[Show all top banners]

naya lahure
Replies to this thread:

More by naya lahure
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Hamro Rastriya gaan

[Please view other pages to see the rest of the postings. Total posts: 26]
PAGE: <<  1 2  
[VIEWED 13713 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 05-30-05 12:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्रीमान् गम्भीर नेपाली
प्रचण्ड प्रतापी भूपति
श्री ५ सरकार महाराजा धिराजको
सदा रहोस उन्नति
राखून् चिरायु ईशले
प्रजा फैलियोस् पुकारौँ जय प्रेमले
हामी नेपाली साराले।

वा! क्या छ हगि हाम्रो राष्ट्रिय गान?
के तपाईँलाई पनि यो गज्जब नै लागेको छ?
 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 05-30-05 9:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Unless Political situation of Nepal stables...No need to change.
 
Posted on 05-30-05 10:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छेक्यो छेक्यो देऊरालि डाँडा
गोलि र बारुदलेऽ
आ है

झ्यालैमा बसेर पड्काउनु पर्दैन

छेक्यो छेक्यो देऊराली डाँडा हुस्सुको बन्दुकले

बन्दुक बोकेर
आ है
तर्साउनु पर्दैन

माओ र राजा नगएसम्म यो देश बन्दैन
आ है
यो देश बन्दैन
 
Posted on 05-30-05 11:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dada giri, that song is appropreate as rastirya song.........
 
Posted on 05-31-05 12:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Download this new anthem at NEWANTHEM
 
Posted on 05-31-05 2:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shree 5 ko sada rahi rahoos Unnati ani janta ko kehi chaina ?
National anthem ta India Ko ramroo lagcha yaar malaiiiiiiiii
Jana gana man aadhinaayaka jaaya haiiiiiii
Bhaarat bhaagya Vidhata
K re aru................4 got
 
Posted on 05-31-05 2:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गैँति बेल्चा उचालेर... पहरालाई छिचलेर,
डाँडा काडाँ बाटो बनायो
के खायो नि कुल्ली दाईले ? के पायो नि कुल्ली भाईले?
अर्कैले ट्याक्सी गुडायो...२

हामीले टेक्ने ढुङगे गेगर खस्न तयार थियो,
टाउको माथि पहाराहरु झर्न तयार थियो
तल हेर्दा खोला बगर टाउको रिँगाई दिन्थ्यो,
सिनो माथि घनले हानी झिल्को निकालिन्थ्यो

आफ्नो आँत छिनाएर, प्राणको बाजी लगाएर,
भिर पाखा बाटो बनायो
के खायो नि कुल्ली दाईले? के पायो नि कुल्ली भाईले?
ठेकदारले पैसा कमायो....२

डबल जिउकी भाउजु पनि तेहि पहारामा बास,
बाँचौला र खाउँला भन्ने छैन केहि आस।
तेहि पहरामा नानी जन्म्यो, गैँति ठोकि ठिकि
कति ढुङ्गा पन्छायौँ नि तातो नानी बोकि।

घाम पानी नभनेर, भोक तिर्खा नभनेर,
पुर्वपश्चिम बाटो बनायो,
के खायो नि कुल्ली दाईले ? के पायो नि कुल्ली भाईले?
दुनियालाई बसमा कुदायो।

साखै हामी ब्लाष्टिन बोकि बाँदर लड्ने भिरमा,
मर्ने काल टाढा छैन, मुटु छैन स्थिरमा
काम सक्यो, ज्याला सकियो, हाम्रो खल्ति रित्तै,
सामन्तिको मोटरले चढाउँदैनन् सित्तै

कति मरे किचिएर, कति मरे पुरिएर
ब्यर्थै हाम्रो जिवन गुमाएर
के खायो नि कुल्ली दाईले ? के पायो नि कुल्ली भाईले?
नानीहरु टुहुरा बनाएर ....२

जर्मुरिएर उठ्न पर्यो सबै कुल्ली साथी,
दुष्टहरुले परेड खेल्यो हाम्रो छाति माथि
हाम्रो जीवन खेर गयो, चुप लागेर बस्ता
ठूलाठालु डराउँदैछन् हाम्ले कम्मर कस्ता।

हाम्रो जीवन नचिन्नेलाई, हाम्लाई मान्छे नगन्नेलाई
हाम्ले पनि अब चिन्या छौँ।
भिरमा खेल्ने साहसहरु, पहरा फोर्ने तागतहरु,
सँघर्षमा अब लगाई दिँउ....२
 
Posted on 05-31-05 2:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भविष्यको नेपाल र दादागिरी,
तपाईँहरूको जय होस्।
 
Posted on 05-31-05 2:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I heard this song, when I was in Grade 6 during the Panchayet ERA and still I can memorize. During the underground politics, they called it as a progressive song. I do not know its origin and who holds the copyright. Of course, it is not mine.
----------------
Futurenepal
 
Posted on 05-31-05 2:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>सिनो माथि घनले हानी झिल्को निकालिन्थ्यो
"छिनो" माथि होला नि।
 
Posted on 05-31-05 4:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा गिरी जी,

"S" हान्ने औंलाले नै "X" हान्नु पर्ने... के गर्नु तेस्तै भएछ। यो चाहिँ टाईप मिस्टेक हो। अरु पनि शब्द मिस्टेक होलान्, सुनेको भरमा त लेखेको, शुद्द छैन। मिलार पढ्नु होला है!

धन्यबाद है ।
--------------------
नेपालको भबिश्य
 
Posted on 06-01-05 6:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I know you guys mean well
but do you really think everyone who has a car in nepal is a samanta?
do you really feel everyoone who has money in nepal is a ghusyaha/chor/daka etc?
i know a lot of people who have done well through their own hard work and risen through the ranks
this 'progressive' song just shows the ongoing system in nepal not to work yourself and criticize anyone who has done a hard day's work as beiing a shoshak etc.
i know there are inequalities of wealth and oppurtunities in nepal,but just criticizing anyone who is more successful than you helps achieve nothing.
 
Posted on 06-01-05 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

New National anthem:

"Panchayat nai sabaii Nepali auutaaunee chautari ho........"
 
Posted on 06-10-05 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=42582

स्तुतिगान र जागरुक जनता

मोदनाथ प्रश्रति

- स्तुतिगानको उद्मग आदिम जंगली समाजमा भयो । दास स्वामी समाजमा हाँगाबिँगा हाल्यो ।
सामन्ती व्यवस्थामा फुल्दै-फल्दै त्यसले अन्तिम शिखर चुम्यो । जंगली युगमा मान्छेले मान्छेको स्तुतिगान कम गथ्र्यो । प्रकृतिका नियम नबुझेकाले प्रकृति कुद्ध हुँदा बाढी, आँधीहुरी, डढेलो र रोग आदि हटाउने आशाले मान्छेले नदी, हावा, आगो, सूर्य आदिको प्रशंसाका गीत गाउँथ्यो । ऋग्वेद, यजुर्वेद ग्रन्थमा यस्ता स्तुति भरमार छन् । 'अग्निर्देवता वातो देवता, सूर्यो देवता' आदि ।

त्यस उप्रान्त आदिम समाजकी नेतृ महामाता र गणनायकको प्रशंसाको लहर चल्यो । 'नमो देख्यै महा देख्यै', 'नमो गणेभ्यो गणपतिभ्यश्रश्यो नमोनमः' आदि । अनि सुरु भयो प्राचीन गणतन्त्रमा हैकमशाली दिक्पाल या 'राजा' भएका नाइकेको स्तुति- 'स्वस्ति न इन्द्रो वृद्धश्रवाः', ' इमं मे वरुण श्रुधी हवम्' इत्यादि । त्यस जमानाका गणनायक या देवता -पितृरूप पूर्वज) को स्तुति यसरी पनि गरिन्थ्यो ।

मान्छेका टाउकाको माला लगाउने

चामुण्डा देवीको जयजय होस्

-चामुण्डे मुण्ड मथने शिरोमाला विभूषणे)

सर्पको माला, साँढेमा चढ्ने

चिताको खरानी शरीरमा घस्ने

धतुरो खाने, नाङ्गै बस्ने

भोले बाबाको जयजय होस्

-नागेन्द्र हाराय,...वृषध्वजाय

भष्भाङ्गरागाय महेश्वराय ।...

चिता भष्मालेयो गरलमशनं दिक्यट धरो)

उग्र नरहत्या, सर्पको माला, चिताको खरानी, साँढेको वाहनजस्ता प्रशंसाले पनि देवता खुसी हुन्छन् भन्ने कस्तो खाले सोच संस्कार थियो होला त्यसबेला ! के यसकै अनुकरणमा वर्तमानका ठूलाबडाको प्रशंसा यस्ता पंक्तिले गरेमा उनीहरू प्रसन्न होलान् ?

कारमा हुइँ-हुइँ, तारेमा सुइँ-सुइँ

टाइको पासो, तरुनीको हाँसो

रक्सीमा चुर्लुम्म, देशको धन कुर्लुम्म

ठूलाबडाको जयजय होस् !

क्रमश:
 
Posted on 06-10-05 11:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफूलाई बहुसंख्यक जनताभन्दा माथि ठान्ने, गरिबलाई हली-गोठाला र दास ठान्ने, गरिबी र अज्ञान पीडितको विवशताको लाभ उठाउने र उनीहरूमाथि शासन गर्न चाहनेहरू । चाहे दास युगमा होस्, चाहे मध्ययुगीन सामन्ती व्यवस्थामा होस् या नेपालको वर्तमान अर्धसामन्ती अवस्थामा, यिनीहरू नाङ्गा, भद्दा र हाँसो लाग्दा प्रशंसा र जयजयकारबाट पनि पूरा सन्तुष्ट र प्रसन्न हुँदारहेछन् भन्ने छर्लङ्ग हुँदैछ ।

जुनसुकै युगमा पनि ठूला-ठालुको कृपा र निगाहमा रमाएर तिनको पाउ मलेर, जुठोपुरा र बकस खाएर मालिकको जयजयकार गर्ने अनि त्यसै दासताको धाकबाट आफूभन्दा तलकालाई दबाउने र तिनीहरूबाट आफूले स्तुति र जयजयकार लिनेहरू दास युगदेखि अहिलेसम्म यत्रतत्र देखिन्छन् । 'तब दासानुदासोहम्' -म तिम्रा दासको पनि दास हुँ) भन्ने स्तुति देवताको सन्दर्भमा मात्र होइन, राजारजौटा र ठालु, जमिनदार, हाकिमको सवालमा पनि लागू हुँदै आएको छ । दास प्रथाकालीन राजा रामको गुणगानमा अनेकौं रामायण लेखिएको सर्वविदित छ । दास प्रथा, जातीय छुवाछूत र नारीको दासताका समर्थकले रामले शूद्र तपसी शम्बूकलाई काटेको र सीतालाई त्यागेर जंगल लखेटेको प्रशंसामा कति फूलबुट्टा भरेर लेखेको सबैलाई थाहा छ । दास प्रथाका समर्थकले रामलाई मात्र होइन रामका दास हनुमान्समेतलाई 'बुद्धिमानहरूमध्ये श्रेष्ठ' भनी स्तुति गर्दै आएका छन् ।

जितेन्दि्रय बुद्धिमनां वरिष्ठम्

श्रीराम दूतं शरणं प्रपधे ।

रावणका रिसले सिंगै लङ्का जलाउने र सञ्जीवनी बुटी चिन्न नसकेर 'पहाडै बोकेर' ल्याउनेलाई 'बुद्धिमान्मध्ये श्रेष्ठ' भन्दै हनुमानको शरणमा पर्ने परम्पराले नै मान्छेलाई दासको पनि दास हुन गर्व मान्ने हदसम्म गिराएको छ ।

पुराणअनुसार बनेको एउटा चित्रमा समुद्रमाथि शेषनागको शैयामा देवतामा हैकमशाली विष्णु सुतेका छन् । उनकी पत्नी लक्ष्मी -धनकी देवी) ले तलपट्ट िबसेर उनको खुट्टा माडिराखेकी छन् । त्यो चित्र अहिलेसम्म पनि धेरैको घरमा टाँगिएको देखिन्छ । पति बनेका विष्णुलाई मालिक र पत्नी बनेर गोडा मिच्ने लक्ष्मीलाई दासीको चित्रण गरी असंख्य पुराण कथा लेखिएका छन् । यसखाले परम्पराले स्वास्नीले लोग्नेलाई 'मालिक' भनेर स्तुति गर्ने र आफूलाई 'चरणकी दासी' भन्दै दण्डवत् गर्ने संस्कार चल्दै आयो ।

जुनबेला सामन्तवादको जग्जगी थियो, 'भगवत् पशुपति भट्टारक महाराजाधिराज महासामन्त अंशुवर्माको जय होस्' जस्ता विरुदावलिसहित राजा-महाराजाको स्तुति गाइँदै आयो । उक्त परम्परालाई आदर्श मानी राजालाई देव अवतार भनेर स्तुति र चाकरी थालियो ।

क्रमश:

 
Posted on 06-10-05 11:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मान्छेमा जबसम्म सामन्ती संस्कार र दासताको प्रवृत्ति बाँकी रहन्छ, दुनियाँमा लोकतन्त्र र समाजवाद युग आए पनि र एक्काइसौं शताब्दीले विगुल फुके पनि चाकरी र स्तुतिगानमा रमाउनेको कमी हुँदैन । ०७ सालको आन्दोलनको परिणाम ०१७ मा पुगेर फुस्स भएपछि फेरि तीस वर्ष हण्डर खाएर संघर्ष गर्नेले पनि आफूलाई स्तुतिगानको संस्कारबाट मुक्त गर्न सकेनन् । उनीहरूले ०४७ को संविधानको टाउकोमा 'स्वस्तिश्री गिरीराज चक्रचूडामणि नरनारायणेत्यादि विविध विरुदावलि विराजमान...परम नेपाल प्रताप भास्कर ओजस्वि राजन्य परम गौरवमय...परमाधिपति अतिरथि परमसेनाधिपति...विक्रम शाह देवानाम् सदा

समर विजयिनाम्' जस्तो मध्ययुगीन प्रशस्ति

कायम राखे ।

राजालाई 'परमसेनाधिपति' र 'सदा समर विजयी' दर्जा दिएर स्तुतिगान गर्ने/गराउने संस्कार अहिले पुनः जुर्मुराएको छ । 'श्रीमान् गम्मीर नेपाली प्रचण्ड प्रतापी भूपति' यो आधुनिक राष्ट्रको गान हो कि मध्ययुगीन राजाको प्रशस्ति ? संवैधानिक राजतन्त्रमा 'प्रचण्ड प्रतापी भूपति' हुँदैन । यो मध्ययुगीन राजाको विशेषण हो । त्यसैको उन्नति र जयगानलाई राष्ट्रगानको रूपमा लैजाने भरमग्दुर प्रयास अहिले भइरहेको छ । स्तुतिगान र गुणगान चलाउने यो मोह राजधानीका राजामा मात्र होइन, जंगलका 'प्रचण्ड प्रतापी भूपति' मा पनि त्यतिकै उर्लेको छ । त्यहाँ पनि एकछत्र प्रशस्तिको संस्कार चलाउन थालिएकाले बाबुरामको आक्रोश देखापरेको हो ।

इतिहास उल्टिएको छ अहिले । १९९७ देखि अहिलेसम्म सहिद र तपस्वी नेता, नयाँ चिन्तक, विचारक, विद्वान्, युगवक्ता, साहित्यकारमध्ये कसैका वाणी महावाणी बन्न सकेनन् ?

पञ्चायतकालमा त्रिभुवन, महेन्द्र र वीरेन्द्रका भाषणका अंश सबै सञ्चारमाध्यममा 'महावाणी' का रूपमा प्रचारित हुन्थे । ०४६ पछिको प्रजातन्त्रले वीपी, पुष्पलाल, गणेशमान, मदन भण्डारी आदिका उक्तिलाई स्तुतिको हदमा सञ्चारमाध्यममा प्रचार गर्न चाहेन । असोजतन्त्रयता दरबारी 'महावाणी' सरकारी सञ्चारमा फेरि जुर्मुराएका छन् । महावाणी सडकका ठूला-ठूला प्रचारपाटीमा रंगिन अक्षरमा नाच्न थालेका छन् । सरकारी कार्यक्रमहरूमा 'महाराजको जयजयजय, महारानीको जयजयजय' का व्यानर फेरि यत्रतत्र टाँग्न थालिएका छन् । आफूलाई 'बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रका हिमायती' घोषित गर्दै बहुदलीय प्रजातन्त्र नै एक्काइसौं शताब्दीको उत्कृष्ट प्रजातन्त्र भन्ने राजाकै निर्देशनमा 'महावाणी' विस्तारको यो खेती चल्दैछ । हनुमान्हरूको रामभक्तिको रूपमा ती 'महावाणी' सुन्दा/देख्दा जागरुक जनताले कस्तो प्रतिक्रिया दिन्छन् ? यसबारे प्रचारतन्त्रेलाई थाहा छ ? लोकतान्त्रिक मुलुकका राष्ट्रपति र प्रधानमन्त्रीको यस्तो

क्रमश:

 
Posted on 06-10-05 11:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रचार हुन्छ ?

राष्ट्रवादी शिक्षाको प्रसंग उठ्दैछ । राष्ट्रवाद प्रत्येक राष्ट्रको स्वाभिमान हो । त्यसैले शिक्षामा राष्ट्रवादको पुट हुन्छ । आजको विश्वव्यापीकरणको युगमा भने राष्ट्रवादी शिक्षा सिंगो ढिक्काको रूपमा हुँदैन । वास्तवमा अहिले राष्ट्रवादी शिक्षाका नाममा राजावादी शिक्षा दोहोर्?याउन खोजिएको छ । त्यसमा राजा/रानी र राजपरिवारका स्तुतिगान हुनेछ । यो प्रयत्न लोकतान्त्रिक शक्तिलाई विस्थापित गर्ने दुरासयबाट अभिप्रेरित छ । अहिले सञ्चारतन्त्र स्तुतिगानको प्रचारमाध्यम बन्न पुगेको छ । युग भावना नचिन्ने यस उल्टो कसरतले आजका जागरुक जनता र लोकतान्त्रिक चेतनाका बुद्धिजीवीमा उग्र प्रतिक्रिया जन्माउँदैछ । राजनीतिकर्मी, साहित्यकार, कानुन व्यवसायी, मानवअधिकारवादी, प्राध्यापक, शिक्षक, विद्यार्थी स्तुतिगान संस्कारको पक्षमा छैनन् । दरबार र त्यसका हनुमान्को यो प्रयत्न उसरी नै अवसान हुनेछ, जसरी निर्दलीय निरंकुश पञ्चायती व्यवस्थाको भएको थियो । छ यसमा कुनै शंका ?

 
Posted on 06-11-05 3:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रश्रित जी ,

यसो पनि भेऽन, उसो पनि भेऽन भनेर मात्र त भेऽन नि।
त्यसो भे कसो गर्नु पर्यो त?
घरमा एकदिन पनि थाल नपखाल्नेले "नारीहरु दासी" भे भन्दे हिँड्छन।
छोरीलाई थाल पखाल्न लगाउँछन्।

कतै प्रश्रित जी पनि यसमा फरक हुनुहोला र?

 
Posted on 06-11-05 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

but i think the first thing to do is to change the national anthem. I am ashamed to sing that to others and translate.

it should be something that makes us respect all the people of Nepal and you feel like standing up whenever you are singng.

rest...we can keep discussing...
 
Posted on 06-11-05 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chakra Pani Chalesae laee long ago nai kkura bigaree sakyaa raichaa..rastriyaa gaan ma "Prachanda" ko stuti gaan gayeraa.



 
Posted on 06-16-05 3:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथीहरू
सहभागिताका लागि धेरै धन्यवाद। यस विषयमा अरु छलफल गरौँ न!
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
BREAKING: THE LEFT HAS LOST THE SUPREME COURT!
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters