2. माओवादी विरूद्ध कार्वाही तिब्र हुन्छ: सेना
शाही नेपाली सेनाले माओवादी विद्रोहीहरु विरुद्धको कार्वाहीलाई बढाउँदै लैजाने बताएको छ।
प्रधान सेनापति प्यारज?ङ्ग थापाले माओवादीहरुले हिंसा परित्याग गरि राजनैतिक प्रकृयामा संलग्न हुने राजाको आव्हान प्रति सकारात्मक प्रतिकृया जनाएनन् भने उनीहरू विरुद्ध कडा कारवाही गर्नुपर्नेछ भन्नुभयो। बुधवार विद्रोहीहरुले राजाको कदमबाट वार्ताको ढोका बन्द भएको बताएका थिए। सैनिक प्रवक्ता दीपक गुरु?ङ्गले आतंकवाद विरुद्धको लडाई लडी रहेकाले अधिकारहरू निलम्बित हुनु औचित्यपूर्ण भएको बताउनुभयो।
राजनीतिक दलहरुले श्री ५ ज्ञानेन्द्रको प्रत्यक्ष शासनको विरोधमा शान्तिपूर्ण प्रदर्शनहरू गर्ने तयारी गरिरहेका छन्। नेपाली कांग्रेस प्रजातान्त्रिकका प्रवक्ता मिनेन्द्र रिजालले ति प्रदर्शनहरू चाँडै हुने भ?एपनि संचार सम्पर्क पूर्ण रुपमा बिच्छेद भएकाले तिनको समन्वय गर्न कठीन भैरहेको बताउनुभयो। उता नेपाल कम्यूनिष्ट पार्टी माओवादीले एक विज्ञप्ति जारी गरि माओवादी बिद्रोह दशौं बर्ष पुगेको अवसरमा आउँदो फागुन एक गतेदेखि देशब्यापी रुपमा अनिश्चितकालिन नाकाबन्दी र चक्काजाम शुरु गरिने बताएको छ।