आयुष्मान देशराज कार्कि जोशि -- प्रियंका कार्कि देशराज जोशि
प्रियंका कार्कि र आयुष्मान देशराज जोशिको बिवाह भारतिय र नेपालि चलनको मिश्रण गर्नुको कारण को बारेमा प्रियंका र आयुष्मानकि आमा रविना देशराजले स्पष्टिकरण दिएका छन । मैले यस अघि प्रियंका कार्कि र आयुष्मान देशराज जोशिले बलिउड स्टाइलमा बिवाह गरेको भनेर भिडियो रिपोर्ट बनाएको थिएँ। अहिले, उनले भारतिय चलन र नेपालि चलन दुबैको मिश्रण गर्नु पर्नु को कारण बताउँदै प्रियंका कार्किले यस्तो लेखेकि छिन :
हामिले नेपालि र भारतिय चलनको मिश्रण गर्नुको कारण हामि दुबैको मावलि परिवारको सम्मानको लागि हो। मेरो आमा रक्षा मलहोत्रा आधा नेपालि र आधा पञ्जावि हुनुहुन्छ। मेरो मामाघरको हजुरवुवा पञ्जावि हुनुहुन्छ र उहाँहरु अम्रितसर र हरियाणामा बस्नुहुन्छ। तेस्तै, आयुष्मानको मामाघरको हजुरवुवा पनि पञ्जावि नै भएको हुनाले उनिहरुको नाममा देशराज जोडिएको हो।
https://www.youtube.com/watch?v=jq-6p5l4unY
तेस्तै, विवाह पछि प्रियंकाले पनि आँफ्नो नाममा देशराज जोशि जोड्न थालेकि छिन।
यसरि नाम परिवर्तन गरेकोमा उनकि सासुआमा रविना देशराज ले छोरा आयुष्मानलाइ पनि प्रियंकाको थर आँफ्नो नाममा राख्न सुझाव दिएकि छिन । उनि लेख्छिन : "मेरो पिताले पनि आमाको थर आँफ्नो नाममा राख्नु भएको थियो। तेसैले हाम्रो नाममा श्रेष्ठ रहेको हो।" उनि थप्छिन -"यदि आयुष्मानले पनि आँफ्नो हजुरबाको उदाहरणलाइ आत्मसात गर्यो भने मलाइ अति नै खुशि लाग्नेछ। "
please comment ;)