अप्रिल दिवसका अवसरमा श्री ५ महाराजाधिराज ज्ञानेन्द्रबाट बक्सेको सन्देश।
साभार गोरखापत्र (प्रकाशनको तयारीमा रहेको यो समाचार एकजना कर्मचारी मार्फत पहिले नै हामीकहाँ सम्म आइपुगेकोले मिति मिल्न नगएको पाठक वर्गहरुमा जानकारी गराइन्छ।)
गोरखापत्र। काठमाण्डौ। चैत्र १९
श्री ५ महाराधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट अप्रिल दिवसका अवसरमा आज एक सन्देश जारी गरिबक्सी देशवासीका नाममा शुभकामना व्यक्त गरिबक्सेको छ। मौसुफबाट सन्देशमा हुकुम भएको छ
' प्यारा देशवासीहरु,
अप्रिल दिवसका अवसरमा समस्त देशवासीहरुमा सवभन्दा पहिले हार्दीक शुभकामना टक्र्याउँछौ। भगवान पशुपतिनाथले देशवासीहरुको वुद्धि विवेक यसरी नै तिक्ष्ण र अक्षुण राखिरहुन भन्ने हाम्रो सदिक्षा रहँदै आएको शाहवंशीय इतिहासले प्रमाणित गरिसकेको छ। मुलुककले शान्ति, सुरक्षा, विकास, न्याय र मानवअधिकारको दिशामा महान प्रगति गरिरहेको वर्तमान समयमा देशवासीबाट यस्तै सुझवुझपूर्ण र शान्त व्यवहार प्रदर्शन भैरहने मेरो सरकारले आशा राखेको छ।
देशवासीहरु, हामीले राजनीतिक पार्टीका असक्षम नेताहरुको भद्रगोल सरकार विघटन गरि प्रत्यक्ष शासन लिइबक्सेपछिका दुई महिनामा भएका सुधारहरु सवैका सामु छर्ल?ङ्ग छन्। यो छोटो समयमै हाम्रो शाही सेनाले आतंककारीहरुको शक्तिलाई तहसनहस गरि उनिहरुलाई फुटाउन समेत सफल भएको सर्वविदितै छ। काठमाण्डौमा यस बीचमा कुनै आतंककारी घटना घटेको छैन भने देशका अन्य भागमा पनि दिनहु केहि आतंककारीहरु मारिने बाहेक कुनै अप्रिय घटना हुन पाएको छेन। अव हामी आतंककारीहरुलाई सिध्याएरै शान्ति सुव्यवस्था बाहल गर्न सकिन्छ भन्ने निष्कर्समा पुगेका छौं। केहि वर्ष धैर्य रहनु पर्दछ। यसका लागि हाम्रो अपूर्व वलशाली शाहि नेपाली सेनालाई धन्यवाद दिएर मात्र पुग्दैन। हाम्री महारानीको जन्मोत्सवमा हामी शाही सेनाका शाहसिक अधिकृतहरु छानी छानी उनिहरुलाई तक्मा बक्सेर उनिहरुको कामको सम्मान गर्ने तयारीमा छौं।
मेरो मन्त्रीपरिषदले पनि अहिले निकै गहकिलो काम गरेको छ। खासगरि तुलसी गिरी मेरा प्रियपात्र हुन। केहि मन्त्रीहरुले उनको सराहनिय कामको समकक्षमा काम गरेको पाइएको छैन। तिनलाई म चाँडैनै ठेगान लगाइबक्सदैछु। तिनीहरुका बदलामा उपयुक्त सक्षम व्यक्तित्व मन्त्रीपरिषदमा आउन चाहेमा राजदरबारमा निवेदन दर्ता गराउन म यसै सम्वोधन मार्फत अनुरोध गर्दछु।
यस अवधिमा स्वदेश र विदेशमा रहेका राष्ट्रवादी नेपालीहरुले हाम्रो कामको समर्थनमा आवाज वुलन्द गरेका छन् भने केहि औलामा गन्न सकिने अवांछित तत्वले हाम्रो कदमको विरोध गर्ने दुस्साहस गरेका छन्। सहि कदमको प्रसंशा गर्ने देशभक्त नेपालीहरुको कदर गरिनेछ भने अराजक अवांछित तत्वलाई कुनैपनि हालतमा न्यायोचित कारवाही गरि सजायँको भागी बनाइनेछ। स्मरण रहोस हाम्रो समर्थनमा उत्रने राष्ट्रप्रेमी नागरिकहरुलाई हामीले केही सम्मानहरु समेत प्रदान गर्ने निर्णय गरेका छौ। सहि व्यक्तिले उचित सम्मान पाओस भनेर एउटा संयन्त्र खडा गरिएको छ। त्यसले स्वतन्त्रतापूर्वक सहि व्यक्तिहरुको चयन गर्ने कुरामा हामी ढुक्क छौ।