[Show all top banners]

Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 DASHAIN IN MY MIND
[VIEWED 3772 TIMES]
SAVE! for ease of future access.
Posted on 09-16-05 3:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"मेरो मनको दशैँ"


मेरो मनको दशैँ विद्यालयमा दशैँ बिदा शुरु हुने केहि दिन पहिलेबाट शुरु हुन्छ ।
वर्षात सकिएको छ, धानको फाँट हरियोबाट पहेँलो हुने सूरमा छ, भटमासका बोटहरु र मकैका ढोडहरु उखेलेको बारी अझै रसिलो र मलिलो देखिन्छ र बिहानको हल्का चिसोले दशैँले कतै नजिकै लुकेर जिस्काइरहेको छनक दिन्छ। विद्यालयमा शुभकमनाका शब्दहरु लेखिएका पोष्टकार्डहरुको आदानप्रदान भइरहेछ, मनपर्ने शिक्षकहरु र मनपर्ने साथीहरुको भागमा मात्र यी पर्छन् र कुनै कुनैमा प्रेमको उद्घोष पनि हुनसक्छ।
दशैँ बिदा लाग्नुअघिको दिनमा हाम्रो विद्यालयमा विद्यालयब्यापी कार्यक्रम भएको त याद छैन, तर सबै कक्षाले आफ्नै ढंगले रमाइलो गरेर एक अर्काबाट छुट्टिन्थे। त्यस्ता कार्यक्रमहरुमा म चूट्कीला सुनाऊँथेँ। गान, बजान र नृत्य मेरो वशका कुरा होइनन् (मलाई आफू निरस भएकोमा सधैँ हीनताबोध भइरहन्छ।) । धन्न बच्चैमा पढेको "हमजाएगाको
डायरी" ले चूट्कीलामा रस बसाईदियो र भीडभाडमा अलि अलि गफ लाउन जान्ने भइएछ।
बिदाका दिनहरुमा मेरा साथीहरु किताबमात्रै हुन्थे। दशै तिहारमा जूवा-तास नखेल्ने मान्छेलाई अनौठो जनावर मान्ने समाज छ मेरो। अभावले गाँजिएको मेरो बाल्यकालले मलाई किताबको छेऊमा पुर्यायो, तासको छेऊमा जानै नदिई। हुनत किताबको सोख पनि सस्तो थिएन मेरो लागि ।
फूलपाती, अष्टमी र टिकाका औपचारिकताहरुभन्दापनि मलाई दशैँको समयको मादकताले सधैँ सधैँ लठ्याउँछ। सबेरै बिहानको हल्का झण्डै पारदर्शी कुहिरो र मिठोसंग चसक्क घोच्ने चिसो हावा, उज्यालो दिनमा पहेँलिएर दौडिरहेको वतास, चँगाबुट्टे निलो एकदम निलो आकाश, हावाका पखेटामा झुण्डिएर उडिरहेको साँझ - के छ यी सबमा कुन्नि, जसले जिन्दगीका कठोरताहरुको माझमा पनि मेरो मनको भित्र, भित्र कतै, आशाको उज्यालो भरिरहन्छ।
र मेरो मनको दशैँको मध्यचोकमा मेरो मामाघर पर्छ। घर र छिमेकमा टिका थापिसकेपछि, मामाघर जाने यात्रा शुरु हुन्थ्यो, टिकाकै दिन। भक्तपुरको अलिक भित्री भागमा पर्ने मेरो मामाघर गाऊँ कालीटार (अहिले दधिकोट गा वि स मा पर्छ जस्तो लाग्छ।) पुग्न ठिमीमा बसबाट ओर्लेर एक घण्टा जति हिँड्नुपर्छ। हनुमन्ते खोला तरेर तरकारीका फाँटहरु कटेर एउटा सानो उकालो काटेपछि गाम्चा शुरु हुन्छ। गाम्चाको सीरी (श्री?)को पसलको रौनकनै बेग्लै हुन्थ्यो। लँगुरबुर्जाका थुप्रै खालहरुमा मान्छेहरु झुम्मेर चिच्याईरहेका हुन्थे । हामीपनि बढीमा एक मोहरसम्म त्यहाँ बुझाएरमात्रै बाटो लाग्थ्यौँ। चर्खण्डी (?) सम्मको चौडा बाटो छोडेर, एउटा सानो खोला तरेर गोरेटो समात्ने बेलासम्म झमक्क साँझ परिसक्थ्यो। त्यतिखेरसम्म त्यो गाऊँमा टिका थाप्न जाने छोरी, ज्वाईँ र भाञ्जाभाञ्जीहरुको ठूलै जमात पनि भेट भइसक्थ्यो। ठूलाहरुको सञ्चो-विसञ्चो र ब्याबहारिक गफमा हाम्रो हल्लालाई पनि मिसाऊँदै हामी सकेसम्म छिटो मामाघर पुग्ने धूनमा बत्तिन्थ्यौँ। माथिबाट उज्यालो चन्द्रमाले जीवन्त जूनको वर्षा गरिरहेछ र तल धानका बोटहरु हामीलाई लजालु स्पर्श गरिरहेछन्। आज लाग्छ ती क्षणहरु आनन्दको सागरमा पौडिएका क्षणहरु थिए, संसारका सब पिडाहरुबाट मुक्त भएका क्षणहरु थिए, शायद समाधिका क्षणहरु थिए। (क्रमश........)




 
Posted on 09-16-05 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसपछिका हरेक दशैँहरु जिन्दगीमा कहिल्यै नपुरिने घाऊ बेस्सरी चहराएर बित्ने गरेका छन्। एक घटस्थापनाको दुई दिन पहिले मेरी आमा; शान्त, शुशील र सुन्दरी आमा हामीलाई छाडेर बैँशमै, आफ्नो सपनाको घर सजाउन भर्खरै थाल्दा थाल्दै, गुँडमा बचेराहरु जम्मा गरिमात्रै सकेर तिनका लागि आहारा खोज्दा खोज्दै, ताराहरुको संसारतिर जानुभयो।
त्यो चोटको दुई वर्षपछिको दशैँमा होला, मलाई र मेरो माईलो (भाइ शिशु)लाई निलो पाईण्ट र निलै शर्ट आएको थियो। बाले हामीलाई मामाघर लिएर जानुभएको थियो। कलंकीबाट बस चढ्ने संभावनै थिएन, मान्छेहरु झुण्डिएर यात्रा गरिरहेका थिए नैकापतिरबाटै।

"म तिमीहरुलाई कथा सुनाऊँछु, हिँडेर जाऊँ है त ?"
"हस्।" बस चढ्ने रहर त छँदैथियो तर कथाको लोभले जित्यो।

बाले रामायणको कथा शुरु गर्नुभयो, शायद दशैँको शुरुवातको प्रसंगबाट होला। हामी कथामा यस्तरी एकाकार भयौँ कि बाटो कटेको पत्तै भएन। त्रिपुरेश्वर पुगेपछि ट्रलीबस चढ्न पाईयो। ठिमीमा ट्रलीबसबाट झरेपछि कथाको क्रम फेरि शुरु भयो। त्यो दिनको त्यो एकाग्रता, त्यो तन्मयता आजसम्म कहिँ कतैपनि दोहोरिएको छैन।

"अब हजूरबाले सुनाउनुहुन्छ तिमीहरुलाई कथा।" मामाघर पुगेपछि बाले भन्नुभयो।
'ल आओ, म सुनाउँछु कथा।" हजूरबाले कथा शुरु गर्नुभयो बाले रोकेको ठाऊँबाट। त्यो रात सपनामा हामीले पूरै रामायण देख्यौँ होला।

दशैँमा हामीले पाएको दक्षिणा भोलिपल्ट फर्कँदा ठिमी पुगेर सकिन्थ्यो। सडक नपुग्दैको एउटा पुस्तक-पत्रिका पसलमा "बालकोसेली" भन्ने पत्रिका र नयाँ बालकथाका पुस्तकहरु किनेपछि हाम्रो दशैँ हामीबाट बिदा हुन्थ्यो।

अब दिनहरु उहि रहेनन्। हजूरबा हुनुहुन्न, हजूरआमा हुनुहुन्न। हनुमन्तेको फाँटमा तरकारीहरु कम झुल्छन्, त्यहाँ आजभोलि राक्षसजस्ता कुरुप र विशाल ईँटाभट्टाहरु मलिलो माटोलाई चपाएर, उग्राएर धूवाँ फालिरहेका हुन्छन्। गाऊँको वातावरण झन् बिग्रेको छ। चियापसलहरुले चियासँगै जाँड रक्सीपनि बेच्न थालेको धेरै भयो। तन्नेरीहरु उद्देश्यहीन झल्ळीरहेछन्। पिङ्ग मच्चिन छोडेको छ गाऊँमा, किनकि दिदी-बहिनी र भाऊज्यू-बुहारीले पिङ्ग खेल्ने वातावरण रहेन अब, जताततै जँड्याहा र गुण्डाहरुको बिगबिगी बढेको छ। र रातभर कुन घर कुन गाऊँमा बन्दूक पड्कने हो पत्तो हुँदैन।

मेरा धेरै दशैँहरु घर र देशबाट टाढा परदेशमा एक्लै एक्लै बितेका छन्। तर मलाई मेरो मनको दशैँले कहिल्यै छोडेको छैन। दिनमा बतासलाई रोकेर झुल्ने हरिया फाँटहरु अनन्तसम्म फैलिएका छन् मेरो मनमा। साँझको बतास घर अगाडिको अग्ला अग्ला काईँयो फूलका रुखहरु वरिपरि चक्कर मार्छ र रुखहरुलाई काऊकुती लागाएर आफैँ खित्का छोड्दै भाग्छ। अनि चन्द्रमा उदाएपछि आकाश र धर्तीको रुपको जुहारी चल्छ।

मेरो मनको दशैँमा म स्मृतिका गेरेटाहरुमा दायाँबायाँका मभन्दा अग्ला बोटका धानका बालाहरुसंग गफ गर्दै मामाघर गईरहेको हुन्छु।

(समाप्त)
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters