[Show all top banners]

freek
Replies to this thread:

More by freek
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 विदेशमा मृत्युदण्ड कुर्दै छन् नेपाली
[VIEWED 1061 TIMES]
SAVE! for ease of future access.
Posted on 12-22-05 6:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://hknepal.com/wp/?p=595


just went through the news its heart breaking ,,,, that the situation of the nepalis out there,


wish i can be any kinda help for him
































































......peace .............
 
Posted on 12-22-05 6:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sorry for same 2 post


:((

didnt work out this one at the begning in my pc so i post the other one with same contenst.....
.
.
.
.
damnnnn
 
Posted on 12-22-05 6:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Details from web page :---------------

http://hknepal.com/wp/?p=595

कमल पौडेल, नेपाल समाचापत्र डिसेम्बर २२-
काठमाडौं, एक नेपाली युवा विदेशी भूमिमा मृत्यु कुरेर बसेका छन्। त्यहांको सरकारबाट मृत्युदण्डको सजाय सुनाइएका उनलाई सहयोग गर्ने त्यहां कोही छैनन्। फरक भाषाका कारण उनले भनेको कुरा अरूले बुझदैनन्, अरूले भनेको कुरा उनी बुझदैनन्। उनी बेखर्ची छन्। बेखबर छन्, बेसहारा छन्।

नुवाकोट देउराली-८ का २ु वर्षीय इन्द्रबहादुर तामाङ इन्डोनेसियाको जेलमा चार वर्षदेखि यस्तै कष्टपूर्ण जीवन भोग्दै छन्। उनलाई त्यहां भिसा र भाषा दुवैको समस्या छ। आंसु बगाएर शरीर हल्का पार्ने आफन्त पनि त्यहां छैनन्। आंसु पिएर मृत्यु कुर्नुबाहेक ऊ स्वयम्ले त्यहां केही गर्न सक्ने अवस्था छैन। मृत्युदण्डको सजायविरुद्ध अपिल कसरी र कहां गर्नुपर्छ, त्यो पनि उनलाई थाहा छैन। उनलाई यति मात्र थाहा छ, कुनै पनि बेला त्यहांका सुरक्षाकर्मीले उनलाई बोलाउनेछन् र कतै लगेर झुन्डयाउनेछन्। उनी इन्डोनेसियाको राजधानी जकार्ताको चिप्याङस्थित ‘नार्रकोटिक करेक्सनल इन्स्टिच्युट’ मा चार वर्षदेखि छन्।

लागू औषधसम्बन्धी सेमिनारमा भाग लिन नेपालबाट गत हप्ता त्यहां पुग्नुभएका प्रतिज्ञा लागू औषध व्यवस्थापन स्कुलका सल्लाहकार प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुंवरको त्यहांको जेल भ्रमण गर्ने क्रममा इन्द्रबहादुरसंग अकस्मात् जम्काभेट भएको थियो। ँएउटा नेपाली युवक बेखबर चार वर्ष देखि विदेशी जेलमा मृत्यु कुरेर बसेको देखेपछि म त तीनछक्क परें। मेरो अगाडि उभिएको एक नेपाली अब केही दिनमै मारिनेछन् भन्दा मन भारी भयो, आंखा रसाए। उनले मेरा अगाडि रूंदै भने- म मर्न चाहन्न“ मलाई बचाउनुहोस्, मृत्युदण्डबाट छुटकारा दिलाइदिन सहयोग गर्नुहोस्। मैले मर्नुपर्ने अपराध गरेको छैन’ -इन्द्रबहादुरको भनाइ उद्धृत गर्दै कुंवरले नेपाल समाचारपत्रसंगको भेटमा भन्नुभयो।

प्रवउ कुंवरका अनुसार जेल पर्नुअघिसम्म उनी थाइल्यान्डमा एक जनाको घरमा घरेलु नोकरका रूपमा काम गर्थे। सोही अवस्थामा घरमालिकको आदेशअनुरूप केही सामान लिएर थाइल्यान्डबाट इन्डोनेसिया पुगेका थिए। सोही क्रममा उनी पक्राउ परे। उनको सुटकेसमा सेतो हेरोइन भेटियो। उनले उक्त सुटकेसमा के छ भन्ने कुरा पक्राउपछि मात्र थाहा पाएको पनि बताए। विदेशी भाषा बुझन नसकेका कारण आफू निर्दोष रहेको कुरा त्यहा“का अधिकारीहरूलाई राम्रोसंग बुझाउन नसक्दा आफू जेल बस्नुपरेको कुरा पनि इन्द्रबहादुरले प्रवउ वसन्त कुंवरलाई जानकारी गराए। यससम्बन्धमा प्रवउ कुंवरले त्यहांका सुरक्षा अधिकारीसंग पनि कुराकानी भएको बताउनुभयो। तर प्रमाणका आधारमा इन्डोनेसियाली कानुनअनुसार उक्त सजाय भएको प्रतिक्रिया त्यहा“का अधिकारीहरूले उहांलाई दिए। प्रवउ कु“वरका अनुसार त्यहांका दुइ तहका अदालतबाट केही समय पहिले मृत्युदण्डको फैसला सदर गरिएको छ। अब उनलाई मृत्युदण्डबाट बचाउने एउटै र अन्तिम उपाय बा“की छ त्यो हो- त्यहांका राष्ट्रपतिसंग माफीका लागि अपिल गर्ने। राष्ट्रपतिबाट आममाफी हुन सके उनीविरुद्धको फैसलामा पुनर्विचार हुने थियो। ‘तर त्यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दबाबको खांचो छ’, कुंवर भन्नुहुन्छ- ‘श्री ५ बाटै पहल भए केही हुने थियो कि’ ।

राष्ट्रिय मानवअधिकार प्रतिष्ठानका महासचिव भवानीप्रसाद खरेलका अनुसार श्री ५ समक्ष इन्द्रबहादुरका आफन्तले दुइपटक बिन्तीपत्र हालिसकेका छन् तर सुनुवाइ भएको छैन। उनलाई मृत्युदण्डबाट बचाउन एम्नेस्टी इन्टरनेसनल लन्डनबाटै पहल भइरहेको पनि उहांले बताउनुभयो। एम्नेस्टी लन्डन नेपाल शाखा, नेपाल समूह-३ र राष्ट्रिय मानवअधिकार प्रतिष्ठानको संयुक्त प्रयासमा राष्ट्रपतिसमक्ष अपिल पनि पठाइसकिएको खरेलले जानकारी दिनुभयो। ‘उनको प्राण रक्षाका लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा के पहल भइरहेको छ, त्यसबारे भने इन्द्रबहादुर बेखबर छन्’ -प्रवउ कुंवर भन्नुहुन्छ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters