भर्खर केहि बर्ष अघि मात्र नेपालका कैयौं ठाउँमा बिजुलीको सेवा अवरुद्ध हुन छोडेको सर्वबिदितै छ | कुलमान घिसिङ्गको नेतृत्वमा लोद्शेद्दिंग त लगभग हटी नै सकेको अवस्था छ |
यसैलाई मध्यनजर गरेर खानेपानीको सेवा पनि किन अवरोध भएको भन्ने कुराको बिशेष छानबिन शुरु भएको छ | छानबिन गर्ने बिशेष शुत्रका अनुसार नेपालको भौगोलिक र पानीका श्रोतहरुको अवलोकन गर्दा प्रत्येक्ष्य रुपमा स्पस्ट भएको छ कि खानेपानीको वितरणमा पनि पहिले बिद्ध्युतमा जस्तै छलकपट अनि ट्यांकर माफिया संग्लग्न भएको बिशेष शुत्रले जनाएको छ|
दिनमा नै ट्यांकरबाट डेढ अरब भन्दा बढीको पानी वितरण हुने पुस्थी भएको छ | एक ट्यांकरको मूल्य २ देखि ५ हजार सम्म र देश भरि दैनिक ५ लाख जति ट्यांकर ओहोर दोहोरको ब्येबसाय हुने अनुमान लागिएको छ | घर घरमा सजिलै संग खानेपानी पुगेपछि यस्तो लाभ्दायिक ब्यबसाय टप्प हुने भएर धेरै श्रोत र साधन परिचालन गरि घर घरमा पानी पुराउन बन्चित गरिएको खुलाशा भएको छ |
खानेपानीमा पनि कुलमान घिसिङ्ग जस्ता जन हित तथा जन चेतनाका लागि समर्पित ब्यक्तित्व नआए सम्म देशवासीहरु पानी जस्तो आधारभूत तत्व पिउन पनि दिनहु ठोक्कर र कठिनाई बेहोरेर संघर्ष गर्नु पर्ने भईराखेको छ |