This is from KANTIPUR.
नलिनाको नयाँ एल्बम
कान्तिपुर समाचारदाता
काठमाडौँ, असोज २१ - 'बस भाडा भए पनि घर जान्थें हजुर ।' भारीको प्रतीक्षामा सडक पेटीमा बसेका ५१ वषर्ीय रामबहादुर थापालेे गुनासो गरे- 'काम छैन । ऋण गरेर छाक टार्नुपरेको छ । दसैंको मुखाँ अलपत्र परियो ।'
वर्षभरि भारी बोक्दा पनि दसैं खर्च जुटाउन नसकेको उनले बताए । 'हामी गरिबका लागि चाडबाड पनि पीडादायी हुँदोरहेछ ।' उस्तै समस्या खेपिरहेका दोलखाका मानबहादुर कार्कीले भने ।
दसैं मनाउन निकै समस्या परेको भरियाहरू बताउँछन् । घरमा आस गरेर बसिरहेका जहान छोराछोरीका अघिल्तिर रित्तो हात के भनेर जाने भन्ने पिरलोले निद्रा पनि लाग्न छाडेको कार्कीको गुनासो छ ।
'केटाकेटी बाबु आउला र खाउँला भन्ने आसमा होलान् । बाआमा र श्रीमती पनि मेरै भरोसामा छन्,' भारी बोकेर निर्वाह गर्दै
आएका गोरखा च्याङलीका शिवलाल राना भन्छन्- 'भात खाने पनि पैसा छैन ।'
राजधानीवासीहरू दसैं मनाउन लागि परेकाले काम नपाइएको भरियाहरू बताउँछन् । 'जागिरेको त तलब र पेस्की आउँछ, व्यापारीको आम्दानी झन राम्रो छ ।' राना थप्छन्- 'हामी भरियाको न तलब, न पेस्की ।'
एक भारी बोकेबापत उनीहरूले १० देखि २० रुपैयाँ पाउँछन् । एकातिर काम अनुसारको पैसा पाइँदैन । अर्कातिर दिनप्रतिदिन भरियाको संख्या बढिरहेको छ । 'अचेल कामै पाइँदैन,' कार्की भन्छन् । काम पाइन छाडेपछि भरियाहरू सडकपेटीमा बाघचाल खेलेर दिन बिताउन बाध्य छन् ।
अधिकांश भरिया दोलखा, काभ्रे, धादिङ, ओखलढुंगालगायत पहाडी जिल्लाबाट आएका छन् । भरिया कति छन् त्यसको जानकारी दिने आधिकारिक निकाय पनि छैन ।