पोलिरहेको त्?यो मनलाइ शान्?तिदिन म कहा कहा दगुरिन- आखाबाट आशु खसालेरै मात्र मेरो मायाको मोल जान्?न ऊसले चाहेको रैछ. हरेक पलमा, पाइला पाइलामा तिम्रो हात थाम्नेछु भन्ने आहट आज पानीमा चुर्लुम्मै डुबेर अन्तरहिन भयेको छ. आमा, ऊसले भन्ने गर्थ्यो, शहन्िसलता र शाहसको बािरश भयेकि छु म. मेरा मन्मा भयेका अन्तरङ्को उत्तर दिन्दै मेरो साथी बन्ने प्रण गरेको थियो उसले. आज ति सबै प्रणहरु भूमिभित्र धसिदै गयेका छन्. कतिले कुल्चिए, कतिले थुके, म भने सम्झ्औताको धिप्धिपे आशामा बलिरहे. आखिर के हो रैछ र, तँछाड मछाडमै बित्दो रैछ जिन्दगि. घुम्ने मेचमाथि अन्धो मान्छे झैँ.
ममाँ पनि साहसिलो हुने इच्छा नपलाएको हैन, तिम्रि छोरी नै हु आखिरमा. यध्दपि तिमीले भनेजस्तै गरि यो मनलाइ सम्हालन्न सकिन. भावनाहरु एता उति भट्कि रहे, कतै समुन्द्रमा छलाङ मारे, कतै टाँस्सिए कतै उप्किए... सम्हालु पनि कसरी? गरिबिमा पोलिन्दै आएको यो मनलाइ अति छट्पटि भएछ क्यारे, एक दिन पत्तै नदिइ सुइँकुच्चा ठोक्यो. त्यागिदियो यो देहलाइ. जिजिविशा पलाउदै गएको त्यो मनलाइ कसरी निमोठ्नु मैले? छोडिदिए बरालिन. धकेलिन्दै, पछारिन्दै, मुटुमा भएको द्रड्तालाइ ढाडस दिन्दै, तिम्रो सपना पुरा गर्न हिडेकी म. याद छ तिमी भन्ने गर्थ्यऔ, मेरी छोरी एक दिन् ठूलो मान्छे बन्छे. आखाँभरि आशुँलियेर कसरि अनिश्चित्तालाइ सुम्पेकी थियौ- आज त्यहि अनिश्चित्तताले ढ्रड बनाएको छ मलाइ आमा. परिस्थितिले उमेर भन्दा बढि नै परिपक्व बनाइदियो. तर अनाएशै बरालिने यो मन् अटेरी भएको छ..तिमीले नचिताएको मानिसक परिवेशमा पछारिएकि छु म आज. मल् जल् गरी सम्हालेका ति सपनाहरुले राक्छ्यसि रुप लिएका छन् आज.
"नम्रता, मलाइ नबिर्सिनु है" भन्ने गर्थओ उ बेला बेला. आज मन् अत्तासिदैँ उस्को न्यानो खोज्न गएपनि, उ कतै देखिन्दैन. प्रेमिले प्रेमको अर्थ भुलेको छ आज. कति निठुरि रैछ भन्दै मश्तिश्कलाइ सरापेर हिँडेकि मन् आज फेरि शरणमा आएकी छे. "निश्चल, किन म?" एउटै मात्र प्रश्न दोहोरिन्छ, बेला बेला. कहिले त निन्द्राबात झस्किन्छु, कता कता घाँटिमा नमिठो पेय झुँन्डिएझैँ हुन्छ, अनि शिरानिले मुख छोपेर अन्धकारमा टटोल्दै निदाउने प्रयाश गर्छु. "हैन तिमि जाउ. ममा विशवाश गर, तिमीले त्यो हासिल गरेरै छोड्छौ.." भन्ने गर्थे म. आज यि अनाएसै टोलाएका रातहरुमा रम्न खोज्दै छु म.
मलाइ अझै याद छ त्यो दिन्. खड्गमानको छोराले एस.एल.सी. बोर्डमा हान्यो रे भन्ने सुनेकी थिएँ. मेरो गाला रातो भएको थियो लाजले. सँगै ट्युसन् पढ्दा कति एक् गनि्दनथेँ, सधैँ आफै जान्ने हुनु पर्थयो मलाइ...
क्रमश...