-मधु पोखरेल
म झस्केर जागें तिमी आइनौ
नयन सल्बलाए तिमी आइनौ ।
हरपल तिमी छौ मेरै पासमा
कसम डग्मगाए तिमी आइनौ ।
कतिपल्ट कोरें र गाएँ कति
मेरो लेखनीमा तिमी आइनौ ।
मनमा तिमी छौ, चयनमा तिमी
कविता पुकारें तिमी आइनौ ।
आस्थाहरूमा र विश्वासमा
कलम चल्मलाएँ तिमी आइनौ ।
अँध्यारो छ धर्ती र बस्तीहरू
कति जर्ुर्मुराए तिमी आइनौ ।
विहृवल यो मधु भो, छ आसा अझै
गजल गुन्गुनाएँ तिमी आइनौ ।
च विराटनगर
होमशङ्कर बास्तोला
तिमीसँग मैले धेरै रात पिएको छु
रातभरि अनिदोको मात पिएको छु
बास्ना आउने पानीको माद चढेपछि
निष्ठुरीको दर्ुवाच्य र हात पिएको छु
रहरका बाँध भत्की आँसु पोखिएर
पीडैपीडा अभावका खात पिएको छु
बैगुनीको भलो गर्न खोजे पनि यहाँ
जिन्दगी नै चुक्ने गरी लात पिएको छु
खुसी हुनुपर्ने दिन रोदनमा डुब्दा
मुटुभित्रै दुखेर पो घात पिएको छु
च दुवेकोल-७, खोटाङ
- सुनील पुरी
रातभोलि पो बिहानी होला
र्सर्यमुखी फूल रानीहोला
घर आज सन्चै सुते भने
खुसीको यो जिन्दगानी होला
भावनाको गीत गाऊ माया
त्यही गीत नै जवानी होला
ऋतु रङ बदलियो फेरि
कहाँ हाम्रो यो कहानी होला
आँगनमा हाँस्यो मरीमरी
हाँसे पो त चिनाजानी होला
इन्द्रेनीलाई देखेँ आफूमाथि
'सुनील' अब पानी पानी होला ।
(www.gokhapatra.org.np)