[Show all top banners]

newuser
Replies to this thread:

More by newuser
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Parliament on the streets
[VIEWED 4607 TIMES]
SAVE! for ease of future access.
Posted on 06-03-05 1:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

They are trying something new and creative, aren't they?

आज सडक संसद्


कान्तिपुर संवाददाता

काठमाडौं, जेठ १९ - सात दलले संयुक्त आन्दोलनका क्रममा शुक्रबार राजधानीको सडकमा राष्ट्रिय सभा र तेस्रो प्रतिनिधिसभाका सदस्यहरूको खुला विशेष अधिवेशन गर्ने
भएका छन् ।

तर सभामुख तारानाथ रानाभाटले भने विघटित प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरूको सडक अधिवेशनको अध्यक्षता गर्न अस्वीकार गर्नुभएको छ । तर पनि आफूले

त्यसबाट पारित हुने प्रस्ताव राजाकहाँ पुर्?याइदिने आश्वासन रानाभाटले दिनुभएको छ ।
दलहरूले सभामुखले नमानेपछि सडक संसद्को अध्यक्षता ज्येष्ठ सदस्य/उपसभामुख/राष्ट्रिय सभाका उपाध्यक्षमध्ये एकबाट गराउने सम्भावना छ । अध्यक्षताका निमित्त आग्रह गर्न

गएका कांग्रेस नेताहरू महेश आचार्य, डा. रामशरण महत, भीमबहादुर तामाङ र दिलबहादुर घर्तीलाई रानाभाटले सडक संसद्ले गर्ने निर्णय दरबार पुर्?याउने आश्वासन दिनुभएको

हो ।
'हामी शुक्रबार बस्ने विघटित प्रतिनिधिसभाको सभापतित्वको दायित्व निर्वाहका निम्ति आग्रह गर्न गएका थियौं तर उहाँले सभापतित्व होइन, पारित प्र्रस्ताव दरबार पुर्?याउन

तयार रहेको बताउनुभयो,' सभामुखसँगको भेटपछि महतले कान्तिपुरसँग भन्नुभयो ।
रानाभाटले कांग्रेस टोलीसित सभामुखबाट राजीनामा नदिएसम्म सडकमा आउन आफूलाई अप्ठ्यारो परेको जिकिरसमेत गर्नुभएको थियो । बैठकमा सहभागिताका सम्बन्धमा

जिज्ञासा राख्दा सभामुखले आफू सडक संसद्मा नजाने बताउनुभयो । 'संवैधानिक संसद् मेरो थलो हो, त्यसैले म सडक संसद्मा जान्नँ,' उहाँले भन्नुभयो- 'कि मलाई पार्टीले

सभामुख छाड् भन्नुपर्?यो ।'
दलहरूले विघटित प्रतिनिधिसभा र राष्ट्रिय सभाको विशेष बैठक शुक्रबार ललितपुरको मंगलबजारमा गर्नेछन् । सडक संसद्ले सात दलले अघि सारेको संयुक्त आन्दोलनको साझा

दस्तावेजलाई अनुमोदन गर्ने कार्यक्रम छ । संसद्लाई संवादको थलो स्वीकार गरी माओवादीलाई शान्तिपूर्ण प्रक्रियामा आउन सडक अधिवेशनबाट दलहरूले लिखित आह्वानसमेत

गर्ने भएका छन् ।
त्यसैगरी अधिवेशनले १९ माघको शाही घोषणा, त्यससँगै प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकार कुण्ठित गर्न जारी आदेश, निर्देशन र अध्यादेशलाई अस्वीकार

गर्नेलगायत एक दर्जन प्रस्ताव पारित गर्ने जानकारी पार्टी स्रोतहरूले दिएका छन् । सडक संसद्मा कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, एमाले महासचिव माधव नेपाल,

प्रजातान्त्रिकका कार्यवाहक सभापति गोपालमान श्रेष्ठ, नारायणमान बिजुक्छे, चित्रबहादुर आले, भरतविमल यादव र सीपी मैनालीलगायत नेताले सम्बोधन गर्नेछन् ।


Mock parliament session today


POST REPORT

KATHMANDU, June 2 - Speaker Tara Nath Ranabhat has turned down the request of the seven-party alliance, to chair Friday's open 'special joint session' of the dissolved House of Representatives and National Assembly, but offered to take the endorsed proposals to the king.
Deputy Speaker Chitra Lekha Yadav has however agreed to chair the session.

A team of Nepali Congress (NC) leaders - Dr Ram Sharan Mahat, Bhim Bahadur Tamang, Mahesh Acharya and Dil Bahadur Gharti - had gone to Ranabhat's house with a request to chair the session.

"We requested him to chair tomorrow's open session but he said he would instead help in taking the endorsed proposal to the palace," Dr Mahat told the Post.

"The Speaker does not go to street parliament," Ranabhat said, when asked to respond to the development. "Constitutional parliament is my arena, so I won't go to the street parliament."

Seven agitating political parties on Wednesday decided to go for an open special joint session of parliament at Mangal Bazaar in Patan on Friday.

Nepali Congress (NC) President Girija Prasad Koirala, UML General Secretary Madhav Nepal, NC (Democratic) Acting President Gopal Man Shrestha, Nepal Workers and Peasants' Party (NWPP) Chairman Narayan Man Bijukchhe, People's Front Nepal (PFN) Acting President Chitra Bahadur Ale, Nepal Sadbhawana Party (Anandi Devi) Vice Chairman Bharat Bimal Yadav and United Left Front (ULF) Chairman C P Mainali will speak on the occasion.

The joint session will table motions on the "unconstitutional" Royal Commission for Corruption Control (RCCC), illegal detention of political leaders and human rights activists, gagging of the press, proposed amendments to the Civil Service Act and the problems being faced by Maoist victims, according to a party source.



 
Posted on 06-03-05 3:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Newuser,

It is a high time for every Nepalese to think any effective means of agitation to establish democracy, freedom of speech, human rights and peace. Without the first three, it is impossible to achieve the fourth one. Our dictator KG is exposing the last card just to show, but is preparing internally to benefit his 'chamchas' and be in power. By his more than two and half years in power and more than 100 days of his overall control, I think, nobody has any illusions about his motives. The symbolic session of House on the streets is one of the agitations. Yesterday, there was 'Kaidi Julus'. It is our obligation to support such moves not for the leaders but for the sake of saving our Nation and restore full democracy (republic).

Lets wait, see and do whatever we can, to support any anti-Gyane protests. It will eventually benefit to our generation, if not to us.
----------------
Futurenepal
 
Posted on 06-03-05 5:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I personally think, the king (king? bhai mara!) is the No 1 enemy of Nepal and Nepali people. The sooner Maoists come into mainstream politics, after having given up their arms for good, the better - because all major political parties and Nepali people have now realised that without 'complete' democracy, Nepal will not prosper. And the Gyanbahadur is just a troblemaker.

We, Nepali people should support these democratic parties and groups in order to bring country back to normalcy. Their efforts towards this are commendable.
 
Posted on 06-03-05 5:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


राजाको हुकुमी शाषणको नमुना, आज कमुनिकेसन कर्नर भोलि के?
सम्पादकीय
अवैधानिक आदेश फिर्ता लिनुपर्छ

लहडको भरमा अध्यादेशद्वारा सञ्चारसम्बन्धी ऐनहरू संशोधन गर्ने विवाद सल्किरहेकै बखत कम्युनिकेशन कर्नरलाई बन्द गर्ने तुक न तालको आदेश जारी गरेर श्री ५ को सरकारले सञ्चारकर्मीहरूलाई अनावश्यक रूपले जिस्क्याएको छ । कानूनको शासन भएको मुलुकमा 'मिडिया सेन्टर' त के, पर्याप्त आधार बेगर कुनै पनि सेवा, पेशा वा व्यवसायलाई सरकारले जथाभावी बन्द गर्न पाउँदैन । झन् सञ्चारको युग कहलिएको एक्काइसौँ शताब्दीमा मनोरञ्जन, सूचना एवं ज्ञानको सामग्री पस्किने सेवामूलक उपक्रमलाई रोक्न खोज्नु घामलाई हत्केलाले छेक्न खोज्नु जत्तिकै अर्थहीन काम हो । आफू बसेको हाँगो छिमल्न आफैँ तम्सिएको सञ्चार मन्त्रालयको यो निर्ण्र्ााो जति आलोचना गरे पनि पुग्दैन । दर्ुभाग्यवश, सञ्चार मन्त्रालयको यो अविवेकी निर्ण्र्ााअपवाद नभएर मुलुकमा व्याप्त हुँदै गइरहेको हुकुमी प्रवृत्तिको सूचकको रूपमा प्रकट भएको छ । त्यसैले यस निर्ण्र्ााो प्रतिवाद र प्रतिरोध दुवै जरुरी छ । बूढी मरेको भन्दा पनि काल पसेको चिन्ताले सञ्चार क्षेत्रलाई उद्वेलित बनाएको कुरा स्वतः स्पष्ट छ ।

सैद्धान्तिक प्रतिवादको कुरा गर्ने हो भने संचार मन्त्रालयको अनौठो पत्र पढ्दा जो कोहीको मनमा आपसेआफ विभिन्न प्रश्नहरू खेल्न थाल्दछन् । यदि 'त्यस कर्नरको सञ्चालन अवैधानिक तरिकाबाट गरिएको' ठीक साँचो हो भने कुन संविधान, ऐन, विधान वा नियमावलीका प्रावधानहरू उल्लङ्घन भएका हुन् र आरोपितसँग कहिले, कति पटक र कसरी स्पष्टीकरण मागिएको थियो - कसुरवार नै हो भने कुन विधि कानुनका आधारमा सजायभागी बनाइँदैछ - सफाई गर्ने मौका दिइएको थियो वा थिएन - 'अवैधानिक तरिका' बाट सञ्चालन भएको भए त्यसलाई बन्द गर्नुको साटो नियमित गर्ने बाटो देखाउनु पथ्र्यो कि पर्दैनथ्यो - यी प्रश्नहरूको उत्तर खोज्दै जाँदा नेपालको शासनव्यवस्था पर्ूण्ा रूपले हुकुमी भइसकेको निष्कर्षा पुग्न बाध्य हुनुपर्ने हुन्छ ।

व्यावहारिक रूपमा प्रतिरोध निम्त्याउने कारणहरू झनै बाध्यात्मक प्रकृतिका छन् । पत्रमा 'बन्द गर्ने आदेश' कहाँबाट जारी भएको हो, कतै उल्लेख छैन । राजा स्वयं मन्त्रिपरिषद्को अध्यक्ष रहेको एउटा मन्त्रालयले कुनै अर्को मन्त्रालयको पत्रको भरमा कुनै सञ्चारमाध्यमको सेवा केन्द्रलाई नै बन्द गर्ने निर्देशन जारी गरेको होला भन्ने कुरा युक्तिसङ्गत देखिँदैन । पत्रमा उल्लेख गरिएका बोधार्थ तथा कार्यार्थ निकायहरूको नाम हर्ेदा संचारका सामान्य निर्ण्र्ाारूसमेत रक्षा तथा प्रशासनको रेखदेखमा हुन थालेको स्पष्ट आभास पाइन्छ । यो प्रवृत्ति संचारका लागि मात्र नभएर समग्र समाजकै निम्ति संविधान शून्यताको रोग बल्झिँदै गएको खतरनाक लक्षण हो । बेलैमा यसको सशक्त प्रतिरोध नगर्ने हो भने आउँदा दिनहरूमा कानूनी एवं स्वास्थ्य सेवा वा लेखा तथा इञ्जिनियरिङ परामर्शदातृ संस्थाहरू पनि यसैगरी 'अवैधानिक' घोषित हुन बेर लाग्ने छैन ।

- http://www.himalmedia.com/hkp/2062/j-estha-16-31/sampadakiya.html
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters