[Show all top banners]

sajhabusaima
Replies to this thread:

More by sajhabusaima
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Narahari Acharya's visit to Western Nepal (read it once and tell what you feel)
[VIEWED 1893 TIMES]
SAVE! for ease of future access.
Posted on 11-18-05 4:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाउँ तहसम्मै हुनुपर्छ संवाद
राजतन्त्रलाई हेर्ने दृष्टिकोणमा केही अपूर्णता र अस्पष्टता भए पनि नेपाली काङ्ग्रेसले ६० वर्षे इतिहासमा पहिलोपटक विधानबाट संवैधानिक राजतन्त्र हटाएर ऐतिहासिक निर्णयतर्फ आफूलाई अभिमुख गरायो । नेकपा एमालेले पनि आन्दोलनको गन्तव्य लोकतान्त्रिक गणतन्त्र हुनुपर्छ भन्ने कुरालाई नाराकै रूपमा ल्यायो । यिनै निर्णयहरूलाई सिरान हालेर नेकपा माओवादीले एकतर्फी युद्धविराम र दलहरूसँग संवादमार्फत लोकतान्त्रिक गणतन्त्रका लागि सहकार्यको खोजी गर्ने प्रतिवद्धता जनायो । र, त्यही बेला निरङ्कुशता र हुकुमी शासनलाई निरन्तरता दिँदै खटनबमोजिमको निर्वाचन गर्ने निर्णय राजा ज्ञानेन्द्रबाट आयो । यस्ता राजनीतिक गतिविधिले मुलुकमा नयाँ माहौल बनिरहेको र युद्धविराम भइरहेका बेला गाउँको वस्तुस्थिति अनुगमन गर्न प्रेरित भइरहेका थिए । एमालेले गाउँमा राजनीति पुर्‍याउने केही कार्यक्रम गरिसकेको र काङ्ग्रेसले त्यसखाले कार्यक्रमहरूको योजना गर्दै गरेको पृष्ठभूमिमा मैले गाउँ घुम्ने सोच बनाएँ । माओवादी अतिप्रभावित मानिएको मध्यपश्चिमका जनताको भोगाइ नजिकबाट नियाल्ने मनसायले हामी अर्थात् गौरीप्रसाद दवाडी, परशुराम पोखरेल, मुक्ति आचार्य, कृष्ण केसी र रामचन्द्र घिमिरे सल्यान, जाजरकोट र रुकुम घुम्न कात्तिक ६ गते निस्क्यौँ ।
कात्तिक ६ गते काठमाडौँबाट बसबाट सुरुमा दाङ गइयो । सार्वजनिक बसहरूका यात्रामा धेरै ठाउँमा सुरक्षाजाँच गरिन्छ र यात्रु हैरान हुन्छन् र अझ दाङ पुग्न त २७ ठाउँमा ओरालिन्छ भन्ने सुनेको थिएँ । त्यसको अनुभूति लिन हामीले बसबाटै यात्रा गर्ने निधो गर्‍यौँ । युद्धविराम र तिहारको बेला भएकाले होला, सात ठाउँमा मात्रै ओरालियो । भोलिपल्ट स्थानीय बसबाटै सल्यान गइयो । सदरमुकाममा पार्टीका कार्यकर्ताहरूसँग भेटघाट र केही अनौपचारिक छलफल गरेपछि फेरि बसबाटै अगाडि बढियो । सल्यानबाट नेविसङ्घका जिल्ला अध्यक्ष्ा, रुकुमबाट हामीलाई लिन आएका खड्ग डाँगी र गोपाल भण्डारी त्यहीँदेखि नै हाम्रा सहयात्री भए । सल्यानको कालीखेतसम्म बसले साथ दियो । त्यहाँ बस बिगि्रएपछि सुरु भयो हाम्रो पैदलयात्रा । त्यस दिन खरिबोटमा बास बसियो । भोलिपल्ट बिहानै फेरि हिँडाइ सुरु भयो । खारा पुगेर बिहानको खाना खाइयो । खाराको सत्तिपोले भन्ने ठाउँ, जहाँ शाही सेनाको व्यारेक पनि रहेछ, त्यहाँनजिकै काङ्ग्रेसका कार्यकर्ता वीरबहादुर वलीको घर गइयो । कुनै बेला माओवादीले उहाँको घर कब्जामा लिएका थिए । अहिले भने छोडिसकेका रहेछन् । त्यही दिन हिँडेर रातको ८ बजे हामी रुकुमको खलङ्गाभन्दा केही मुनिको गाउँमा पुगियो । खलङ्गामा साँझ ७ बजेदेखि नै कर्फ्यु लाग्ने भएकाले राती जान सम्भव थिएन ।

continue........
 
Posted on 11-18-05 4:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कात्तिक १० गते बिहान रुकुमको खलङ्गास्थित पार्टी कार्यालय पुग्यौँ । त्यहाँ करिब दुई घण्टा स्थानीय कार्यकर्तासँग छलफल, भेटघाट र जिल्लाको वस्तुस्थिति बुझ्ने काम भयो । त्यसै दिन रुकुमको गराइलामा सात दलको संयुक्त आमसभा थियो । त्यस कार्यक्रममा जाने उद्देश्यले रुकुमको खलङ्गाबाट ११ बजे हिँडियो । बाटोमा गस्तीबाट फर्किरहेको शाही सेनाको लस्कर भेटियो । उनीहरू आमसभा हुने स्थलसम्म गस्तीका लागि गएका रहेछन् । बाटो साँघुरो थियो । र्फकंदै गरेका सेनाले पछि हिँडेका हाम्रा केही साथीलाई ुत्यहाँ त आठ दलकै कार्यक्रम भन्ने सुनिन्छ नि, के हो रुु भनेर सोधेछन् । कार्यक्रमस्थल पुगेपछि थाहा भयो, सैन्य गस्तीका कारण जनताको उपस्थितिमा केही कठिनाइ भएछ । ुमाओवादी पनि आउने भएकाले गोली पनि चल्न सक्छु भन्दै उनीहरूले सभामा माओवादीको सम्भावित उपस्थितिलाई रोकेको स्थानीयवासीले बताए ।
सात दलको भने पनि त्यो काङ्ग्रेस र एमालेको संयुक्त सभा थियो । नेपाली काङ्ग्रेस प्रजातान्त्रिकको स्थानीय नेतृत्वको पनि उपस्थिति थियो । एमालेका राप्ती अञ्चल इञ्चार्ज प्रकाश ज्वाला पनि त्यहाँ हुनुहुन्थ्यो । माओवादीका प्रतिनिधिहरू पनि थिए । कार्यक्रम चल्दै गर्दा उनीहरूले लिखित प्रश्न राखे र आफूहरूले पनि मञ्च पाउनुपर्ने माग गरे । मञ्चबाट बोल्नचाहिँ हामीले दिएनौँ । उनीहरूका प्रश्नको जवाफ भने दियाँै ।

माओवादीहरूको मुख्य भनाइ ुअब नयाँ ढङ्गले मिलेर अगाडि बढ्नुपर्छु भन्ने थियो । ुपुराना कुरा कोट्याउँदा पारस्परिक रूपले सहयोग गरेर अगाडि बढ्नलाई कठिन हुन्छ, आलोचनाका कुरा रोक्नुपर्छु भन्ने उनीहरूको आग्रह थियो । किनभने, हामीले आमसभामा बोल्ने क्रममा माओवादी क्रियाकलापको आलोचना पनि गरेका थियौँ । राजनीतिक रूपले एउटा उद्देश्यमा मिलेर अगाडि बढ्नुपर्छ र उनीहरूले पनि हत्याहिंसाको बाटो छाडेर राजनीतिक बाटो हिँडेमा सहकार्यको सम्भावनालाई नजिक्याउँछ भनेर मैले भनेको थिएँ ।
रुकुममा माओवादीले हत्या गरेका ५० जनामध्ये ४२ त काङ्ग्रेसी नै थिए । तैपनि, हामी त्यही आधारमा मात्रै प्रतिशोधको भावना राख्दैनौँ । तर, ती घटना किन भए रु त्यसका कारण के थिए भन्ने खोजीनीतिको चाहनाचाहिँ रहन्छ । त्यसकारण यसलाई आलोचना गरेको भन्ने मात्र बुझाइ नहोस् भनेर उनीहरूलाई भनेँ । सोही रात त्यही ठाउँमा माओवादीका स्थानीय नेता र हाम्रा साथीहरूबीच छलफल भयो । एक प्रकारको राजनीतिक परिस्थिति निर्माण हुन लागेको सङ्केत त्यसबाट मैले पाएँ । यसलाई कति दह्रो, टिकाउ बनाउन सकिन्छ, त्यो त आगामी दिनमा सबैका तर्फबाट हुने प्रयत्नले निर्धारण गर्नेछ ।गाउँमा दलका साङ्गठनिक आधार पहिलेजस्तै बनाउने कुराचाहिँ चुनौतीपूर्ण हुनसक्छन् । एकलौटी रूपमा आफू मात्रै रहेको ठाउँमा दलहरू गएर आफ्नै किसिमले गतिविधि गर्न खोज्दा माओवादीमा प्रतिस्पर्धाको भावना आउनसक्छ । हतियार भएको समूह भएकाले चुनौती नभएको होइन । तर, जुनबेला कठिनाइ आउँछ, त्यसबेला त्यही प्रकारको निराकरणको संयन्त्र बन्न जरुरी हुन्छ । त्यसकारण माओवादीसँग संवाद जरुरी छ, सहकार्यचाहिँ आवश्यक ।continue.....
 
Posted on 11-18-05 4:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गराइलामा बास बसेपछि अर्को दिन बिहान जाजरकोट र रुकुमको सिमाना, जसलाई रिम्ना भनिन्छ, त्यहाँ बिहानको खाना खाइयो । त्यही दिन बेलुकी ७ बजे आठबीसकोट, राडीज्युलामा पुगियो । केही साथीहरू त्यहाँ अगाडि नै पुग्नुभएको थियो । एमालेका साथीहरू पनि थिए । भोलिपल्ट एमाले, काङ्ग्रेसका कार्यकर्ताका अतिरिक्त माओवादीका ुप्रादेशिक सत्ताु का पदाधिकारीसँग पनि कुराकानी भयो । मैले माओवादीको प्रादेशिक संरचनाबारे जिज्ञासा राखेँ । तपाईंहरूले प्रादेशिक संरचना कसरी बनाउन खोज्नुभएको छ रु त्यसलाई के-कस्ता अधिकार दिनेबारे सोच्नुभएको छ रु केन्द्रसँग कति अधिकार रहन्छ रु प्रदेशमा कति रहन्छ रु आदि प्रश्नहरू सोधियो । उनीहरूले यसबारे आफूहरू पनि छलफल र अध्ययनकै क्रममा रहेको बताए ।
माओवादीले प्रदेशको तहबाट करहरू लगाउने अभ्यास गरिरहेका रहेछन् । पार्टी परिचालनका निमित्त प्रकारान्तरले त्यो कर भनेको चन्दा नै हो । त्यस करबाट जनस्तरमा कुनै सुविधा हुने काम गरेको भेटिएन । उनीहरूको ुसत्ताु ले बनाएको एउटा पुल हामीले पनि तर्‍यौँ । एउटा फड्के बनाएका रहेछन् । जुन स्तरमा कर भनेर पैसा उठाइएको छ, त्यस अनुपातमा विकासका काम गरेको देखिँदैन ।
हामी हिँडेको बाटोबाट केही माथि डाँडामा कृषि र्फमहरू बनाइएको र सामूहिक खेतीको अभ्यासका कुरा सुनियो । त्यो आफ्नै कार्यकर्तालाई उपयोग हुने गरी राखिएकोजस्तो थियो । भेरी-कणर्ाली एफएम सञ्चालन गरिरहेको चर्चा पनि सुनियो । तर, हाम्रो रेडियोले त्यो प्रसारण टिपेन । आठबीसकोट, राडीज्युलामा कार्यकर्ता भेटघाटका अतिरिक्त आमसभा पनि थियो । गराइलामा भन्दा बढी जनसमुदाय त्यहाँको सभामा उपस्थित थिए । चार हजारको हाराहारीमा जनसमुदाय थिए । जबकि गराइलाको सभामा एक हजार पाँच सयजति मात्रै थिए ।

१० दिने मध्यपश्चिमको भ्रमणका क्रममा मैले काङ्ग्रेसी कार्यकर्तामा अझै पनि त्रास बाँकी रहेको देखेँ । एमालेले चाहिँ केही अगाडिदेखि नै गाउँगाउँमा कार्यक्रम गरिरहेको रहेछ । तुलनात्मक हिसाबले अहिले मध्यपश्चिमका जिल्लामा एमालेको सक्रियता बढी रहेछ । समग्रमा राजनीतिक दलका कार्यकर्तामा त्राससँगसँगै त्यसबाट मुक्त हुने आशा पलाइरहेको छ ।
हरेक ठाउँमा एक रात मात्रै बसिएको भएर खास जनजीवनका पीडा, कष्ट र सुखद पक्ष अध्ययन गर्न पाइएन । तर, बन्दुकले सिर्जना गरेको त्रासदीमा जनसाधारण बाँचेको अनुभूतिचाहिँ हुन्थ्यो । जहाँ शाही सेनाको उपस्थिति छ, त्यहाँ नियन्त्रण बढी छ । सेना नभएको ठाउँमा माओवादीको धम्की, उर्दीको पीडा जनताले खेप्नुपरेको छ । गाउँको आर्थिक गतिविधि शून्य भएको कुराचाहिँ स्थानीय जनतासँगको कुराकानीका क्रममा थाहा भयो । आवतजावतमा आएको कमीले गर्दा पहाडी भेगका व्यापारिक केन्द्रहरूको व्यापार ओरालो लागेको उनीहरूले सुनाए ।

 
Posted on 11-18-05 4:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आठबीसकोटबाट आठबीसपुर आएर त्यो साँझ बसियो । भोलिपल्ट बिहानै हामी रिम्ना फक्र्यौं । बिहानको खानापछि जाजरकोटतिर लाग्यौँ । जाजरकोटमा बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म कफ्र्यु लाग्दो रहेछ । त्यतिबेला घरभित्रै ुबन्दीु झैँ बन्नुपर्दोरहेछ । शौचालय पनि घरभित्रै छ भने ठीकै हो, नत्र घरको कम्पाउन्डमा पनि निस्कन नमिल्ने रहेछ । त्यहाँका जनतामा यसखाले पीडा देखियो भने प्रशासन त्रासमा बसेको पनि प्रस्ट अनुभूति भयो । जनताको सुविधाभन्दा आफ्नो सुरक्षालाई बढी ध्यान दिएको देखियो त्यहाँ । जाजरकोट, खलङ्गाबाट मट्टेला हुँदै हामी चौरजहारी आयौँ । त्यहाँ शानेवानिको अतिरिक्त उडान भेटियो, डबल पैसा तिरेर । तर, त्यहाँ अनौठो के रहेछ भने टिकट हामीलाई दिँदोरहेनछ । सम्पूर्ण सञ्चालन सेनाले गरेको सो उडानमा बोर्डिङ् पास पनि सग्लै फिर्ता लिइँदो रहेछ ।

मैले यस भ्रमणका क्रममा विकट जनजीवनलाई अझ नजिकबाट हेरेँ । त्यो देखेर फर्किंदा राजधानीमा हाम्रा समकालीनहरू माओवादीसँगको सहकार्यका विषयमा अस्वीकार गरिरहेको भेटेँ । काठमाडौँमा बसेर सहकार्य नगर्ने भन्न सजिलो छ । तर, रुकुममा त हरक्षण सहकार्य भइरहेको छ । त्यसलाई कसरी व्यवस्थित गर्ने र ठोस आधार दिने एवम् कस्तो संयन्त्र बनाउने भन्ने कुराचाहिँ विचार गर्नुपर्छ तर सहकार्य नै नगर्ने, हुँदैन भन्न यहाँ जति सजिलो छ, त्यो त्यहाँ सम्भव छैन । त्यहाँ पाइलापाइलामा सहकार्यको परिस्थिति निर्माण भइरहेको छ । बाध्यताको सहकार्यलाई आवश्यकता बनाई अहिले प्रारम्भ भएको अनुकूल परिस्थितिलाई हामीले त्यस दिशातर्फ मोड्नुपर्छ । यहाँ सिद्धान्त बनाएर, निर्देशन दिएर मात्रै पुग्दैन । एउटै गाउँ, घर जोडिएका मानिसको परिस्थितिलाई नबुझी यहाँ बसेर टीकाटिप्पणी गर्नु परिपक्वता होइन । त्यो त्यहाँको आवश्यकताले निधारण गर्ने कुरा हो ।



 
Posted on 11-18-05 4:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाउँमा विस्तारै राजनीतिक वातावरण सिर्जना हुन लागेको छ र तीव्रताका साथ त्यहाँका जनसाधारणले त्यसको अपेक्षा गरिरहेका छन् । त्यो पूरा गर्न राजनीतिक दलका नेताहरू त्यस माहौललाई अझ परिपक्व र दहि्रलो बनाउन लाग्नुपर्छ भन्ने लाग्छ ।
यस घुमाइबाट मलाई धेरै खुसी लागेको एउटा पक्षचाहिँ के हो भने गाउँमा राजनीतिक चेतना बढेछ । यस अवधिमा मान्छेहरूको राजनीतिक विषयवस्तुमाथि छलफल गर्ने प्रवृत्ति विकास भएको अनुभूति भयो । भात खान जम्मा भएको ठाउँमा समेत प्रश्नहरू राख्ने तत्परता सामान्य मान्छेहरूले पनि गरेको देखियो । राजनीतिक दलप्रति गुनासो धेरै छ । र, आकर्षण र गुनासो यिनैलाई राख्नुपर्छ भन्ने पनि छ ।
तर, दलहरू हिँड्ने बाटोमा प्रस्ट छैनन् र उनीहरूको गन्तव्य पनि धमिलो छ । दलहरू अलमलमा छन् । त्यसकारण प्रस्ट गन्तव्य निर्धारण गरी सही बाटो तय गरेर दलहरू अगाडि बढ्नुपर्छ । सात दलले आफ्ना कतिपय दृष्टिकोणमा एकरूपता ल्याउनुपर्छ । अनि, माओवादीसँग बसेर गम्भीर कुराकानी गर्नुपर्छ । सात दलका बीचमा राज्यको पुनःसंरचनाको कुरा, संविधानसभाका कुरामा दलहरू र माओवादी मोटामोटी सहमत भएको विषयमा थप प्रस्टता जरुरी छ । त्यसकारण विषयकेन्दि्रत संवादहरू जरुरी छ ।
संवाद केन्द्रमा मात्रै होइन, जिल्ला र गाउँ तहसम्म जरुरी छ । त्यसो भएमा भोलिका दिनमा तल्लो तहसम्मको जनजीवनलाई शान्त बनाउन सकिन्छ । हाम्रो उद्देश्य केन्द्रमा केही कुरा मिलाएर सत्ताको बाँडफाँट गर्ने मात्रै हुनुहुँदैन । स्थानीय तहमा बस्नेहरू मिलेर बस्न सकून् भन्ने अभियान अगाडि बढाउनुपर्छ । केन्द्रको सहकार्य अल्पकालीन हो । आधारभूत सहकार्यका लागि गाउँ तहमा पनि सहकार्य हुनुपर्छ, त्यसकारण संवाद गाउँ तहसम्मै हुनुपर्छ ।

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters