[Show all top banners]

deletedUser**
Replies to this thread:

More by deletedUser**
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Winning Poem
[VIEWED 3089 TIMES]
SAVE! for ease of future access.
Posted on 08-15-05 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Alliance for Democracy & Human Rights in Nepal, USA had organized a fund raising pot luck picnic in NYC the weekend before. Apart from regular food and fun, they also hosted a volleyball and antaakchhyari tournaments, and an original poetry recital competition. The following poetry (poetress: Radha Poudel) had secured teh first place in the poetry competition:

"ढाँटीमात्र रहन्छ"

--राधा पौडेल, चितवन (हाल क्वीन्स, न्यू योर्क)

(शार्दूल विक्रीडित छन्द)

टाढा टाढा विकट मनका आशका दीपलाई।
गाउँ भेसी शहरतिरका फूका प्रितलाई।।
आफ्ना थुप्रै विविध घरका काम छाडेर आज।
पैल्हो थुङ्गा मिलन जयनेपालको साधुवाद।।

सारा राष्ट्र सखाप पार्छ तर खई खाई अघाउन्न त्यो।
गाँस्न खोज्छ बिदेशीको स्वजनको माया पचाउन्न त्यो।।
खोक्रो भाषण गर्छ कामतिर खै ध्यानै लगाउन्न त्यो।
ढाँटीमात्र रहन्छ वास्तविकता केहि बताउन्न त्यो।।

।।१।।
आँखा टल्टल हेर्दछ तर यहाँ दृष्टि लगाउन्न त्यो।
दुवै कान खुले पनि तर किन विचार सुन्दैन त्यो।।
गर्छु काम भनेर मख्ख दुनियांलाई बनाउँछ त्यो।
ढाँटीमात्र रहन्छ वास्तविकता केहि बताउन्न त्यो।।

।।२।।
बाटो मिच्छ उदण्ड भईकन सधैं ढुकेर गर्जन्छ त्यो।
कालो कानून ल्याउने लहडमा बम्केर कुर्लन्छ त्यो।।
हेर्दा चट्ट चिटिक्क पर्दछ सधैं हाँसेर बोल्दैन त्यो।
ढाँटीमात्र रहन्छ वास्तविकता केहि बताउन्न त्यो।।

।।३।।
पौडी खेल्न रुचाउने रगतमा पानी रुचाउन्न त्यो।
चौका दाउ सिवाय भित्री मनले केहि चिताउन्न त्यो।।
गाई गोठ सखाप पार्छ घरको संभार गर्दैन त्यो।
ढाँटी मात्र रहन्छ वास्तविकता केहि बताउन्न त्यो।।

।।४।।
आफैंलाई सिवाय कोहि अरुको विश्वास गर्दैन त्यो।
थुप्रै मानिस मृत्युमा पनि कतै सन्ताप मान्दैन त्यो।।
राम्रो सुन्दर सभ्य शिष्ट रसिलो बोली भिसाउन्न त्यो।
ढाँटीमात्र रहन्छ वास्तविकता केहि बताउन्न त्यो।।

।।५।।
रच्दै नाटक हिँड्छ फेरि किन हो पर्दा उघार्दैन त्यो।
आफैं मञ्चन गर्छ नायक भई संगीत भर्दैन त्यो।।
आफ्नै मात्र भकारी भर्छ अरुको खोक्रो बनाउँछ त्यो।
ढाँटीमात्र रहन्छ वास्तविकता केहि बताउन्न त्यो।।

।।६।।
आफैंलाई विशिष्ठ ठान्छ अरुको सम्मान गर्दैन त्यो।
रैतीको व्यवहार गर्छ जनता भेडासरी ठान्छ त्यो।।
साझा सम्मति के छ खै भनि कतै फर्केर हेर्दैन त्यो।
ढाँटीमात्र रहन्छ वास्तविकता केहि बताउन्न त्यो।।

।।७।।
संवैधानिक बन्छु भन्छ विधि नै कुल्ची लतार्दै छ त्यो।
आफ्नो नक्कली रुप छोप्न झूठको खेती थुपार्दै छ त्यो।।
के हो खास निकासको जड कुरो गम्भीर बन्दैन त्यो।
ढाँटीमात्र रहन्छ वास्तविकता केहि बताउन्न त्यो।।
 
Posted on 08-15-05 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

The following poetry (poetress: Radha Poudel) had secured teh first place in the poetry competition:
Its cause I wasnt there :-))
 
Posted on 08-15-05 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कविता लेखनाथ पौडेलको 'कालमहिमा' शैलीमा रहेछ। तर वर्तमान सरकार र परिस्थतिलाई व्यंग्य गर्ने यो कविता उत्तिकै समयसापेक्ष र जोडदार छ। कवयित्रीलाई वधाई।
 
Posted on 08-15-05 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धत्तेरीका यो टाईपिस्टको कुईया हात!

पहिलो हरफको दोश्रो लाईन:

गाउँ बेसी शहरतिरका फूलका प्रितलाई।।

 
Posted on 08-15-05 5:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कवयत्री चाहिं साह्रै पर्तिभाशाली हुनुहुँदोरहेछ । छन्दमा, त्यो पनि त्यसरी सललल बगेको कविता भनेको चानुचुने कुरा होईन ।

वार्णिक छन्दमा मैले आजसम्म एक पंक्ति पनि कोर्न सक्या छैन । हाई स्कूलमा गृहकार्य गर्दा एक पंक्ति सम्म लेखें कि जस्तो लाग्छ, त्यत्ति हो ।

कविता साहित्यिक हिसाबले नारावादी भएपनि राजनैतिक हिसाबले चाहिं समसामयिक र सन्देशपूर्ण छ । किन्तु लक्षित protagonists भने अलिक मिश्रित भए जस्तो लाग्यो । एउटै वाणले सबैलाई भ्याउन खोज्या हो कि ?
 
Posted on 08-16-05 5:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कविता समयसापेक्ष छ। तर जसले पनि अहिले रच्ने विषय नै यही हुन्छ प्राय:।
माथिको दुइटा श्लोकलाई नगनेको किन होला? हाम्रो पुन्टेको गल्तिले Mistake भाऽ त हैन होला नि है।
नि:सन्देह कवयित्रीले सबै पक्षलाई छेदन गर्न खोजेकी छिन् । तर यो हरफले अलिकति तोक्न खोज्यो, सायद यो कमजोरी होला।
सं वैधानिक बन्छु भन्छ विधि नै कुल्ची लतार्दै छ त्यो।

समस्टीमा कविता राम्रो लाग्यो ।

 
Posted on 08-16-05 6:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुनै पनि प्रस्तुति प्रस्तुतकर्ताको प्रतिबिम्ब हो भन्ने मेरो मान्याता रहेको छ। प्रस्तुतिमा
मौलिकताको हदले प्रतिबिम्बको पनि हद तोकेको हुन्छ जस्तो लाग्छ मलाई।
"ढाँटीमात्र रहन्छ" कबियत्रीको त्यो दर्पण हो जसमा उनले हामी -पाठक-लाई र हामीले उनलाई परोक्ष देख्छौं तर परीचय कबिताको सिमा भित्र सिमित छ।

कबिताको मैले समिक्षा गर्ने हो भने म के भन्न चाहन्छु भने ब्यक्तिगतरुपमा मलाई
कबिताले प्रभाबित गरेन। कबिता मलाई न त मौलिक लाग्यो न नै सन्तुलित-बस्तुस्थितीको बयानमा। हो, छन्दमा लेख्नु चानचुन कुरा हैन तर यो छन्दले मलाई
अचेल चलेका पुनर्मिश्रण (रिमिक्स) गितको स्मरण गरायो।

मौलिकता नै लेखकको ब्यक्तित्व हुनु पर्छ, प्रभाव जुनसुकै द्रिष्टिकोणबाट भए पनि।
नत्र क्षणिक लोकप्रियताले लेखकको दीर्घकालिन अस्तित्वलाई खतरनाक चुनौति
दिन्छ जस्तो लाग्छ मलाई।

जे होस, कबियत्रीलाई शुभकामना। अरु मौलिक र सन्तुलित प्रस्तुतीको अपेक्षामा
-दीप
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
nrn citizenship
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
Informatica consultancy share
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Renewal Reregistration
Nepali doctors future black or white usa ?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Thank you for the sajha policy
मन भित्र को पत्रै पत्र!
Travelling to Nepal - TPS AP- PASSPORT
Are you ready to know the truth?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
WHAT DO YOU GUYS THINK ABOUT THIS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters