[Show all top banners]

newuser
Replies to this thread:

More by newuser
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Esta kura padhda dikka lagera aauchha
[VIEWED 2503 TIMES]
SAVE! for ease of future access.
Posted on 05-31-05 7:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो देशको हितमा कसले काम गरिदेला प्रभो। जैले निराशाका समाचार मात्र पढ्नुपर्ने । एक ठाउँमा होइन, दुई ठाउँमा होइन जहाँ पनि ठगिनु पर्ने नेपालीले। यो कस्तो विडम्वना हो ? लौन केहि उपाय गरम प्रभो।

पश्चिम सेतीमा लाभको लेखाजोखा
रत्नसंसार श्रेष्ठ

पश्चिम सेती आयोजनाको उठान गर्ने अस्टे्रलियाको स्नोई माउन्टेन इन्जिनियरिङ् कर्पोरेसन -स्मेक) र चीनको आयात निर्यात ब्याङ्कबीच 'इन्जिनियरिङ् प्रोक्योरमेन्ट कन्ट्रयाक्ट' -ईपीसी) सम्झौता भएको छ । लामो समयदेखि बन्ने/नबन्ने दोधारमा झुन्डिरहेकोे आयोजनाको भविष्यका निम्ति यस सम्झौतालाई एउटा कोसेढुङ्गा भन्दा फरक पर्दैन । यसले नेपाल-भारतबीच जलस्रोत विकास सम्भाव्यताको ढोका खोल्नसक्छ । त्यसैले कार्यान्वयनमा आउनुअघि नै नेपालले पाउनुपर्ने लाभ पूर्ण रूपमा सुनिश्चित गरिनुपर्छ ।
सात सय ५० मेगावाट क्षमताको जलाशययुक्त यस आयोजनाबाट वाषिर्क औसत साढे दुई अर्ब युनिट बिजुली उत्पादन गरेर भारततर्फ निकासी गर्ने योजना छ । यसले भारतको पावर ट्रेडिङ् कर्पोरेसनलाई प्रतियुनिट चार दशमलव ९५ अमेरिकी सेन्टमा बिजुली बिक्री गर्नेछ, जसबाट लगानीकर्तालाई हालको प्रचलित विनिमय दरमा वाषिर्क आठ अर्ब ६६ करोड रुपियाँबराबर कुल आम्दानी हुनेछ ।
निकासीमूलक आयोजनाको पैरवी गर्नेहरू बिजुली निकासी गरेर अर्बौं रुपियाँ नेपाललाई प्राप्त हुने तर्क गर्छन् । तर, विगतमा खिम्ती र भोटेकोसी आयोजनाबाट भएको लाभलाई केलाउने हो भने पश्चिम सेती आयोजना पनि 'कागलाई बेल पाक्यो हर्ष न विस्मात्' सरह नै हुने देखिन्छ । ती आयोजनाहरूले बिजुली बेचेबापत नेपाल विद्युत् प्राधिकरणबाट पाएको पैसा तत्कालै विदेशी मुद्रामा प्रत्यावर्तन गरेर लैजाने गर्दै आएका छन् । झन् विदेशमा बिजुली बेचेको पैसा नेपालमा रहने भन्ने त प्रश्नै आउँदैन । कथम् नेपाल प्रवेश गरी नै हाल्यो भने पनि खुद मुनाफाको नेपाली लगानीकर्ताको अंशसम्म आउन सक्छ । तर, एक अर्ब अमेरिकी डलर लगानी हुने यस आयोजनामा नेपाली लगानीकर्ताले पाँच प्रतिशत पनि लगानी गर्नसक्ने अवस्था छैन । उदाहरणका लागि पश्चिम सेतीभन्दा ज्यादै साना भोटेकोसी र खिम्ती आयोजनाहरूमै पनि १० र १५ प्रतिशत मात्र स्वदेशी लगानी छ ।
बिजुली पनि कच्चा पदार्थजस्तै हुनाले बढीभन्दा बढी विद्युतीय ऊर्जाको प्रयोग गर्दा मुलुकको उद्योग व्यवसाय, यातायात, पर्यटन, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा मूल्य अभिवृद्धि हुन्छ । जति बढी विद्युतीय ऊर्जा प्रयोग हुन्छ, त्यही परिमाणमा रोजगारी सिर्जना हुन्छ । औद्योगीकरण र आर्थिक वृद्धिदरमा ठोस अभिवृद्धि हुनजान्छ । निकासीमूलक भएकाले यस आयोजनाबाट नेपालको आर्थिक वृद्धिदर बढ्ने सम्भावना देखिँदैन ।
सेती आयोजनाले पनि विद्युत् ऐन र सरकारसँग सम्झौता भएका कागजातअनुसार आयकर छुट पाउने निश्चित छ । बिजुली प्रयोग गरेर मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अवस्थामा आयकर छुट दिनु युक्तिसङ्गत हुन्छ । तर, यस्तो सकारात्मक प्रभाव अन्य मुलुकमा पर्ने अवस्थामा आयकर सुविधा दिनुको कुनै अर्थ छैन । अर्काको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न हामीले किन आयकर छुट दिने ? आयोजना कार्यान्वयनभन्दा पहिले यसको उत्तर खोजिनुपर्छ ।

 
Posted on 05-31-05 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विद्युत् ऐन, २०४९ अनुसार प्रतिकिलोवाट सय रुपियाँ र प्रतियुनिट बिक्री आम्दानीको दुई प्रतिशतका दरले नेपालले पश्चिम सेतीबाट रोयल्टी पाउँछ । यसअनुसार नेपालले वाषिर्क लगभग २५ करोड रुपियाँ रोयल्टी पाउने देखिन्छ, जुन निकासी राजस्वको दुई दशमलव नौ प्रतिशत मात्र हो । निकासी करको दर ०.०५ प्रतिशत मात्र तोकिएको हुनाले यो नगन्य छ ।
यस आयोजनामा पाँच हजार नेपालीले प्रत्यक्ष रोजगारी पाउने भनिए पनि वास्तविकता त्यो होइन । यस्तो रोजगारी आयोजना निर्माण अवधिभर मात्र हो । निर्माणकार्य सकिएपछि पाइने स्थायी प्रकृतिको रोजगारी बढीमा तीन सयले मात्र पाउँछन् । आयोजनाको अधिकतम् लगानी टर्बाइन, जेनरेटर, पेनस्टकजस्ता मेसिनरी उपकरण र सिमेन्ट, छडजस्ता निर्माण सामग्री खरिद गर्न विदेशमै खर्च हुनेछ ।
सामान्य अवस्थामा नेपालभित्र सामान आयात गर्दा भन्सार महसुल, मूल्य अभिवृद्धि करजस्ता पैठारी महसुल लाग्छ । तर, जलविद्युत् विकासलाई प्रोत्साहित गर्ने उद्देश्यले विद्युत् ऐनमा जलविद्युत् आयोजना निर्माणका लागि सरसामानमा पैठारी महसुल छुट हुने व्यवस्था गरिएको छ, जसअनुसार यो आयोजनाले पनि पैठारी महसुल छुट पाउने छ । पैठारी महसुल छुट भएको अवस्थामा आयोजनाको निर्माण लागत घट्छ र बिजुली सस्तो हुन्छ । तर, त्यसको प्रतिफलस्वरूप भारतीय उपभोक्ताले सस्तो बिजुली पाउनेछन् । नेपाली जनतालाई सुपथ मूल्यमा बिजुली उपलब्ध गराउन पैठारी महसुल छुट दिइनु तर्कसङ्गत हुन्छ । तर, त्यस्तो फाइदा विदेशीले पाउने अवस्थामा पनि यस्तै छुट दिइनु मुलुकको हितमा हुँदैन ।
पश्चिम सेती आयोजनाबाट लगानीकर्ताले राम्रै प्रतिफल पाउने अवस्था छ । करिब २० प्रतिशतका दरले फाइदा हुँदा लगानीकर्ताले वाषिर्क पौने दुई अर्ब रुपियाँ नाफा कमाउँछ । तर, यसमा नेपाली लगानी नहुने वा धेरै कम हुने हुनाले नाफाको अधिकतम् अंश मुलुकबाहिरै पुग्छ ।

 
Posted on 05-31-05 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जलाशययुक्त आयोजना भएकाले यसले अन्य समयमा उपलब्ध हुने पानी पनि सञ्चय गरेर सर्वाधिक माग हुने समयका लागि बिजुली उत्पादन गर्छ, जसलाई 'पिक इनर्जी' भनिन्छ । सामान्यतया उच्च मागको अवस्थामा उत्पादन हुने यस्तो बिजुली बढी मूल्यमा बिक्री हुन्छ । विद्युत् प्राधिकरणले भारतबाट आयात गरिरहेको बिजुलीको दर नै प्रतियुनिट चार रुपियाँभन्दा बढी छ, जुन पिक इनर्जी होइन । यस्तोमा पश्चिम सेती आयोजनाबाट सर्वाधिक माग हुने समयमा उत्पादित बिजुली भारतलाई साढे तीन रुपियाँमा बिक्री गर्नु औचित्यपूर्ण देखिँदैन । यसको तुलनामा खिम्ती, भोटेकोसीबाट उत्पादित बिजुली, जो पिक इनर्जी होइन, लाई प्राधिकरणले तिर्ने मूल्य धेरै बढी छ । पश्चिम सेतीको चर्चा सुरु भएको १० वर्ष बितिसक्यो र निर्माण सम्पन्न हुन अझै कति लाग्ने हो, टुङ्गो छैन । अर्कोतिर वर्षको सरदर १० प्रतिशतले नेपालको विद्युत् माग बढी रहेको छ । र, आगामी १० वर्षमा हामीलाई थप छ सय मेगावाट बिजुली चाहिन्छ । यस पृष्ठभूमिमा सस्तोमा बिजुली भारत निकासी गर्ने र प्राधिकरणले भने महँगोमा किनेर विद्युतीकरण गर्नु कति बुद्धिमानी होला !
सेतीको जलाशयमा झन्डै तीन हजार हेक्टर जमिन डुबानमा पर्ने अनुमान छ । उक्त डुबान क्षेत्रमा र्ऊवर कृषियोग्य भूमि, वन्यजन्तुलगायत वनजङ्गल, पर्यटकीय स्थल, पूर्वाधार संरचना आदि पर्छन् । वासस्थान खल्बलिँदा जलचरलाई पनि क्षति पुग्नेछ । अझ भारतले पाउने तल्लो तटीय लाभमा हाम्रो अंशको मुद्दा त छँदैछ । प्रश्न उठ्छ, यस्ता नोक्सानीहरू बेहोरेर अरूलाई फाइदा पुर्?याउने उद्देश्यले बिजुली निकासी गर्नु मुलुकको हितमा छ त ?

( यस्ता अनेकन विषयमा कसले चासो लिने होला र नेपाललाई भासिन नदिनेहोला कुन्नी ?)
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters