http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=60989 काठमाडौँ, पुस १३ - चिसो सिरेटोसँगै राजधानीको तापक्रम घट्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बुधबार यसपालिको जाडो सुरु भएयताकै चिसो दिन भएको जनायो ।
'आज जाडोयताको सबैभन्दा चिसो दिन भयो,' त्रिभुवन विमानस्थलस्थित महाशाखाका मौसमविद् राजेन्द्र श्रेष्ठले कान्तिपुरसँग भन्नुभयो । उहाँका अनुसार बुधबारको न्यूनतम तापक्रम मंगलबारको तुलनामा शून्य दशमलव पाँच डिग्री सेल्सियस'मा' घटेर दुई डिग्री सेल्सियस'मा झरेको छ । अधिकतम तापक्रम २२ डिग्री सेल्सियसबाट १९ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ ।
0.5 bata 2 degree ma jharda tapkram kasari ghatyo !!!
"dwui tirrai " maa".."maa" cha pheri...koon chai ukalo koon chai oralo???