[Show all top banners]

sajhabusaima
Replies to this thread:

More by sajhabusaima
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 माओवादी भन्दै एमाले भेलामा सेना
[VIEWED 1298 TIMES]
SAVE! for ease of future access.
Posted on 01-08-06 2:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिनाइदिने पत्रकार ३ घन्टा नियन्त्रणमा
माओवादी भन्दै एमाले भेलामा सेना

कुलचन्द्र न्यौपाने र लालप्रसाद शर्मा (कान्तिपुर अनलाइन)
पोखरा, पुस २३ - निर्वाचन बहिष्कारबारे एमालेले बाग्लुङमा शनिबार आयोजना गरेको कार्यकर्ता भेलामा ुमाओवादीु को परिचय दिँदै सैनिक प्रवेश गरी बिथोल्ने प्रयास गरेका छन् । कार्यक्रम सञ्चालन भइरहेकै बेला मुख ढाकेका दुई जना माओवादी भेषमा आएपछि कार्यकर्ताहरू डराएका थिए । उनीहरूसँगै सादा पोसाकका सात सैनिक पनि हलमा देखिए ।
ुरुमालले मुख ढाकेका दुई जना कार्यक्रम स्थलभित्र आउन खोजे, उनीहरूलाई देखेर कार्यकर्ता डराए,ु कार्यक्रमका प्रमुख अतिथि एमाले वैकल्पिक सदस्य रामजी शर्माले भने- ुकार्यकर्ताहरू तर्सिएपछि सादा पोसाकका सात जनामध्ये एकले हामी पनि तपाईंहरूजस्तै हौं, नडराउनुहोस् भने । अनि परिचय माग्दा उनीहरूले माओवादी भनेर आफूलाई चिनाए ।ु
शर्माका अनुसार यो हाम्रो आन्तरिक भेला हो, तपाईंहरू कृपया बाहिर गइदिनुहोस् भनेपछि उनीहरूमध्ये एकले ुम कमरेड राजेशु भनेर परिचय दिए ।
त्यस्तो परिचय दिनसाथ ती सैनिकसँग परिचित पत्रकार हरिनारायण गौतमले उहाँहरू ब्यारेकबाट आउनुभएको हो भनेर जानकारी गराएपछि उनीहरू गौतममाथि खनिए । उनलाई किन परिचय दिएको भनी मानसिक तनाव दिँदै समाचार संकलन गरिरहेको कार्यक्रमस्थलबाटै नियन्त्रणमा लिए । कार्यक्रम सदरमुकामदेखि दुई घन्टा पैदलमा पर्ने कालिमाटीस्थित विश्वकर्मा प्रस्तावित माविमा भएको थियो ।
त्यहाँ आएका नौमध्ये सात जना सैनिक रहेको र दुई जना को हुन् भन्नेबारे थाहा नभएको एमालेले जनाएको छ । ुसेनाले मुख ढाकेर ल्याएका दुई जना आत्मसमर्पण गरिएका माओवादी पनि हुनसक्छन्,ु एमाले जिल्ला कमिटी सचिव इन्द्रलाल सापकोटाले भने- ुसात जना सैनिक रहेछन् भन्ने कुरासमेत पछिमात्रै खुल्यो ।ु
कार्यक्रम हल बाहिर गइदिनुहोस् भन्दा ती सैनिकले शर्मालगायत जिल्ला कमिटी उपसचिव जनक पौडेल, सदस्य एवं नगर इन्चार्ज प्रज्ज्वल गौतम, अनेरास्ववियु जिल्ला अध्यक्ष भूपाल चालिसे सहितलाई दुव्र्यवहार गरेको एमालेले जनाएको छ ।
एमालेले घटनालाई ठूलो षड्यन्त्र भनेको छ । ुधन्य, समयमै पत्रकार गौतमले परिचय गराइदिँदा केही भएन, नत्र ठूलो घटना हुने रहेछ,ु सापकोटाले भने- ुउनीहरू हामी माओवादी हौं, हामीलाई पनि बोल्न दिनुपर्छ भन्ने किसिमले प्रवेश गरेका थिए ।ु कार्यक्रममा सादा पोसाकमा पठाएर वरिपरि अन्य सेनाको जत्था पनि राखिएको एमालेले दाबी गरेको छ । ुयिनीहरूको कार्यक्रममा माओवादीलाई बोल्न दिए भन्ने पारेर हामीमाथि कारबाही गर्ने षड्यन्त्र रचिएको थियोु सापकोटाले भने- ुयो षड्यन्त्र कार्यक्रम बिथोल्ने मात्रै थिएन, ठूलै घटना गराउने योजनासमेत थियो ।ु
भेला बिथोल्न माओवादीको बहानाबाजीमा सैनिकहरू आएको आरोप लगाउँदै जिल्ला कमिटीद्वारा जारी विज्ञप्तिमा नेता तथा कार्यकर्तामाथि भएको दुव्र्यवहार र पत्रकारलाई नियन्त्रणमा लिइएको घटनाप्रति खेद प्रकट गरिएको छ । ुशान्तिपूर्ण भेलामाथि निरंकुशताको पहरेदारका रूपमा शाही सेना उपस्थित हुने कुराले पार्टीलाई स्तब्ध तुल्याएको छ,ु विज्ञप्तिमा भनिएको छ- ुनिरंकुशतावादीहरूलाई सेनाको आडमा होइन, खुलेर जनताको माझमा आउन चेतावनी दिन्छौं ।ु
गौतमलाई तीन घन्टापछि ब्यारेकमा लगेर छाडिएको थियो । उनी पत्रकार महासंघ धौलागिरी शाखाका सचिव हुन् । सेनाले कब्जामा लिनुको कारण माओवादी नाममा प्रवेश गरेका सैनिकलाई चिनाइदिनु रहेको उनले कान्तिपुरलाई बताए । उनलाई २३ नम्बर बाहिनीमा लगेर छाडिएको थियो । बाहिनीका प्रवक्ता हेमजंग थापाले भने ुमिस अन्डरस्ट्यान्डिङु का कारण यस्तो घटना भएको तर पत्रकारलाई कव्जामा लिने र कार्यक्रम बिथोल्ने कुनै योजना नभएको बताए । ुकब्जामा लिएको होइन, कार्यक्रम बिथोल्न खोजेको पनि होइन, फिल्डमा खटिएका सैनिकको व्यवहारबाट दुःख लागेर उहाँ -गौतम० आफै कुराकानी गर्न ब्यारेक आउनुभएको हो,ु थापाले भने ।
घटनाको महासंघ धौलागिरीले पनि भत्र्सना गरेको छ । शाखा सभापति राजेशराज राजभण्डारीद्वारा जारी विज्ञप्तिमा शान्तिपूर्ण कार्यक्रमको समाचार संकलन गरिरहेका पत्रकारलाई सादा पोसाकका सैनिकले कब्जामा लिई तीन घन्टा मानसिक यातना दिएकामा भत्र्सना गरेको छ ।
 
Posted on 01-08-06 2:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ज्ञाने को अर्को तिकडम, फेरि जनता को अगाडि नाङ्गो। हत्यारा ले नेपाल ऊहि सत्र साल सम्झेको छ तर अहिले ६२ भइसक्यो, र मेरा हजुरबुवा का पाला मा मान्छे हरु मर्न देखि डराउथे होलान तर अहिले डराउदैनन देशका लागि फेरि मेरो बुढा हजुरआमा का पाला मा राजा भनेका भगवान हुन्थे तर अहिले जनता समान यो कुरा यो राक्षस को दिमाखमा कहिले घुस्ने।
 
Posted on 01-08-06 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Just a question for Sajhabusaima Jee
Why do you always have a very very extreme mentality against Royals? I used to be the same as you before but I changed now. As you see Girija is inclining towards Royals nowadays, there is nothing for us to be such anextremist against Royals. Just do your business, make alot of money and spend a happy life. Forget about others.
 
Posted on 01-08-06 9:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey guys,

I am referring to those who cut and paste news articles from nepalnews.com and kantipuronline.com. What the hell you guys think, you only know about these sites and read these articles?
All the people in this site read these articles for sure. So it is irritating to see the same articles here. Don't be over smart, guys. It is disgusting.
 
Posted on 01-08-06 9:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mr. Purush, I'm one of those who often posts these articles here. It's obvious that everyone has access to these sites. I post here not with the notion that I'm the first to read that article but to learn how others think about the article. My recent post was Nepal being declared as one of 15 enemy countries of internet. It was a great irony when King attended the World IT conference, and I posted here just to release my disgust over here. So don't get annoyed bro.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
nrn citizenship
जाडो, बा र म……
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters