Who is this MATHI?
Decide for yourself, a news report from today's Kantipur (July 11).
खाग तस्करीका मुख्य अभियुक्त छुटाउने प्रयास
कास
काठमाडौं, साउन २६ - दुई दर्जनभन्दा बढी गैंडाको खाग व्यापार अभियोगमा चितवनमा दुई महिनाअघि गिरप\mतारमध्ये एक अभियुक्तले कारोबारमा केही उच्च व्यक्तिको संलग्नताको तथ्य खोलेपछि निकुञ्ज प्रशासनले थप अनुसन्धान नगरी उनीसहित तीन अभियुक्तलाई जेल चलान गरेको छ ।
एक खाग, बा१च ९९६९ नम्बरको कोरला कार, ४ लाख ४६ हजार नगद र मोबाइल फोनसहित असार पहिलो साता पक्राउ परेका काठमाडौंका पेम्बा लामा याक्चे, उनका सहयोगी सुमन गुरुङ र पेम्बा गुरुङलाई थप अनुसन्धान नगरी साउन पहिलो साता चितवन कारागार चलान गरिएको निकुञ्ज स्रोतले जनायो । लामा अहिलेसम्म पक्राउ परेका खाग तस्करमध्ये उच्च तहका हुन् । तिब्बती शरणार्थी बताउने ५५ वषर्ीय लामाले मनाङबाट नेपाली नागरिकता लिएका छन् ।
उनले २० खाग बिक्री गरेको वयान दिए पनि पचासौं खागको कारोबारमा उनको संलग्नता रहेको स्रोतको दाबी छ । उनले राजधानीका केही उच्च घरानाको संरक्षणमा आफूले वर्षौंदेखि खाग कारोबार गर्दै आएको बताएपछि 'माथिको दबाब' मा थप छानबिनै नगरी जेल चलान गरिएको हो । स्रोतका अनुसार लामाले तासी नामका तिब्वती व्यापारीलाई २० खाग बेचेको वयान दिएका थिए ।
संलग्न उच्च्ा गिरोह लामाबाट बरामद एक खागलाई नक्कली प्रमाणित गराई उनलाई छुटाउन सक्रिय रहेको स्रोतले जनायो ।