन्न मानिनन् । मलाई उनको कुरा पत्याउन गाह्रो पर्‍यो ।

मलाई आमाले त पहिलेदेखि नै भन्नुहुन्थ्यो कि लोग्नेमान्छे त्यत्तिकै बाहिर एक्लै बस्दैन, होस गर भनेर । मैले आफ्नो श्रीमान त्यतिसम्म त गिर्नुहुन्न होला भन्ने सोचेकी थिएँ । तर, नसोचेको भयो ।

त्यतिबेला रविजी नेपालबाट अमेरिका फर्किसक्नुभएको थियो । मैले उहाँलाई फोन गरेँ । उहाँले त्यो केटीसँगको सम्वन्ध सहजै स्वीकार्नुभयो । ‘हो हाम्रो छोरा पनि छ,’ उहाँले भन्नुभयो । उहाँले केटी पनि चिनाउनुभयो । मलाई म्यासेज गर्ने केटी नै रहिछन् ।

उनीसित मेरो रविजीको अफिसको पार्टीमा भेटघाट र चिनजान भएको थियो । फेसबुकमा पनि साथी थिइन् र बेलाबखत कुरा पनि हुन्थ्यो । उनैसित सम्वन्ध राखेर रविजीले सन्तानसमेत जन्माएको सुन्दा म त छाँगाबाट खसे झैं भइहालेँ । छाती भत्भती पोल्न थाल्यो ।

मैले यो कुरा आमालाई बाहेक अरु कसैलाई सुनाउन सकिनँ । छोरीहरु लिएर केही दिनपछि अमेरिका फर्किएँ ।

हामी अमेरिका फर्किँदा उहाँ घरमै हुनुहुन्थ्यो । उदास मुद्रामा देखिनुहुन्थ्यो । हामीबीच कुराकानी भयो । उहाँले विदेशी केटीलाई आफूले छोडिदिएको सुनाउनुभयो । आफूहरुबीच कानूनीरुपमा बिहे नभएको र बच्चा मात्रै भएको उहाँको स्पष्टीकरण थियो ।

भावनात्मकरुपमा वर्षौंदेखि एक्ली थिएँ, अब कानूनी रुपमा पनि एक्ली भएकी छु । छोरीहरुप्रतिको जिम्मेवारी बाँकी छ । उनीहरुको आर्थिक दायित्व रविजीले लिनुभएको छ । तर, अभिभावकत्व त मैले नै दिनु छ ।
उहाँले अब घरमै मिलेर बस्ने प्रस्ताव राख्नुभयो । तर, फेरि पनि सम्वन्ध सुधार हुन सकेन । मैले बाहिर सुनेँ कि उहाँहरुले एउटा मन्दिरमा गएर बिहे पनि गरिसक्नुभएको थियो । उहाँलाई बारम्बार ती महिलाको फोन आइरहन्थ्यो । कहिले बच्चा बिरामी भयो भन्ने, कहिले के भन्ने । यो मलाई सैह्य हुन सकेन । आफ्नो श्रीमानमाथि अर्को महिलाले हक जमाएको कुन श्रीमतीलाई स्वीकार्य होला र ?

त्यसपछि मैले उहाँलाई प्रष्ट शब्दमा भनें, ‘कहिलेसम्म दुईवटा डुंगामा खुट्टा राख्छौ ? बरु त्यो बच्चालाई घर लिएर आउ । म हुर्काइदिन्छु । तर, तिमीले अर्की महिलासँग गएर रात बिताएको म सहन सक्दिनँ । तिमी उसित पूर्णरुपमा अलग हुन सक्दैनौ भने मलाई डिभोर्स देऊ ।’

उहाँले डिभोर्स गर्न नसक्ने बताउनुभयो । उल्टै मेरा केही केटा साथीहरूसँगकाे सम्वन्धलाइ लिएर प्रश्न उठाउन थाल्नुभयाे । दाेस्राे सम्वन्धबाट अाफू अलग भइसकेकाे बताउनुभयाे । तर, पारा भने फेरिएन । मप्रति झन् धेरै वितृष्णा । शारीरिकरुपमा नजिक हुनै नचाहने । त्यही बेलादेखि हो, सोफामा सुत्न थाल्नुभएको ।

आखिर के कारणले मसित नजिक हुन खोज्दैनौ भनेर सोध्दा जवाफ दिनुहुन्थ्यो, ‘भर्खरै यत्रो कान्डबाट निस्केको छु । तिमीप्रति फिलिङ्स आउन मलाई समय लाग्छ । बरु मलाई औषधी खुवाएर बेहोश बनाऊ र जे गर्नु छ गर ।’

यसरी हाम्रो सम्वन्ध भयंकर जटिलताको भूमरीभित्र फँस्यो ।

****

मसँगै बस्न मन नलागेर हो वा नेपालमै केही गरौं भन्ने मनसायले हो, वा दुवै कारणले हो, रविजी अमेरिका छोडेर नेपाल जानुभयो ।

टेलिभिजनमा काम थाल्नुभयो । नाम कमाउनुभयो । सर्वत्र उहाँको चर्चा हुन थाल्यो । टेलिभिजनमा उहाँ ठूला आदर्शका कुरा गर्ने । सबैलाई नैतिकताको पाठ पढाउने । उहाँको यस्तो प्रस्तुति मलाई ठूलो आडम्बर लाग्थ्यो ।

आफ्नै श्रीमतीलाई दुई दशकदेखि अन्यायमा राखिरहेको व्यक्तिले अरुको परिवार मिलाउन हिँडेको देख्दा हाँसो पनि उठ्थ्यो । तर, मैले उहाँको प्रगतिमा बाधा पुर्‍याउने कहिल्यै चेष्टा गरिनँ ।

निजी जीवनका विषयहरु पर्दाफास गरेर उहाँको करिअर सिध्याइदिन उक्साउनेहरु धेरै थिए । तर, अहँ मलाई मन लागेन । फेसबुकमा समेत आफ्नो निजी जीवनका बारेमा केही लेखिनँ ।

उहाँको सबैभन्दा ठूलो सम्पत्ति नै नाम थियो । त्यही नामलाई बदनाम बनादिएर आखिर मैले के पाउँथेँ र ? यही सोचेर चुपचाप बसेँ ।

टेलिभिजन पत्रकारिताबाट उहाँले केही असाध्यै राम्रा काम गर्नुभएको छ । त्यसको म पनि प्रशंसा नै गर्छुृ । मेरो भन्नु यत्ति हो कि अरुलाई उपदेश दिनेले आफू पनि त ठीक बाटोमा हिँड्नुपर्‍यो नि, होइन र ?

यसवीचमा उहाँले मसित सम्वन्ध सुधार्ने कुनै संकेत देखाउनुभएन । बरु झन्-झन् टाढिँदै जानुभयो । नेपालबाट मलाई कहिल्यै फोन नगर्ने । केही भन्नुपरे छोरीहरुमार्फत भन्नुहुन्थ्यो । एक वर्षदेखि उहाँको र मेरो दोहोरो संवाद नै भएको थिएन ।

करिब ६ महिना अगाडि जेठी छोरीमार्फत डिभोर्सको कुरा निकाल्नुभयो । छोरीले मसित भनी । मैले ठाडै अस्वीकार गरेँ । तर, छोरीको दिमाग भुटेर लगातार दबाव दिन थाल्नुभयो । उहाँले पैसा र सम्पत्तिको प्रलोभनहरु दिनुभयो ।

‘यदि तिम्री आमा अहिल्यै मेरो सम्पत्ति लिएर अलग भइनन् भने पछि समस्या पर्छ । किनकि, मेरो सम्पत्तिमा विदेशी महिलाको छोराले पनि हक माग्न सक्छ । त्यतिबेला हाम्रो सम्पत्ति तीन भाग लगाउनुपर्ने हुन सक्छ । घर जान्छ । तिमीहरु सडकमा आउँछौ । अहिले नै डिभोर्स गर्ने हो भने भएको सबै सम्पत्ति दिन तयार छु ।’ बुवाले भनेको कुरा सुनाउँदै छोरीले मलाई भनी ।

पैसा र सम्पत्तिकै लागि म आफ्नो २५ वर्ष लामो दाम्पत्य सम्वन्ध टुंग्याउन चाहन्नथेँ । उहाँले माया नगरे पनि मेरो त माया थियो नि उहाँप्रति । कसरी आफ्नो मनबाट निकालुँ उहाँलाई ?

तर, छोरीहरुले निकै प्रेसर गर्न थाले । आखिर उनीहरु पनि हाम्रो निरन्तरको कलहबाट आजित भइसकेका थिए ।

‘सम्पत्ति लिएर अलग-अलग बस्नुस, आ-आफ्नो गरी खानुस, कतिञ्जेल यसरी तनाव बोकेर बस्ने ?’ जेठी छोरीले भनिन् । कान्छी छोरीको पनि उस्तै भाव थियो । तपाईंहरुको झगडाले हामीलाई असर गर्छ भन्थे ।

त्यसैले अन्ततः मैले मुटुमा ढुंगा राखेर डिभोर्स पेपरमा साइन गर्ने निर्णय लिएँ र नेपाल आएँ ।

****

नेपालमा पनि रविजी मसित प्रत्यक्ष कुरा गर्नै नचाहने । आफ्नोतर्फबाट अख्तियारनामा दिएर एक व्यक्ति भिडाउनुभएको थियो । उसैसँग मैले डिल गर्नुपथ्र्यो ।

नेपालमा श्रीमानले पनि सम्वन्धविच्छेदको मुद्दा दिन पाउने व्यवस्था भदौ १ बाट लागू भएको रहेछ । त्यसको ३/४ दिनमै उहाँले डिभोर्सको मुद्दा दायर गरिसक्नु भएकोरहेछ ।
मैले नेपाल आएर फेरि पनि अन्तिम प्रयास गरेँ मिल्नका लागि । तर, उहाँ भेट्नै नआउने । मैले पनि उहाँको एजेन्टमार्फत खबर पठाइदिएँ कि नभेट्ने हो भने बहुविवाहको मुद्दा लगाएर जेल पठाइदिन सक्छु ।

धम्कीमात्रै दिएकी थिएँ । मुद्दा लगाउने सोच त थिएन । तर, यसले काम गर्‍यो । उहाँ बल्ल भेट्न आउनुभयो ।

मैले भनेँ, ‘अझै पनि केही बिग्रेको छैन, पुराना कुरा भुलेर नयाँ जीवन अघि बढाउँ ।’ उहाँले ठाडै नकार्नुभयो ।

उहाँ आफ्नो काठमाडौंमा रहेको अपार्टमेन्ट र अमेरिकाको घर दुबै मलाई दिन तयार हुनुहुन्थ्यो । यसरी डिभोर्सका लागि आफ्नो सबै सम्पत्ति सुम्पिन पनि तयार हुनुको पछाडि एउटै कारण थियो, उहाँको नयाँ अफेयर ।

रविजी केही समयदेखि एक डिभोर्सी महिलासँग अफेयरमा हुनुहुँदो रहेछ । उहाँहरुबीच ईंगेजमेन्ट समेत भइसकेको हल्लासमेत सुनेँ । सत्य हो कि होइन थाहा छैन । तर, विवाहका लागि मसितको सम्वन्ध तोड्नैपर्ने वाध्यता रविजीलाई थियो । त्यसैले आफ्नो बाटो क्लियर गर्नका लागि सबैथोक सुम्पन तयार हुनु भएको हो ।

यति थाहा पाइसकेपछि अब मैले उहाँसित थप किचकिच गरिरहनुको अर्थ भएन । अन्ततः मैले मंसिर ९ गते डिभोर्स पेपरमा साइन गरेँ ।

मंसिर ११ गते हाम्रो विवाहको २५ औं अर्थात् सिल्भर एनिभर्सरी थियो । त्यसको दुई दिनअगाडि उहाँले मलाई डिभोर्स पेपर हातमा थमाइदिनुभयो । ‘एनिभर्सरी गिफ्ट’ मानेर त्यसलाई स्वीकारेँ । त्यस रात म खुबै रोएँ ।

