[Show all top banners]

Nirman
Replies to this thread:

More by Nirman
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Yeuta Geet aani bhavana
[VIEWED 1707 TIMES]
SAVE! for ease of future access.
Posted on 03-29-05 12:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आऊँदै जाँदै गर्नु यो जुनीमा,
कतै टाढा नहोस् तिमी।
जिवनका धेरै मोडहरुमा,
मलाइ नबिर्सिदेउ तिमी॥

गीत सुन्दा राम्रो लागेको थियो तर जिन्दगीमा पनि यस्तो हुने रहेछ, गीत नयाँ भए पनि गायकले मेरो भावना नै समेटेर लेखेको जस्तो। मैले उनलाई नभेटेको त धेरै भयो तर केहि भावनाहरु छन् उनका लागि केवल उनका लागि मात्र।
मैले उनलाई भेटेको पनि ७ वर्ष भैसकेको रहेछ। मेरो जीवनसाथ म भएजस्तै उनी पनि आफ्नै जीवन जिउँदै होलीन्। प्रेम त खास भन्न मिल्दैन हाम्रो सम्बन्धलाई तर पनि प्रेम भन्दा उच्च दर्जाको ठाउँ दिंदा अत्योक्ति नहोला भन्ने ठान्दछु म। कलेजमा संगै बिताएका क्षणहरु अहिले ह्याकुलामा गढेर बसेका छन् अमिट छाप छोडेर, कहिल्यै नमेटिने गरि।
हाम्रो कलेज पनि कम्ति रमाईलो थिएन। ठुलो कम्पाउण्ड भएको, किलास बन्क गरे बाहिर जानै नपर्ने, केटाहरुसंग त्यहिं ग्राउन्डमा गयो अनि मजाले दिनभरि तासपत्ति खेल्यो कि नभए टाईगर फाइभ भनाउँदो खेल खेल्यो। अरु केहि भएन भने क्याफेमा गयो अनि क्यारम कि इन्डोर क्रिकेट खेल्यो। अझ ट्याम कटेन भने बेटुकका कुरा गर्यो अनि त दिन काइदासंग बितिहाल्यो नि।
तर उनीसंग चाहिं विशेष हुन्थ्यो समयहरु, मैले आफ्नो बारे धेरै कुरा उन्कै मुखबाट थाहा पाएँ। उनी मेरो भित्री रुपलाई चिन्दथिइन्, जुन मैले नै चिनेको थिईन। मैले पनि उनका भावना बुझ्थें, र सकेसम्म उनलाई साथ दिन्थे, उनले मलाई साथ दिए जस्तै। पृथक थियो हाम्रो सम्बन्ध, साथी मात्र भन्दा कम जस्तो प्रेमि भन्दा अलि बढि जस्तो। खेल्दै हाँस्दै साथ बिताउँदै कलेज जीवन सकेको पत्तै पाईएन, भेटेको हिजो जस्तो लागेनि छुट्ने दिन पनि आइसकेको रहेछ।

 
Posted on 03-29-05 12:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसपछि त हाम्रो भेट नि कम हुन थाल्यो, महिनाको १ चोटि अनि २ महिनाको १ चोटि, अनि त हुँदा हुँदा विशेष दिनहरुमा मात्र। त्यसपछि मैले जागिर खान शहर छोड्नुपर्यो, र पछि पढाइ गर्न विदेश हानिएँ। सुरुका दिनमा त अन्लाईनमा कुरा गरिन्थ्यो तर पछि त्यो नि कम हुन थाल्यो, कहिले म उनिलाइ घन्टौं कुर्थें कहिले उनी कुर्थिन, पछि त कुर्ने मन नै हराउन थाल्यो, शायद उनलाई पनि। म पनि पार्ट ट्याम जव गर्न थालें, उनी पनि पढ्न बिदेश गईछन् (ई-मेल लेखेकि थिई), अनि भेटघाट अब ई-मेलमा मात्र हुन थाल्यो। पछि ई-मेलमा नि खासै कुरा हुन छाड्यो। म पनि तरुनि कुईरेहरुको पछाडि लाग्न थालें, उनलाई नि कसैले प्रोपोज गरेछन् (मलाई लामै पत्र लेखेकि थिई)। मैले नि लामै पत्र लेखें उनको जीवनमा खुसि सँधै छाईराखोस् भनी। पछि बिहेमा निम्ता गरि, तर मेरो जाँच परेकोले म नेपाल जान पाईन, बरु बिहेभन्दा १ दिन अगाडि फोन गरेँ। कुरैकुरामा तिमी खुशि छौ भनेर सोधें, खुशि राख्छ उसले मलाई मात्र भनि। मेरो मनमा उसको कुरा अलि गढ्यो, तर म संग बोल्ने कुरा थिएन। उसको विहेको दिन नि मनमा कुराहरु खेलिरह्यो। त्यसपछिका दिनमा त हामी धेरै टाढा भयौँ। ई-मेल पनि हुन छाड्यो।
खासमा हाम्रो दुरी समयले बढायो भन्नु पर्ला, ऊ आफ्नो काममा व्यस्त म मेरोमा, पछि फर्केर हेर्दा त निकै ढिला भैसकेछ।
एकचोटि मैले नेपालमा जाँदा न्यु रोडमा उस्को बुढा अनि बच्चासंग भेटेको थिएँ। मोटाएकि रहेछ, के छ भनेर सोधियो, अनि उस्को बुढालाई चिनाई, भिजिटिङ्ग कार्डको आदान प्रदान भयो। पछि मेरी आमाले त्यहि भिजिटिङ्ग कार्डसंगै कपडा धोइदिई, हाम्रो सम्बन्ध धोईएर गएको जस्तो। म विदेशमा आएँ फेरि, उ पनि अष्ट्रेलियामा गइ रे पि आर भएर भन्ने सुनें।
शायद ऊ पनि मलाई सम्झिन्छ होला तर अहिले न भेट्न सकिन्छ न बोल्न नै, एउटा विशाल खाल्डो भएको जस्तो हामी बिचमा। न उस्को आराम-विराम मलाई थाहा छ न मेरो उनलाई, किन्चित भावनाका सम्बन्ध मात्र बाँकि छ। म पनि बिहे गर्न लाग्दै छु यहि वैशाखतिर, तर उनको साथको अभाव भने खड्कि नै रहन्छ, एउटा शुन्यता बनेर, विशाल शुन्यता।
अस्तु
निर्माण

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters