[VIEWED 3640
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 01-07-05 8:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
An eloquent tribute to Parijat by her darling younger sister. लिङ्क मात्र टाँसिदिउँ भनेको, चित्त बुझेन । पुरै पाठ यहाँ राखें । सुकन्याले पनि टिपिसकिछिन् पारिजातको शैली । साह्रै मीठो लाग्यो । ब्लिडिङ हार्ट र चायना क्याप अपराजिता, तिमीलाई थाहा छ मलाई फूलमा सोख थिएन, छैन । मलाई त गमलामा पनि लसुनप्याज उमार्न मन लाग्छ । यस्तै सुन्दा त हो नि थाहा दर्शनका प्रतिपादक रूपचन्द्र बिष्टले कस्ती नीरस स्वास्नीमानिस भन्ने खिताप भिराएका थिए । र मेरा बोसकी श्रीमतीले 'अफकोर्स यु डन्ट इट फ्लावर' भनेकी थिइन् । विगतमा फूलमा पानी हाल्नु, पात टलक्क पारेर पुछ्नु सबै तिम्रो निम्ति हुन्थ्यो । तर तिमीजस्तै फूलमा सोख राख्ने हाम्री कान्छी बहिनीको घरधन्दाबाहेक अरू संसार छ भने त्यो कवल फूलको संसार हो । ऊ नै त हो नौलो तथा राम्रो फूल भेट्टाए तिमीकहाँ एउटा पिस ल्याइहाल्ने । यो आदत अझ छुटेको छैन उसको । आजभोलि मलाई अवगत गराउन थालेकी छ - मेरो नीरस हृदय सरस बनाउँदै ? सायद तिम्रो झझल्कोको छटपटी बोध हुँदो हो ।
|
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 01-07-05 8:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिहारको केही दिनअघि दुई किसिमको फूल देखाउँदै ऊ मेरो कोठामा पसी, "सुकन, हेर ब्लिडिङ हार्ट र चायना क्याप" । नामले मुटु छोयो, उत्सुकता जाग्यो । मनमनै नामहरू नेपालीमा अनुवाद गरें, 'रगत बगिरहेको मुटु' र 'चिनियाँ टोपी' । फूलका बनौट हेरें, ठीक नाम सुहाउँदो । ब्लिडिङ हार्ट -केही सेतो-सेतो, केही प्याजी-प्याजी पत्रदलबीच रगतको वेग थाम्नै नसकेझै रगतै रंगको अर्को फूल बाहिर आएको, मुटुबाट रगतै बगिरहेको भान गराउँदै । चायना क्याप ?चिनियाँ मुलुक र चिनियाँ ओरिजिनका समूहलाई मात्रै सुहाउने पातलो टोपीलाई प्रतिविम्बित गर्थ्यो -रंगचाहि" कलेजी रातो ।)
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 01-07-05 8:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिमी फूल पुस्तकमा च्यापेर राख्थ्यौ । र मलाई बारम्बार ती च्यापिएका तर आकारमा चुस्त फूलका 'ग्रिटिङ कार्ड' बनाउन प्रोत्साहित गथ्र्यौ । जुन मैले कामको व्यस्तताले हुनसक्छ अथवा फूलप्रति सोख नभएर, बनाउने जमर्को नै गरिन । आज पनि तिम्रा पुस्तकका पाना पल्टाउँदा फूल फाटफुट खस्ने गरेका छन् । तर यसपालि त ब्लिडिङ हर्ट र चायना क्यापले यो मरुभूमि जस्तो मनलाई तानिहाल्यो । तिम्रो फूलप्रतिको अनुराग बिजुली भएर चम्क्यो । आँखा स्वतः बन्द भए । विगतका दिन उर्लिदै आए । जस्ताको छानामुनिको तिम्रो दक्षिणपुर्व फर्केको कोठो । दक्षिणतिर दुई खन्डे झ्याल र पूर्वतिर तीन खन्डे झ्याल । ती झ्याललाई तिमी मेरो टीभी, भिडियो' भन्थ्यौ । यिनै झ्यालका ऐनामा तिमी कोठामा आउने पाहुनालाई पहिले नै देख्थ्यौ । दुई खन्डे झ्यालमा पुस्तकपत्रिका हुन्थे र तीन खन्डेमा गमला । सम्झना छ, त्यसमध्ये एउटा गमलाका बोटलाई तिमी 'जयन्ती फूल' भन्थ्यौ । मदन मेमोरियल स्कुलमा अध्यापन गर्दा तिम्री छात्रा रहेकी जयन्ती राणाले ल्याइदिएको फूल थियो । मैले त्यस बोटको नेपाली नाम थाहा पाएँ । 'कर्ुर्सर्ीी' भन्दा रहेछन् । अर्को गमलामा भएको फूलको नाम तिमीले स्पाइडर मम भन्थ्यौ ।
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 01-07-05 8:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यसमा पानी हाल्दा तिमी मलाई बारम्बार एक मुठी मात्र है, भन्थ्यौ । लामा-लामा पातमा लम्बाइतिर तानिएका धर्सर्ाार्ेदा माकुराका खट्टा र्भ्ाई देखिने बनोट । ओहो ! बेस्कन माटो समात्न सक्ने क्षमता राख्दा रहेछन् यसका जरा । अर्को फूल, फूल के भनौं पातैपात, सेता डोरासहितको, जसलाई हामी 'चार्ली फूल' भन्थ्यौं । अहिले कर्ुर्सर्ीी माथि बाह्रदलीमा राखेकी छु । धेरै ठूलो हुने प्रकृति देखेर ठूलो गमलामा सारेकी छु । उसका कतिपय कटिङ धेरै ठाउँ पठाइसकियो । स्पाइडर मम चाहिं तिम्रो प्रतिमा भएको एरियामा लगाएकी छु । लौ, तिम्रो प्रतिमाको कुरा उठ्यो । प्रतिमा एरियामा सानो बगैंचा बनाइएको छ । प्रतिमाको ठीक पछिपट्टि पारिजात रूख ठूलो भइसकेको छ । तिम्रो प्रतिमाभरि फूल झरेका हुन्छन् । मेरो सपना भनौं या रहर- तिम्रो प्रतिमामा बिहानीका शीतले भिजेका पारिजातका फूल झरेको हेर्ने ।
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 01-07-05 8:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिम्रो नाम पारिजात भए पनि तिमीलाई मनपर्ने फूल लालीगुराँस हो । यो हाम्रो राष्ट्रिय फूल हो । यसलाई जडीबुटीको रूपमा पनि प्रयोग गरिन्छ । घाँटीमा माछाका काँडा अड्के गुराँसको फूलले त्यसलाई गलाएर घाँटी साफ गर्छ । बाल्यकालमा हामी हरदम गुराँसका पत्रदल चबाइरहेका हुन्थ्यौं । म त तिम्रो मनपर्ने फूल गुराँसको कुरा गर्दैछु । बिदाका दिनमा अधिकांश समय वन-जंगलमा बित्थ्यो । त्यसो त नखु कारागारबाट सुरुङ खनेर निस्कने सीपी मैनालीज्यू, प्रदीप नेपाल र उनीहरूका अरू साथीले पनि बाटाका खाना पक्कै गुराँस नै बनाए । उनीहरूको यात्रा पक्कै गुराँस फुल्ने सिजनमा भएको हो । तिमीले नै भनेकी हौ, यात्राका दौरान उनीहरूको झोलाभरि गुराँसै गुराँस थिए रे ! नेपालमा गुराँसको रंग रातो मात्र हुँदो हो क्यारे, थाहा छैन । हामीले त बचपनमा सेतो, नीलो, गुलाफी र पहेंलो गुराँस पनि देखेका हौं ।
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 01-07-05 8:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बेगनबेली, पिटुनिया", डिउडप, मर्निङ ग्लोरी, अफ्रिकन भायोलेट, रजनीगन्धा बेली, चमेली, नलिनी, चितुचाँगे, भगर काजे यस्तै धेरै फूलको नाम तिमी उच्चारण गरिरहन्थ्यौ । कबोल गर्छु अपराजिता, मैले गमलामा फूलैफूल होइन, पातैपात मात्र मनपराउने गरेकी हुँ । त्यसमा पनि उन्यूका प्रजाति । मन पराउने तर जाँगर नचलाउने मेरो प्रवृत्ति देखेर होला सम्भवतः कान्छी बहिनीले एक गमला रानी सिन्काको बोट मेरो बाह्रदलीमा राखिदिएकी छ । जुन अद्यापि छँदैछ । उन्यू, रानी सिन्का र हाम्रो बचपन- कहालिन मन लाग्छ, खोल्सा र डाँडाकाँडा थर्काकाउँदै । मलाई कुनै फूलले अलिकति आकर्षित गरे भने ती हुन् आधा फक्रेका पहेंला गुलाफ । तर टोटोलाको फूलले मेरो उत्सुकता जगाउँछ । हाम्रो तामाङ समूहमा टोटोलाको फूललाई पवित्र मान्दारहेछन् । धार्मिक अनुष्ठान तथा सामाजिक काममा यसको महत्त्वपर्ूण्ा भूमिका हुन्छ । धनुष आकारको ठूलो पेटीभित्र सानो बन्द कोठामा जस्तै यसको अस्तित्व । हरियोमा कस्ता हुँदा हुन्, थाहा छैन तर यसको महत्त्व र प्रयोग सुकिसकेपछि सेतो रंग लिएपछि हुनेरहेछ । सबभन्दा पहिलोपटक हाम्रो एकमात्र दाइको मृत्यु हुँदा ठूलीआमाले काजकिरियामा चाहिन्छ भनेर एक धनुष पेटी ल्याएको देखेकी थिएँ ।
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 01-07-05 8:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
'मेरो टेबलमा सधैं ताजा फूल राखिदिने गर, खूब भाव आउँछ'- यसै भन्थ्यौ तिमी । हरिया भुइँमा काले फूलबुट्टा भएको प्लास्टिकको गिलास, त्यसमुनि सिसाको फूलको भेट्नु आकारको मोटो कचौरा । सम्भवतः फूलको भार प्लास्टिकले थाम्दैन भनेर होला गह्रौं कचौराको सपोर्ट दिएकी । अहिले त प्लास्टिकको गिलास मात्र छ, सिसाको कचौरा कसले लग्यो अथवा फुटायो, थाहा पाउन सकिनँ । यो प्रकरण पनि कत्ति सिम्बोलिक । म फूलको भार थाम्न नसक्ने प्लास्टिकको गिलास, तिमी सपोर्ट दिने सिसाको कचौरा । भैगो, किन गर्ने यस्तो आँखा रसाउने कुरा । मोडौं मनलाई रमाइलोतिर । भित्तेफूल, पाउडर फूल, बिख फूल, रत्न्यौला, चरीअमिलो तथा वनभँ"डेको फूल- हरे ! त्यसै त्यसै बचपन फिरेर आउँछ । अमिलो स्वाद भएको रत्न्यौलाको गुलाबी फूल मुठीभरि जम्मा गरेर चिउराजस्तै बुकाउने गर्थ्यौ ।
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 01-07-05 8:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
। बुकीफूल क्या बुकीफूल, पहेंलो र सेतो । मेरी मितिनीका बुबाले बुकी घाममा सुकाएर दुईवटा सिरानी बनाएका होइनन् ? गुलाफका कलिला डाँठ सागका डुकु सरह छिलेर खाँदाको स्वाद, अर्कै अनुभव । कालीगेडी, असारे फूलका दाना, हाम्रो मुख खाली हुनै पाउँदैनथ्यो । कसमस यहाँ पहाडतिर यसलाई जन्ती फूल र सहरमा पुतलीभन्दा रहेछन्, छ्यास्छ्यास्ती नै हुन्थ्यो । त्यसका मसिना केस्रालाई नङले छुट्ट्याएर त्यसभित्रका केशजत्रा मात्रै हुने गुदी खान्थ्यौं । फूलबारीको क्रिस्तान मिमले पालेका केटाकेटी, मेरी, फूलमती, जेम्स पिटरहरू अझ सम्झिन्छु, स्कुलका बगैंचामा दिनभरि त्यही गुदी कोट्याइरहन्थे । हरे ! त्यतिका साना गुदीले के पेट भर्दा हुन् ? साथी भन्थे- 'भोकभोकै राख्छिन् ती मिमले' ।
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 01-07-05 8:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो चाँप त बिर्सेछु । अग्ला रूखमा फुल्ने कुखुराका चल्ला जस्तै नरम सेता र गुलाफी चाँप । कैलाश कोठीको बगलमा भएको गुलाफी चाँपको रूख यसपटक खोजेँ । रहेनछ । ओक्टेनको कम्पाउन्डभित्र पनि सेतो चाँपको रूख भएजस्तो लाग्छ । तिमीलाई सम्झना छ - पाउडर फूलको पाउडर, बनमाडेको अमिलो डाँठ चपाएर टुप्पामा आउने रातो तरलको टीका, हरकटाको सुपारी राखेर चपाएको भोटे पानको हल्का लाली ओठमा- हाम्रो उस बखतको शृङ्गार । अहा ! चरीअमिलो । यसको स्वाद त जिब्रामा अझ ट्वाक्कै छ । चारपाते झारको हरियो फाँट- नाम चारपाते तर पात केवल तीन । वन, पाखा र बारीका कान्लामा बागमुखे थैलीजस्तै पहेंलपुर टिकटिके फूल । पचासौंको तादात्म्य कसले धेरै फुटाउने भन्दै फुटाएको सम्झना । छातीभित्र ढक ढक मुक्का हान्ने यी कस्ता दुख्ने तर मीठा अनुभव ।
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 01-07-05 8:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिम्रो सर्न्दर्भ र फूलको कथा, सिद्धिंदैन अपराजिता, सिद्धिंदैन, यो लेखमा त सम्भव छैन । तथापि अहिले अङ्कुरित हुँदै आएको फूलप्रतिको मेरो उत्सुकता तिम्रै देन हो । यसो गमेर हेर्दा यस्तो लाग्छ- बेलिविस्तार लाउँथें होला । आँखामा राखिदिन्थें होला । ओठमा र्स्पर्श गराउँथें होला । कपालमा सिउरिदिन्थें होला । र तिम्रो हरियो प्लास्टिकको गिलासमा भरिदिन्थें होला तिम्रो भावना जगाउन- ब्लिडिङ हार्ट र चायना क्याप । तिम्री, सुकन (साभार: कान्तिपुर, Jan 7, 2005)
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 01-08-05 4:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिचार लेख्नु अगाडि, पहिला सबै पढुँ है त म पनि!
|
|
|
tilkumari
Please log in to subscribe to tilkumari's postings.
Posted on 01-08-05 2:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ke ho sap box nai box ayecha tyo box haru le k bhaneko ho??? parijat bhanne phool ta maile dekhya thiye astinai she good writer tooo havent had a chance to read any of her article may be I have, dont remember how ya doin gurl interrrupted sis been lon havent seen ya at all gone disappearin huh? :D good seein ya :D
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 01-08-05 10:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म त शब्द शब्द र हरफ हरफमा गहिराइ भेट्छु। बचपनको यादले रुम्लिन्छु। >बेगनबेली, पिटुनिया", डिउडप, मर्निङ ग्लोरी, अफ्रिकन भायोलेट, रजनीगन्धा बेली, चमेली, नलिनी, चितुचाँगे, भगर काजे यस्तै धेरै फूलको नाम तिमी उच्चारण गरिरहन्थ्यौ । >बुकीफूल क्या बुकीफूल, पहेंलो र सेतो । मेरी मितिनीका बुबाले बुकी घाममा सुकाएर दुईवटा सिरानी बनाएका होइनन् ? गुलाफका कलिला डाँठ सागका डुकु सरह छिलेर खाँदाको स्वाद, अर्कै अनुभव । >अहा ! चरीअमिलो । यसको स्वाद त जिब्रामा अझ ट्वाक्कै छ । यहाँ बुकि फुलको कुरा आयो तिहारे फुललाई छुन सकिनन्। लालुपातेको चोपबाट Chewing gum बनाएर खाएको याद आयो। गुराँस खाएर नसा लागेको। सबै कुराको स्मरण दिइन् सुकन बुइनीले। तर यसको शिर्षकको लागि नेपाली शब्द खोज्न साह्रै अल्छि गरिछिन्। किनभने यतिका मिठा शब्दकी भण्डार भएर शिर्षकमा कन्जुस्याइ गर्नु पर्ने थिएन कि।
|
|