मैले उहाँलाई त्यतिबेला भनेकी थिएँ, ‘दुई दिन पर्ख न त, एनिभर्सरीकै दिन डिभोर्स गरौं ।’

तर, उहाँको हतार उहाँलाई नै थाहा थियो ।

****

भावनात्मकरुपमा वर्षौंदेखि एक्ली थिएँ, अब कानूनी रुपमा पनि एक्ली भएकी छु । छोरीहरुप्रतिको जिम्मेवारी बाँकी छ । उनीहरुको आर्थिक दायित्व रविजीले लिनुभएको छ । तर, अभिभावकत्व त मैले नै दिनु छ ।

कागजीरुपमा डिभोर्स गरे पनि रविजीलाई मैले आफ्नो मनबाट निकाल्न सक्दिनँ । कहिल्यै निकाल्ने पनि छैन । म मरेपछि मात्रै उहाँलाई बिर्सिन सक्छु ।

मैले डिभोर्स गरेलगत्तै रविजी र छोरीका नाममा ‘आर थ्री र लभ साइन’ लेखिएको ट्याटु खोपाएँ । यो ट्याटुले मलाई सदा उहाँको अनुभूति गराइरहनेछ ।

डिभोर्सपछि पनि मैले आफ्नो थर लामिछाने नै लेखिरहेकी छु । धेरैले मलाई थर किन चेञ्ज नगरेको भनेर सोध्नुभएको छ । म भन्न चाहन्छु कि यो थरमा मेरो हक लाग्छ । मैले २५ वर्षसम्म बोकेर हिँडेको थर कसरी तुरुन्तै निकालेर फ्याकौं ? अहँ सक्दिनँ । उहाँ मेरो श्रीमान नरहे पनि मेरा छोरीहरुको बाबु त आजीवन हो नि ।

मान्छेले जीवनमा गल्ती गर्छन् । तर, गल्ती महसुस गरेर आफूलाई सच्याउनु महानता हो । रविजी सम्भवतः चाँडै विवाह गर्दै हुनुहुन्छ । उहँँको तेस्रो विवाह र चौथो प्रेम सम्वन्ध असफल नहोस् । म अझै पनि उहाँको प्रगति हेर्न चाहन्छु । पूर्वपत्नीको तर्फबाट यही शुभकामना छ कि उहाँको तेस्रो दाम्पत्य सम्वन्ध सफल र दीर्घायू होस् ।

जहाँसम्म मेरो जीवनको सवाल छ, त्यसबारे केही निर्णय लिएको छैन । तिमी पनि अर्को बिहे गर न भन्नेहरु धेरै छन् । मैले माथि पनि भनेँ कि डिभोर्स गरेका पुरुषलाई अर्को घर बसाउन जति सजिलो छ, महिलालाई छैन । त्यसमाथि यति ठूलो चोटबाट निस्कन मलाई समय लाग्छ । भविश्य त कसले देखेको छ र होइन ?

(कुराकानीमा आधारित)
 
Posted on 01-06-19 2:22 PM     [Snapshot: 881]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म अमेरिका गएलगत्तै ती महिला रविजीसँग रिसाएर नेपाल फर्किनुभएछ । जहान-परिवारवाली व्यक्ति भएको हुनाले म ती महिलाको नाम लिन सक्दिनँ ।
=> allegedly Karishma Manandhar :D
 
Posted on 01-06-19 5:16 PM     [Snapshot: 965]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Really?
@Archer

... ...

 
Posted on 01-06-19 7:01 PM     [Snapshot: 1035]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@AnandNepal
allegedly ....maybe folks from Baltimore can chime in... :)
 
Posted on 01-06-19 10:15 PM     [Snapshot: 1191]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It's like digging in someone's dirty toilet ... Not so pleasant.

But, people must have talked a lot about the woman --- who returned back to Nepal in 2008/2009 ;)

@Archer
 
Posted on 01-07-19 12:09 PM     [Snapshot: 1470]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hopefully this is the last video I am going to make on this issue !!

... It wasn't going in the right direction.

All the best to them for their bright future - both Rabi and Isha !!

https://www.youtube.com/watch?v=vKZ1RUzIsSo
 
Posted on 01-08-19 12:22 AM     [Snapshot: 1813]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज मंगलवार ..
मेरो मंगल परिचय निकिता पौडेलको

उनको पनि एउटि छोरि रहिछिन -- रविका २२ र १६ बर्षका भन्दा त कान्छि छिन

https://www.youtube.com/watch?v=UzC68R8HoV8

 
Posted on 01-08-19 4:36 AM     [Snapshot: 1864]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Not the I care about personal matter. I do think that it is Karishma too. Who left to Nepal around 2008-2009, and married with kids?
 
Posted on 01-09-19 11:06 PM     [Snapshot: 2264]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I guess, this topic shouldn't be probed into ... it's their personal lives... @richard10000
 
Posted on 01-21-19 1:13 PM     [Snapshot: 2821]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त रहेछ ..

https://www.youtube.com/watch?v=3SzvEXvrNMQ
 
Posted on 01-22-19 10:41 AM     [Snapshot: 3037]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

And relationship with karishma ...

https://www.youtube.com/watch?v=fh0OMDQpuDw
 
Posted on 01-22-19 12:01 PM     [Snapshot: 3079]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Last edited: 14-Feb-19 01:06 AM

 
Posted on 01-22-19 2:23 PM     [Snapshot: 3153]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thuikka Yo ho Nepali Mentality. [Disallowed String for - bad words] America ma basera Nepali ko bihe ko kura gardai basxan. America ma [Disallowed String for - bad words] 10 ota sanga bihe garera divorce garera manxe lai matlab xaina. Nepal ma [Disallowed String for - use not allowed] haru aru ko yasto usto vandai basxan.
 
Posted on 01-22-19 2:32 PM     [Snapshot: 3164]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Married person le arki keti lai bhudi bokauda pani thik dekhne sungurr haru laii k vannu!!! 1ti hoiena 2ti hoiena 3ti hoiena 4 oti.... kati hasnu.!!!..... KHIT.. KHIT.. KHIT..
 
Posted on 01-24-19 11:20 AM     [Snapshot: 3513]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मंगलवारको मंगल परिचय
रवि लामिछानेको थियो
https://www.youtube.com/watch?v=h43fZjqt7DA
 
Posted on 02-03-19 9:50 PM     [Snapshot: 4121]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रवि लामिछाने र निकिताको चर्चा नगरुं भने पनि सुखै दिंदैनन
फेरि अर्को कुरा आएछ

https://www.youtube.com/watch?v=Ff7bKKCxzYY
 
Posted on 02-05-19 5:56 PM     [Snapshot: 4383]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ राजिनामा आयो

https://www.youtube.com/watch?v=BSbdFD1Hlwc

Fulls statement is like this :

भोलि माघ २३ गतेदेखि लागू हुने गरी मैले चलचित्र बिकाश बोर्डको अध्यक्षको पदबाट माननीय मन्त्रीज्यू समक्ष राजिनामा पेश गरेकी छु। ब्यक्तिगत जीवनमा ब्यस्त हुनुपर्ने कारणले राज्यको काममा कुनै बाधा नपरोस् भनी मैले यो निर्णय लिएकी हुँ।

खुल्ला प्रतिस्पर्धा गरी लिखित एवं अन्तर्वार्ताका माध्यमबाट आफ्नो योग्यता प्रस्तुत गरेर अध्यक्ष छान्ने परम्पराको शुरूवाती प्रतिस्पर्धी हुनुको गौरव मिलेसँगै, म २५ मङ्सिर २५ मा तत्कालीन मन्त्री परिषद्को निर्णयबाट चलचित्र बिकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएको स्मरण गराउन चाहन्छु।

योसँगै नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलो पटक ‘बक्स अफिस’ प्रणालीको शुरूवात गर्ने गौरव प्राप्त हुनु र नेपाल चलचित्र बिकाश बोर्डकै पहिलो महिला अध्यक्ष हुन पाउनुपनि मेरालागि विशेष अवसर भएका छन्।

यस बाहेक,आजसम्म दिइएका सम्पूर्ण जिम्मेवारी मन्त्रालयले तोकेको समय–सीमा भित्रै सफलतापूर्वक समापन गरिएको रिपोर्ट सहितको प्रगति विवरण माननीय मन्त्रीज्यु समक्ष आजै बुझाईसकेकी छु।

उर्जावान नयाँ पुस्ताका चलचित्रकर्मीहरुलाई प्रोत्साहन तथा बिशिष्ट आदरणीय चलचित्रकर्मीहरुको सम्मानमा केही उल्लेख्य कामको शुरूवात गर्ने अवसर मिल्यो। यो मेरालागि ठुलो उपलब्धि भएको छ।

सम्पूर्ण चलचित्र क्षेत्रको हितकालागि मेरो १४ महिने कार्यकाल पर्याप्त नभएपनि दीर्घकालीन उपलब्धिका कयौं संभावनाका ढोकाहरु खुलाउन मेरो प्रयास महत्वपूर्ण भएको ठानेकी छु।

बक्स अफिसका अलावा,नेपाली चलचित्रका गौरवमय इतिहासको रक्षार्थ डिजिटलाइजेशन सहित अभिलेख ब्यवस्थापन,चलचित्र नगरीको अध्ययन, स्वदेशी तथा बिदेशी लगानीकर्ताहरुको सम्मेलनको अवधारणा,सन्देश मुलक चलचित्रलाई करमा सहुलियत, ,बिशिस्ट चलचित्रकर्मीकालागि उपचार लगायतमा सहयोगमा रकम थप, देशका विभिन्न समुदाय, जातजाती, भाषाभाषीहरुका चलचित्रहरुलाई प्रोत्साहन र सम्मान लगायतका धेरै कामहरु, केहि सम्पन्न र केही शुरूवात भएका छन्।

यो छोटो कार्यकाललाई महत्वपूर्ण बनाउन सहयोग गर्नु भएकोमा माननीय सञ्चार तथा सूचना प्रबिधि मन्त्री श्री गोकुल बास्कोटाज्यू, सञ्चार सचिवज्यू लगायत सम्पुर्ण मन्त्रालय र नेपाल चलचित्र बिकास बोर्डका सम्पुर्ण परिवारप्रति कृतज्ञता व्यक्त गर्दछु।

मुलुकको सेवा गर्ने अवसर पाएकोमा म नेपाल सरकार एवं सम्मानीय प्रधानमन्त्रीज्यूप्रति आभार प्रकट गर्दछु।

साथै, नेपाल सरकारबाट मैले प्राप्त गरेको पछिल्लो ३ महिनाको आफ्नो सम्पूर्ण तलब बापतको रकम मेरा श्रीमान् श्री रबि लामिछानेको संयोजकत्वमा निर्माण हुँदै गरेको ‘रास्कोट सामुदायिक अस्पताल’ लाई दिन चाहन्छु।

यो सँगै अबको मेरो अधिकतम समय दुर्गम कालिकोटमा निर्माण हुने रास्कोट सामुदायिक अस्पतालका लागि समर्पित गर्ने कुराको पनि जानकारी गराउँदछु।

 
Posted on 02-11-19 1:10 PM     [Snapshot: 4734]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हनिमुन ..

https://www.youtube.com/watch?v=Nt7PEq34OGs
 
Posted on 02-11-19 4:51 PM     [Snapshot: 4796]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Anand ji, Rabi lamichane le tapai ko anand nai khai diyeko jasto cha. Kripaya sajha baasi haru ko anand chahi haram nagardinu hola yesto waiyat post haru le.. Like someone once suggested,how about some thoughtful and sensible content. Try not to promote yellow journalism.
Last edited: 11-Feb-19 04:53 PM

 
Posted on 02-14-19 12:28 AM     [Snapshot: 5077]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ok... I am nothing more than a guy like you @oaksgang ...

why don't you do a "some thoughtful and sensible content."
But, I am sorry, I am not interested in such contents....
Thanks.
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
susta manasthiti lai ke bhanchan english ma?
Returning to Nepal with us citizenship. Property ownership
Do nepalese really need TPS?
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
Breathe in. Breathe out.
Drawback for applying NRN card
nrn citizenship
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters