[Show all top banners]

nepaliManchhe
Replies to this thread:

More by nepaliManchhe
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 प्रतिष्ठाको दौड
[VIEWED 3759 TIMES]
SAVE! for ease of future access.
Posted on 11-07-05 3:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रतिष्ठाको दौड

गिनिज बुकमा एकपछि अर्को रेकर्ड बनाउँदैछन्, नेपालीहरू ।

यशोदा तिम्सिना

कुरा करिब चार वर्षअघिको हो । प्रतिष्ठा अमात्य, -विष्ट), २८, एएक्सएन च्यानल हेरिरहेकी थिइन् । टीभीको पर्दामा एडिल अन्वर नामका व्यक्तिले ५५ वटा विभिन्न वस्तुका नाम फटाफट भनेर 'गिनिज बुक अफ वल्र्ड्स रेकर्ड' मा नाम लेखाउँदै थिए । प्रतिष्ठाले तत्कालै सोचिन्, ए म पनि यतिको काम त गर्न सक्छु नि ! उसो भए किन प्रयास नगरुँ ? र, तत्कालै निर्णय गरिन्, यसमा सहभागी हुने ।

यसैबीच, जस्टिन हेर्टली नामक बेलायती नागरिकले ५७ वटा वस्तुका नाम भनेर एडिलको 'रेकर्ड' तोडे । यस कुराले पनि प्रतिष्ठालाई कुनै प्रभाव पारेन । उनी अभ्यासका क्रममा सयवटा जति वस्तुका नाम फरर्र भन्ने भइसकेकी थिइन् । प्रतिष्ठाले खासै मिहिनेत गरिनन् पनि । सामान्य अभ्यासबाटै उनलाई जस्टिनको रेकर्ड तोड्न सक्ने आत्मविश्वास पलायो । बरु कुन लहरो समातेमा गिनिज बुकसम्मको यात्रा तय हुन्छ भन्ने कुराको मेसो पाउनचाहिँ समय लाग्यो ।

राज्यका कुनै पनि निकायले यसमा हौसला दिने या सहयोग गर्ने परम्परा नरहेको पनि उनले यसै अवधिमा भेउ पाइन् । तर, हिम्मत भने हारिनन् । सुरुमा गिनिज बुकको बेलायतस्थित मुख्यालयमा पत्राचार गरिन् । उताबाट सकारात्मक जवाफ आएपछि हौसिइन् । मुख्यालयले एउटा र्फम पठाउँदै लाइभ कार्यक्रमको भिडियो क्लिप र समाजका लब्धप्रतिष्ठित व्यक्तिले प्रमाणित गरिदिएको पत्र पनि पठाउन भन्यो । यसमा नोबेल एकेडेमीका प्राचार्य डा जयराज आचार्यको गुन प्रतिष्ठाले कहिल्यै भुल्ने छैनन् । भन्छिन्, "सरले सहयोग गर्ने तत्परता नदेखाइदिनुभएको भए म सक्षम भए पनि सफल भने सायदै हुन्थेँ ।"

डा आचार्यले एक औपचारिक कार्यक्रमको आयोजना गरेर प्रतिष्ठाको क्षमताको परीक्षण गर्ने औजारको काम गरिदिए । यसमा डा मोहनमान सैँजु र राजकीय प्रज्ञा-प्रतिष्ठानका तत्कालीन उपकुलपति मोहन कोइरालाले पनि 'सर्टिफाइ' पत्र बनाइदिए । यसपछि प्रतिष्ठाले प्रतिष्ठा राख्ने दिन नजिकिँदै आए । सन् २००४ का लागि नै नाम दर्ज होस् भन्ने मनसायले सबै तयारी पूरा गरेकी थिइन् । तर, गिनिज बुकको कार्यालयबाट 'भेरिफिकेसन' भइराखेको छ भन्ने जवाफ आयो । अन्ततः त्यो ऐतिहासिक क्षण आइछोड्यो । करिब तीन महिनाअघि उनको नाम गिनिज बुकमा नियमतः दर्ता भएको औपचारिक चिट्ठी प्रतिष्ठालाई आयो, जुन खबर उनले सार्वजनिक गरिसकेकी छन् ।

कृषि विषयमा स्नातक प्रतिष्ठा होटल व्यवसायी हुन् । श्रीमान् सङ्घर्ष विष्टसमेत यसै व्यवसायमा संलग्न छन् । चितवनको रामपुर कलेजमा अध्ययन सकेकी प्रतिष्ठाले भारतको सिमलाबाट प्रारम्भिक शिक्षा प्राप्त गरेकी हुन् ।
 
Posted on 11-07-05 3:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters