[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Mirza Ghalib in Nepali: Shirish
[VIEWED 3873 TIMES]
SAVE! for ease of future access.
Posted on 08-01-05 6:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mirza Asadullah Ghalib is the greatest poet in Urdu and his medium is Ghazal.
To produce a pure form of ghazal, its said, takes years and years worth of distillation and me? Well a novice in this field. Yet to get acquinted with authentic Ghazal I have translated this Ghalib's work, which is one of the most famous one and sang by many singer.
I felt its a good exercise for the beginners. However, does not come out to be that smart as I do not totally understand Urdu and friends, dictionary that I consulted will certainly deteorate the meaning. Any way, poetry is what is lost in translation.

भाग्य भएको भए त, मिलनको बिन्दु भेटेकै हुन्थ्यो !
यदि अरु बाँचेकै भए पनि, यहि पर्खि रहेकै हुन्थ्यो !

तिम्रो वाचामा वाँचेंरै मात्र, यो ज्यान झुठो जान्न पाएँ
बिश्वास मात्र भएको भए पनि, खुशीले मरेकै हुन्थ्यो !

तिम्रो नरमीले थाहा पाएं, कसम खुकुलो सित बांधिएछ ,
तोड्न सकिन्नथ्यो कहिल्यै, बेश बरु कडा, भऐकै हुन्थ्यो !

कोहि मेरो मुटुसित सोधोस्, खिचिएको धनुष र बाण हेरी,
?कलेजो छेडि जाला कि भन्ने, के चिन्ताले घेरेकै हुन्थ्यो??

यो कहांको मित्रता हो, सल्लाहकार नै मित्र बन्ने ?
मद्दत , कसैले गर्दो हो त , शुभचिन्तक मात्र, रहेकै हुन्थ्यो !

ढुङ्गाबाट यदि अबिरल रगत बग्न सक्दो हो भने,
जेल्लाइ दुख सम्झी रहेछौ, त्यो आगो झैं, बलेकै हुन्थ्यो !

चिन्ता: ज्यानलाई घातक छ ! मुटु पनि अछुण्ण रहन्न !
मायामा पिडा नभएको भए, संसारै अझ, दुखेकै हुन्थ्यो !

बदनाम भै मर्दा पनि, किन डुबाईएन होला नदीमा ?
नत्र, अर्थि नै उठाउनु पर्थ्यो, न त चिहान, खनेकै हुन्थ्यो !

कस्लाई म भनुं: दु:खका रातहरु मृत्यु भन्दा कठोर छन्
नरमाईलो मान्दिन म, एकै पटक बरु, मरेकै हुन्थ्यो

उन्लाई कल्ले देख्छन् ? ?एउटै? छन्, अनन्य छन्,
दुईको गन्ध कहिबाट आए शायद कंहि त, देखेकै हुन्थ्यो

यी अलौकिक समस्याहरु; खाली गालिबका बयान हुन्,
मदिरा नपिउने हौ भने, तिमी महर्षि, भैसकेकै हुन्थ्यौ !


alternatively,
जड्याहा मात्र नहुदो त, तिमी महर्षि, भैसकेकै हुन्थ्यौ !

The Real one in Devnagari:
ये न थी हमारि किस्नत के बिसाल-ए? यार होता
अगर और जीते रहते यही ईन्तजार होता !

तेरे बादे पर जिये हम तो ये जान झुट जाना
के खुशी के मर नर झाते अगर ऐतबार होता!

तेरे नाजुकी से जाना कि बन्धा था एहेद-बृदा
कभी तू न तिड सकता अगर उस्तबार होता !

कोहि मेरे दील से पुछे तेरे ती-ए-नीमकश को
ये खलिश कहाँ से होती जो जिगर के पार होता!

ये कहाँ कि दोस्ती है के बने हे दोस्त नासेह
कोई चारसाज होता, कोहि गमगुसार होता!

रग-ए-संग से टुपकता वि लहु कि फिर न थामता
झिसे गम समझ रहे हो, ये हगर शरार होता!

गम अगचें जां-गुलिस है, पे कहां बचें के दिल है
गम-ए-ईश्क अगर न होता, गम-ए-रोजगार होता!

कहुं खिस के मैं के क्या है, शब-ए?-गम बुरी बला है
मुझे क्या बुरा था मरना? अगर एक बार होता!

हुए मर के हम जो रुस्वा, हुए क्यों न गर्क-ए-दरिया
न कभी जनाजा ऊठता, न कहिं मजार होता!

उसे कौन देख सकता कि यगाना हे वो यकता
जो दूई कि बू भी होती तो कहीं दि चार होता!

ये मसाईल-ए-तसब्बुफ, ये तेरा बयाँ ?गालिब?
तुझे हम वली समज्ते, जो न बादा-ख्वार होता !
 
Posted on 08-01-05 7:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Been a while hadn't come back to sajha.

After this long, glad to see quality posts still intact.

Shirish, aru sher haus, goya..maja ayo.
 
Posted on 08-02-05 7:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhat nakhaii, swasni ko gali khai khai, ghalib lai ooltha gardai basiyo !
Dhanna DWI lai man parecha...
Aru pani man bhaye...aru le ni yessoo housale diye po...Khali bahula justo ekalai ke ooltha gareko bhatyaii rahanu...

OOltha garna garo po rai'cha
 
Posted on 08-02-05 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


alternatively: कै can be replaced by को


भाग्य भएको भए त, मिलनको बिन्दु भेटेको हुन्थ्यो !
यदि अरु बाँचेकै भए पनि, यहि पर्खि रहेको हुन्थ्यो !

तिम्रो वाचामा वाँचेंरै मात्र, यो ज्यान झुठो जान्न पाएँ
बिश्वास मात्र भएको भए पनि, खुशीले मरेको हुन्थ्यो !

तिम्रो नरमीले थाहा पाएं, कसम खुकुलो सित बांधिएछ ,
तोड्न सकिन्नथ्यो कहिल्यै, बेश बरु कडा, भऐको हुन्थ्यो !

कोहि मेरो मुटुसित सोधोस्, खिचिएको धनुष र बाण हेरी,
'कलेजो छेडि जाला कि भन्ने, के चिन्ताले घेरेको हुन्थ्यो'?

यो कहांको मित्रता हो, सल्लाहकार नै मित्र बन्ने ?
मद्दत , कसैले गर्दो हो त , शुभचिन्तक मात्र, रहेको हुन्थ्यो !

ढुङ्गाबाट यदि अबिरल रगत बग्न सक्दो हो भने,
जेल्लाइ दुख सम्झी रहेछौ, त्यो आगो झैं, बलेको हुन्थ्यो !

चिन्ता: ज्यानलाई घातक छ ! मुटु पनि अछुण्ण रहन्न !
मायामा पिडा नभएको भए, संसारै अझ, दुखेको हुन्थ्यो !

बदनाम भै मर्दा पनि, किन डुबाईएन होला नदीमा ?
नत्र, अर्थि नै उठाउनु पर्थ्यो, न त चिहान, खनेको हुन्थ्यो !

कस्लाई म भनुं: दु:खका रातहरु मृत्यु भन्दा कठोर छन्
नरमाईलो मान्दिन म, एकै पटक बरु, मरेको हुन्थ्यो

उन्लाई कल्ले देख्छन् ? 'एउटै' छन्, अनन्य छन्,
दुईको गन्ध कहिबाट आए शायद कंहि त, देखेको हुन्थ्यो

यी अलौकिक समस्याहरु; खाली गालिबका बयान हुन्,
मदिरा नपिउने हौ भने, तिमी महर्षि, भैसकेको हुन्थ्यौ !
 
Posted on 08-02-05 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरीष,

गालिबको अनुवाद त्यो पनि गजलमै, एउटा कठिन अभ्यास हो । प्रयास मात्रै पनि तारीफयोग्य कुरा हो ।

म पनि Urdu-challenged भएकोले शव्दकोष नपल्टाई हुन्न ।

एउटा विशेषता के ठम्म्याएको छु मैले गालिबको गजलमा भने, आत्मविश्वास । भन्न खोजेको के हो भने, गालिबको गजलमा अर्थप्रदर्शक (cf. पथप्रदर्शक), सहायक, अतिरिक्त शब्दहरु हुँदैनन् । र मैले सुनेबुझे अनुसार उनले शब्दहरुलाई तत्प्रचलित सामान्य अर्थमा सिमित पनि राखेका छैनन्, बिम्बका प्रतिनिधी शब्दहरुमा मात्र होईन, अन्यमा पनि । त्यसैले उनको शेरहरुमा रस निकै बाक्लो हुन्छ, पानी जस्तो घट घट घट पिउन नमिल्ने ।

अनुवादको प्रयास नै शेरलाई बुझ्ने ultimate तरिका हो । यो कुरा शिरीषले पक्कै अनुभव गरे, कि कसो ?

गालिबको यो गजलको मकता चाहि मैले सबभन्दा बढी quote भएको सुनेको शेर हो । एकदमै फरक फरक अनुवादहरु (अंग्रेजीमा) पढेको छु मैले यसको । गालिबको शेरको लागि त्यो अस्वभाविक होईन भन्छु ।

ये मसाईल-ए-तसब्बुफ, ये तेरा बयाँ 'गालिब'
तुझे हम वली समझते, जो न बादा-ख्वार होता !


क्या दामी दियो यार यो गालिबे बज्ज्याले
के गर्नु शिशीमुनि मात्र नभा' भे ऋषिमुनी हुने मान्छे हो ।
 
Posted on 08-02-05 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिषजी हाजिर छु। अति नै सुन्दर लाग्यो तपाईंको अनुवादकला पनि। निर्धक्क लेख्दै जानुस, तपाईंको गजलका पाठकहरु दिन दुगुना चार चौगुना बढ्दै जानेछन।

गालिबको अन्तिम शेरका दुई अनुवादहरुमा कुन चैं ठेट शव्दहरुसंग सन्निकट छ, दुई महारथिहरुले व्याखा गरिदिनु भएमा उर्दुसंग झण्डै झण्डै अपरिचितहरुलाई केहि राहत महशुस हुने थियो।
 
Posted on 08-02-05 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त अनुवाद गरेको होईन गाँठे । यो शिशीमुनि/ऋषिमुनि को rhyme फेला पारेर घुसाईदे'को पो त ।

शब्दार्थहरु त शिरीषकै अनुवादका ठीक छन् नि ।

मसाईल = कुराहरु
तसव्वुफ = ब्रह्म-रहस्य
बयाँ = बयान
वाली = राजा, मुखिया, मालिक, पण्डित
बादा-ख्वार = रक्सीबाज
 
Posted on 08-02-05 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनुवादको प्रयास नै शेरलाई बुझ्ने ultimate तरिका हो । यो कुरा शिरीषले पक्कै अनुभव गरे, कि कसो ?
nepe guru,

tehi justo lagera maile nawa agantuk gazal lekhne haru lai sallah diyeko !

malai ta lat (bani lagyo), nasha ko lage jhai.

Internet ma bha jati material print garya chu, kaam ko laserjet ko masi sakine gari. Thesis lekhna lagya jastai cha ghalib ko barema.

newuser
dhanyabad for your kind words.
mushahira ma wah wah kina garchan ma balla bujhdaichu.
spirit ra enthu level maintain garna pani chahido rai'cha !

Naya project:

ईश्क से तबियत ने जिस्त का मजा पाया
दर्द कि दबा पाई, दर्द-ए-बेदवा पाया

syllables 15 (not counting halfs)

I will keep posting as I go on but it will take a while.
 
Posted on 08-02-05 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe guru

I liked the 'anifactuals' in the translated ghazal.
 
Posted on 08-02-05 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझाको कुनै पुरानो थ्रेडबाट यो गजल . . .

अनुवाद चाहिं फिरीईस्टाईलमा ग-या,

गजल

बहादुर शाह "जफर"

(स्वदेश फर्किन नपाउने गरी बर्मामा निर्वासित भएका हिन्दुस्तानका अन्तिम मुगल सम्राट, बहादुर शाह, जसले त्यहिं प्राणत्याग गरे, ले निर्वासनकालमा रचेको, शायद)


लगता नहीं है दिल मिरा उजडे दयार में
किस की बनी है आलम-ए-नापायेदार में


(बस्दैन मेरो मन यो उजाड बस्तीमा
को पो फलेफूलेको छ र अस्थाई गस्तीमा)

कह दो हसरतों से कहीं और जा बसें
इतनी जगह कहाँ है दिल-ए-दागदार में


(अभिलाषाहरुलाई भनिदिनु डेरा खोजे हुन्छ
यो डढेको दिलमा तीनलाई बसाउने ठाउँ छैन)

उम्र-ए-दराज माँग के लाये थे चार दिन
दो आरजू मे कट गये दो इन्तेजार में


(चार दिन लामो आयु मागेर ल्याको
दुई दिन रहरै रहरमा बिते, दुई दिन पर्खाइमा झ्वाम)

कितना है बदनसीब "जफर" दफ्न के लिए
दो गज जमीं भी न मिली कू-ए-यार में


(कति अभागी त "जफर" लौ, दुई हात जमीन पनि
पाएन चीताको लागि स्वजनका दोबाटो छेउ)
 
Posted on 08-02-05 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुरुहरुको यो उर्दु गजलको नेपाली अनुवाद साह्रै प्रशंसनीय छ ल। अलेsली हिन्दी फिलिम त हेर्ने गरेको हो, तर यो उर्दु त सारै मीठो रेsछ गाँठे। ३०-४० प्रतिशत मात्र शब्द बुझ्दा त यस्तो, सबै बुझ्न सक्ने गुरुहरुलाई कति मज्जा आsको होला, डाह नै लाग्छ।

:)
-भउते
 
Posted on 08-02-05 5:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ नेपे ब्रो तिमिले उल्था गर्न नै आउदो रहेनछ । खास यो शेरबहादुर देउबाले लेखेको हो जेल चलान भएपछि
( तिमिले झुक्केएर बहादुर शाह पढ्य्यो )।
लगता नहीं है दिल मिरा उजडे दयार में
किस की बनी है आलम-ए-नापायेदार में

(बस्दैन मेरो मन यो उजाड जेलमा
के पो फलेफुलेको छ यो मामाघरमा )

कह दो हसरतों से कहीं और जा बसें
इतनी जगह कहाँ है दिल-ए-दागदार में


( ने का ( प्रा ) लाइ भनिदिनु अर्को मान्छे खोजे हुन्छ
यो बिचरा शेरुको निस्कने बोटो छैन )
उम्र-ए-दराज माँग के लाये थे चार दिन
दो आरजू मे कट गये दो इन्तेजार में


( दुइ चार दिन भनेर के ल्याकाथिए
हेर आर्जु यिनिहरुले त दुइ बर्स नै राख्ने भए )
कितना है बदनसीब "जफर" दफ्न के लिए
दो गज जमीं भी न मिली कू-ए-यार में


( कति अभागि रहेछु म त
सज्जन भएर पनि जेल जाने पहिलो प्रधानमन्त्रि भएछु म त )

धरोधर्म मैले आफ्नि शब्दकोशबाट रुपानतर गरेको बिस्बास गरे हुन्छ ल ।

 
Posted on 08-02-05 5:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेको चाखको सम्मानमा एउटा अर्को गजल र अनुवाद । यसमा चै फारसी मुलका उर्दु शब्दहरु कमै भएकोले अनुवाद नगर्दा पनि हुन्थ्यो होला । तर यसो अभ्यास गरिटोपली हाल्न मुन लाग्यो र ।

यो गजल चाहि कविवर खुमार बारा बाँकवी को । यिनी ख्याल मीठो स्वरमा गजल वाचन गर्दैनन् । वास्तवमा खुमार बाराको भन्दा मीठो स्वरमा शायरी सुनेकै छैन मैले । कविकै स्वरमा शायरी सुन्न चाहि तलको लिंकमा जाम् ।

- http://www.urdulife.com/mushaira/mushaira.cgi?kb_g8


हुस्न जब मेहरबाँ हो तो क्या किजिये
ईश्क की मगफिरत की दुआ किजिये


मगफिरत = मुक्ति

जोवन नै कृपालु भए पछि के लाग्छ
मयाँबाट फुत्किन त देउताको नाम लिए मात्तै हो

इस सलिके से उनसे गिला किजिये
जब गिला किजिये हँस दिया किजिये


यो काईदाले उनीसित गुनासो गर्नु कि
गुनासो पनि गर्नु, मुसुक्क हाँसी पनि दिनु क्या

दुसरों पर अगर तब्सीरा किजिये
सामने आईना रख लिया किजिये


पराईहरुको टिकाटिप्पणी गर्दा
आफ्नो अगाडि एउटा ऐना राख्ने गर्नु

आप सुख से है तर्क-ए-ताल्लुक के बाद
इतनी जल्दी न ये फैसला किजिये


तर्क = समाप्ती, ताल्लुक = सम्बन्ध

सम्बन्ध-विच्छेद पछि चैनले बस्ने कुरा त छदैछ नि
तर हतारमै यो फैसला चै नलिई हालम कि

कोई धोका न खा जाये मेरी तरह
ऐसे खुल के न सब से न मिला किजिये


मेरै जस्तो दु:ख पाईएला है
यसरी जो पायो त्यही संग हिमचिम नगर्नु

अक्ल-ओ-दिल अपनी अपनी कहें जब 'खुमार'
अक्ल कि सुनिये दिल का कहा किजिये


मस्तिष्कले एउटा कुरा हृदयले अर्कै कुरा ग-यो भने
मस्तिष्कले भनेको सुन्नु, हृदयले भनेको गर्नु
 
Posted on 08-02-05 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

A technical note for the students of Ghazal. The Ghazal just posted above is an exceptional one in the sense that it has three मतलाहरु instead of one. Yes, it's allowed.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters