शान्ति खोई ?
ललित बस्नेत "भिमाली" सडकमा नारा लागी रहँदा
शान्ति चहियो, शान्ति खै ?
चेली बेचिएका पिडितले भने
बेचे कि खोज मुग्लान गै !
शान्तिको प्रतिक उडाको परेवा
परेवाको आवरणमा बाजथ्यो
परेवा ठानी झम्टिन पुग्दा
झम्टिने बाजलाई लाज भो !
माथी उड्दा, बाज छ ताकमा
भूईंमा ढुक्ने स्याल हो !
जता मरून, परेवै मर्छन
मार्नेलाई भने ख्याल ख्याल भो
जमीनमा थुप्रै स्याल ब्वांसा र
आकाशमा गिद्ध र चिल छन्
मानिस पनि भेटे यिनले
सिंधै सिंधै निल्छन्
नेताहरूले लुटेको दिए
पुग्छ केही अंशले
खोसेरै भए नि पाउनै पर्छ
दलित, शोषितका वंशले
भ्रम नहोस, पुष्पक उडदा
झार्छ भनि फुल
गिट्ठा, भ्यागुर खोज्न जाँदा
झर्ला नि त्रिशुल !
शान्ति खोज्दा खोज्नै पर्छ
बन्दुक बेच्ने को हो साहु ?
नत्र कहिल्यै निको हुन्न
मलम लगाउ जति घाउ !
निहत्थाले बोल्ने त हो
शान्ति भन्ने बोली
बारुद उडछ एमबुसबाट
बन्दुक छाद्छन् गोली
अनुमति भए सुन भन्दैछु
केहीलाई शायद यो पच्दैन
गाँस, वास, कपास विना शान्ति
आई हाले नि, त्यो बँच्दैन
सहरले चाहे जस्तै शान्ति
कुना, काप्चा, सबै छेउ
एकै छाक होस देशमै खाने
यो सहितको शान्ति देउ !
मूर्दा शान्ति होईन अब
शानले बाच्ने शान्ति देउ
संधै मलिन मुहारहरूमा
कस्ले सक्छ कान्ति देउ
(जंगल शान्ति, सहर शान्ति
ब्यारेक शान्ति, ओडार शान्ति
सडक शान्ति, दरवार शान्ति
सदन छैन
त्यसै शान्ति
शान्ति, शान्ति
शान्ति खोई ?
प्रश्न एक छ, त्रिशक्ति हो
सक्छौ भने कोहि त बता
शान्ति,शान्ति भनि खोज्दै
जाने हामी हो कता ? )