केही दिन अघि मात्र उक्त मनमोहन कार्डियोथोरासिक भास्कुलर केन्द्र निर्माण गर्न १ करोड रुपैयाँ उठाइदिन्छु भन्ने समाजसेवी मेरा मित्र नारायणप्रसाद पोखरेललाई कसले किन हत्या गर्?यो होला ?
समाचारसँगै मेरो मनमा एउटा प्रश्न उठिरहेको थियो, सयौं विद्यालय, क्याम्पस, अस्पताल बनाउन चन्दा उठाइ दिने व्यक्तिलाई किन कसैले हत्या गर्?यो होला ? धर्म र समाज सेवालाई मितेरी गाँसेर अघि बढ्ने नेपालका साइबाबाजस्ता व्यक्तिलाई कसले हत्या गर्?यो
पोखरेलले श्रीमद्भागवत वाचन गरेर अर्बौं रुपैयाँ उठाएर शिक्षा, स्वास्थ्य र अरू समाज सेवाको काम गर्नुभयो । हत्या हिंसाले देशको समस्या समाधान हुँदैन, माया ममता र एक नेपालीले अर्को नेपालीलाई सहयोग गरेर देशको समस्या समाधान हुन्छ भन्ने सन्देश देशको कुनाकुनामा पुर्?याउनुभयो । बन्दुक बोकेर हिँड्ने क्रान्तिकारी बाबुराम र प्रचण्डहरूलाई देश र जनताको सेवा गर्न धनीलाई तर्साएर होइन धार्मिक कथा तथा बाचन गरेर धन भएकाहरूको मन जितेर गरिबहरूलाई सहयोग गर्न सकिन्छ भन्ने देखाइ दिनुभयो । सामाजिक क्रान्ति बन्दुक देखाएर होइन माया र शान्तिको सन्देश फिजाएर जनताको मनःस्थिति परिवर्तन गरेर गर्न सकिन्छ भन्ने उदाहरण पोखरेलले देखाई दिनुभयो ।
अर्कोतर्फ पोखरेलले धर्म भनेको राजा महाराजाहरूको गुणगान गर्ने होइन जनताको सेवा गर्ने हो भनेर भरत केशरीहरूजस्तालाई देखाएर जानुभएको छ । बन्दुक बोकेर देशमा क्रान्ति र शान्ति ल्याउँछु भन्ने दुवै पक्षलाई पोखरेलको मृृत्युले चुनौती दिएको छ । बन्दुकले कसैलाई चिन्दैन । बन्दुकले जनपि्रय राजा वीरेन्द्र, बहादुर सिपाही कृष्णमोहन श्रेष्ठ र समाजसेवी नारायण पोखरेललाई मात्र मृत्युको मुखमा धकेल्ने होइन बन्दुक उठाएर क्रान्ति गर्न खोज्ने बाबुराम भट्टराईलाई पनि कैदी बनाएर राख्न सक्छ । आज जसले बन्दुक उठाएर जनतालाई तर्साएर राखेका छन् भोलि उही बन्दुक उल्टो फर्किएर बन्दुक उठाउनेलाई मृत्युको मुखमा पुर्?याइदिन सक्छ ।
मलाई लागेको छ, पोखरेल मरेर गए पनि बाबुराम, प्रचण्ड र भरतकेशरीहरूलाई हराएर गएका छन् । आतङ्कवाद र चाकडीवाजको होइन जनताको सेवा गर्नेको अन्तमा जित हुन्छ भन्ने उनले देखाए । दुई करोड नेपालीको मनभित्र पण्डित पोखरेल 'समाज सेवाको वादशाह' भएर बाँचिरहने छन् ।