Dear Sajhaties, I was really touched by his hardship and determination and thought that there might be some generous people who could extend their support to him.
Nut
सहयोगको अपिल
म पढ्न काठमाडौं गए । मानसिक रोगले पहिल्यै च्यापिसकेको रहेछ । पहिला त्यति अनुभव भएन । क्याम्पस भर्ना भए लगत्तैदेखि टाउको गह्रौं हुन थाल्यो । डाक्टरकहाँ गएँ । तैपनि निको भएन । ५/६ वर्षसम्म यस्तै भइराख्यो । पढ्न छाडिदिएँ ।
डा. विश्ववन्धु शर्माको सल्लाहमा औषधी खान थालेँ । केही विसेक भयो । ज्यामी काम गर्न थालेँ । रोग फेरि बल्भिmयो । काम गर्न बाधा भयो । यस्तो बेला कसैले सहयोग गरेन । उल्टै ठेकेदारले कामबाट निकालिदिए । बुबा सानैदेखि किचकिच गर्ने, कुट्ने, पढाइमा असहयेाग गर्ने गर्नुहुन्थ्यो । आमाको सहयोगमा सरकारी स्कुलबाट जसोतसो 'फस्ट डिभिजन' मा एसएलसी गरेँ । अहिले त आमा पनि सहयोग गर्ने अवस्थामा हुनुहुन्न ।
घस्री-घस्री प्लास्टर, स्टील फिक्सर सिकेर काम गर्दै थिएँ । रोगले गर्दा काम बिगारेर कति ठाउँबाट ठेकेदारले निकालिदिए । जसोतसो अलिअलि काम गर्दै भाइ पढाउँदै थिएँ । यत्तिकैमा एकदिन राति भुइँमा लडेछु । पाँच दिनसम्म बेहोस भएछु । भाइले आफ्नो शुल्क तिर्न राखेको पैसा लिएर हस्पिटल लगेछ । छारे रोग र मानसिक रोगले च्यापेको रहेछ ।
अद्यापि म निक्कै कमजोर छु । डाक्टरले २ वर्षसम्म औषधी खानुपर्छ भनेका छन् । काम खोजेर -काम पनि बल्ल-बल्ल पाउँछु) अलिअलि औषधी खाँदैछु । घर भाडा , पसलमा खाएको तिर्न, औषधी खान एकदमै समस्या छ । न भनेको बेला काम पाउँछु । पाए पनि राम्रोसँग गर्न नसकेकाले २/४ दिनमै निकालिदिन्छन् । झन् टेन्सन हुन्छ । डाक्टरले टेन्सन, लिनुहुँदैन भन्छन्, तर आफ्नो हालत यस्तो छ ।
यसर्थ कुनै बैंक वा निकायलाई औषधोपचार खर्च उपलब्ध गराउन अनुरोध गर्छु । शरीरमा तागत आउन र रोग ठीक हुन थालेपछि मज्जाले काम गर्थें र पैसा तिर्थें । फेरि पढ्न सुरु गर्थें र राम्रोसँग पढेर असल मान्छे बन्ने सोचाइमा छु । मलाई त्यसै चाहिँदैन, एसएलसी प्रमाणपत्र र नागरिकता धरौटी राख्छु । पैसा नतिरुन्जेल त्यसलाई राख्दा हुन्छ । यति एउटा कसैबाट भए एउटा असफल मान्छे सफल बन्ने थिएँ । मैले भीख मागेको पनि होइन । केही दिएरमात्रै केही माग्न खोजेको छु ।
- रमेश पोखरेल
रुम्जाटार-२, ओखलढुंगा
हाल ः गैरीगाउँ, काठमाडौं
Source: Kantipur