[Show all top banners]

Dada_Giri
Replies to this thread:

More by Dada_Giri
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Happy Lochhar: Small Memory!
[VIEWED 3047 TIMES]
SAVE! for ease of future access.
Posted on 01-02-05 9:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मूखियाको आँगन! पौष १५ को साँझ! सुर्यास्त हुन केही समया बाँकि। अलिअलि जाडो!

साँझमा स्वस्थानी सुन्न जाँदा लगाउने लाखु टोपी लगाएर लाल प्रसाद मुखियाको आँगनमा पुग्छन्।
यतिबेलासम्म कोही आइपुगेको जस्तो देखिँदैन।
"ले बुढी! तमाखु भार्दे मास्टर बाबुलाई नि।", मुखिया बाले जाडो मानेको लाल पर्सादलाई माया गर्दै तमाखुले सत्कार गर्न खोज्छन्।
"मूखिया बा, मैले तमाखु खान्न।" , कोही पनि नआइसकेकोले संकोच मान्दै लाल पर्सादले तमाखुको सत्कारलाई थमौति गर्न खोज्छन्।
"आबुइ! कास्तो कुरा गार्छ है गाँठी, जिम्मावालको छोरा भएर नि तामाखुसित डाराउँछ। छोरा भएर जे पनि गार्नुपर्छ। कहिलेको भोट कहिलेको मधेश! नात्र अहिले नाच्ने केटी पनि पाउँदेन है भन्छ।", भन्दै मुखिनी आमा भित्र पस्छिन्।
यत्तिकैमा डाँडाघरबाट थगु पनि आइपुग्छ, "सरको सावारी भइसकेछ। कताबाट भागुमान् आयो कुन्नि, आज तो।"
 
Posted on 01-02-05 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अब मुखिया बाकहाँ रमझम हुँदा हामी नआउने कुरा हुन्छ? " लाल प्रसादले थगुलाई भने।
भित्र भने सबै जना रम झममा मस्त छन्। पक्वानहरु तयार हँदैछ। मुखियाकी छोरी सानुमाया लाल प्रसाद सरलाई देखेर अभिबादन स्वरुप खिसिक्क हाँस्छे।

माने पनि आइपुगे । मान बहादुर मास्टरको दौँतरी ! मानबहादुर भर्ति भएर पहिलो छुट्टिमा फर्केको। हिजोमात्र क्यासेट घन्काउँदै स्कुलमाथिको ओरालो लागेको देखिन्थ्यो। स्कुलपछि लाल पर्सादहरुसितै कल ब्रेक खेलेको हुनाले खासै भलाकुसारीको आवस्यकता परेन।

मानेले सोधे, "ए! काइँला पनि आइसकेछ। के छ काईँला, कहिले आयो? कतिको छुट्टी छ रे? यसपाली त भुसुक्कै बास्ने होला नि गाँठी! बारीको सुन्तला पाक्नी बेलिसम्म? पोहोर काईँलाले खानु पाइन भानेर बुढि भन्दै थियो।"
क्रमश:
 
Posted on 01-02-05 10:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मानेले कटुसको पात बेरेर बिँडी बनायो। त्यो बिँडिको ठुटो सल्कायो र खोपियाबाट कुल्पि निकाल्दै राख्यो। एकैछिनमा घाम पनि पश्चिमको देउराली मुनि लुकिसकेछन्, जाडोले सेक्न थालिसकेकोले सबैजनामाथि पटाहातिर सरे।
सानुमायाले गुँदरी माथि काम्लो बिच्छयाइदिइ। लाल प्रसादका लोभी आँखा सानुमाया कै घल्याकमुनिबाट चिहाइरहेका थिए। सानुमायालाई लोछारको नयाँ घल्याक साह्रै सुहाएको थियो।
मुखिनी आमैले तमाखु लिएर निस्किन् र लाल प्रसादको अगाडि टकारिन्। लाल प्रसादले पहिलो सुर्को ताने । एक सर्को लगाए।फेरि एक सर्का तानेर मुखिया बाको अगाडि सारे। बाहुनलाई च्याउ खाएको भए पो स्वाद थाहा हुन्छ भने जस्तो स्वाद थाहा नभएर हो अथवा मुखिया बा को सत्कार गरेर हो कुन्नि त्यो त भगवान जानुन्।
मुखिया बाले पनि दुइ सर्का तान्दै "ला!" भनेर मानेतिर सारे। मानेले बिँडिको ठुटो निभाएर आधा ठुटो बिँडि खल्तिमा राख्यो र तमाखु सर्काउन थाल्यो।
क्रमश:
 
Posted on 01-02-05 11:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

?मिना आएन?? सानुमायाले संकोच मन्दे सोधी।
मिना लाल प्रसादकी बहिनी, ठ्याक्कै भन्नुपर्दा सानुमायाकी सैनि!
?खै!?
लाल पर्सादले सिधै "आउँदिन मिना त" भन्नु भन्दा दोधारे जवाफ दिए।
मुखिया बाले "छ्यो छ्यो" भने। बिस्तारै रोदी सुरु भयो। सबे नाच्दै गाउँदे लोछार मनाउन थाले।
एक पछि अर्को सबै जना नाच्न थले। सानुमायाले साह्रै राम्रो नाच देखाई। थगु पनि उसको हात समात्दै नाच्न थाल्यो।
"तिम्रो घर चाँचरी
तेईँ तल है र?
तिम्लाई मैले चाँचरी
चिनेको छैन
बामरी फुलको बोट!
आयो ढल्काऊँदै झम झम इस्टकोट!
... ... ..."
 
Posted on 01-02-05 11:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुखिनी आमाले घैलाबाट कोदोको "जाँर!" निकालिन् र बटुकामा राख्दै सबैलाई पस्किन थालिन्। लालु सरलाई नि टकारिन्।
"सर जाँर!"
लालु सरक नजर कहिले सानुमायाका ओठमा पुग्थे कहिले सोरठिको भाका मर्किएको कम्मरमा। होस जति कता कता । अघिको गाँजाले होला।
लालु सरले २ बटुका जाँर सिद्दाए र उठे। कम्मर भाँच्दै। थगुको हातबाट सानुमायालाई खोसेर घुमाउन थाले।

"हा आ आ
वारी जमुना
पारि जमुना
जमुनाको फेदैमा मनकामान!
ए! एकादशी बजारैमा फन्के रोटि थालमा हो फन्के रोटी थालमा!"
 
Posted on 01-02-05 11:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लालु सर सानुमायाकै काखमा सिरानी गर्दै निदाइहालेछन्। रात रमाइलोसित गुज्र्यो। कसैलाई पत्तै भएन।
भोलिपल्ट स्कुलमा सानुमायालाई निद्राले झुपु झुपु! लालु सर पनि खुट्टा सुट्टा लरबाराउँदै।
सानुमायाले सोधी?
"सर! अझै साकिएन र?"
लालु सानुमायाको छेउमा पुगे,
"छोरो भएपुछि भोट मध्धेश गार्नु पर्छ जे भयो यो भयो लेऊ अझ एक बोदल धप्दिन्छु, घल्याक उचालेर!"
लालु सरका हात सानुमायाको फ्रक मुनि थिए।

मिना लालुमायाको छेउमै किंकर्तव्यबिमुढ! क्लास सन्नाटा!
 
Posted on 01-02-05 11:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@समाप्त@
 
Posted on 01-03-05 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१३५ झटाराहरु झटाररिएको देख्दा, लाग्यो एक दुई वटा आँप त पक्कै झर्या हुनुपर्छ। हतपत आँप टिप्ने टोकरी लिएर म तल्लो गह्रमा हाम्फाल्या त, देखेँ, अनूप सरले आँफैलाई बधाइ दिँदै हुनहुदोरहेछ, नेपे सरले वहाँ कोटमा लागेको अबिर टकटकाउँदे ।

मेरो आँपको रुखमा हान्या झटाराहरु त केवल केटाकेटीलाई गुलेली सिकाउन प्रयोग गरिएका मट्यान्ग्रा मात्र रहेछन्, आँपको त के कुरा पात पनि नझरेको देख्दा मलाई लाग्यो साझामा गुलेली खेल्ने दौँतरीहरु नयाँ वर्षमा बडवाइजर र साप्पोरोको झुममा मस्त हुनुहुन्छ मेरो जाबो कोदोको जाँरको कसलाई स्वाद पर्ला ल?

मरेको बिरालो काखिमा च्यापेर म ठिमीको उकालो लागेँ।
 
Posted on 01-03-05 10:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahahah dada bro..
dammi chha katha ..
Jharro nepali sabda haru ko upayog bhaye ko chha. Tara seusy chha alik :)
Bro bisweswor psd. koirala bata prabhavit hunubhaye jasto chha ni..
Foe


 
Posted on 01-04-05 2:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Foe Bro!
नयाँ वर्षको हार्दिक मगंलमय शुभकामना छ है! यो वर्ष पनि फलोस् अनि फुलोस्, डाली नुगोस्, मनले चिताएको पुगोस्।
सेउसी रे?
हो र भन्या? यत्तिकोलाई मान्दिम् न। सरर लेख्या गल्तिले हिज्जे Mistake भएछ।
अनि B P को Influence ! हाहहाहा
(होला, कुन चाँहि B P हो, बरु!)
ल आँ गर्दा अलंकार बुझ्नेले यो पनि बुझम्, है त ब्रो!

साथै MM Broको जन्ति जाने अग्रिम निम्तो पाएकोमा पनि बधाइ!

आरिगातोउ गोजाइमासु!

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters