[Show all top banners]

AnandNepal

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Jaysmi

AnandNepal
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 कहिले थप्पड .. कहिले जुत्ता ..
[VIEWED 2195 TIMES]
SAVE! for ease of future access.
Posted on 03-01-20 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रचण्ड देख्ने बित्तिकै रिसले आगो हुनेहरु कति छन भन्ने फेरि देखिएको छ ..
नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डमाथि एक कार्यक्रममा जुत्ता प्रहार भएको छ ।

https://youtu.be/bW2wSvPAykg

राष्ट्रियसभागृहमा आयोजित भरतमोहन अधिकारीको स्मृति दिवस कार्यक्रममा भाषण गरिरहेका बेला एक आक्रोशित युवाले अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए। तर, सो जुत्ताले प्रचण्डलाइ भने लागेन । यसरि प्रचण्डमाथि ताकेर जुत्ता प्रहारको प्रयास गर्ने व्यक्ति रतन तिरुवा भएको प्रहरिले जानकारी दिएको छ। जुम्ला स्थायी घर भएका २२ वर्षीय रतन तिरुवा लोकसेवा आयोगको परीक्षाको तयारी गरिरहेका एक शिक्षित युवा भएको बताइएको छ।

रतन तिरुवालाइ प्रचण्डमाथि जुत्ता प्रहार गरेलगत्तै प्रहरीले नियन्त्रणमा लिएको थियो। सो घटनाले आक्रोशित बनेका प्रचण्डका केहि समर्थकहरुले तिरुवालाइ कुट्न पुगेका थिए । यसरि कुट्नेमा प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ पनि एक भएको बताइएको छ । प्रहरीले नियन्त्रणमा लिएर सभाहलबाट बाहिर ल्याउँदै गदा जुगलले तिरुवालाई अगाडि र पछाडिबाट लात्तीले हानेका थिए।

त्यस्तै ट्रेड युनियनका नेता भोला पोखरेलको पनि तिरुवामाथि हात उठाएका थिए। नेकपा अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराका अनुसार प्रचण्डमाथि जुत्ता प्रहार गर्ने प्रयास भएको भए पनि उनको प्रयास अससफल भएको थियो।

प्रचण्डमाथि जनताको आक्रोश यो पहिलो पटक भने होइन - यस अघि एक युवाले उनलाइ झापड हानेका थिए । तेस्तै प्रचन्डका तत्कालिन सहकर्मि डा. बाबुराम भट्टराइमाथि पनि पोखराको एक कार्यक्रममा जुत्ता प्रहार भएको थियो।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Travelling on TPS advance travel document to different country...
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters