[VIEWED 4763
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
nut
Please log in to subscribe to nut's postings.
Posted on 01-05-06 11:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Kantipur published some of the excerpts from Surya Bahadur Sen's book (?) describing how generous and kind while handling the Namita-Sumita murder case. However, the following response (from Kantipur's 'Pathak patra') by an actual victim of despotic, cruel, and cold blooded Suryabahadhur Sen actually exposes his true nature. This is a perfect example of how badly some tyrannies try to project themselves as paragon of justice. Source: http://www.kantipuronline.com/kolnepalinews.php?&nid=61691
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-05-06 11:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रंग बदल्नु छेपारोको चरित्र हो रे!
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 01-05-06 12:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I have a feeling that it's going to be removed from kantipur online pretty soon. सुब सेन र म सूब सेन अर्थात् सूर्यबहादुर सेन ओलीको 'मेरा कथाहरूको कथा' मध्येको 'नमिता-सुनिता हत्याकाण्ड' को आँखीझ्याल पढ्न पाएँ । त्यस्ता आत्मवृत्तान्त निरंकुश प्रशासकको वृद्धावस्थाको पश्चाताप ठानी उहाँसँगको विगतको केही कटु यथार्थलाई राख्न चाहन्छु । कुरा पञ्चायतकालमा सूब सेन सगरमाथा अञ्चलाधीश भएकै अवस्थाको हो । मविवि क्याम्पस राजविराजको स्ववियु सभापति -तत्कालीन) तथा अनेरास्ववियु जिक सप्तरी अध्यक्ष्ा रहेको म एक विद्यार्थीलाई उहाँले लाद्नुभएको निरंकुशता र त्रासदीसँग उहाँको लेखको चरित्र मेल खान्छ-खाँदैन भन्ने नियाल्नपर्ने भएको छ । भुन्टो शरीर, तरवारे जुँगा, सुरिलो स्वरका धनी सूब सेनको आदेशमा गलहत्याउँदै मलाई अञ्चलाधीश कार्यालय पुर्žयाइयो । सेनले नक्सलाइडको व्याख्या गर्दै रातो रङ्गले पोतिएको रूपनगर, घोघनपुर, धरमपुर, पिप्रा पूर्व गाविसको नक्सा देखाउनुभयो । छिन्ताङ, सुखानी, पिस्करको आलो स्मरण गराउनुहुँदै विद्यार्थी मण्डलको नेतृत्व सम्हाल्न जिकिर गर्दै सत्तालिप्साको मोहसमेत प्रस्ट्याउनुभयो । मजस्तो गरिब किसानको छोराले त्यहाँ केही बोल्न सक्ने अवस्था नै थिएन । अनि पढेर वकिल बनी आमाबुबा पाल्ने मनोकांक्ष्ाामा कुठाराघात पार्नु पनि त थिएन । त्यसैले 'म सोचेर जवाफ दिन्छु' भनी बाघको ओढारबाट उम्किएको झैं निश्वास छाडी त्रासका साथ डेरा पुगँे । केही दिनकै कुरा हो, जिल्ला पञ्चायतको सभाकक्ष सप्तरीमा भानु जयन्ती मनाइने भएछ । प्रमुख अतिथिमा कवि सिद्धिचरण श्रेष्ठ र अतिथिमा कवि, नाटककार गोविन्दबहादुर मल्ल 'गोठाले' आउने हर्षले दुष्परिणाम अवश्य नआउला भन्ने ठानी सहिद कविता कोरी प्रतियोगितात्मक कविगोष्ठीमा हान्निएँ । अञ्चलाधीशको त्यस दिनको साहित्यिक भाषण मेरालागि सिंहको हँसाइझैं भयो । कविता वाचन सकियो । पुरस्कृतको स्थानमा पहिलो नं.मा म पनि परेछु । कवि सिद्धिचरणले पुरस्कार प्रदान गर्दै मलाई अंकमाल गर्नुभयो । नजिकै विराजमान अञ्चलाधीशले मुसुक्क हाँस्दै 'भाइ, तिमी त राम्रो कविता पनि लेख्दारहेछौ' भनी मलाई घोच्नुहुँदा चिसो पस्यो । डेरा जाने क्रममा मलाई नै पढाउने नेपाली विषयका प्राध्यापकलाई सो कुरा सुनाएँ । उहाँले सहजताका साथ भन्नुभयो, 'सेनले हाँस्यो कि नाश्यो भन्छन् !' केही दिनपछि अञ्चलाधीशको चित्त मेरो 'सहिद' कविताले दुःखाएको प्रमाण त्यतिखेर मात्रै पाएँ, जतिखेर घर जाँदै गर्दा सप्तरी कञ्चनपुरबाट सिविलमा आएका प्रहरीहरूले पक्राउ गरी कञ्चनपुर प्रहरी थानाका सइसाबको रक्सीको मातको झोँकमा कस्टडीमा पिटिएँ । सइसाबले 'तेरो सहिद कविता, तेरो वामपन्थी गीत ! लु वाचन गर' भन्दै छाला भिजाएको गोरु कुट्ने दुवालीले मेरो कम्मरमा फेरो पुग्नेगरी १५ पल्टसम्म धित मारेर कुटेको गन्न सकेँ । त्यसपछि बेहोस भएँ क्यार ! जाग्दा पूरै अन्धकार भएको थियो । म कहाँ थिएँ, छुट्याउन नसक्दा नै कर्कस स्वर गुञ्ज्यो, 'सर ! वामे ब्युँतियो' अनिमात्र प्रस्ट याद भयो मलाई अगाडि के गरिएको थियो ।
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 01-05-06 12:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैनबत्तीको प्रकाश कस्टडीमा छिर्žयो । फलामे ढोका उघारेर सइसाबसहित तीनजना मेरोछेउ आए । मेरो दुवै खुट्टा बाँधेर झ्यालमा झुन्ड्याइयो र पैतालामा बेतको लाठीले हानियो । कतिपटक हानियो, कसरी भनुँ । बेहोस भएपछि चिसो पानीको वषर्ा, पैताला सुन्निएपछि गिट्टीमा कुदाई मेरो मध्यरातसम्मको दिनचर्या बन्यो । निर्वस्त्र सिमेन्टमा सुताइयो । हरेकपटक 'तेरा नक्सलाइड वामेहरू कहाँ-कहाँ छन् ?' भनी सोधिन्थ्यो । भोलिपल्ट राजविराज पुर्žयाइयो । अञ्चलाधीशले सबै चाँजो मिलाइसकेका रहेछन् । कस्टडीमा सरकारले खान दिनु त कता हो शुभेच्छुकले ल्याइदिएको सिधासमेत प्रहरीले खाइदिएर बिचल्ली ! आफू कहिल्यै पुग्न नभ्याएको खोटाङ, दिक्तेलबाट 'राजकाज अपराध मुद्दा' मेराविरुद्ध चलाइने तानाबाना सेनबाट मलाई निगाह भएछ । सो अनुरूप मेरा दुवै हात अगाडिपट्ट िएउटै हत्कडीले बाँधिए । सुरक्ष्ााका लागि दसजना बन्दुके खटिए । अनि मलाई दिक्तेल कस्टडी चलान गर्दा गाईघाट उदयपुर जिप्रका कस्टडीमा बास पर्žयो । हाम्रो प्रहरी संगठन कति मानवीय छ, कति प्रजातान्त्रिक छ र कति अनुशासित छ भन्ने कुरा त्यहाँ पनि राम्ररी अनुभूत गर्ने अवसर सूब सेनले प्रदान गरे । 'हिँड्न नसके जहाँबाट सक्नुहुन्न त्यहाँबाट घोडामा लगिन्छ' भन्ने आश्वासनबाट प्रारम्भ भएको मेरो थुनुवा पहाडी यात्रा आङमा प्रहरीसमेतको ओछ्यानको भारी, हातमा हत्कडी अनि पटक-पटक राइफलको कुन्दासँगको भेट र 'मर्लास्' भन्ने कर्कसवाणीका साथ तेस्रो रातमा दिक्तेल जिप्रका कस्टडीमा मृतप्रायः भई थन्कियो । जाडोको याम, दिक्तेलको कस्टडी, ज्वरो आएको शरीर, भोको पेट, चित्रामाथिको नाङ्गो शरीरको सुताइको आत्मिक अनुभव साहित्यकार सूब सेनलाई कसले अनुभूत गराइदिने र ! खोटाङ जिप्रकाका तत्कालीन डीएसपीसाब केशव बडाल, जो अहिले विगतको निरंकुश कार्यका लागि पुरस्कृत भई प्रहरीका ठूलै हाकिममा विराजमान होलान्, ले १६ दिनसम्म कस्टडीमा दिएको शारीरिक र मानसिक यातना धेरै वर्षपछि पनि आलै छ । दुवै हत्केला थाप्न लाएर बेतको छडीले कुट्नु, घुँडामा टेकेर पैतालामा पिट्नु अनि दुवालीले कम्मरमा कुट्नु उहाँको तालिमे कला रहेछ । विनाहकमा पाउनुपरेको पीडाको क्रन्दन न त त्यतिखेरका प्रशासकले सुन्थे न त बुझ्थे नै । सेनको इच्छा अनुसारको बयान कागजमा मलाई यातनाकै भरमा बरालले सहीछाप गराएको कानुनबमोजिम दुरुस्त पारी सेनको इजलासमा पेश गर्नुभयो । उहाँले तारेख वा धरौटीमा छाड्ने निकृष्टता किन गर्नुहुन्थ्यो र ! थुनामै राखेर कारबाही गर्ने निर्णयका साथ जेल चलान गर्नुभयो ।
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 01-05-06 12:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनवरत अढाई वर्ष मलाई राजविराज, गाईघाट, दिक्तेल, सोलुसमेतको कारागारमा सरुवा गर्दै सेनले आफ्नो आत्मतुष्टि लिनुभयो । सोलुका बन्दीलाई सप्तरी कारागार र सप्तरीका बन्दीलाई सोलुको कारागारमा कोच्नु उहाँको निरंकुशताको परिचायक थियो । विना कसुर मृत्युदण्डसम्मको अपराधमा एउटा विद्यार्थीलाई फँसाउने त्यो कार्य उहाँको आत्मवृत्तान्तमा छ-छैन ? छैन भने त्यसलाई उचित स्थानमा पुनरावलोकन गर्न म अनुरोध गर्छु । ०४६ को आन्दोलन सफल हुँदैनथ्यो भने उहाँले एउटा अर्काे वामेको प्राणपखेरु लिइसक्नुहुन्थ्यो होला । यस्ता निरंकुशताका द्योतक सूब सेनले मेरो आमाबुबा, दाजुभाइलाई दिएको शारीरिक, मानसिक र आर्थिक पीडा सम्बन्धित व्यक्तिलाई नै सोध्न सक्नुहुनेछ । त्यसबेला दरबारको दोहोलो दिएर निरंकुश बनेका सूब सेन अहिलेको सरकारको पूरक बन्नुपर्ने थियो । के कुन चाँजो नमिल्दा 'मेरा कथाहरूको कथा' माध्यमबाट उहाँ आफूलाई ज्ञानीका रूपमा पस्कँदै हुनुहुन्छ ? भनिन्छ, 'वृद्धवेश्या तपश्वीनी !' तपाईं र तपाईंजस्तै तत्कालीन निरंकुश प्रशासकहरूको दोहोलो प्रजातन्त्रले गर्न नसक्दा अहिले प्रजातन्त्र आर्यघाटको सन्मुखमा पुगेको छ । तपाईं र बरालसाब जस्ता निरंकुश, निष्ठुरी र अविवेकीका कारण कत्तिको जीवनले गति लिन सकेन, त्यो पनि 'मेरा कथाहरूको कथा' मा परुन् । तपाईंहरूको मायाले १९-२० वर्षअघि ममाथि गरिएको व्यवहारको परिणाममध्येको 'आँखाको कमजोरी र कम्मर दुःखाइ' जीवनभरि म पाल्दैछु । निरंकुशता र अमानवीयताका पृष्ठपोषक तपाईंको कुनै गुनासो भए तपाईंको सुविधा लागि मेरो इमेल लेखी सार्वजनिक गरेको छु । सूब सेन ! कृपया तपाईंको 'मेरो कथाहरूको कथा' कम्प्िलमेन्ट्रीका रूपमा मलाई पढ्ने अवसर दिनुहोला । कतै गहन वृत्तान्तहरू लेख्न पो छुटेका छन् कि ! - सुरेशकुमार पोखरेल अधिवक्ता
suresh0101@hotmail.com
|
|
|
Ocean
Please log in to subscribe to Ocean's postings.
Posted on 01-05-06 2:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ म त झण्डै झुक्केको ! हाम्रो विद्वान जी नै सुरेश पोखरेल हुनुहुँदो रै'छ कि भनेर !!:) "गधालाइ नुहाइदिँदैमा या धोएर गाइ बन्दैन" भन्छन्, सेन वली पनी त्यै मार्काका देखिए ।
|
|