[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Dunel -------------Deep
[VIEWED 8191 TIMES]
SAVE! for ease of future access.
Posted on 08-26-05 7:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चुरोस छ? छ्याकले प्याच्च सोध्यो सम्बोधन बिना नै मेरा र बाङ्गेका सँग उस्का
आशे आँखा जुधाउँदै। छ्याक मेरो साथि, सानै देखि।

"के तानिस ए छ्याक?" मैले एक दिन तेसलाई गणेशथानमा धुवाँ उडाइरा देखेर
सोधेँ।

एक चोटी मलाई घुरेर बोल्यो "गैंर चुरोस"। छ्याक भन्या मन नपरेर होला घुर्या
तर तेल्लाइ
सुरेस भन्न मेरो जिब्रै नलागेसि मैले के गर्ने? दुइ चार चोटी हानाहान पनि भो तेसको मेरो सुरु सुरुमा
मैले तेल्लाइ सुरेस भनिन रे भनेर। हानाहान परिसकेसि त झन प्रेस्टिज इस्सु कि
के भन्छन नि हो तेस्तो भएर झन मरिगए सुरेस भन्न मन लागेन। सुरुमा घार घुर
भए पनि बिस्तारै ठिक भो।

ठुटो टिपेर तान्या थुक्क @@@@ ...जुठो ठुटो टिप्न टिप्न परेसी याकको टिप्न पर्छ नि
..फिल्टर नि हुन्छ तेसमा। मैले ठुटोको लागि हात बढाउदै भनेँ।
बाउको इस्टकोटबाट हाइज्याक गरेर ल्याको, छ्याकले ठुटो म तिर सार्दै भन्यो।

मेरो त छ्याक उस्तादै भन्दा हुन्छ...चुरोस तान्न सिकाकै उसैले हो।

चुरोस छैन? यस पटक छ्याकले पैला मलाई हेर्यो अनि बाङ्गेलाई हेर्दै थप्यो.."
यो @@@@ भिखारी सँग त झन के हुन्थ्यो" ।
छ म सँग, बाङ्गे बोल्यो।
के साइत हेरेर बसिरा त ? झिक्न त...तेइ गैंर चुरोस त होला नी तँ सग, हैन बाङ्गे? छ्याकले
अलि हेपेर सोध्यो ।
हैन फिल्टर भाको छ, बाङ्गेले जबाफ दियो।
"के चुरोस?" छ्याक दङ्ग पर्यो।
के त तैँ भन्न हेरेर, बाङ्गेले सजिलै भन्यो, अनि थप्यो पनि "तर अलि ओस्या छ"।
ओस्या छ रे? के गरेर ओस्या त? छ्याकले अलि चिन्तित हुँदै सोध्यो।
पञ्चेधारामा न्वार आउदै छु भरखर...बाङ्गेले स्पष्टिकरण दियो।
हुन्छ ओस्या भे नि, झिक...ताने पछी ताति हाल्छ नि..त्यै दुनेल त होला नि, हैन? छ्याक जोस्सियो तान्न।
पक्का तान्ने हो? बाङ्गे ले सोध्यो।
हो हो @@@@ झिक, ...छ्याकले खुसि हुदै भन्यो।
उ त्याँ परखाल पछाडि हिन त उसो भे, बाङ्गेले परखाल देखाउदै भन्यो।
किन? छ्याक छक्क पर्यो।
अब यो बिच बाटाँ झिकेर काँ तान्न दिनि त तँलाई? कस् कस्ले देख्छ कस् कस्ले ? बाङ्गे
परखाल तिर लाग्यो छ्याक पछि पछी। म तयार थिएँ।

दारी मुसार्दै आउदै गर्या नरेन्द्र बाजेलाई हेर्दै मैले सोधेँ, गुरु, राँगो एकादशी कैले हो?"
ठुलो एकादशिलाई हामि जिस्केर ठुलो खसि भन्या जस्तो राँगो एकादशी भन्थीम जुन
सुन्दा गोलभेडा समेत नखाने नरेन्द्र बाजेका कन्सिरिका रौं तात्थे।
गुरुले घुरे मात्रै...साउने सक्रान्ति कति गते रे गुरु? मैले थपें।
जनै पुर्ने कुन तिथिमा रे गुरु?

गुरु, यस पालि तिथि टुटेर दसैं त्यार मा पर्या छ रे हो? मज्जाले ताति सक्या
गुरुलाई एक दुइ वटा अरु नि प्रश्न गर्नु थ्यो तर पर्खाल पछाडी हाना हान सुरु
भै सक्या भे र म पर्खाल तिर हुइकिएँ। जान्या जति मनपरि शब्द ओकल्दै
छ्याक र बाङ्गे हानाहानमा लाग्या रेछन। मलाई देख्ना साथ छ्याक गर्जियो
"दुनेल चुरोस छ भनेर **जी बाङ्गे ..ह्याँ पर्खाल पछाडी आएसि त जिपर पो
खोल्छ ए मा*******! "

बाङ्गेले छ्याकलाई हेर्दै थप्यो, "दुनेल दुनेल भन्ने तैं हैन? यै हो **जी दुनेल..आइज..ओस्या छ
त भनेकै हो नी मैले मा******।"

फेरि हानाहान पर्यो। छुट्टयाको जस्तो नी गर्नै पर्यो मैले। जे होस रमाइलो भो।
के गर्ने अचेल जस्तो मनोरञ्जनको साधन तेति बेला धेरै नाईँ, अन्त सानो
तिनो रमाइलो पनि जो हात सो साथ गर्नु पर्थ्यो।

दुनेल को बारेमा पनि भनम ला नि म।
 
Posted on 08-26-05 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दशैं र त्यारका बिचाँ च्याप्या दिन चलेका थे तेतिबेला। बाङ्गे, म र बाले (बालकृष्ण तेसको नाम)एक दिन सरसोतिथान बाट
दर्जनौ खुडकिला ओर्लदै लागिम सत्तेनारन मन्दिर तिर ढुङ्गे धारो बायाँ पार्दै। छ्याक
तेतै कतै हुनुपर्ने थ्यो। सत्तेनारन थानमा सक्रान्ति छोडेर सधैं सुनसान। त्यो बिरानो
ठाममा सतकौं घुँडा मारेर त्यो पनि ढुङ्गे खम्बा माथि चालचुल नगर्ने सत्तेनारन
लाई नमस्ते गर्या गरेइ...कति दिक्क लाग्या हुँदो हो यो गरुडलाई भनेर एक
थरी दयाबानहरुलाई एक ताका मनमा गाँठो परेछ र तारतम्मे मिलारै होला गरुडलाई गुप्त
भ्रमण गराउने हेतुले हरण गरेछन तर के को हिसाब किताब मिलेन की गरुडको
दशा बिग्रेर हो पुलिसले पत्ता लायो र गरुडको भर्मण अनिश्चित कालको लागि स्थगित मात्रै भएन फलामे बार भित्र बन्दी पनि हुन पर्यो बिचरा गरुडलाई। भ्रमणको
बेबस्था गर्नेहरु चैं खुलेआम भए सोझो गरुड पर्यो थुनामा। सोझोको मुखमा घोचो भन्या तेस्तै होला।

ए! कताको कुरो कता पुगेछ। जे होस, तै सत्तेनारन थान पछाडी
भेटभो छ्याकलाई। छ्याक र डेनि ध्वाँ उडार बसिरा रेछन। डेनिको नाम त अर्कै
हो तर त्यो हिन्दी सिनेमा जयनेपालमा हेर्दा हेर्दै डेनिको भक्त भो। उसको नामले
बोलाए रिसाउने, डेनि भने मुस्काउने गर्न थाल्यो। तेसो गरेसि डेनि हुन के बेर लाग्थ्यो।
टिन लाई तिन र तीन लाई टिन भन्ने भे पनि साथी हेर्दा हेरदै दुई चार दिनमै डेनि भै गो।
डेनिलाई उ आफै चै बरु देनि भन्थ्यो।

त्या ह्वाकर्याङ्ग खेल्थिम हामि। त्यो दिन बाङ्गे निकै तात्या थ्यो खेल्न। नयाँ हवाक्र्याङ्ग बालेले "भि" आकारको उसको
औजारले कोतरेर तु बनायो। कित्ता (चुरोटका बट्टा), पैसा, गुच्चा जे छ त्यै राखेर खेल्ने गर्या थ्यो हाम्ले।
नियम त सधै उही तै पनि दोर्याउनै पर्यो: जोर छिया छुने, बिजोर फुटाउने,
सबै छिया ढुस। ढक भले नि ढुस। धाप हान्ने छैन। बाले, म, छ्याक, बाङ्गे र डेनि
गरेर पाँच जनाको पाचँ वटा गुच्चा खालमा। ढक छ्याकको ठुलो पानी गुच्चा थियो।
खेल चल्यो। बाङ्गे थाल्यो हार्न। मैले अलि अलि जिते नी छ्याकलले हरिप
चार छिया एक्लि भलेर बबाल जितिराथ्यो। डेनि म त साउँ का ताँउ भन्थ्यो खाली।
बाले चै जति जिते पनि हारेँ भन्ने तर खासमा त्यो दिन बाङ्गे हार्या थ्यो। आफु
हार्या र छ्याकले जित्या दुइटै देखेर बाङ्गे सन्किन खोज्दैथ्यो। छ्याकले फेरि
चार छिया एक्लि भल्यो। एक्लि अलि हाइटमा भा भेर त्यै हो भनिम। छ्याकले
कपेर ढक हान्यो। बाङ्गेले एउटा खुट्टा उचालेर गुर्लि..गुर्लि भन्या त हो तर
ढकले टेरेन। खायो छ्याकले। छ्याकलाई घुर्दै बाङ्गेले भन्यो तँ ##जि धाप
नहान है मा######।
ढक हान्ने अघि धाप हान्या छैन क्यारे त..छ्याकले
उसको बेला बखतमा हान्ने ढापको समर्थन गर्यो।
बाङ्गेको दशा रे छ त्यो दिन ...उ पनि चार छिया एक्लि पार्न खोज्थ्यो कि त सबै छिया
ढुस हुनि कि तिन छिया पर्ने। तिन छिया फुटाउँदा ढुस हुनी बचाउन खोज्दा नी
गुर्लेर ढुस हुनी।
 
Posted on 08-26-05 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाङ्गेले निउँ खोज्न होला अघि नै छ्याकले दुइटा बुढी औलाको नङका बिचमा
च्यापेर "यो प्याकमारा चल्दैन" भनेर घोषणा गरि सक्या गुच्चा फेरि राख्यो बाङ्गेले त्यो पनि
छ्याककै पालामा। फेरि भनाभन भो...ल छो त... ल त ..छो त सम्म पुग्यो।
टाट भइस भने **जि म टाट भईँ भनेर माग्न म दिन्छु तँलाई, छ्याक खालको
गुच्चा एउटा हातमा र ढक आर्को हातमा मुठ्ठि पारेर उफ्रियो। थामथुम पार्नै गारो
हुन थाल्यो। हुन त रमाईलो नी भै रा थ्यो।

तँ टाट हो? छ्याकले बाङ्गेलाई सोध्यो। बाङ्गे बोलेन। स्वाँ स्वाँ गरेरे उभ्भि रह्यो।
"ल बाङ्गे टाट... तिमेरु राख" छ्याकले उर्दि गर्यो...हाम्ले राखीम आफना आफना
कित्ता। छ्याकले गुच्चा खालमा भल्दा भल्दै बाङ्गेले एउटा कित्ता हवाक्रयाङ्गको
छेउमै हु्रयाउदै बोल्यो "दाईलाई के सम्झ्या छस मा######"। बाङ्गेले
आफुलाई "दाई" भनेर चिनाउथ्यो फुर्ति गर्दा बेला बेलामा।

छ्याकले ढाप हान्यो। हार्या नसाले माति सक्या बाङ्गेलाई छ्याकको ढाप असह्य भो।
च्यापप कठालामा समातेर छ्याकलाई आधा घुमाएर बाङ्गेले मुखमा बजायो
छ्याकलाई एक सट। छ्याक एक छिन त के भो के भो भनेर अलमलियो।
"तँ रा##को बानलाई ढाप नहान भन्या हैन?" बाङ्गे गर्जिदै खालमा भलेका
गुच्चा देखाउन खाल तिर फर्किन्छ त खालमा गुच्चा छैन भल्या। अब बाङ्गे
अलमलियो। तै मौकामा छ्याकले ब्याज समेत फर्कायो बाङ्गेलाइ। घारघुर भो।

कित्तामा याक सम्म आउँदा समस्या हुदैनथ्यो। लालीगुँरास आउँदा भाउ तोक्नु
पर्थ्यो। हुन त पानसे पचपन्न सम्मको भाउ तोकेको थ्यो तै पनि खाल र खेलाडिमा
भाउ तल माथी पर्न सक्थ्यो। छ्याकले भल्नै लाग्दा बाङ्गेले हु्र्याको कित्ता देखेर
छ्याक अडकेछ। भल्न हुत्ति सक्या तर नभल्दा ढाप हान्न पुग्या छ्याकलाई
धाप हानेर फेरि चार छिया एक्लि भल्यो भनेर बाङ्गेले आँखा देखेनछ र एक सट
हानी हाल्यो छ्याकलाइ।

दुनेल को कति कति भनेर भाउ मिलाकै छैन..$$जि बाङ्गे। छ्याक अलि मत्थर भो।
छ्याक को कुरा मुनासिब हो। बाङ्गेले तेसको बाउले काँ बाट हात पार्या हो त्यो
डनहिल चुरोट झ्याप हानेर ल्या रे छ
..खालमा डनहिल त्यो अघि आकै थेन..

हातमा त्यो डनहिलको रातो पृष्ठभुमीमा तन्केका
डि एच र एल लगाएतका सुनौला अक्षर प्रति आकर्षित हुँदै छ्याकले बाङ्गेलाई
सोध्यो.."कति यो दुनेलको कति?"
 
Posted on 08-26-05 10:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई देख्ना साथ छ्याक गर्जियो
"दुनेल चुरोस छ भनेर **जी बाङ्गे ..ह्याँ पर्खाल पछाडी आएसि त जिपर पो
खोल्छ ए मा*******! "

बाङ्गेले छ्याकलाई हेर्दै थप्यो, "दुनेल दुनेल भन्ने तैं हैन? यै हो **जी दुनेल..आइज..ओस्या छ
त भनेकै हो नी मैले मा******।"


LOL!!!! that cracked me up hard! we do that a lot :D used to and still do :P

not good :P
not relating to smoke tara, u just do it.! l**o chuschas? bhaddai!
 
Posted on 08-27-05 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sir, auni Aasha ko chai kati ni! ki aasha chai nachalni??..hamro ma ta bhagwaan chhap bindi ko khoal ni chalthyo!!!!

maram maram sir..yatti nagari hya banchna kathin cha :-)
 
Posted on 08-27-05 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल दिपजी को अर्को धमाका । जावोस् जावोस् ।
 
Posted on 08-27-05 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-27-05 5:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाषा पनि कति खरो हो गाँठे, पढ्दै धुवाँ आउला जस्तो। गोदम्, गोदम् अरु नि ।
:)
-भउते
 
Posted on 08-27-05 6:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nice one Deep...keep Rolling.....

~nepaligurl~
 
Posted on 08-27-05 6:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la jawos aru pani ........padhna sarai majako bhasai mitho
 
Posted on 08-27-05 7:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के रहेछ दुनेल भनेको त ।कुनि कसले हो ' गनाउनी, मान्छे बनाउनी' भन्थ्यो क्या ।

खर्राट रे' छ नि, अब अर्को भाग चाडै देख्न पाईयोस, हुँदा हुँदा 'जी' सम्मै पुग्नी हो कि ?

Keep rolling...

 
Posted on 08-28-05 12:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep....

nice read....reminded me of my teenage....and my first smoking experience.

dhanya ho deep....

kudos.
 
Posted on 08-28-05 7:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डुनेल त हैन बालाकृष्णले कुल्पी चैँ भन्थ्यो है बेला बखत।
पौडी खेल्दाखेरि एकपटक कुल्पिमा हात लानै पर्नी तेल्लाई।
"ऐ! फोहोरी चिभे! गिताऽ पोई!" भन्थ्यो आत्मेले, केटो त मान्दै मान्दैन बा।
 
Posted on 08-29-05 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kam napara euta peldi halya ni .... purana dinharuma ghumna pani sarai maja po aauchha ta ...

thanks all for reading.
 
Posted on 08-29-05 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep ji ka stories haru read gardaa affnai baalyakaal ko stories haru ta hainan bhanne bhaan huncha .

Sajha.com ma ayera bange naam ko patra ko nikkai stories haru read garna paiyyo ---dhanya cha Deep ji lai .I had one childhood friend thyakkai bange jasto .

Je hosh Deep ji "baalyakaal barnan "garna ma NO 1 in sajha.com ho bhanne kura ma kunai dui mat naholaki !!

anta ma Deep ji ko autograph pauna payen ma sojhai swarga pugne thiyen !!!


hope to read more stories ...................
 
Posted on 08-29-05 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरदारजी,
म तेस्तो सोर्गे पुर्याउने काम चैं गर्दिन। उसै त साढेसात लागेर शनि थामिनसक्नु
भएर जाँड तानि सके पछिको बिनोददाई जस्तो भे र आफ्नो पछि लागिरा बेलाँ झन मान्छे
सोर्गे तिर पेल्न थालेसी म त खत्तम भै हाल्छु नी...।

बरु नरेन्द्रबाजे लाई कन्ट्याक गरिरने हो की? गुरु हाउ टु हिट सोर्ग १०१ देखि
पोष्ट पी जी सम्मका बिषयमा धाराबाहिक दिन्थे उहि बेलाँ...

:)
 
Posted on 08-29-05 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep ji;

I cherish the rare glimpse you give into growing up in KTM. Simply love it!
 
Posted on 08-29-05 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sitara,

Solitude I see, I thought -
Chaos inside me- then
Now, the course's reversed
Know and don't what I missed
Say I don't- but I did.
 
Posted on 08-31-05 5:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep,
Thank you for this piece of great read. I admire your flow of writing and selection of down-to-earth words. Your dialect is superb.
.
 
Posted on 08-31-05 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rbaral,
Thanks for the comment. When days that I have are not pleasant enough, I tend to go back to hadigau. The visit is virtual, of course.

Everytime I visit those old days, I feel refreshed. I am so thankful to hadigau, my friends, and almost every minute hadigau offered to me then.

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
TPS Re-registration
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters